चरीको कथा
महावीर विश्वकर्मा
म आज तपार्इंँलाई एउटा कथा सुनाउँछु ।
एक्लै हुने चरीको मनको व्यथा सुनाउँछु । ।
जीन्दगीले चोट दिने, एउटी सुन्दर चरीको
सुन्दा सुन्दै मन रुने जायजेथा सुनाउँछु । । ।
आज सुनाउँदैछु एउटा कथा, त्यो एकादेशको कथा…त्यो एकादेशमा पनि घना जङ्गलमा बस्ने चरा र चरीको कथा । हो, भर्खर भर्खर जोडी बनेका ती सुन्दर चरा र चरीको कथा…। त्यो घना जंगलमा एउटा रुख थियो । जहाँ बस्नका लागी सुन्दर गुँड थियो…घुम्नका लागी खुल्ला आकाश थियो । कहिले किरा फट्याङ्ग्रा समातेर खान्थे, कहिले पात पतिङ्गगर खोस्रिएर अघाउँथे । खुल्ला आकाशमा कहिले चरो अघि अनि कहिले चरी अघि एकतमासले वेग हानेर उडिरहन्थे उनीहरु । त्यो एउटा रमाइलो खेल थियो उनीहरुको । कहिले चरो अगाडी कहिले चरी अगाडी । यसैगरि मनग्गे खुशी हुन्थे उनीहरु । चरोको एउटा बानी थियो । जब आहारा भेट््थ्यो अनि भुर्रर उडेर चरीको छेउमा पुग्थ्यो र चरीलाई मुख आँ गर्नलगाउँथ्यो । जब आहारा खानका लागि चरीले मुख आँ गर्थिन् अनि चरोले उनको मुखमा आहारा हालिदिन खोजे जसरी आफैले खाइदिन्थ्यो । त्यतिबेला चरीले रिसाएझैँ गरेर उसको टाउकोमा एक दुईपटक ठुङ्थिन् र एकातिर मुन्टो फर्काएर ठुस्किन्थिन् । तब त्यो चरो उनलाई जिस्काउँदै लुकाएर राखेको अर्को ठुलो आहारा दिन्थ्यो । चरी सोध्थी, तिमी किन सँधै यसैगरि सताउँछौ मलाई । चरो भन्थ्यो, तिमीले रिसाउँदा पनि माया गरेर पिटेको खुब्बै मनपर्छ, त्यही हेर्न । चरी, होला खुब्बै भन्दै आहारा खोस्थी, अनि दुवैजना हाँसीहाँसी खान थाल्थे । यसैगरि बितिरहेका थिए दिनहरु अनि रातहरु । तर एकरात बेस्सरी हुरी चलिरहेको थियो । दिनभरि पर पर सम्म उडेर आएकोले निक्कै थाकेका थिए चराचरी । मस्त निन्द्रामा थिए । एक्कासी ठुलो आवाज आयो । आफु हुत्तिएर भुइँमा पछारिएको अनुभव गरि चरीले । उठेर छेउमा चरोलाई हेरि, देखिन । अलि परपट्टी आफुहरुको गुँड देखी, सकी नसकी दौडिँदै त्यहाँ पुगी, भत्किएको थियो त्यो । भित्र चरो छ की भनेर हेरि, अहँ देखिन । हुरी चलिरहेकै थियो, पानीको छिटा पनि शुरु हुन आँटेको थियो । एकैछिनमा दर्किएर पानी प¥यो । बिजुली चम्किन थाल्यो । बिजुली चम्किएकै उज्यालोमा रुझ्दै रुझ्दै चरोलाई खोजीरही उसले । तर फेला पार्न भने सकिन । खोज्दा खोज्दै थाकी तर भेटिन उसले अनि छेवैको रुखको चरा मुन्तिरको खाल्डोमा ओत लागेर बसि । रात अझै उघ्रिएको थिएन । मनमा अनेकन कुराहरु खेल्न थाले । कतै केही पो भयो की चरोलाई भन्ने सोँच्दा जीउ ढक्क फुलेर आउँथ्यो उसको । न उ पनि रुझ्दै रुझ्दै मलाई नै खोजिरहेको पो छ की भन्ने सोँचाई मनमा आउँदा एकफेर त्यो ओतबाट बाहिर निस्किएर हेर्थी । बाँकी रातभरि यही क्रम चलि नै रह्यो । विस्तारै रात भाग्यो । अनि उ पनि बाहिर निस्किएर चातैतिर खोज्न थाली चरोलाई । खोज्दै अलि पर के पुगेकी थिई, एउटा ढुङ्गाको कापमा पछारिएर प्राण उडिसकेको चरोलाई भेट्टाई उसले । हत्तारिएर नजिक पुगी, मुखबाट केही रगत बगेको थियो । पानीले भिजेर पखेँटा एकै डल्लो परेका थिए । आँखा बन्द थियो, छेउमा केही प्वाँखहरु खसेका थिए, ती पनि भिजेर भुइँमै टाँसिएका थिए । त्यो दृश्य हेरिरहँदा एक्कासी मुसलधारे पानी दर्कियो । तर त्यो पानी बाहिरबाट हाईन, चरीको आँखाबाट दर्कियो । जसले एकपटक फेरी लुछ्रुप्पै भिजायो, भुइँमा लम्पसार परेको चरोलाई ।
एकादेशमा जंगल थियो त्यहीँ बस्थे चराचरी ।
सँसार भन्नु खुल्ला आकाश, उडिरहन्थे घरीघरी । ।
एकदिन ठुलो हुरी आयो, हाँगा भाँच्यो, चरो मरे
अनि कठै ती चरी त एक्ली भइन् सँधैभरि । ।
रोएरै बसिरही चरी, मृत चरोको छेवैमा । केहीबेरमा घाम लाग्यो, दिन भयो । उ भने बेप्रवाह आँखाबाट आँशुको बलेसी बगाउँदै थच्चिरही त्यहीँ । जब उसको प्रिय चरोलाई कमिलाका ताँतीहरुले घेरिरहेको उसका टिलपिल भरिएका आँखाले देखे । अनि रुँदै रुँदै पानीले भिजेको कमलो माटोलाई ठुँडले ठुङ्दै र खुट्टाले खोस्रिँदै सानो खाल्डो जस्तो बनाई । अनि चरोलाई चुच्चाले च्यापेर घिसाद्रै त्यो खाल्डोमा हालेर पुरिदिई । एकछिन त्यही सानो खाल्डोमाथी आँशु चुहाई । अनि खै के सोँचेर हो, एकपल्ट पनि पछि फर्किएर नहेरिकन बेग हानेर बत्तिइ । पहिले यसैगरि बेग हानेर आकाशमा बत्तिँदा चरो कहिले उ भन्दा अघि हुन्थ्यो, अनि कहिले पछि । तर यतिबेला भने उ एक्लै अघि भइरहेकी थिइ । सायद अब सँधै यसैगरि उ मात्रै अघि भइरहँदी हो । किनकी छिनछिनमा उसलाई उछिनेर अघि जाने उसको प्रिय चरोलाई निक्कै पर छोडिसकेकी थिई उसले । उसले छोडेकी थिइन । उ आफै छुटेको थियो । अझ भनौँ नियतिले छुटाएको थियो उसलाई । रुँदैरुँदै उडेकी चरी निक्कै डाँडा काटेर टा..ढा पुगी । बस्ने ठेगान नै खोसिएकोेलाई के छ र । जहाँ रात पर्यो त्यहीँ बास् । अनि जहाँ बास् बस्यो, त्यहीँ घर । त्यो रात त्यहीँको एउटा रुखमा ओत लागेर बिताई उसले । हिजोको निरन्तरको उडाईले होकी, मनमा पिर भएर हो, विहान भएपछि फेरी उड्नै सकिन उ, उड्ने जाँगर पनि आएन । यसैगरी केही दिन त्यहीँ बिताई । जब उडेर अन्तै जाउँ की भन्ने सोँची, अनि मनमा लाग्यो, आखिर जानु पनि कहाँ । कसलाई पो भेट्नु छ र । को नै पो छ र आफ्नो भन्ने । यस्तै सोँची, अनि जहिलेसम्म हुन्छ त्यतिन्जेल यहीँ बस्छु भनेर निर्णय गरि । विस्तारै केही दिनहरु बिते । रातहरु दिनसँगै बित्ने नै भए । एक विहान जब उ ब्यूँझिएर गुँडबाट बाहिर निस्की । तब केही परको रुखमा बसेको एउटा चरो उसैलाई हेरिरहेको पाई । चरो भुर्रर उडेर नजिक आयो । अनि आफुले चरिलाई धेरै दिनदेखी हेरिरहेको बताउँदै साध्यो, तिमी किन कहिल्यै पनि उडेर बाहिर जाँदैनौ ? चरीले भनी, यसै । तिमीलाई यो नयाँ ठाउँमा रमाइलो लागेन हो ? त्यो अपरिचित चरोको प्रश्न खै थाहा छैन । चरीको जवाफ । किन थाहा नभएको नी ? प्रश्न माथीको प्रश्न । त्यो पनि थाहा छैन । फेरी उस्तै जवाफ । तिमीलाई आकाशमा उडिरहन मन लाग्दैन र ? मन ? एक्कासी झस्किइ चरी, त्यो मन भनेको सुनेर । अनि आफु पनि प्रिय चरोसँग कहिले अघि र कहिले पछि वेग हानेर उडिरहेको दिनहरु र त्यही प्रिय चरोलाई चुच्चोले घिसारेर खाल्डोमा पुरेको दिन एक्कैपटक सम्झी उसले । अनि, ठुलो अन्यौलमा परि, त्यो नयाँ चराले सोधेको जस्तो उसको मन आफैसँग छ की छैन भनेर । उ केही बोलिन, यसै निरुत्तर बसिरही । त्यो नयाँ चरा भुर्रर उडेर गयो । अनि एकैछिनमा फेरी उसैगरि टुप्लुक्क आईपुग्यो । अनि चुच्चाले च्यापेर ल्याएको आहारा चरीलाई दियो । उसले एकछिनमा खान्छु भनेर गुँडमा राखी । क्रमश ः यसैगरि नजिक भए उनीहरु । चरा चरीसँग नजिक हुन थाल्यो । विस्तारै गुँडबाट केही परसम्म उडाएर लैजान थाल्यो । त्यसरी उड्दा त्यो चरा कहिले अघि त कहिले पछि हुन्थ्यो । हो यति नै बेला बेस्सरी सम्झिन्थी चरी, आफ्ने प्रिय चरोलाई । सायद रुँदी पनि हो त्यतिबेला । उसैलाई सम्झिएर । यसैगरि बित्दैथे दिनहरु । बिस्तारै चरीको मनमा बसिरहेको थियो नयाँ चरा । एकदिन त्यो चराले चरीलाई एउटा प्रस्ताव राख्यो । अब सँगै एउटै गुँडमा बसौँ भन्ने प्रस्ताव । उसको प्रस्तावले चरीलाई भित्र मनमा कसैले बेस्सरी मुक्का हाने झैँ भयो । केही बोलिन् । चरा भुर्रर उडेर गयो । अलिबेरमा आयो । अनि ल्याएको आहारा खान चरीलाई मुख आँ गर्नु भन्यो, चरीले पनि त्यसै गरि । तर उसले चरीलाई नदिई आफैले पो खायो त्यो आहारा । अनि चरीलाई जिस्काउँदै हाँसिदियो । उसको यो व्यवहारले आफ्नो प्रिय चरोको याद दिलायो चरीलाई । उसले पहिले आफ्नो प्रिय चरोले पनि त्यसै गरेको सम्झिइ । अनि गहभरि आँशु पारि । त्यो देखेर त्यो चराले, ल ..किन रोएको ? जिस्काएको पो त भन्दै अर्को ठुलो आहारा झिकेर मुखमा राखिदियो । अनि त झनै भक्कानिएर रोई चरी । चराले त त्यो कुरा बुझेन बरु तिम्रो लागि अर्को पनि आहारा लिएर आउँछु है भन्दै भुर्र उड्यो । उडेको मात्रै के थियो, परबाट कसैले हानेको गुलेलीको मट्याङ्ग्रोले छातीमै लागेर खुत्रुकै भुईँमा खस्यो । सायद आईया पनि भन्न नपाएर ठहरै भयो उ । एकैछिनको बीचमा भएको यो सब घटनाले अचेत जस्तै भई चरी । सायद उ पनि चराको एउटै गुँडमा बस्ने प्रस्तावमा सहमत जनाउन चाहन्थी, तर त्यो सुनाउन नपाउँदै फेरी एक्लै भई चरी ।
पहिले जस्तै फेरी उसको, मन टुट्यो सँधै भरलाई ।
जेनतेन हाँस्न खोज्दा खोज्दै खुशी लुट्यो सँधैभरलाई । ।
विचरीलाई आँशु मात्रै दैवको त्यो लेखा कस्तो
जोड्न जोड्न खोजिएको साथ छुट्यो सँधै भरलाई । । ।
Source: www.bahakineman.com
अव्यक्त प्रेम : कथा
…महावीर विश्वकर्मा
वर्ष सकिन सकिन आँटेको थियो । चैतको आधी आधी भइसकेको थियो । गाउँलेहरु चैते धान रोप्न हत्तारिँदै खेत तिर लम्किन्थे । विद्यार्थी केटाकेटीहरु विद्यालयको ठुलो जाँच सकाएर बसेका थिए । त्यो ठुलो जाँच । अर्थात अन्तिम परीक्षा । गाउँमा भर्खरै एस.एल.सि.दिएर बसेका विद्यार्थी पनि केही थिए । अझ औँलामै गन्ने हो भने त ३ जना थिए क्यारे । सूर्य, सागर र चन्द्रमाया । सूर्य, जसलाई गाउँलेहरु सुर्जे भनेर बोलाउँथे । अलि टाठो केटो । अलि चलाख, बाँकी २ जनाभन्दा । बोलिरहनुपर्ने उसलाई । र त, साथीहरु चतुरे भनेर पनि जिस्काइदिन्थे । तर मान्छे निक्कै सहयोगी थियो ।सागर, जो लजालु भनेर चिनिन्थ्यो गाउँमा । मनको कुरा मनमै गुम्साउने । ‘घुस्घुसे’ भनिदिन्थे साथीहरु उसलाई । तर उसको एउटा अजीव बानी थियो । जब केही कुराले मनमा बिझाउँथ्यो, अनि एक्लै बसेर कापीमा के—के लेखिरहन्थ्यो । लेखिसकेपछि पढ्थ्यो । अनि फेरी च्यातेर फालिदिन्थ्यो । अनि चन्द्रमाया, पण्डितले बाजेले ‘च’ बाट नाम राख्नुपर्छ भनेपछि उनको नाम राखिएको रे ‘चन्द्रमाया’ । त्यसो त आमाचाहीँले ‘चमेली’ राख्ने भनेकी थिइन् रे । तर त्यो नाममा सहमति जनाएनन् रे बा ले । “चमेली भन्ने त हाम्रो मामाघरमा एउटी केटी थिइ, हामी सानो छँदा, छुच्ची थिइ” भनेर त्यो नाम हुँदैन भनेको रे । अनि चन्द्रमाया नाम राख्ने भनेको रे ।गाउँमा गाईँगुईँ हल्ला चाहीँ छ, चन्द्रमाया भन्ने पनि उनको मामाघरमा एउटी केटी थिइ रे, उनी सानो छँदा । तर, खै किन उनले त्यही नाम छोरीको लागि जुराए त्यो चाहीँ कसैले पनि भेउ पाएनछन् । सायद उ चाहीँ छुच्ची थिइन होली । २ गाउँ पारीको स्कुलमा एकै कक्षामा पढ्ने साथीहरु थिए सूर्य, सागर र चन्द्रमाया । अझ भनौँ, भर्खरै एस.एल.सि.दिएर बसेका साथीहरु थिए । उनीहरुको वस्तुभाउ चराउन लैजाने ठाउँ पनि एउटै थियो । जाँच सकिएर फुर्सदिलो भएका थिए । रिजल्ट आउन अझै केही महिना लाग्थ्यो नै । र त गोठालो गएरै बित्थ्यो दिनहरु ।एकदिन सुर्जेको रोपाईँ थियो । त्यसैले उ गोठालो गएन, बरु खेततिर गयो, बस्तुभाउलाई अघिल्लो दिन नै ल्याएको घाँस हालिदिएर । त्यो दिन गोठालोमा सागर र चन्द्रमाया मात्रै भए । हुन त अरुहरु पनि थिए । तर उनीहरु पनि आ—आफ्नै साथीहरुसँग थिए, जसरी सूर्य, सागर र चन्द्रमाया आफ्नै साथी हुन् । गाईवस्तु चर्न थालेपछि उनीहरु सिमलको रुखको फेदमा बसे । घाम निक्कै नै चर्किरहेको बेलामा रुखको छाहारी अमृत समान थियो उनीहरुलाई । केहीबेर दुवै बोलेनन् । एकछिन् पछि चन्द्रमायाले सोधी,सागर, तँ किन खासै बोल्दैनस् म सँग ? के को नबोल्नु नी, बोलि त रा’छु । उसले जवाफ फर्कायो । “भए पनि सुर्जे जस्तो धेरै बौल्दैनस् नी त ?” अर्को प्रश्न थपी चन्द्रमायाले । “धेरै बोल्नैपर्छ भन्ने पनि त होईन ।” अकमकाउँदै बोल्यो सागर । चुप्प भइ चन्द्रमाया । “त्यो सुर्जे धेरै बोलेर के भो त, त्यसले भन्दा धेरै माया त मै गर्छु क्यारे तँलाई” यो चाहीँ उसले नसुन्ने गरि मनमनै भन्यो सागरले । आखिर घुस्घुसे जो थियो । हावाले अघिल्तिर ल्याएको कपाल पछि सार्दै बोली चन्द्रमाया, “बोल्दा झन नजिक भइन्छ नि त ।” “नबोले नि गाउँभरिमा मेरो सबैभन्दा नजिकको साथी तैँ हो जस्तो लाग्छ मलाई ।” यत्ति चाहीँ बडो मुस्किलले भन्यो सागरले । भन्न त उ अरु नै चाहन्थ्यो, तर ‘साथी‘ मात्रै भनेर मन बुझायो । ओँठ लेप्राएर नपत्याए झैँ गरि, भनि उसले, ‘होला खुब्बै !’ ‘विश्वास लागेन ?’ सोध्यो सागरले । ‘अँ लाग्यो’ उ बोली, ‘तँलाई चैँ लागेन क्या हो ?’ ‘के कुरामा ?’ ‘मलाई पनि तँ नजिकको लाग्छ भन्ने कुरामा नी ।’ ‘मलाई पनि लाग्यो ।’ मुसुक्क हाँसेर अन्तै हेर्दै भन्यो सागरले । ‘यत्ति छिट्टै ?’ फेरी प्रश्नको झटारो हानी चन्द्रमायाले । अलिकति छलिँदै बोल्यो सागर, “हैन, पहिल्यै देखी लाग्थ्यो ।” अनि उसले वस्तु धपाउने लौरो भुईँमा ट्वाक ट्वाक ठोकाउँदै भनी — “घुस्घुसे” जीवनमा पहिलो पटक कसैले नाम काटेको खुुब्बै मनप¥यो उसलाई । अनि आफुले पनि मनमनै दोहो¥यायो — “घुस्घुसे ।” त्यसपछि त्यो दिन त्यस्तो चासो लाग्ने कुरा अरु त खासै भएन । तर जे भयो, त्यो पनि धेरै नै भयो । यत्ति नै काफी थियो सागरेलाई । बाटामा फर्किँदा पनि के के कुरा मनमा खेलाएर वस्तुको पछिपछि हिँडिरह्यो उ । अनि छुट्टिने बेलामा फेरी उसैगरि लाडिएर बोली चन्द्रमाया, “जा है घुस्घुसे !” जवाफमा मुस्कुरायो मात्रै उ । फेरी पनि मनपर्यो उसलाई, आफ्नो काटिएको नाम “घुसघुसे ।”साँझ खाना खाने बित्तिकै टुकी बालेर के के लेखिरह्यो उसले । आमैले सोधिन्, “जाँच सक्या हैन र जेठा ! फेरी पढिराछस् त ।” “पढ्ने बानी बिग्रिन्छ भनेर पढ्या के आमा”, उसले सजिलै भनिदियो । आमै खुशी भएर सुतिन् तर उ चाहीँ अबेरसम्म लेखिरह्यो । एकपटक घोरिएर पढ्यो अनि थोरै मुस्काएर च्यातेर बाहिर फालिदियो ।अझै चैत सकिएको थिएन । गोठालोमा मन भुलाउने क्रम झनै बढेको थियो सागरको । उतापट्टीको कुरा के थियो, त्यो उसले भेउ पाएन भन्दा पनि हुन्छ ।त्यो सुर्य र सागर मात्रै थिए, गोठालोमा । अर्थात चन्दमाया आएकी थिइन् । एस.एल.सि.मा पास हुन्छ की हुँदैन होला, पास भए कहाँ गएर पढ्ने होला भन्ने विषयमा कुरा गर्न थाल्यो सुर्य ।सागरले केही निराश भए झैँ गरि भन्यो, म त पास भएनी बा आमाले पढाउन सक्दैनन् यार । बरु म त काम गर्न शहर जान्छु । धेरै पैसा कमाउँछु अनि भाइ र वहिनीलाई चाहीँ धेरै पढाउँछु ।केही सोँचे झैँ गरि बोल्यो सूर्य, “तिमारको गोरु बेच्यो भने त तँलाई क्याम्पस भर्ना गर्ने पैसा भैहाल्छ नि !” “काँ हुनु, त्यो गोरु बेचेको पैसाले त, पोहोर हजुरबाको किरियामा श्रण लिएको पैसा तिर्न परिहाल्छ नी ।” “त्यसो भा, तेरो बा लाई पैसा कमाउ भन्न त ।” फेरी उपाय बताए झैँ ग¥यो सुर्यले । सागर बोल्यो, “बाले भनेको शहराँ पैसा कमाउन सकिन्छ रे । त्यै भर म त बरु शहराँ गएर धेरै पैसा कमाउँछु यार । बा लाई त काँ शहर पठाउनु नी, बा त बुढो छन् ।” सायद फेरी केही उपाय बताउन खोजिरहेको थियो सूर्य । तर त्यति नै बेला स्याङ्गतान नी बज्यै मोटो ज्यान सकि नसकी दौडाउँदै चिच्याइन् — लौन, मेरो गोरु फर्काइदेओ । मुखियाको बाली खायो भने त मार्छ, मुडदारले । सूर्य दौडिएर गयो र गोरु फर्काइदियो पनि । धन्न बालीमा मुख जोत्न पाएन गोरुले । नत्र मुखियाले हर्जाना तिराउँथे बज्यैलाई ।त्यै भएर खुशी हुँदै बज्यैले सूर्यलाई आशिष दिईन — “लौ बा, आज मलाई गुन लाइस् । तँलाई हिन्दा ठेस नलागोस् । नौँदा केश नझरोस् । सन्तानले डाँडा काँडा ढाकुन् ।”दशैँमा जस्तै गरि बज्यैले आशिष दिइरहेको सुनेर मुसुमुसु हाँसिरह्यो, सागर । सायद आमैको आशीर्वाद सुनेर पनि हाँसिरह्यो उ, “सन्तानले डाँडाकाँडा ढाकुन् ।”आमा अझै भन्दै थिइन्, “सूर्जे तैँले चिताको सबै कुरा पूरा होस् । राम्री, घर गरेर खाने, अनि सँधै लोग्नेलाई माया गर्ने जोइ मिलोस् तँलाई ।” जोई अर्थात श्रीमती ।सागरले आमैको आशिष एकचोटी फेरी मनमनै दोहो¥यायो, “राम्री, घर गरेर खाने, अनि सँधै लोग्नेलाई माया गर्ने जोइ” बज्यैले भनेजस्ती त चन्द्रमाया थिइ । ठ्याक्कै त्यस्तै । तर बज्यै त सूर्जेको लागि पो माग्दै थिइन्, चन्द्रमाया । अलि खल्लो लाग्यो सागरलाई ।आफ्नै अघि सुर्जेले चन्द्रमायालाई बाजा बजाएर भित्राएको एकैचोटी सम्झियो उसले । त्यतिमात्रै हो र, उनीहरु दुवैजना हाँसीहाँसी दुल्हन फर्काउन गएको पनि सम्झियो । अनि ठुलै हुरी आयो उसको मनमा । अस्ति उसको घरको पाली नै उडाउने भन्दा ठुलो हुरी । अनि पश्चाताप पनि लागिरह्यो मनमा, बज्यैको गोरु आफैले धपाउन नगएकोमा । यदि गएको भए, ती आशिष सबै आफैले पाउँथेँ की भन्ने खुन्खुन् बल्झिरह्यो मनभित्र । गोठालोबाट फर्किँदा उसले मन चोर्यो सूर्यको, “के हो सुर्जे, तँलाई त राम्री बुढी पाओस् भनेर आशिक पो दिईन् त बज्यैले त ।”“धेरै राम्री बुढी चाहिँदैन हो, मलाई त त्यै चन्द्रे भए हुन्छ ।” कति सजिलै भनिदियो सूर्यले । तर त्यति नै सजिलोसँग सुनेन सागरले । धेरै नै अफ्ठ्यारोसँग सुन्यो । यति नमिठो कुरा आजसम्म सूर्यले सुनाएको थिएन उसलाई ।त्यो मन मिल्ने साथीले कुनैदिन, त्यै मनमा यसरी झटारोले हान्ला भन्ने सोँचेको पनि थिएन उसले । कसैले छातीमा बेस्सरी मुड्कीले हाने जस्तै पिडा भयो उसलाई । केही बोल्नै सकेन । आकाश कालो निलो भइरहेको थियो । तर उसको मनको टुकी भने एकैपटक झ्याप्प निभेर पूरै अन्धकार भइदियो ।सूर्य झनै मच्चिएर बोल्यो, “ओई तँलाई याद छ, मेरो र चन्द्रेको त नाम पनि कस्तो मिल्छ नि, सूर्य अनि चन्द्र । नेपालको झण्डामा पनि चन्द्र र सूर्य छ नि बुझिस् ?सागरलाई नमज्जा लाग्यो । सोँच्यो, बरु सूर्यको सट्टा सागर राखेको भएपनि हुन्थ्यो नि झण्डामा, आखिर नेपाल जलश्रोतको धनी देश पनि हो क्यारे । अनि उसले नेपालको झण्डा सम्झियो । र सम्झियो, त्यहाँ सूर्यको ठाउँमा सागर भएको पनि । तर त्यो त्यति सुहाएको जस्तो चाहीँ लागेन उसलाई, जति त्यहाँ सूर्य सुहाउँछ । अनि एकपटक आफैले हा¥यो आफ्नै मनसँग । अनि त आफ्नै नाम पनि नराम्रो लाग्यो उसलाई । बरु मेरो नाम चाहीँ सूर्य भएको भएनि हुने नि भन्ने सोँच्न थाल्यो । तर सूर्य र चन्द्र त कहिले एकैठाउँमा भेट नै हुँदैनन् भनेर चाहीँ सोँच्नै सकेन उसले । सायद सोँचेको भए केही राहत मिल्थ्यो होला । यदि सोँचेको भए, सागरमा बरु चन्द्रको मुहार छायाँ बनेर भएपनि ढलपल ढलपल हुन्छ, सागरसँग बरु सँगै भएजस्तो हुन्छ चन्द्र भनेर झन् कत्ति खुशी हुँदो हो उ । तर त्यसरी खुशी हुन भने जानेन उसले । “ओई, के भयो, के हो मैले चन्द्रेलाई माया गर्ने कुरा सुनेर त बोल्दै बोलिनस् त । के हो कुरा, कतै तँ पनि…।” उसको कुरा पूरा हुन नपाउँदै बोल्यो सागर, “ह्या नचाहिने कुरा नगर्न यार, कहाँ चन्द्रे कहाँ म । फेरी म त त्यसको लागि सुहाउँदा पनि सुहाउन्नँ नी ।” “ल ल चिन्ता नगर, तेरो भाउजु बनाउँछु अनि देवर बन्न त सुहाइहाल्छस् नी ।” सूर्यले भन्यो । एकपटक फेरी बेस्सरी छातीमा कसैले मुक्का बजारे जस्तो भयो उसलाई । केही बोलेन । घर आएपछि छुट्टियो । त्यो रात अबेरसम्म निदाएन उ । बा ले “सुत् अब” भनेको पनि मानेन । अनि आमैले “निन्द्रा लागेन अझै ?” भनेको पनि नसुनेझैँ गरिदियो । त्यो रात केही लेख्यो उसले कापीमा । सर्रर बाहिर चलेको हुरी भत्केको पाली हुँदै भित्रै सम्म आएर झ्याप्प निभायो टुकी । च्यात्न ठिक्क पारेको कापीको पाना पनि उडाइदियो बाहिर । यो पाली चाहीँ लेखेको कुरा च्यात्नै पाएन उसले । भोलीपल्ट गोठालो जान बोलाउन आयो सूर्य । तर आफुहरु ब्यूझिँदा सागर ओछ्यानमा थिएन भनेर सुनाए बा आमाले । उसको केही कपडाहरु अनि स्कूल जाँदा बोक्ने पुरानो ब्याग पनि नभएको सुनाए । कता गयो होला त भन्ने जिज्ञासा उब्जिन नपाउँदै एउटा कागजको पाना आँगनमा देख्यो सूर्यले, अनि यसो पढ्यो । लेख्न त अरु पनि थुप्रै लेखिएको थियो । तर एउटा कुराले भने निक्कै नमज्जा लाग्यो सूर्यलाई । मैदालको काँडाले मुटुमै घोचे जस्तो भयो । लेखिएको थियो, “सायद तिम्रो देवर बन्न मात्रै सुहाउँछु म । तिम्रो बन्न सुहाउँदिन ।”
Source: www.bahakineman.com
पूर्ण मुनंकर्मी – सर्प उद्योग
एकजना सपेरा गाउँमा चटक देखाउन आएको थियो । उसले विभिन्न जातका थरिथरिका सर्पहरूलाई नचाउँदै गाउँलेहरूलाई मनोरन्जन गराइरहेको थियो । सर्पमध्ये सबै भन्दा राम्रो देखिने गोमनको महत्व र आर्थिक तथा औषधिय गुण बारे पनि जानकारी दिएको थियो । ‘गोमन हाम्रो शत्रु होइन मित्र हो’, सपेराले चटक हेरिरहेका सबैलाई विश्वास दिलायो । एउटै गोमनको मूल्य लाखौँ पर्ने र गोमनको खेती अरू सबै खेती वा ब्यावसाय भन्दा आर्थिक दृष्टिले उच्च रहेका पनि जानकारी दिए । मनोरजन र आर्थिक दुबै दृष्टिले दर्शकहरू नजानिँदो रूपमा गोमन प्रति आकर्षित हुन पुग्यो । सपेराले गोमनलाई आफ्नो हात, घाँटी र जीउमा बेर्ने चलाउने आदि पनि गरी दर्शकको भरपूर मनोरन्जन गराइरहेको थियो । दर्शकमध्ये केही साहसीहरूलाई पनि गोमन जीउमा बेर्न प्रोत्साहित गरे र एक दुई जनाले आफ्नो जीउमा लगाए पनि । गोमनलाई जीउमा बेर्ने युवा त्यस गाउँमा ‘नामी’ भए, ‘बहादुर’ कहलाइए र गाउँका ‘अगुवा’ भए । सर्पले डस्न सक्छ भन्नेहरू पनि निस्किए, दर्शकमा । तर ती बहादुर अगुवाहरूबाट ‘कायर’मा गनिए, सपेराले पनि तिनिहरूलाई ‘डरपोक’को संज्ञा भिडाए । उनिहरू धपाइए । गाउँमा सर्प प्रति राम्रो धारणा बन्यो र गोमन जीउमा बेर्ने युवा अगुवाको नेतृत्वमा सर्प उद्योग गरी गाउँलाई सम्पन्न बनाउने योजना बन्यो । छिट्टै नै गाउँलाई धन र नाम दुवैबाट प्रख्यात बनाउने संकल्प गरियो । सर्पदेखि डराउने ‘डरपोक’हरूलाई गाउँलेहरूबाट बहिस्कार गरायो । र उनिहरू विस्थापित भए । सर्पको बानी ब्यहोरा खानपान तथा वातावरण थाहा भएका सपेरालाई नै सर्प उद्योगको सल्लाहकारमा नियुक्त भए । केहि सर्प सल्लाहकारबाट पनि अनुदानमा प्राप्त भयो । विदेशी पाहुना समेतलाई निम्त्याएर भव्यताका साथ सर्प उद्योग संचालन भयो । सर्पको संख्या बढ्दै गयो । सपेरा र ‘बहादुर’ ‘अगुवा’हरूको पनि आय तथा मान दुवै बढ्दै गयो । गाउँका मानिसलाई सर्पसँग परिचित गराए । गाउँमा सर्पहरूको व्यापक जनसंख्या बृद्धि भयो । सर्प उद्योगमा गाउँलेहरूले आफ्नो लगानी बृद्धि गर्दै गए । सर्पलाई गाउँलेहरूले अब ‘मित्र’ भन्ने निर्णय भयो । नागपंचमीमा जस्तै सर्पलाई हरेक दिन दुध खुवाउने गर्न थाले । सर्पले पनि गाउँलेलाई गुन तिरे । अन्न खाएर दुःख दिने सबै मुसा सर्पको शिकार भए । गाउँलेहरू दङ्ग भए । मुसा बिहीन गाउँको घोषणा भयो । सर्प उद्योगको नेतृत्व लिने सपेरा र ‘अगुवा’हरूको भव्य सम्मान भयो, धेरै खादा बुने र फूलको धेरै माला गांसे । सर्पको जनसंख्या बृद्धिले गर्दा गाउँमा मुसा मात्र होइन अन्य साना पशुपंक्षी सबै शिकार भए । गाउँमा कुनै कुखरा र चराचुरुंगी रहेनन् । बिराला र साना पशुहरू पनि सर्पको खानामा परिणत भयो । विस्तारै-विस्तारै ठूला घरपालुवा पशुका पाडाहरू पनि सर्पको शिकार भए । गाउँका सबै पशुपंक्षीको वंश लोप भयो । गाउँलेको प्रमुख आय आर्जन खेती किसानीमा यसले निकै ठूलो नोक्सानी भयो । चराचुरुंगी नहुँदा किरा फट्यांग्रा र ढुसीको प्रकोप बढ्यो । खेतमा लगाइएका सबै बाली रोगले सखाप भए । गाउँमा भोकमरी भयो । खाने कुनै जनावर पंक्षी नभए पछि सर्पले मानिसलाई पनि डस्न थाल्यो । सर्पको डरले गाउँलेहरू गाउँ छोडी अन्यत्र पलायन भयो । * * * कथामा वर्णित सपेरा र अगुवाहरू कहाँ छन् र उनिहरू को हुन् मलाई थाहा छैन । गाउँ छोड्न बाध्य पारिएका ती गाउँले दाजुभाइहरू कहाँ छन् ? कतै तपाइहरू त पर्नु भएन ? वा ती ‘अगुवा’हरू तपाईँ कै छिमेकमा त छैनन् ? यदि तपाइहरू मध्ये कसैलाई थाहा भए त्यस पछिको कथा पनि लेख्ने मौका हुने थियो । कृपया जानकारी दिए अनुगृहित हुने थिएँ ।
राशि पाण्डे – निकाह
अब्व्दुल अस्पताल भर्ना भएको थियो । रजिया दुई महिनादेखि दिनरात उसको सेवामा खटिरहेकी थिई । आफ्नो जिल्लामा उपचार हुन नसकेपछि ऊ राजधानीको यस सुविधासम्पत्र अस्पतालमा थप उपचारका लागि आएको थियो । बिरामीको हेरबिचार गर्न उसकी औरत रजिया पनि सँगै आएकीले केही महगो भए तापनि क्याविन मै बस्ने निधो गरेको थियो अब्दुलले । बिरानो ठाउँ, आफ्नो जात, विरादरीको कोही चिनेका मानिसहरू थिएनन् । डाक्टरसँग सल्लाह गर्ने, औषधि किन्ने, एक्स–रे गराउने, रिपोर्ट ल्याउने अनि रातभरि जागेर बिरामी रुँग्ने सबै काम रजिया आफैँ गर्दथी । ऊ दिनरात केही नभनी लोग्नेको स्याहारसुसारमा तल्लिन थिई । राजधानी बसेर पढ्ने, व्यापार गर्ने वा जागिर खाने गाउँतिरका मानिसहरू पनि कहिलेकाहीँ सञ्चोबिसन्चो सोध्न आउँने गर्दथे । रजिया लोग्नेको गोडानिर बसेर पैताला सुम्सुमाई रहेकी थिई, कतिबेला आँखा झिमिक्क भएछ होसै पाइन । जब ऊ झल्याँस्स भई । आँखा खुल्दा ओच्छानभरि, कपडामा, अब्दुलको जीउभरि रगतैरगत थियो । ऊ आत्तिएर रुन थाली । नर्सहरू दौडिएर आए, ड््युटिको डाक्टरलाई पनि बोलाइयो । बिरामी निदाएको बेला छटपटाएर, सलाइन् दिएको निडल थुतिएर रगत बगेको रहेछ, “आत्तिनु पर्दैन, केही हुत्र” नर्स र डाक्टरले आश्वासन दिँदा पनि रजियाको आँसु थामिएन् । ऊ आफूलाई धिक्कार्न थाली, कोस्न लागी । आफूबाट भएको गल्तीका लागि अल्लाहसँग माफी मागी, घुँडा टेकेर धरतीलाई ढोक्दै आफ्नो गल्तीमा पश्चात्ताप गरी । अनि मक्काको काबातर्फ मुख फर्काएर कलमा पढ्न, प्रार्थना गर्न थाली –ला इलाही इल्लिल्लाहो, मोहम्मदुर रसुलल्लुह७ । उसले अब्दुललाई चाँडै बिसेक गरिदिन अल्लाहसँग दुआ मागी । रजियाको आलापविलाप सुनेर अब्दुलका पनि आँखा रसाए । उसले आँखाभरि आँसु गरेर सम्झाउने कोसिस गर्यो – अर्रहमनिर रहिम ! नरोऊ, तिम्रो गल्तीले गर्दा यसो भएको होइन, म आफैले बिराएर हो । सलाइन दिएको ठाउँबाट अलिकति रगत मात्र बगेको छ, यति रगत बगेर केही हुन्न । आफ्नो सानो गल्तीले बिरामीको शरीरबाट त्यति रगत बग्यो, रजियाको रुवाई रोकिदैँ रोकिएको थिएन । अब्दुलले रजिया तिर हेर्यो– ऊ धेरै दिनको अनिदोले बिरामीजस्ती देखिई । गाउँमा बूढा आमाबुआ मात्र, जान्नेसुन्ने इष्टमित्रहरू सबै कमाइका लागि विदेश गएकोले आफन्तहरूमध्ये केही पढेलेखेकी उही रजियामात्र थिई । अनि उसैलाई साथीको रूपमा लिएर काठमाडौँ लैजाने घरसल्लाह भएको थियो । गोडा मिचिरहेकी रजिया अति माया लाग्दी देखिएकी थिई । ‘यसलाई बिहा गरेर मैले पापै गरेँछु, अल्लाहले मलाई माफ गर्ने छैनन्’, अब्दुल मनमनै सोच्न थाल्यो र आफूले बिहेका लागि स्वीकृति दिएकोमा पश्चात्ताप गर्न लाग्यो । उनीहरूको बिहा भएको पनि ६ महिनाभन्दा बढी भइसकेको थियो । रजिया दुलही बनेर आएपछि, गाउँघरमा सबैकी चहेती बनेकी थिई । सबैसँग हाँसेर बोल्दथी, सबैलाई सकेसम्म सहयोग गर्दथी । मदरसा इस्लामियामा पढ्ने केटाकेटीहरूलाई ऊ अरबी भाषामा लिखित पवित्र ग्रन्थ कुरान सिकाउँथी । सरकारी स्कुलमा पढ्नेहरूलाई अङ्ग्रेजी र हिसाब गर्न मद्दत गर्दँथी । आइमाई बूढीहरूलाई इस्लामिक धार्मिक गीत मिलाद सुनाउने गर्थी । के केटाकेटी, के बुढाबुढी सबैले रजियालाई मन पराएका थिए । अब्दुलको परिवार गाउँभरिमा सम्पत्र थियो । दसदस विघा जग्गा थियो, गोठभरि गाईभैँसीहरू थिए, किराना पसल थियो । अब्दुल घरको एक्लो छोरो, उसका दुई बहिनीहरू बिहे गरेर छिमेकीे गाउँमा घरजम गरिरहेका थिए । अब्दुलको परिवारले गाउँमा मदरसा, मस्जिद बनाउन पाँचपाँच कट्ठा जग्गा दान दिएका थिए । समाजमा उनीहरूको परिवारलाई मान, सम्मान, इज्जत सबै प्राप्त थियो । अब्दुलकी आमालाई अब एउटी बुहारीको मात्र खाँचो थियो । उसले वरपर छरछिमेक वल्लोपल्लो गाउँ सबैतिर बिहेयोग्य केटीहरू हेरिरहेकी थिई, तर अब्दुल बिहा गर्न राजी भएकै थिएन । अम्मा, अर्काकी छोरीको जीवन किन बर्वाद गर्ने ? म बिहा नगरी त्यसै बस्छु । बिहाको कुरा चल्दा ऊ आमालाई सम्झाउँदै भन्ने गर्दथ्यो । छोरा ! खुदाले हामीलाई सबै थोक दिएका छन् । तर समाजमा इज्जत राख्नैको लागि पनि तिम्रो बिहे गर्नुपर्दछ । मानिसहरूले दसथरी कुरा काट्न लागिसके । बरु दुःख पाएकी, गरिब केटीसँग बिहा गर, अन्धी, लुलीसँग बिहा गर, जोसँग गरेपनि मलाई एउटी बुहारी ल्याइदेऊ । आमा हरतरहले अब्दुललाई बिहेका लागि राजी गराउने, फकाउने कोसिस गर्थी । ऊ आमालाई सम्झाउन खोज्दथ्यो, “अम्मी! तपाइँलाई सबै कुरा थाहा छ र पनि किन मेरो बिहेका लागि यति जिद्दी गर्नुं हुन्छ ? म बिहे गर्नै सक्दिन, म कसैलाई स्वास्नी बनाउन सक्दिन ।” चुप लाग, यस्तो कुरा गर्ने होइन । आइमाईहरू सहनशील हुन्छन्, बिहे गरेपछि सबै सहन्छन्, आआफ्नो नसिब हो । उसकी आमाको आग्रहअघि अब्दुल लाचार बन्दथ्यो । अनि जब अब्दुलकी बहिनीले रजियासँग बिवाहको प्रस्तावलिएर आई । उसले रजियाको फोटो हेर्ने मौका पायो । अनि अब्दुलले आफ्नो बिगत, वर्तमान सबै बिर्सेर बिहा गर्ने स्वीकृति दियो । ओहो ! यो त इदको चाँदजस्तै मोहक रहिछ – सुन्दर, सुशील । बङ्गाली मुसलमान रजिया गरिब परिवारकी थिई । रजियाको सुकुम्वासी परिवार बङ्लादेश पाकिस्तानकै अधिनमा रहेको बेला दङ्गाबाट विस्थापित भएर नेपाल पसेको थियो । जाती, धर्म, रितीरिवाज एउटै भए पनि नेपाली मुसलमानहरू बङ्गाली मुसलमानलाई आफू भन्दा सानो र निम्नस्तरका मान्दथे । आफ्नो चेली उनीहरूलाई दित्रथे तर उनीहरूको छोरी, बहिनीलाई बुहारी बनाउँथे । रजियाको जन्म यहीँ नेपालमै भएको थियो । पहाडे हिन्दू केटाकटीेहरूसँग खेल्दै, हुर्केकी, रजिया नेपाली, हिन्दी, उर्दू सबै भाषा राम्रै बोल्दथी । उसले झापाको सरकारी विद्यालयमा कक्षा पाँचसम्म पढेकी थिई । अनि आफ्नो काकासँग घर मै अरबी भाषा पनि सिकेकी थिई । ऊ पाएसम्म धर्मग्रन्थका पुस्तकहरू पढ्ने गर्थी, रोजा राख्दथी, नमाज पढ्थी । प्रत्येक शुक्रबार हुने जुम्माको नमाजका लागि मस्जिदमै जाने गर्थी । दीनदुःखीहरूको सक्दो सेवा र जकात गर्थी । सुरुमा भद्रपुरमा बसेको रजियाको परिवार केहि वर्षपछि कोसीछेउको यस बस्तीमा दुई कट्ठा जग्गा किनेर बसाइँ सरेको थियो । यस गाऊँमा तराईबासी छ््यासमिसे हिन्दू परिवारका साथै पुस्तौँदेखि बस्दैआएका नेपाली मुसलमाहरूको बाक्लो बस्ती थियो । रजियाको बुबा किसान मजदुरी गरेर परिवार पाल्थ्यो । ऊसँग पैसा नभएकोले उमेर नाघिसक्दा पनि छोरीको बिहा गर्न सकेको थिएन । रजियाजस्ती गरिब, दुःख पाएकी केटीसँग बिहे गरे धर्म हुन्छ, परोपकार हुन्छ भन्ने विश्वासका साथ अब्दुल बिहे गर्न राजी भएको थियो । अनि केही दिनभित्रै रजिया बुहारी बनेर अब्दुलको घर आएकी थिई । रजियाको व्यवहार, आफूभन्दा मान्यजनहरूलार्ई गर्ने आदरसम्मान, सासूससुरा तथा परिवारका अन्य सदस्यहरूप्रतिको माया र सेवाबाट सबै प्रशत्र थिए । तर अब्दुल एउटा चिन्ताबाट पिल्साइरहेको थियो । ऊ रजियासँग एक्लै भएको बखत बडो दुखी भएर भन्थ्यो, “रजिया ! मलाई माफ गर । मैले तिमीलाई ठूलो धोका दिएँ । अन्धकारमा राखेँ, तिम्री जीवन बर्वाद बनाएँ । मैलै एउटा कुरा तिमीलाई थाहा दिएको छैन । तिमीजस्ती राम्री, ज्ञानी र सुशिल केटीले राम्राराम्रा लोग्ने पाउने थियौ, अझ पनि पाउन सक्छौ ।” “यो के भत्रुभएको मेरो आका ! मलाई तपाइँले बिहे गरेर कत्रो उपकार गर्नु भएको छ, नत्र हामी जस्तो गरिब केटीसँग कसले बिहा गर्ने थियो ? अल्लाह दयालु छन् । तपाईले यस्तो कुरा गर्नु हुत्र । लाइलहा इल्लालाहुल अलियुल अजिम, अल्लाहको नाम लिनोस् । यस्तो पाप नबोल्नुहोस् । तपाइँ किन यस्तो सोच्नु हुन्छ ?” ऊ अब्दुलको गोडा समाएर रुने गर्दथी । रजिया, अब्दुलको गोडा मिचेर बिगतका कुराहरू मनमा खेलाइरहेकी थिर्ईं । नर्सहरू आफ्नो नियमित ड््युटिका लागि आएको बेला अब्दुललाई अझै जागै र चिन्तित देखेर निद्रा लगाउने इन्जेक्सन दिएर गएका थिए । अब्दुल आँखाभरि आँसु लिदै लट्ठ भएर निदाएको थियो । रजियाको मन फेरि विरक्त भयो । मनमा विभित्र शङ्काउपशङ्का जाग्न लागे । ऊ बिगतमा हराई । बिहा गरेर ऊ अब्दुलको घर भित्रिएपछि, उसले घरव्यवहार समालेको देखेर अब्दुल झन्झन् उदास देखिन्थ्यो । ऊदेखि टाढाटाढा जाने, केही पश्चात्ताप, केही गल्ती गरेजस्तो उसको व्यवहार बुझीनसक्नुको थियो । ससुरा प्रायः दिनभरि पसलमै बस्थे । सामान बिक्री गर्नु, फुर्सत भएको बेला हुक्का तात्रु, नियमित रूपले नमाज पढ्नु, मस्जिद जानु रोजा, बकरिद पर्वहरू धूमधामसँग मनाउनु, उनी एक आदर्श मुसलमान थिए । सासूससुरा दुवैले रजियालाई आफ्नी छोरी जस्तै माया गर्दथे । रजियालाई कुनै चिजको कमी थिएन । उसलाई एउटै कुरामा आश्चर्य लाग्दथ्यो बिहा भएको ६–६ महिना बितिसक्दा पनि अब्दुल एक रात ऊसँगै सुतेको थिएन । धेरैजसो ऊ घरबाहिर बस्ने औसर खोज्दथ्यो र घरमै बसेको रात एउटै कोठाभित्र सुत्दा पनि ऊ सन्चो नभएको, तवियत खराब भएको बहाना बनाउँथ्यो । ऊ अब्दुलको गोडा मिचीदिन्थी, तेल लगाइदिन्थी । भो, भो तिमी थाकेकी छौ भन्दाभन्दै ऊ निदाएर घुर्न लाग्दथ्यो । रजिया उसको बलिष्ट पाखुरा र चौडा छाति हेर्दै छटपट गरेर धेरै रातसम्म अनिँदै रहन्थी । पसलका लागि सामान कित्र, घरका लागि केही सामान ल्याउन इनरुवा वा सीमा पारिको शहर विरपुर जानु पर्दा रजियालाई पनि सँगै लिएर जाने आदेश अब्दुलकी आमाले दिन्थी, “बुहारी दिनभरि एक्लै बसिरहन्छे, भटभटियामा पछाडि राखेर दुलहीलाई पनि लिएर जा, उसको मन बहलिन्छ ।” सामान कित्र धरान वा विराटनगर जाँदा रजिया अन्य स्वास्नीमानिसहरू जस्तै साडी वा सेरवानी मात्र लगाउँथी तर सीमापारि भारतको विरपुर बजारमा सस्तो सामानहरू कित्र जाँदा रजिया बुर्का पनि लगाउँथी । बुर्का लगाएकी महिलालाई मानिसहरू इज्जत दिन्थे, बुर्काले उसलाई लोग्नेमानिसहरूको उत्ताउलो नजरबाट पनि जोगाउँथ्यो, ऊ आफूलाई सुरक्षित ठान्दथी र मनलागेको कुरा निर्धक्कसँग बुर्काभित्रबाट हेर्न पनि सक्थी । रमदान पर्व नजिक आइरहेको थियो । घरयसी सामान कित्र उनीहरू मोटरसाइकलमा बसेर वीरपुरतिर जाँदै थिए । डुमराही नजिक एक्कासि एक हूल नापाक जन्तु (सुँगुर) च्वाँच्वा गर्दै बाटो छेक्न अगाडि आइपुगेको थियो । या अल्लाह, त्यहि अपवित्र जन्तुबाट बच्न खोज्दा उनीहरू दुर्घटनामा परे । संयोगले रजिया लडेर एउटा बलौटे खाल्डोमा खसी तर अब्दुल अगाडिको रूखमा ठोक्किन पुगेको थियो । गाउँलेहरूले उनीहरूलाई नजिकैको हेल्थपोष्टसम्म बोकेर पुर्याएका थिए । घाउ त्यति गहिरो छैन भनेर उनीहरू स्थानीय स्वास्थ्य केन्द्र मै उपचार गराएका थिए तर घाउ झन्झन् बल्झिएर सेप्टिक भएको थियो । अनि उनीहरू लाचार भएर काठमाडौँ आएका थिए– थप उपचारका लागि । रजिया अल्लाहसँग बिलौना गर्दथी, “किन यो घाउ मलाई लगाइदिएनौ, अब्दुललाई किन यति दुःख दिएको ?” ऊ अल्लाहसँग प्रार्थना गर्दथी । ऊ विगतमा हराएर कति बेला निदाइ पत्तो नै भएन । “बेगम, बेगम”! अब्दुल उसलाई बोलाइरहेको थियो, उसलाई पिसाब लागेको रहेछ । युरिनलमा पिसाब फेराउन लाग्दा ऊ जहिले पनि रजियालाई अर्कैतिर हेर्न, भित्तातिर फर्कन भन्ने गर्दथ्यो । रजिया अचम्म मान्दथी कस्तो लाज मान्ने लोग्नेमानिस हो, आफ्नी स्वास्नीसँग पनि यति धेरै लाज मान्छन् र ? ऊ छक्क पर्दथी । अब्दुललाई हेर्न, उसको सञ्चोबिसन्चो सोध्न उनीहरूकै गाउँको हमिद कहिलेकाहीँ आउने गर्दथ्यो । हमिद, अब्दुल भन्दा करिब तीन, चार वर्ष जेठो थियो । तर एउटै गाउँ, एउटै ठाउँ, सँगै गाईभैँसी चराउँदै, कोसीमा पौडी खेलेर हुर्किएका थिए । अचेल ऊ माझीहरूले मारेको कोसीको माछा काठमाडौँमा ल्याएर बिक्री गर्दछ । राम्रो आम्दानी हुन्थ्यो । गाउँघरतिरका मानिस काठमाडौं आएको बेला, आवश्यक सहयोग उसैले गर्दथ्यो । अब्दुलको लागि पनि गाउँबाट पैसा ल्याइदिने उनीहरूको हालखबर आमाबुबासम्म पु¥याउने काम उसैले गर्दथ्यो । हमिदकी स्वास्नी केही वर्षअघि कोसीको भङ्गालो तर्न लाग्दा डुबेर मरेकी थिई । त्यसपछि उसले अर्को बिहा गरेको थिएन । हमिद, रजियालाई हेरेर जिस्काउँने गर्दथ्यो, “बेगम साहिवा ! आफ्नी स्वास्नी त अल्लाहकी प्यारी भई, मलाई तिमीजस्तै राम्री एउटी खोजिदेऊ न ।” हमिद अस्पताल आएको दिन अब्दुल पनि निकै खुसी हुन्थ्यो । उसको अनुहार हँसिलो हुन्थ्यो । उनीहरू धेरैबेरसम्म हाँसीहाँसी बाल्यकालका कुराहरू गर्दथे । बसको पछिपछि झुन्डिएको, कोसीटप्पुमा चराको सिकार खेलेको, कोसीमा माछा मारेको, पौडी खेल्दा डुबेर पानी खाएका कतिकति कुराहरू हुन्थे । अनि अब्दुल, हमिद र रजियालाई सँगसँगै बस्न लगाएर कस्तो सुहाएको जोडी भन्दै जिस्काउँथ्यो । जब हमिद जान्थ्यो, अब्दुल थकान र कमजोरीले लस्त भएर अलसतलस बन्दथ्यो । डाक्टरको उपचारले, रजियाको सेवासुसारले अब्दुललाई धेरै बिसेक हुँदै गएको थियो, गोडा काट्नु परेन, उसका घाउ भरिदै आएको थियो । जब अब्दुल आफैँ केही हिँड्डल गर्न सक्ने भएको थियो उसले हमिदसँग अनुनय गरेर रजियालाई काठमाडौँको घन्टाघर स्थित जामेमस्जिद, दरबारमार्ग स्थित पञ्च कस्मिरी, बौद्ध धर्मावलम्बीहरूको स्वयम्भू, हिन्दूहरूको पशुपति आर्यघाट, विदेशी पर्यटकहरूको थलो ठमेल, किनमेलको बजार न्युरोड सबैतिर घुमाउन लगाएको थियो । रजिया पराया लोग्नेमानिससँग एक्लै घुम्न जान मान्दिनथी । अब्दुल उसलाई फकाउँदै भनेको थियो, “हमिद त आफ्नै परिवारको सदस्य हो, ऊसँग के लाज मात्रु, फेरि यहाँ परदेशमा ऊ बाहेक हाम्रो को छ र ? तिमी अल्लाहसँग दुआ माग्न मस्जिद जान लागेकी हौ, पाप लाग्दैन, जाऊ, काठमाडौँ आएको बेला, जानुपर्छ । अहिले हामी मक्का जान नसक्नेहरूका लागि यही जामेमस्जिद हाम्रो लागि मक्का हो, मौका गुमाउनु हुन्न ।” रजिया लोग्नेको लागि दुआ माग्न पनि मस्जिद जान राजी हुन्थी । उनीहरू फर्केर आएपछि अब्दुल, हमिदको खुब तारिफ गर्दथ्यो, “बडो असल मानिस छ । आर्थिक रूपले सम्पत्र छ, आफ्नी स्वास्नीलाई एकदम माया गर्दथ्यो ।” अनि उदास भएर भन्ने गर्दथ्यो, “रजिया म गुनहगार हुँ, मैले नापाक काम गरेकोले अल्लाहले मलाई यो दुघटनाले एउटा सजाय दिएका हुन्, सचेत गराएका हुन् । अखिरत का दिन दोखज जानुपर्नेछ, म नरक जान चाहात्र । अल्लाह मियाँ, मलाई माफ गर ।” यस्तो कुरा नगर्न रजिया ऊसँग अनुनय, गर्दथी, बिन्ती गर्दथी । तिमीलाई पाएर म एकदम सुखी छुँ, खुसी छुँ भन्थी । तर किन हो किन अब्दुल भित्रभित्रै जलिरहेको हुन्थ्यो । अब्दुललाई डिस्चार्ज गर्ने समय आउन लागिसकेको थियो । रजिया पनि अचेल निकै खुसी देखिन्थी अल्लाहले कृपा गरे– रहम गरे भनेर । अल्लाहको लाखलाख शुक्र३७ छ, धन्यवाद । आफ्नो लोग्ने, आफ्नो हरम बिसेक भएकोमा ऊ अल्लाहलाई मुरीमुरी धन्यवाद दिन्थी । रमजानको महिना चलिरहेको थियो । मुसलमानहरू रोजामा थिए, दिनभरि निराहार भएर व्रत बस्थे । आज पनि हमिद, अब्दुललाई भेट्न आएको थियो । अब्दुलले रजियालाई सेवई र खजुर किन्न बाहिर पठाएर हमिदसँग कुरा गर्न लाग्यो । अब्दुलले हमिदको हात समातेर विनित स्वरमा भन्यो, “हमिद मियाँ मलाई पैगम्बरबाट एउटा इलहाम प्राप्त भएजस्तो लाग्छ । मलाई अल्लाहले हजगर्न जाऊ, मक्का जाऊ भन्ने आदेश दिनु भएको छ । म अब यो साँसारिक मायामोहबाट छुटकारा चाहान्छु । म तिमीलाई एउटा परोपवारको काम सुम्पन चाहान्छु । यो पवित्र महिना हो, तिमीले मलाई सहयोग गर्ने बचन दिनुपर्छ । एक सच्चा मुस्लिमले धर्मको कामबाट नाइँ भत्र मिल्दैन, मलाई बचन देऊ ।” हमिद बडो दुविधामा पर्यो । ऊ पनि एक सच्चा मुसलमान थियो, फेरि रमदानको महिना । सिकिस्त बिरामी भएर थला परेको बाल्यकालको मित्र, उसले सक्दो सहयोग गर्ने बाचा गर्यो । हमिदबाट आश्वासन पाएपछि अब्दुल भत्र लाग्यो, “हेर ! हाम्री रजिया अहिले पनि उस्तै पवित्र छ, जस्ती बिहा गर्नु अघि थिई । तिमीलाई थाहा नै छ, जब म तीनचार वर्षको थिएँ, मेरो मुसलमानी गर्दा खतना गरेको ठाउँमा बाँसको कर्चिले घोचिँदा संक्रमण भई पाकेको थियो । पछि त्यो घाउ बिसेक त भयो तर जननेन्द्रियका नसाहरू गुँडुलो परेर बडहरको फल जस्तो गुजुल्टो परेको छ । अब त्यो अङ्ग एक पिसाप फेर्ने प्वालको रूपमा मात्र बाँकि छ । तिमी भन यस्तो अवस्थामा मैले रजियासँग बिहा गरेर महापाप गरिन् ? के लाई अल्लाहले माफ गर्छ्न् ? तिमी मलाई यो पापबाट उन्मुक्त्ति देऊ, तिमी रजियासँग बिहा गर ।” अब्दुलसँग छलफल भएपछि हमिदले रजियालाई आफूले पनि बिहा गर्ने कुरा सुनायो । केटी पनि फेला परिसकेकी छ तर उनको स्वीकृति लिनमात्र बाँकी भएको भन्दै उसले रजियालाई रोजाएर काठमाडौँमा थुप्रै लत्ताकपडा किन्यो, गहनाहरू बनायो । अस्पतालबाट डिस्चार्ज भएपछि अब्दुल, रजिया र हमिद एउटै बसबाट सँगै आफ्नो गाउँ रहिमपुर आए । घर पुगेको केही दिनपछि अब्दुलले गाउँमा एक भोजको आयोजना गर्यो, इफ्तारीको आयोजना गर्यो । इष्टमित्र, मौलवी, हाजी सबै निमत्याइए । भोजको कार्यक्रममा रजिया सहित अन्य महिलाहरू पर्दा पछाडि बसेर सहभागिता जनाइरहेका थिए । उपस्थित भद्र भलादमीहरूको बैठकमा अब्दुलले रजियालाई पनि निम्त्यायो । ऊ लजाउँदै, डराउँदै पर्दा पछाडि आएर बसी । अनि केही गम्भीर भएर उपस्थित भलादमीहरूको ध्यान आफूतिर आकृष्ट गर्दै अब्दुलले रजियातिर हेरेर भत्र सुरु गर्यो, “रजिया एकदम नेक कन्या हुन् । उनले मलाई, मेरो परिवारलाई र मेरो सेवा स्याहारमा कुनै कमी राखेकी छैनन् । उनमा कुनै खोट छैन, तर म एक योग्य पति हुने क्षमता राख्दिन, म उनको योग्य छैन । म रजियालाई स्वतन्त्रता दिन्छु, उसलाई आफ्नो बन्धनमा बाँधी राख्न चाहन्न । उसँग सम्बन्धविच्छेद गर्न चाहान्छु । हाम्रो सम्बन्ध लोग्नस्वास्नीको रूपमा नरहेतापनि हामी सधैँ एक असल मित्र रहने छौँ ।” अनि उसले इस्लामी सरिअन अनुसार तीन पटक भन्यो – “तलाक!” “तलाक ! !” “तलाक ! ! !” “रजिया अवाक् भई, ऊ रुन लागी । यो के भयो, उसले के र कहाँ के गल्ती गरी, किन अब्दुलले यसरी तलाक दियो ? उसले केही थाहा पाइन । मानिसहरू खासखुस गर्न लागे । केही युवाहरूले विरोधको स्वर उठाउन चाहे । अनि मानिसहरूलाई शान्त पार्दैं भीडबाट उठेर हमिदले भन्यो, “इहदिनास सिरातल मुस्तकिम, अब्दुल एकदम नेक मानिस हुन् । उनी अल्लाह र उसका रसुलमा विश्वास राख्छन् । रजियासँगको तलाक पनि अल्लाहको रसुल हो । तपाइँहरूलाई थाहै छ, मेरी बेगम मरेकी पनि आज तीन वर्ष भयो । म एक्लो छुँ– म पनि परिवार बसाउन चाहान्छु । घरजम गर्न चाहान्छु । रजियाको स्वीकृति पाए म ऊसँग निकाह गर्छु । म उनलाई जीवन साथी बनाउन चाहान्छु ।” उसले मौलाना तिर हेरेर हात जोड्दै निकाहका लागि स्वीकृति माग्यो । उपस्थित जनसमुदाय तर्फ हात जोड्दै समर्थन चाह्यो, अनि पर्दा पछाडिकी रजिया तिर हेर्दै सहयात्राका लागि याचना गर्न लाग्यो । गाउँका पाका मानिसहरू अब्दुलको प्रशंसा गर्न लागे, “क्यावात, क्यावात अब्दुल ! तिमीलाई हाम्रो शुभकामना छ ।” ंअब्दुल र हमिद आपसमा अङ्कमाल गर्दै एकअर्र्कालाईं बधाई दिए । पर, पर्दा पछाडि बसेकी रजिया एकै पटक मिलन र बिछोडको भुमरीमा परी । हर्ष र बिस्मातको भँगालोमा भासिई । उसको अनुहार भूपिको ‘मैनबत्तीको शिखा’ झैँ भयो– एकातिर धप्पधप्प बलिरहेछ अनुहार ! अर्कातिर तप्प तप्प ढलिरहेछ अश्रुधार !!
राजु शर्मा – टेलिभिजन
“के हो रमेश बाबु आज त सखारै पाल्नु भएछ नि” छिमेकीको घरमा टेलिभिजन हेर्न गएका रमेश बाबु प्रतिको व्यङग कस्न उनले किन चुक्थे र ! “आज कार्यालयबाट छिटटै फर्किएं कोठामा त्यसै बुिुसराख्न पनि मन लागेन त्यसैले काका कहां आउदा काका सगं भेटघाट पनि हुने टेलिभिजन पनि हेर्न पाईने हैन त काका” उस्ले पनि लाचारी ब्यक्त गर्यो । “ छोरा छोरीको जांच निजिकिदै छ त्यसैले आज टि, भि नखोलौं की ?” छिमेकिको आशय उस्ले प्रष्ट बुझयो । पैताला देखि टुप्पी सम्म रिस दौडियो । जुरुक्क उठेर वाहिरीयो । एउटा टि, भि किन्न सकेको भए यी नालाएक मिेकिको यसरी बेज्जत खप्नु पर्ने त थिएन् । मुटुबाट मुख सम्म आएको रिसलाई धुटुक्क निल्यो । अनुहार भरि एउटा मुस्कान दल्ने असफल प्रयास गर्यो । भोलि पल्ट कार्यालय जान घरबाट निस्कियो । खल्ति छाम छुम पार्यो । उसको एउ६ा तल तल छ भात खाए पछि सुपारी चपाउनै पर्नै । आफनो पहिरनको सम्पूण खल्तीहरु छाम छुम पार्दा पनि एक टुक्रा सुपारी भेट्टाउन सकेन् । एक टुक्रा सुपारिको लागि आशा रामको पसल तर्फ आंखा फाल्यो । पसल अगिल्तिर गएर ठिङग उभियो। “ अफिस तिर हो कि कसो हो बाजे ” । आशा रामको जि१ासामा उस्ले मुन्टो हल्लायो । “ दुई टुक्रा सुपारी देउ त ।” एक रुपैंयाको नोट पसार्यो । आशा रामले शिशि भित्रबाट दुई टुक्रा सुपारी उस्को हातमा थमाई दीयो । एक टुक्रा मुख भित्र हुल्यो । अक्र्राे एक टुक्रा पाईन्टको खल्ति भित्र छिरायो । ङिच्च दांत देखाएर पलाएन हुन खोज्यो । “ बाजेको छोरा छोरी कति वटा छन् ?” आशाराम साहुले कुरा कोट्टयायो । आशा रामको प्रश्नमा छाति फुलाएर “दुई छोरा दुई छोरी” गर्भले फुक्यो । “बाजे मात्रै हेर्दा खेरी सोझो जस्तो ? तर छोरा छँेरी त स्मार्ट रहेछन् नि ?” आशारामले कुरा कोटयायो । उस्को शरीरमा शंकाको सानो छिद्रा पर्यो । शंकैं शंकामा सोध्यो “तिमीले के आधारमा भनेका हौ ?” “आ बाजे पनि बाजेको छोरा छोरी मेरै पसलबाट त फोन गर्छन नि । फोनमा भएको कुरा म बुझदीन र ?” आशा रामको स्पष्टोक्तिले उस्मा शंकाको बादल मडारीन थाल्यो । आशा रामको बोलिबाट निस्किएको प्रत्येक शब्दले उस्लाई च्वास च्वास घोच्न थाल्यो । कतिखेर उस्ले दात ङिच्च पार्यो र त्याहांबाट पलाएन भयो उस्लाई पत्तै भएन । “एउटा जाबो फोन हालिदिन सकेको भए छुसि साहुले ब्यङग कस्न त पाउने थिएन् ?“ उस्ले बा६ोको छातिमा एक्कासि अफुलाई लुरुलुरु हिडिरहेको महसुस गर्यो । आफनो नालाएकी पनमा उस्को लोग्ने मान्छे नजानिदो किसिमले जाग्यो , रिसले दांत चपायो । कल्पनामा नै भए पनि उस्ले छोरा छोरीको गालामा कस्सेर एक एक ठप्पड बजायो । “एउटा टेलिफोन र एउटा टेलिभिजन किनेर राख्न नसक्ने छुसिले हैकम लादन खोज्नु हुट्टि टयांउले आकाश थाम्ने प्रयाश गरे जस्तो त न हो“ उस्लाई आफै प्रति धृणा उर्लिएर आयो । “यस्तो छुसि नालाएक मान्छेले महानगर पालिकाको छातिमा गल्र्याम गल्र्याम बुट बजार्ने अधिकार पनि छैन् ।“ उस्ले आफंैलाई धिक्कार्यो । राति सुत्ने बेलामा श्रीमतीको अर्को घोषणा जारी भयो “घरमा एउटा टेलिभिजन हेरुं भनेको जिन्दगी त्यसै बित्यो ।” उस्ले फकाउदै भन्यो “छोरा छोरी पढदैढन टेलिभिजन लेराए पछि उनिहरु टेलिभिजनमा बढि पढाईमा कम ध्यान दिन्छन् , पढाई बिग्रन्छ , बरु उनिहरुको पढाई सकिए पछि लेराउंला नि हुन्न् ।” उ किन फक्किन्थि र ? झन मुख बंगाई “नाच्न नजान्ने आंगन टेडो , छिमेकिका घरमा बढेमानका टेलीभिजन छन् कोठै पीच्छे । टेलिफोन छन् तलै पिच्छे । तैपनि उनिहरुका छोरा छोरी राम्रो श्रेणिमा पास हुन्छन् । खाने मुखलाई जुंगाले छेक्दैन ।” श्रीमतिको धारा प्रबाहा रोकीएन । घुप्लुक्क मुख छोपेर सुत्नुमानै कल्याण सम्झीयो । भोलि पल्ट सबै सगैं बसेर भात खांदै थियौं । श्रीमतीले कुरा कोटयाई हालि “आज त बिर्सिने होईन नि ?” “दुई चार दिन पखन” अझै सम्झाउने प्रयत्न गर्यो । “अबत ढाटन पाईन्न है ?”अबत झन श्रीमती सगैं हो मा हो मिलाउदै छेरा छोरी सबै एकै ढिक्का भैदिए । छोरा छोरीहरुलाई उठेर एक एक लात र दुई दुई चडकन चडकाउने ईच्छा भयो…., तर सधैं झै परिस्थितिको अगाडि लत्रक्क संग गल्यो । हिजोको घटनालाई उग्राउन थाल्यो । सालीको घरमा निम्ता मनाउन स–परिवार गएको । भर्खरै तयार भएको आघुनिक बंगला । बगंलाभित्र सजिसजाउ बेडरुम , डाईनिङरुम । बेडरुम भित्र बिस ईन्चिको कलर टेलिभिजन दराजमा थुनिएर हामिहरु प्रती ब्यङग कस्तै हांसिरहेको । मन भित्र गुम्सीएको श्रृष्या र लाचारी पनको वेदना बोकेका बाह् जोर आंखा एकै पटक झिलिक्क झील्कीएर त्यस टेलिभिजनमा गएर घस्सियो । मेरो कान्छी छोरी आफुलाई थाम्न नसकी त्यस आधुनिक संसारको जादु सम्म पुग्न सफल भई र लामो सास लिई । त्यसलाई छाम्ने दुषप्रयास गर्न थालि । त्यसको दुर्लब स्नेहले आफनो तिर्खाएका आंखाका नानि भित्र सजाउन थाली , अनायास सुकोमल ओठ उघारी “आहा कस्तो राम्रो टेलिभिजन ?” उस्को कन्सीरीको रौ तात्यो । मुटु पट्ट फुटला जस्तो भयो । छटपटि बड्यो । कान्छी छोरीले टेलिभिजन उचालेर मेरो टाउको माथि गल्र्याम्म बजारेको अनुभब भयो । अब पालो आयो मेरो कान्छो छोरोको उ पनि के कम टेलिभिजन हेर्न हतारियो र बिस्तारै मुख बायो । उस्को आसय टेलिभिजन खोलिदिय हेर्न पाईन्छ भन्ने थियो । मेरी श्रीमती झन के कम हुन्थी र बहिनीको सामु बड बडाइ हालि “एक पल्ट टेलिभिजन खोलन् ?” बहिनी पनि किन कम हुन्यी र “भान्छाको काम त्यसैछ पहिला भान्चाको काम सकुं अनि टेलिभिजन खोलांैला ? हिडनुस भान्चामा” मेरो श्रीमतीको अनुहारमा चुक छरेको प्रष्टै देखियो । बाध्यताको सामु उ पनि लुत्रुक्क परी । उस्को अभीभाबकत्व मुर्छा पर्यो । एक वर्षको अन्तर द्धन्द पछि उस्ले कठोर संकल्प लियो । ब्रम्हान्डै धुलो पिठो भए पनि । आकाशै खसेपनि , दशैंको पेश्की र तलब जोडजाड गरेर भए पनि एउटा टेलिभिजन नकिनी छाडदिन् । आखिर दशै पेश्की र तलब पाउने दिन पनि टुप्लुक्क आयो । घर परिवारहरुका आंखामा उमङग छायो । स्वास्नीको अनुहार भरी उषाको लाली चम्कीएको देख्न पाईयो । “भोलि त दशैं पेश्की र तलब दुबै हातमा थाप्ने दिन हैन त ?” “हो ?” “एक बर्ष पछिको पर्खाई विर्सनु होला नि ? सम्झनुभा छ हैन् ? फेरी कुनै छुटटै बहानाको अबिस्कार गरिसक्नु भएको त छैन् ? यस पालि त यता उता भन्न पाईन्न ।” श्रीमतीले बिर्सेकि रहिनछ । दिन रात यसैको सपना देख्थी की ? कसो । “बिर्सैको छैन किन बिर्सन्थयें ? वरु पुग्ने हो वा होइन” अलीकति शंका ब्यक्त गर्यो । “थप थाप….. सर सापट गर्नु पर्छ नि…. । अब छोरा छोरीले पनि रहर गरिरा छन् त्यसै उम्कन कहां पाईन्छ र ?” श्रीमती अली नरम भई । उस्ले खल्ति अलि उकास्सीए जस्तो अनुभब गर्यो । यो दिगभ्रमित त पक्कै होईन् । जेहोस पक्कै उस्को खल्ति आज एक बर्ष पछि अलिकति बढि रकमले भरीएको थियो । सधैं स्याप्रीएर चाउरी परेको खल्ति आज पुष्ट भएर उकासिएको देख्दा उस्को आत्मा आनन्दको भुंमरीमा पौडिन थाल्यो । गर्भले छाती फुलेर आयो । दशैंको आगमन सगैं कार्यालयमा रौनकता छाएको त छदैंथियो । यो प्रत्येक बर्षको नियमिततानै हो । प्रत्येक दशैंमा झै यस दशैंमा पनि सरकारले एक महिनाको तलब बोनसको रुपमा सबै कर्मचारीलाई बांडेकै थियो । त्यसैले होला ? कर्मचारीहरु प्रसन्न देखिएका थिए । कार्यालयमा सखारै सुन्यता छाउन थाल्यो । सबै कर्मचारी धमाधम तलब थाप्दै एउटा न एउटा बहाना बनाउदै कार्यालयबाट वाहिर जान थाल्य । उस्को पनि आज बहुप्रतिक्षीत दिन भएकोले गैर्वान्वित हुनेनै भयो । उस्को पनि आज ठूलै आबश्यकता पुरा गर्नु छ । आत्मा सन्तुष्टिको छुटटै परिकार छान्नु छ अनी कपा कप आफु पनि खांदै अरुलाई पनि खुवाउनु छ । घडिले तिन बजेको संकेत दियो । पांच बजे सम्मको जागिर आज तिनै बजे छोट्याएर हिडने बिचार लियो । त्यसैले उ बाहिरियो । बाटामा निकैनै चहल पहल बढेको देखिन्थ्यो । हरेक दशैं ताक यस्तै हुने गर्दथ्यो । उ सरासर न्यूरोड तिर हानियो । बाटोमा उस्को हात धेरै पल्ट पाईन्टको खल्तीमा गएर टांस्सिन्थयो । नोटको सुरक्षको खातिर उस्ले खल्तीको सुरक्षामा पुरै ध्यान दिने सोचाई वनाई रहेकै थियो । त्यसैले उ कुनै जोखिम नलिई नोटको सुरक्षमा मात्र आफुलाई केन्द्रीत गराएको थियो । हिसाब किताब गर्ने फुर्सत उस्लाई आज कहां छ र ? उस्को मानस पटलमा सलाइड बनेर टेलिभिजन भित्रका दृष्यहरु यता उता सलबलाएको मात्र महसुस भैरहेको थियो । उस्ले ठम्माएको र बुझे सम्मको सम्मपूर्ण अक्कलहरु प्रयोग गर्दा पनि उस्को खल्तीको नगदले ठुला ठुला सपनाहरु खरिद गर्नै हिम्मत जुठाउन उस्ले सकेको थिएन् । उस्ले केबल एउटा ज्ञद्ध ईन्चीको चाइनिज टेलिभिजन किनेर काखी च्याप्ने जमर्को गर्यो । उस्को बर्षौ पछिको धोको पुरा गर्ने मनसाएले न्यूरोडका गल्ली गल्ली चाहार्यो । चोटाकोठा घुम्न भ्यायो । संम्पूणर््ँ डिलर , सबडिलर , खुद्रा सबै पसलका कोठाचोटाहरुमा चियाउन पुग्यो । मोल मोलाई गर्यो । बिना परिश्रम बिना मूल्य धेरै पल्ट उस्ले चाहंदा नचाहंदै पनि साथि भाईको मुखबाट टेलिभिजन को बारेमा कथा ब्यथाहरुको पोको फोएर सुन्न भ्याएकै थियो । उस्ले धेरै अधि देखि सांचेर राखेको ति सब कथा ब्यथा र अनुभबलाई एक पछि अर्को गर्दै फुकाएर उगराउन थाल्यो । त्यसैको निचोड स्वरुप उ महांबौद्धको गल्ली भित्र चियाउन पुग्यो । चिनियां उद्धार निति र नेपालको खुल्ला ब्यापारबाट मौलाएर छुटटै न्वारण गरिएको बजार खासा बजारलाई लम्बाई चौडाई उचाई र गहिराई सम्पूर्णँ परिबेशबाट छाम्न थाल्यो । बजारको निरिक्षण पश्चात उस्ले एउटँ १४ ईन्चीको रंगिन टेलिभिजन खरिद गर्ने निचोडमा आफुलाई पुर्यायो । धेरै शंका उपशंका विच वल्ल एउटा १४ ईन्चिको रंगिन टेलिभिजन छान्यो । मोल मोलाईमानै उस्ले धेरै समय खर्च गर्यो । उस्को खल्तिको नगद नाराएण मध्यबा६ अझै केही नगद नारायण उब्रने हिसाब किताब देखिन आएकोले उ अझ हसिंलो बन्यो । आफुसंग भएको रुपैयां मध्य तिन चौथाई ठयाम्मै साहुलाई सुम्पीएर उस्ले एउटा बाकस छान्यो । समाजको बुझरुक कहलिएको , जान्ने सुन्ने भएको , सरकारी कर्मचारीे उ आफुलाई निकै जान्ने सुन्ने भएको ठान्थ्यो । त्यसैले त बुज्रक वनि धेरै सोध खोज र परीक्षण पश्चात एउटा ठूलो बाकस आफनो भागमा छुट्यायो । आफनो भागको एउटा ठुलै कागजको बाकस च्यापेर फुत्त बाहिर निस्कने असफल प्रयास गर्यो । वाकस ठूलै भएकोले उस्को प्रयास सफल हुन सकेन् । भरियालाई खोज्न उ बाहिरीयो । धेरै बेरको मोल तोल पछि भरियाको ज्यालामा उस्ले सहमती जनायो । भरीयालाई लिएर पसल भित्र छिर्यो । भरीयाको ढाडमा बाकसलाई वोकाएर उ पसलबाट वाहिरीयो । भरीयाको पछि पछि लाग्यो । यो बाकश बोकाएर घर सम्म पुग्न त सकिन्न भन्ने निषकर्ष निकाल्यो । चौबा६ोमा लगेर भरीयाले बोकेको वाकस विसायो । “हात्ती छिर्यो पुच्छर अडक्यो“ गर्न पनि त भएन नि ! त्यसैले उ टयाक्सी खोज्न थाल्यो । राजधानिमा डेरा जमाएको धेरै बर्ष बितिसक्दा पनि उस्ले कुनै दिन पनि टयाक्सी चडन पाएको थिएन् । त्यसैले उ अल्मलियो । जता हेर्यो उतै टयाक्सी नै टयाक्सी……! टयाक्सी टयाक्सी बिचबाट उस्ले एउटा पनि टयाक्सी छनोट गर्न सकेन् । उ दिग्भ्रमित भएर टवाल्ल परेर हेरी मात्र रहयो । उसैको सामुन्ने आएर एउटा टयाक्सी टक्क रोकियो । उ टयाक्सी तर्फ बडयो । यत्तिकैमा एउटा अधबैंशे आईमाई टयाक्सीको ढोका खोलेर भित्र छिरी । टयाक्सी अगाडी बडयो । उ नतमस्तक भएर हेरिरहयो । एउटा निरीह सरकारी कर्मचारी हुनुको पिडा उस्ले भोग्यो । उस्को महिनाभरको तलबले छाक टार्न मात्र पनि हम्मे हम्मे पर्ने अबस्थामा उस्ले टयाक्सी मात्र नभै कुनै पनि सार्बजनिक सबारी साधन चडने कल्पना पनि गर्न भ्याएकै थिएन् । त्यसैले उ घर र कार्यालयको दुरी लाई आफना पाईतालाले नै नापेर भ्याउने गर्दथ्यो । अनेक प्रयास बाबजुद बल्ल बल्ल दोब्बर भाडा दिने सर्तमा एउटा टयाक्सीलाई मनायो । आफनो प्रयासलाइ ठुलै बिजयको रुपमा लियो । सकी नसकी बाकस उचालेर टयाक्सी भित्र छिरायो । बिस्तारै बिस्तारै टयाक्सीले आफनो गति बडाउन थाल्यो । उस्ले डाईभरको अनुहारमा आंखा नचाउन भ्यायो । कालो चुक छरेको अनुहार भित्र ड्राईभर रुपी मानबता नियाल्ने प्रयास गर्यो । मोल मोलाई गर्दा उस्को र ड्राईभर बिचमा एकै छिन तनाब सिर्जना भएको थियो । त्यसैले ड्राईभर रुपि मानबलाई दानबको रुपमा रुपान्तरीत गर्ने जमर्को गर्यो । “अलि विस्तारै हाकन भाई खाल्डा खिल्ीको जोल्ठीनले मेरो टेलिभिजन ाएल बन्न के बेर ।” बाकस दरो गरी च्याप्यो । “किन डराउनु भएको दाई केहि हुदैन ” । डाइबरले अश्वस्त पार्यो । ड्राईभरको नरम ब्यबहारले ड्राईभर प्रतिको उस्को सोचाई गल्र्याम्म ढल्यो । “तै पनि होसियार हुनु नराम्रो पनि होइन नि ?” उसको जबाफमा ड्राईभरले गेर बदल्यो । टयाक्सी झन हुत्तीएर हुंईकियो । उस्को मुटुको ढडकन बढयो । दुबैहातले बाकसलाई कस्सेर समायो । टयाक्सी भित्र पनि उसले चैनले सास फेर्ने फुर्सत पाउन् । एउटा घुम्तीमा गएर डा्रइभरले घयाच्च ब्रेक थिच्यो । डाईभरको सिट पछिल्तीरको भागमा गएर उस्को मुन्टँे ठोकियो । तैपनि उस्ले बाकसलाई हल चल गर्न दिएन् । बाकसको हेर बिचारमा आफनो दुखाई पनि बिर्सियो । डाइभर नबुझीने भाषामा फत फताउन थाल्यो । “के भयो र भाइ ?र्” बिनम्र भाबमा सोध्यो । “के हुनु नि ? घुस ख्वाएर लाईसेन्स लिन्छन सालाहरु….? अनि जथा भाबी चलाउछन् ?” उस्ले आक्रोस ब्यक्त गर्यो । अगाडि पछाडि गाडिका तांतिहरु लइृन लागिसकेका थिए ।। सबै गाडिका हर्नहरुले बाताबरण गुन्जाय मान भयो । सबैलाई हतारो छदैथियो । उस्को आंखा भने आफनो सामुन्नेमा रहेको मि६रमा गएर ठयाम्मै ठोकियो । उ हेरेको हेरे भयो । मिटर नेपालको गरिबी जस्तै गरेर छिटो छिटो बडदै थियो । “नेपालको बिकाशको गतिमा किन हिडन सक्तैन यो मिटर” उ मुर मुरीयो । उस्को टयाक्सी डेराको मुखैमा आएर थ्याच्च रोकियो । टयाक्सीको घयार ….घयार…आबाजले उस्की श्रीमती झयालबाट फुत्त देखा परीन् । उनको मुहारमा कान्ति छाएको खुट्टयाउन उस्लाई कुनै कसरत गर्नु परेन । “ये के हेरीराखेको छौं ?” उस्ले मद्यतको लागि गुहार्यो । सबै एकै पल्ट टयाक्सीलाई छोप्न आई पुगे । “बिस्तारै निकाल है ?फुटला ?” उस्ले सतर्क पार्यो । उस्ले घरको रौनक , ईज्त र प्रतिष्टा निकै बडेको महसुस गर्यो । गर्भले छाति फुलायो । वरीपरी छर छिमेकिका घर आंगनमा एउटा गर्भको आंखा फाल्यो । सबै छिमेकीहरु आंगनमा आउन र उस्लाई हेरुन्….. । उ संग टेलिभिजनको बिषयमा कुरा गरुन् । उस्ले जे चाहेको थियो त्यो भएन् । विहानै उस्ले उर्दि जारी गर्यो “बेला न कुबेला टेलिभिजन खोल्ने होईन नि ? वेलुका दुई घण्टा मात्र खोल्नु ? काम न काजका हिन्दी सिरियल नहेर्नु …….ज्ञयान गुनका …समाचार मुलक कार्यक्रम मात्र हेर्नु ?” वेलुका सखारै कार्यालयबाट घर फर्कियो । उस्ले तनलाई कार्यालयमा टिकाई राख्न सकेन । उस्को मन र मष्तिस्क घर र घरमा भएको टेलिभिजन प्रति मात्र केन्द्रित भैरहेको थियो । वेचैनिले उस्को शरीर तातिएर फुटला जस्तो भयो । टाउको तातेर टन्किन थाल्यो । ह्दयमा ब्यथा , मनमा कैतुहलता अनि शरिर आलश्यमा डुबेको जस्तो अनूभुतिले गर्दा उ कार्यालय समय भन्दा अगावै घर भित्रीयो । कोठाको दृष्यले उस्को मुटुको धडकन बडयो । छोरा छोरी , श्रीमती सबै टेलिभिजन अगाडी झुम्मीएर हिन्दी टेलिसिरीयलमा आफुलाई रुपान्तरण गर्दै गरेको देख्यो । त्यो दृष्यले उस्ले दांत चपायो । उस्को कन्सीरीको रौं तन्किएर ईलास्टिक बन्यो । मस्तिष्कमा ज्वला बल्यो । उस्ले कति गर्दा पनि रीसलाई दबाउने हिम्मत जुटाउन सकेन् । टेलिभिजन बन्द गरेर रीसलाई साम्य पार्यो । एकछिनको लागि घर भरी सन्नाटा छायो । सबै आ आफनो कोठा तर्फ पलाएन भए । उ पनि ओच्छयानमा गएर लम्पसार पर्यो । श्रीमती फत फताउदै बाहिर लागी । जुन उदेश्यले उ घर फिरेको थियो । टेलिभिजन सामुन्ने बस्ने । श्रीमतीलाई मिठा मिठा परीकार बनाउन लगाउने । मिठा मिठा परीकार खादैं टेलिभिजन हेर्ने । कोठाको बाताबरणले उस्को उदेश्यमा पूर्णबिराम लाग्यो । जुन कौतुहलताले उस्लाई सताएको थियो । त्यहि बाताबरण कोठामा देख्दा उस्को कौतुहलता सत्य साबित भएर झुलुक्क झुल्कियो । निमेष भरमै उस्ले निभाई दियो । उस्ले आबेशमा आएर टेलिभिजन बन्द गर्यो । यो उस्ले ठिक गर्यो या गरेन् । यकछिनको मौनता पछि पल भरमै उस्ले गल्ति महसुस गर्यो । “हेर्न लेराएको हो हेरेर के भयोत ?बिथ्यामा बन्द गरेछु । हेर्न लेराएको नहेरेर त्यसै राख्नु पनि त भएन नि ! उमेरमा नहेरेर कैले हेर्नु त ? बिचरा छोरा छोरी बिचरी श्रीमती …।“ परिवार प्रति मायां ओर्लिएर आयो । आफनो गल्तिमा पश्चाताप महसुस गर्यो । विस्तारै उ साधारण अबस्थामा फर्कियो । उस्मा कौतुहलता त छदैंथियो । टेलिभिजन हेर्ने उत्कण्ठ अभिलाषले गर्दा त उ सखारै कार्यालयबा६ घर फर्कियो । जुन उदेश्यले उ फर्किएको थियो । त्यो उदेश्य पुरानभए पछि निस्चयनै उस्को मन र मष्तिस्क घायल बन्न पुग्यो । बिस्तारै हात लम्काएर टेलिभिजन खोल्यो । टेलिभिजनको पर्दा भित्रको दृष्यमा आफुलाई हराउने प्रयास गर्यो तर उस्को प्रयास सफल हुन सकेन् । मन र तनमा उ बिरामी बन्दै जान थाल्यो । कोठाको वातावरणमा उ र उस्को सामुन्नेमा टेलिभिजन एकोहरो फत फताई रहेको थियो । उस्लाई केहि नपुगे जस्तो , केहि अपुग भए जस्तो महशुस भयो । केहि कमि त भएकै हो भन्ने अनुमान लगायो । कोठाको बाताबरण सुनसान र उजाड जस्तो लाग्यो उसले कण्ठ फुलाएर चीच्यायो “ए तिमिहरु कहां छौ ? आवो ? ” सवैलाई एक मुस्ट निम्तो दियो । पल्लो कोठाबाट कुनै जवाफ र प्रतिकृया आएन । उस्ले पुन प्रयास दोर्यायो । “ठूले …ठूली….साने…..सानी….” सबैलाई छुट्टा छुट्टै सम्बोधन गर्यो । अझ उस्को प्रयास सफल हुन सकेन । उताबाट कुनै जबाफ फिरेन । घरी टेलिभिजनमा ३री वल्लो पल्लो कोठामा उ आफुलाई केन्द्रित गरीनै रहयो । वेचैनिले उ छटपटाईनै रहयो । टेलिभिजनमा देखा परेको दृष्यमा उस्को ध्यान जान सकिरहेको थिएन । उस्को क्षेणिक आबेशले उस्लाई घायल बनाउदै लान थाल्यो । श्रीमती च्याठिदै भित्र छिरी “हेर्नु नि ! आफु मात्र मन लागेको ” अब छोरा छोरी हेर्दैनन टेलिभिजन । आफैं एक्लै हेर्नु भै हाल्यो नि ? ” श्रीमतीको रिस साम्य भैसकेको थियन् । “भैहाल्यो ….अब आएर हेर्नु नि ? मैले मात्र हेर्न लेराएको हो र ? जे पायो त्यो पो नहेर्नु भनेको ” परिस्थिति सामु सिर निहुर्यायो । “जेपायो त्यो भनेको के हो…….?जे राम्रो लाग्छ त्यो हेर्न पनि पाउनु पर्यो नि ?” श्रीमती किन कम हुन्थि र । “ल भैगो जे मन लाग्छ त्यहि हेर्नु” बाक्य पनि पुरा भएको थिएन् । वल्लो कोठा पल्लो कोठाबाट छोरा छोरीहरु हुरीदै आएर टेलिभिजन वरी परी झुम्मीए । अब उनिहरुको फर्माइस बडन थाल्यो । जाबो एउटा टेलिभिजनले उनिहरुको छुट्टा छुट्टै फर्माईस पुरा गर्न सक्ने कुरै भएन् । जेठो आफनो फर्माईस पुरा गर्न च्यानल फेर्न थाल्यो । जेठी के कम हुन्थी र ? उ पनि आफनो इच्छामा च्यानल यता उति नचाउन थालि । त्यो सबै हेरेर बसीरहेकि कान्छी मात्र किन कम हुन्थी र ? उ पनि च्यानललाई यता उति नचाएर घुमाउन थाली । कान्छो त अझै बाकी छदै थियो । उ त झन के कम हन्थ्यो र ? च्यानललाई अन्तै फर्काई दियो । एउटा रिमोटकन्ट्रोल आठ हातमा यता उता तानिएर घाएल बन्यो । आठ हातको थिचाइले रिमोटकन्ट्रोल थिल थिलो भयो । श्रीमती कुर्लन्थी “त्यो घर परिवार सम्बन्धि सिरीएल आउने बेला भएन् ?” मेरो समाचार हेर्ने अभिलाषा परिवारको आ आफनै फर्माईसमा ३ाएल वन्दै जांदै थियो । सबै जना वेलुकाको खाना खाईवरी ओरीपरी झुम्मीएर टेलिभिजनलाई गुरु थाप्दै यकलब्य बनि ध्यान मग्न थियौं । जेठि छोरीले आफनो ईच्छामा च्यानल फेरी । जेठो छोरोले पनि त्यसै गर्यो । श्रीमती के कम हुन्थी र ? हुत्तीएर रिमोट थुति अनि जानि नजानि च्यानल घुमाउन लागि । कान्छी छारीलाई आमाको कृयाकलाप पाच्य भएन । हातैबाट रिमोट थुतेर आफनो माग पुरा गरी । कान्छो छोरो केकम हुन्थयो र ? दिदीको हातबाट रिमोट छिनेर च्यानल धुमाउन थालिहाल्यो । यि सब दृष्यहरुले मेरो पाईताला देखि टुप्पी सम्मको भागमा रीस डौडिएर कुदन थाल्यो । अभिभाबकत्वले दाह ङिच्याएर जिस्काउन थाल्यो । धैर्यको बांध फुटयो । वाजले चल्ला झम्टीउझै रिमोटमा मेरो हातले झम्टा हान्यो । समाचारको च्यानलमा गएर टक्क रोकियो । छोरा छेरी श्रीमती सबेै मेरो अनुहारमा एकोहरो टोलाई रहे । म गर्भले छाति फुलाएर आफनो बिजय उत्सब यकोहरो टेलिभिजनमा केन्द्रित भएर मनाउन थालें । एकै पलमा टेलिभिजन फिस्स फुस फुसायो । टेलिभिजनको ढाडबाट अलि कति धुंवाको मुस्लो उडयो । टेलिभिजनले बिश्राम लियो । सबै मिलेर रिमोट थिच थाच पार्यौं । टेलिभिजनलाई चारै तिरबाट सुम सुमायौं । यता हल्लायौं , उता हल्लायौं , टेलिभिजनले सासफेर्ने लक्ष्यणै देखाएन् । सबैको आखा टेलिभिजनमा केन्द्रित छदै थिए । ……..सबै टोलाएर हेरीमात्र रहयौं । ……….टेलिभिजन चिर निद्रामा समाधिस्थ भयो । हामी अबाक टोलाई रहयौं ।
राजु शर्मा – बिसर्जन
जब म कोठा भित्र छिर्छु । उ पलङमा पलिटरहेकै हुन्छ । हातमा किताबको ठेली । ओठमा ठुटो चुरोट । उस्को नियमितता नै हो । यत्र तत्र छरपस्ट किताबै किताबहरु । भित्ताका र्याकहरुमा पनि अटेश मटेश गरेर किताबका तांतिहरुनै लईन बद्ध भएर बसेका देखिन्छन् । एउटा अब्यबस्थित कोठा भित्र अब्यबस्थित जिन्दगी बांचिरहेको छ उ । एकाग्रतालाई भङ्ग गर्न नचाहेर हुन सक्छ ? सल्काएको ठुटो चुरोटको छोटो पनलाई समयमै महसुस गर्न सक्तैन् फलस्वरुप आंैलाका काप सबै निकोटिनको दागले पहेंलो भएर रङिगसकेका छन् । मेरो आगमनमा उ झस्कीन्छ । उस्को एकाग्रतामा बादा परेको महसुस गर्छु । उ मलाई भित्र छिर्ने निम्तो दिन्छ । पलङको पुछार तिर आखां फाल्छ । उस्को ईसारा मुताबिक पलङको पुछारमा गएर थ्याच्च बस्छु । नव्वेशालको भूकम्पले पनि भत्काउन नसकेको जिर्ण घर । कांचो इट्टाको जोडाईमा उभिएर पनि तन्दुरुस्त देखिन्छ । महानगरपालिकाको छातिमै अबस्थित जीर्ण तर तन्दुरुस्त देखिने घरको छिडिमा उस्को कोठा छ । भूईका माटाका टुक्राहरु उप्किएर खोबिल्टाहरु बनेका छन् । वरिपरिका गाहको कापहरुबाट चिसो रसाईरहेको छ । नाममात्रको सानो कोठामा एउटा थोत्रो पलङले कोठाको आधा भाग ओगटेको छ । उ थोत्रो स्टोपमा दम दिन थाल्छ । सलाई कोरेर सल्काउछ । स्टोेप दन्किएर बल्छ । निमेष भरमै झयाप्पै निभ्छ । उ पुन कोशिश दोहर्याउछ । तै पनि उस्को कोशिस खेर जान्छ । “शायद मट्टितेल सकिएर होकी….. ?” मेरो जीज्ञासामा बाकसको कुनाबाट पांच लिटरको ग्यालन झिग्छ । ग्यालनको पिद सम्म मात्र अस्तित्वमा रहेको मट्टितेल ढल्काएर स्टोभ भित्र चुहाउछ । पुन दम दिन्छ । सलाई कोर्छ । घरर …घररर……स्टोेप दन्किएर बल्न थाल्छ । एउटा थोत्रो तपेश स्टोप माथी बसाल्छ । दुई गिलास पानि तपेशमा खनाउछ । एक चिया चम्चा चिया पत्ति होम्छ । दुई चम्चा चिनी पनि त्यसैमा खनाउछ । “फिक्का चिया चल्छ हैन्” बास्तबिकता उदाङगो पार्छ । “तिमिले ख्वाए पछि जे पनि चल्छ” आत्मिएतामा दांत मुस्कुराउछ । चिया उम्लन थाल्छ । स्टोप निभाउछ । स्टिलका दुई गिलास सतर्क पार्छ । थोत्रो लुंडो हातमा लिन्छ । तपेशलाई अठयाउछ । चिया खन्याउछ । एउटा गिलास म तर्फ बडाउछ । अर्को आफैं समाउछ । सुरुप्प …. सुरुप्प …. गर्दै चिया पिउन थाल्छ । “ गुलियो त छ हैन् ?” म तर्फ आखां फाल्छ । “छ……तिम्रो आत्मीयतामा चास्नी मिसिएको छ ” वास्तबिकतामा ह्दय बोल्छ । चियाको सर्को सगैं म पुन कोठा छाम्न थाल्छु । साहित्य , दर्शन , मनोबिज्ञान , कला , संस्कृति , राजनिति , आदिका अनगिन्ती किताबहरुका पंक्ति बद्ध तांतिहरु तर्फ आखां नचाउछु । उस्को कोठामा आउनु । एक गिलास फिक्का चीया पिउनु । उस्को विगत खोतल्नु । वर्तमानलाई समसुमाउनु । उस्को सामिप्यतालाई नजिकबाट आत्मासाथ गर्नु । यत्तिनै हो मेरो उ प्रतिको दैनिकी । “डेडामा पनि यती बिघीं किताब को संग्रह । ” म आश्चर्य प्रकट गर्छु । “लेख रचनाहरु छापिन्छ । धेर थोर पारिश्रमिक आउछ । ती पारिश्रमिक मध्य आधा जीबन यापनमा र अधा पुस्तक खरीदमा खर्चने गर्छु ।” उस्को जबाफ सलल बग्छ । यो पनि एउटा नियमितता भित्रको वास्तबिकता मात्रै त हो । मेरो जीज्ञासा र प्रश्नमा उ सधैं जसो सलल बग्ने प्रयत्न गर्छ । मेरो आस्ता र बिश्वाशको पात्रको रुपमा उ मेरो दैनिक जीवनमा खोटो टास्सीएझै टासीं रहेकै छ । जसलाई उपकाउन म कदापी सक्तिन् । मलाई गर्भ छ । म उस्को सामिप्य हुन सकिरहेकोमा । उस्को बिगत र आगतको तुलनाले नै मलाई उ प्रती आकर्षित तुल्याएको हो । मैले जैले देखि उस्लाई चिन्न थालें त्यस बेलादेखिनै उ मेरो आस्ताको केन्द्र बिन्दु बन्न थाली हाल्यो । त्यस बेलादेखी म उस्लाई आदर्शको रुपमा हेर्ने गर्छु । जुन दिन म उस्लाई भेटन पाउदिन त्यस दिन मलाई पक्कै निद्रा लाग्दैन् । प्यास भोग केहि पनि हुदैन् । जीन्दगिमा कता कता के के नपुगे जस्तो लाग्छ । “सांच्चैनै राम्रो पुस्तकालय वन्न सक्छ तिम्रो कोठा ” हिजो अस्तिकै बाक्य दोहर्याउछु । सधा झै उ थप्छ “ठिकै छनि ! म मरे पछी …..यहि कोठालाई पुस्तकालय घोषण गर ” । उस्को त्यो बाक्यले मलाई नमिठो सगं चीमोटछ । पलभरको लागि नरमाईलोले गांज्छ । सांच्चैनै उ मर्यो भने …….? म कल्पनाबाटै पनि नराम्री तर्सन्छु । “यस्तो वाईयात कुरा पनि गर्ने हो मर्न त सबै मर्छन तर पनि पटक पटक मर्दैनन् । एक पल्ट मात्र मर्छन् ।” म उस्को भाबना संग सहमत हुन सक्तिन् । हुन पनि मलाई उस्को त्यो बाक्यले सारै नराम्रो संग चिमोटछ । “मेरो आशय यस्तो थिएन् । यतिका बिधी किताब तिमी पढन भ्याउछौ ?” मैले त यत्ती जान्न चाहेको । “मेरो कामै के छ र ? ंंंं…….. जागिर छैन् ……. कोहि आफन्तहरु छैनन् ……, त्यस्तो भ्याई नभ्याई काम पनि त छैन नि ! मन लागेको बेला पढ्यो , मन लागेको बेला सुत्यो ……। एउटा एक्लो जीबन भोगेको मान्छे , …… । ” उ अडकी अडकी भए पनि खुलस्त हुन खोज्छ । उस्को यही खुलस्त हुने बानी मलाई असाध्य मन पर्छ । बानी मात्रै कहां हो….र । उस्को बिगतका भोगाईहरु मेरो लागि बर्तमानमा गहकिलो शिक्षा साबित भएको छ । हुनत मैले प्रत्यक्ष रुपमा उस्को विगतको भोगाईहरु उस्को आफनै मुखबाट सुन्न पाएको छैन् । उस्को पुराना मित्रहरु र दौतरीहरुवाट भने उस्को बारेमा धेर थोर जानकारी हांसिल गर्न पाएको छु । उस्को त्याग र समर्पणको भाबना सुनेरनै म उ प्रति आकर्षित भएको थिएं । उस्को जीबननै एउटा उदाहरणीय त छदैछ । त्यस्मा पनि खुलेर कुरा गर्ने बानिले गर्दा म उस्लाई आदर्शको रुपमा लिने गर्छु । “फेरी म सम्पूर्ण किताब खार्दिन ……, किताबको गहिराई सम्म पुग्ने प्रयत्न पनि म गर्दिन ……..। कुनैको मध्य …। कुनैको सुरु ….। कुनैको अन्त्य ..। यसरी किताबको अबस्था मात्र छाम्ने प्रयत्न गर्छु ”। उ आफनो बानिलाई प्रष्टयाई रहेको हुन्छ । “यसरी एकै साथ सबै पुस्तकहरु पढ्दा सिल सिला टुटे जस्तो एक अर्कामा मिसिए जस्तो, छयास मिसे अपठयारो त पर्दैन ।” मलाई उस्को किताब पढँई अनौठो लाग्छ । ”जीबननै छयासमिसे छ भने , त्यसमा अल्झीएर बस्नुको कुनै तुक छैन । जीबनको संपूर्ण भोगाई भोगीसकेको मान्छेले गहिराईसम्म गएर डुबुल्की मार्नु पर्छ भन्ने पनि त छैन् नि ! जीबनलाई वाहिर बाटै छाम्ने प्रयत्न गरे पुग्छ । जबिनको गहीराईसम्म पुग्ने काशिस गर्यौ भने हातमा लाग्यो सुन्यो सिबाय केहि हात लाग्दैन् । त्यसैले सन्तुष्टि प्राप्त गर्नु छ भने जीबनलाई वाहिरवाटै मात्र भोग्ने प्रयत्न गर । तिमि अबश्य सफल हुनेछौ । ” उ मलाई अर्ति दिन थाल्छ । उस्को प्रबचन अझै सकिएको हुदैन् “कुनैलाई बढी महत्व , कुनैलई कम महत्व पनि दिनु नपर्ने । सवै किताबहरुको एकै साथ रस्वास्वादन गर्न पाईने हुदां अझ बढी मिठो भई नौलो स्वाद चाख्न पाईन्छ । विभिन्न परिकार एकै पल्ट चपाए जस्तै हुन्छ । ” उ प्रस्ट पार्छ । उस्लाई तर्कमा कस्ता कस्ता बिद्धवानहरुले हराउन सक्तैनन् भने म छुसिले के हराउन सक्थेंर ?अनौठो र भाबनात्मक विचारले म उस्को विगतका भोगाईहरुलाई क्रमशं एक पछी अर्को गर्दै उग्राउन थाल्छु । उस्को परिचयमा दुई अक्षर खर्चनु पर्दा निम्न बुंदाहरुमा उस्लाई नियाल्न सकिन्छ । समयको थप्पडले निलडाम हुने गरी हिर्काएको एउटँ राजनितिज्ञ होे उ । देशलाई नजिकैबाट नियालेर निश्वार्थ भाबनाले समर्पित भएको एउटा सच्चा राजनितिज्ञ हो उ । गहन अध्यन , चिन्तन र मनन्को सीङगो रुप हो उ । लामो समयसम्म जेल नेल खेपेको राजनितिज्ञ हो उ । सरकार द्धवारा सर्बस्व हरण गरेको राजनितिज्ञ हो उ । देशको राजधानिमा सम्पन्न परीवारमा जन्मीएर पनि बिदेही भएर जनताको मुक्तिको लागी लडेको ब्यक्ती हो उ । वावु बाजेको शान र ईज्जतलाई थांती राखी राजनितिमा होमिएको जुझारु ब्यक्ति हो उ । प्रत्यक्षरुपमा दरबारमा संम्पर्क भएर पनि दरबार प्रती बिद्रोही भाबना भएको एउटा सच्चा नेपालीको छोरा हो उ । पहिलो क्रान्तिमा डटेर लाग्यो । आफना वरीपरीका सारा सुख सुबिदा र पुगिसरीले पनि आकर्र्षीत गर्न नसकेकाले नै उ बिदा्र्रेही भएर देखा पर्यो । उ आफनो लागी नभएर अरुको लागी मात्र लडथ्यो र त उ निश्वर्थी थियो । धेरै पल्ट जेल पर्यो । अनेकौ पल्ट सरकारको आखांमा छारो हालेर विदेशियो । कैयौं पल्ट गोल घरमा राखेर मानसिक र शाररीक पिडा दिईयो । मानब शरीर हाड मासुबाटनै बनेको हुन्छ भन्ने कुरा त बिज्ञानले नै प्रमाणित गरीसकेको छदैछ । बिगतमा पाएको शारीरीक र मानसिक यातनाहरुले उस्को पनि शरीर थिल थिलो बनि सकेको थियो । अनेक पिडा र यातनाहरुको परीणमस्वरुप अनेकौ रोगहको लक्षण देखिन थाल्यो । शारीरीक रुपमा उ असक्त भए पनि उस्को जोस र जांगर अझै ताजा छदै थियो । उस्ले आफनो जोश र जांगरलाई मर्न दिएको थिएन । त्यस दिन भएको जन आन्दोलनको नेतृत्व उ आफैंले गरेको थियो । जुन दिन राजधानिमा मानब शागर ओर्लिएको घटना उस्ले पत्याई नसक्नुको थियो । उ अग्र भागमा नारा घनकाउदै लस्करको नेतृत्व गरेको क्षेण सलाईड बनेर आखां सामु जब नाच्न थाल्थे । उ त्यस घटनालाई सबिस्तार बर्णन गर्ने गर्दथ्यो । आन्दोलनको आंधि । आन्दोलनले लेराएको परिवर्तन । आन्दोलनमा भएको घात प्रतिघात । आन्दोलनमा भएको दमन । आदि ईत्यादी विषयमा उ छाति फुलाएर कुर्लने गर्दथ्यो । त्यो दिन राजधानिको मुटुमा अबस्थित पूर्ण कदको शालिकको क्षेवैमा उ पनि उभिएको थियो । ढवङ….ढवाङ….. बन्दुक पटकीएको आबाज सगै उसैको अगाडि भटा भट भङेरा ढले जस्तो मानब लाशहरु ढल्दै गएका थिय । लाशै लाशको चाङनै लागी सकेको थियो । कालो पत्रे सडकको ढाड स्वात्तै रगतले पोतिएको थियो । कोलाहलको बाताबरणमा पनि प्रजातन्त्रको नरा धनकदै थियो । युबा जोस र जांगरकोे अगाडी सामन्ती भाबना मूर्छा पर्दै थियो । कति आमाहरुको कोख रीत्तिदै थिए । कति बाबुहरुको जांगर मूर्छा पर्दै थिए । कति दिदि बहिनीहरुको माईती रीत्तिदैथिए । तै पनि आन्दोलन अगाडी बढदै थियो । आन्दोलनकारीहरु थाकेका थिएनन् । थाकेका थिएत प्रतिगमनकारी आन्दोलनका विरोधीहरु । उस्को प्रयाश अनि सम्पूर्ण न्याय प्रेमी जनताहरुको अथक प्रयाश स्वरुप प्रजातन्त्र पुन प्राप्त भयो । प्रजातन्त्रको पहिलो निर्बाचनमै उस्ले पनि सांसदको टिकट पाएको थियो । पार्टि्रले पनि उस्को कदर नगरेको होईन् । उस्को कदर गर्दै पाट्र्रिको बहुमतले उस्लाई सासंदको उम्मेदवार धोषण गरेकै हो । उस्ले टिकट लिन मानेन् । उस्को ठम्याईमा उस्को बुझाईमा प्रजातन्त्र आशिंक रुपमा मात्र प्राप्त भएको ठहर्यायो । त्यसैले उस्ले टिकट लिन मानेन् । आर्थिक क्रान्ति गर्नै बाकी सम्झिएर उ बाहिरै रहेर पार्टि्रलाई योगदान दिने बिचार प्रस्तुत गर्यो । उ अध्यनशिल त छदै थियो । उस्लाई भौतिक अभाब पटक्कै थिएन् । उस्को ठम्याईमा सासंद भए पछि लोभी लालची भईन्छ भन्ने नै लाग्यो । उस्ले सासंद बन्न चाहेन् । उस्को योगदानको कदर गर्दै , उस्को चाहना अनुरुप पाट्र्रिले पनि उच्च मूल्याङन गर्यो । पार्टि्र संगठनको महत्व पूर्ण पदमा उस्को पदोन्नती भयो । उस्ले पनि हलुका महसुस गर्यो । गहन जीम्मेवारीलाई सहर्श स्विकार गर्दै पार्टिलाई अझ अगाडी बडाउदै लग्यो । सासंदको टिकट उ भन्दा कनिष्ट नबप्रबेशिलाई प्रदान गरीयो । नब प्रबेशीहरुको हालिमुहाली सुरु भयो । उज्जल भबिष्यको लागि सारा नागरीकहरु जागरुक देखिए । आ आफनो सिद्धान्त अनुशार भोट खसालियो । चुनाबको परिणम निकै नै आशालाग्दो र एउटा बिकशित देशको जस्तो आयो । उस्को पाट्र्रीले बहुमत हांसिल गर्यो । विपक्षमा बस्ने पाट्र्री आन्दोलनमा सहभागी पाट्र्री मध्यकै दोस्रो पाट्र्री थियो । एउटा पाट्र्रीलाई राज्य संचालन गर्ने अभिभारा सुम्पीईयो भने अर्को पाट्र्री हासियार र खबरदार गर्न बिपक्षमा बस्यो । यसरी जनताहरु निकैनै जागरुक , सक्षम , सजक, भएको महसूस गरीयो । अब देशले काल्टे फेर्छ भन्ने भाबनामा तिर्ब बिकाश भयो । पार्टि्रको गतिबिदी निकैनै सक्रियो देखिन थाल्यो । हरेक दिन जसो बैठकहरु बस्न थाल्य । केही महत्वपूर्ण निर्णयहरु प्रकाशमा आय । अनेकौ नाराहरु थपिय । जनताको चाहना र आबश्यकता अत्याधिक थिए । सिमित श्रोत र साधनबाट अत्याधिक चाहना र आबश्यकता पुरा गर्न प्राय असम्भब जस्तै देखिन्थ्यो । असम्भबलाई सम्भब तुल्याउन पर्छ भन्ने भाबना पाट्र्री भित्र प्रकट हुन थाल्यो । फलस्वरुप पाट्र्रीले पनि नयां र नौला कार्यक्रमहरु प्रकाशित गर्यो । बिस्तारै बिस्तारै पार्टि्र भित्र नबआगन्तुकको प्रबेश दिनानु दिन बडन थाल्यो । सुख सुबिधाको उपभोग गर्नु पर्छ भन्ने माबना मौलाउदै गयो । प्राडो र पजेरोको माग बडन थाल्यो । फलस्वरुप सुबिदामा प्राडो र पजेरा झिगाइयोे । जनताका प्रतिनिधिहरु प्राडो र पजेरोमा घुईकिन थाल्ये । राजधानिमा सबै नेताहरुको आधुनिक सुबिधा सम्पन्न धर निमार्ण गर्नु पर्छ भन्ने निर्णय पाट्र्रीको बैठकले गर्यो । पार्टि्र प्रबेशमा सुट र टाई अनिबार्य गरीयो । जनतालाई एक तुर्को पानि उपलब्ध गराउन नसक्ने सरकारका नेताहरुको पार्टि्रमा मिनिरल वाटरले प्रबेश पायो । पार्टि्रमा अनुशासनको कदर हुन छाडयो । पाट्र्रि कुनै नेताको ब्यक्तिगत बैठक जस्तो लाग्न थाल्यो । हैकम बाद र सामन्त बादको बोलवाला चल्यो । जनतालाई झुक्याउन अनेकौं आकर्षक नाराहरु रचिय । देश दुब्लो बन्दै थियो । नेताहरु मोटाउदै थिय । देशको पैसा बिदेशी बैकमा सार्ने क्रम बढन थाल्यो । उस्को आत्माले यि सब कृयाकलापलाई स्विकार्न सकेन् । उस्को आखां सामुन्ने दिन हिन चिथरा ख्याउटे अनुहारहरुको मात्र तस्बीर नाच्न थाल्यो । प्रजातन्त्र मूर्छा पर्दै गयो । उस्ले आत्मा बन्दक राख्न चाहेन फलस्वरुप उस्ले आफनो असन्तोषहरु पट्र्रीमा राख्न थाल्यो । बिगतका अबस्थालाई बर्तमानमा उदाङग पार्न थाल्यो । सबैलाई बिगत र बिगतमा गरेका बाचाहरु सम्झन अनुरोध गर्न थाल्यो । उस्ले मार्ग बिराएकाहरुलाई सही मार्गमा हिडाउन अनुरोध गर्यो । उ एक्लो बृहस्पति साबित भयो । बर्तमानका बुख्यांचाहरुले उस्लाई पागलको संज्ञा दिए । उस्को भाबनाको कदर हुन छाडयो । हुन पनि उस्ले कैले पनि मन्च माथि उभिएर ठुला ठुला सपना र आश्वासनका पोकाहरु फोएन् । उस्ले कामलाई मात्र प्राथमिकता दियो । उस्ले न त कैले गल्ली गल्ली चाहर्दै , आश्वाशनका पक्तिहरु पाठ गरेन् । न त कैले रेडियो र टि भिबाट सिगांरीएर आफनो योगदानको बैलटठी बखान छांटेन् । उस्को आंखाकै सामुन्ने उस्का दौतरीहरुका बिगत र बर्तमान छर्लङ घाम बनेर झुल्कारहेकै थिए । हबाई चप्पलको त्यो ध्वनि आज पनि उस्को कानमा प्रष्ट सगं गुन्जिरहेकै थियो । मैलो सुरुवाल , ध्वजा परेर च्यात्तिएका कमिचका फेरा , फाटेको टोपी लगाएर एक मूठी चिउरा र दालमोठ चपाउदै राजधानीका गल्लि गल्लि चाहार्दै हिडने आकृतिलाई उस्ले चाहेर पनि बिर्सन सकेको छैन् । बर्तमानमा ति आकृतिहरुले छेपारोले कांचुली फेरे झै आफनो आकृतिलाई फेरेका थिए । विदेशी जुत्तामा ती उभिएका थिए । टाई र सुटमा सजीएका थिय । ओठमा शिकार चुरोट च्यापेर बिकासे सेमिनारमा धाउंथ्ये । प्राडो र पजेरोमा कुदथे । साला साली , भान्जा भान्जी , छोरा छोरी , ज्वाई जेठान सबैलाई आकर्षक पद सिर्जना गरेर भर्ना गरेका थिए । बिकाशे राजनितिले सबै नेताहरुलाई स्वात्तै निली सकेको थियो । पाट्र्री भित्र उस्को कदर हुन छाड्यो । समय अनुशार चल्न नसक्ने अर्धपागलको पगरी उस्ले गुथन भ्यायो । उस्लाई क्रमशं पाट्र्रीको जिम्मेवारीबाट पन्छाउन थालियो । अब उस्को उपस्थिति केबल उपस्थितिमा मात्रै सिमित राखियो । राजनितीमा देशको कांचुली फेर्ने सपना बोकेको उ अब पाट्र्री भित्रै एकलिन थाल्यो । जवानी राजनितीमा बितायो । जनताको सेबामा समर्पित हुन चाहने हुनाले उस्ले बिबाह गर्ने फुर्सत पनि निकाल्न सकेन् । धर जम गर्दा सेबा भाबनामा प्रश्न चिन्ह लाग्न जन्छ भन्ने ठानेर कैले पनि बिबाह गर्ने बिचारै गरेन् । घरबाट आएको अलिकती सम्पत्ती पार्टि बिस्थारमा प्रयोग गर्यो । अलि कति सरकारी कोषमा दाखिला भयो । बांकी दाजुभाईको गिददे नजरबाट बच्न सकेन् । त्यसैले गर्दा उ घरबार बिहिन सुकुमबासी बन्यो । उस्ले जीबनलाई आधा दशक भन्दा बढी भोगि सकेको थियो । उस्को जीबनलाई यसरी अर्थाउन सकिन्थ्यो । आधा जीबन जेलको कठोर सजायंमा ब्यतित गर्यो । एक चौथाइ जीबन मेची दखि महांकाली सम्म पाट्र्रि बिस्तारमा खर्च गर्यो । बाकी एकचौथाई जीबन बाल्यकालमा आमाको काख र बाबुको कांधमा बितायो । अलि कति जीबन स्कूल, कलेज धाउंदा धाउदै बिते । जीबनको उत्तरार्धमा पुगेर उस्ले पाट्र्रीबाट अनुशासन भङग गरेको आरोपमा साधारण सदस्यताबाट निस्कासन गरेको जानकारी जुन दिन पाएको थियो । त्यसै दिन उ सरासर पशुपतिको मन्दिर भित्र छीर्यो । मन्दिरको दायांहुदै सरासर आर्यघाट तर्फ ओर्लियो । घिनलाग्दो गरी बहेकी बाग्मती मूर्छित देखिन्थिन् । जसो तसो बग्ने प्रयत्न गर्दैथिईन् । उस्ले बाग्मतीको ढाड छाम्ने प्रयत्न गर्यो । दुर्गन्दीत भएर मुर्छा परेकी बाग्मती उस्को श्पर्शले ससङिक्त भईन् । दुबैहात फैलाएर स्वागत गर्न सधैं लालायीत यी बाग्मती आज किन ….ससङीत बनिन्….। शयद उस्को शपर्शले हो कि ….? बाल्यकालमा त्यही वाग्मती को काखमा उ पोडेर खेल्ने गर्दथ्यो । डुबुल्की मारीरहेका असला माछाहरुलाई समाउन उ माछा संगै तेलकासा खेल्थ्यो । बल्छी हाल्थ्यो । बल्छीको टुप्पोमा झुन्डीएर माछाले आत्मा हत्या गर्दथ्यो । कलकलाउदी बागमतीको पानि खाएर उस्ले कति पल्ट तिर्खा मेटन भ्याएको थियो । जुन बेला बाग्मती सङली थिईन् । राजनिती पनि सङलो थियो । वाग्मती फोहरी भईन् राजनिती पनि डुङ , डुङती गनाउन थाल्यो । वाग्मतीको दुर्गन्दित जल अंजुली भरी समेटेर फोहरी राजनितिज्ञहरुको सम्पूर्ण गुठियारहरुको संझनामा तिलान्जली दिदै आफनो राजनिती बाग्मतीमा बिसर्जन गर्यो । उस्को एक अन्जुली पानि दुर्गन्दित बाग्मतीमा कता बिलाए बिलाए । त्यसबेला देखि उस्ले आफनो जीबिकाको लागी साहित्य साधना गर्ने अठोट गर्यो ।
गोपाल विरही – कब्रस्तान
आज खैरे पनि अचानक विरामी प¥यो । बिहानदेखि अहिले भर्खरसम्म त ऊ राम्रै वा स्वस्थजस्तो नै देखिएको थियो । तर, यताबाट उता र उताबाट यता उठबस गरिरहेको छ अहिले ऊ । उसले आफू पनि सेतेजस्तै रोगबाट ग्रस्त रहेको सङ्केत दिइरहेको छ । सेते अर्थात् उसको भाइ पनि क्षणभरमै हृष्टपुष्ट र स्वस्थ थियो । तर, क्षणभरमै उसले हामीलाई छाडेर गएको पनि हो । हिजोमात्रै सेते परलोक हुनु र, फेरि आज खैरे छट्पटाउन थाल्नुले हामीलाई अवाक् तुल्यायो । खैरेलाई झट्पट् अस्पताल लानुपर्छ भन्ने कुरा मैले र बहिनीले उठायौ“ । बुबाले ‘केही क्षण विचार गरौ“’ भनिरहनुभएको र, नशालु झारपात खाएको हुन सक्ने आशङ्का गरी परम्परागत मान्यतानुसार चूक (अमिलो) पनि खुवाइदिनु भएकाले हामीले केही बेर पख्र्यौ“ । तर खैरेले कुनै प्रतिक्रिया जनाएन । ऊ झन् उफ्री–उफ्री छट्पटाउन थाल्यो । अब त हाम्रो धैर्यको बा“ध टुटिसकेको थियो । हामी सेतेको मृत्युबाट यति भयभित भइसकेका थियौ“ कि खैरेलाई पनि कतै त्यस्तै हुने त होइन भन्ने त्रासले हाम्रो मनमा बादल लाग्न थाल्यो । अस्पताल लैजाने कुरामा हामी सबै सहमत भयौ“ । तर कहा“ हो अस्पताल ? मलाई केही थाहा थिएन । बुबाले यसभन्दा अगाडि खैरे, सेते वा मुनीकै आमाहरुलाई पनि ज“चाउनका लागि अस्पताल पु¥याइसक्नुभएकाले समस्याको हल उत्तिखेरै निस्कियो । मैले साइकल कुदाइहाले“ । बुबा खैरेलाई समातेर साइकलको पछाडि बस्नुभयो । केही सोच्ने फुर्सद् कसलाई थियो र ! मलाई कतै बाटैमा साइकलको पाङ्ग्रा फुटिहाल्ने पो हो कि ! अथवा चेन नै फुत्किने हो कि ! भन्ने भयले समातिरहेको थियो । हुन पनि त्यो साइकलले एक–एक थोक बिग्रेर हैरान पारिसकेको थियो मलाई । मनमनै कुनै सङ्कटले हाम्रो मार्ग अवरुद्ध नगरोस् भन्ने प्रार्थना गर्न थाले“ । खैरे कराइरहेको थियो । हामी कुद्दै गयौ“, खैरेको मे“–मे“स“गै हाम्रो साइकलले गति लियो । ‘के भएको हो त्यस्तो खैरेलाई !’–मैले जा“दा–जा“दै सोचेछु । हुन पनि अचानक टोलाउन थालेको थियो खैरे । सधै“ ‘खैरे !’ भनेर बोलाउने बित्तिकै खुर्र दगुरेर छेऊमै आइपुग्ने ऊ आज किन जहा“को त्यही“ छ ? किन खैरेले अटेरी गरिरहेको छ ? उसले पनि सेतेले जस्तै सबैस“ग सधै“का लागि अटेरी गर्न खोजेको त होइन ? अह“! खैरेलाई केही हुन सक्दैन ! खेरे हामीलाई छाडेर जान सक्तैन ! खैरेकी आमा पनि आज ऊप्रति केही बढी प्रेमभाव दर्साइरहेकी थिई । आफ्नो एउटा जवान छोराको अनुपस्थितिको शोकले रन्थनिएकी खैरेकी आमालाई खैरेको त्यो दयनीय अवस्था देखेर कस्तो लाग्यो होला ? यो प्रश्नको उत्तर ऊ आफैले पनि दिन सक्दिन । तर खैरेलाई चाटिरहेकी मुनीलाई देखेर सबैले यो कुरालाई महसुस गरेको हुनुपथ्र्यो कि वास्तवमा पशुहरु अत्यन्त संवेदनशील हुन्छन् । उनीहरुको हृदय यति सुकोमल हुन्छ कि उनीहरु आफूलाई कसले माया गरेको छ र, कसले घृणा गरेको छ भन्ने कुरा सजिलै छुट्याउन सक्दछन् । त्यसैले त हाम्रो प्यारो सेते हाम्रै घर पल्तिरको एउटा मोटे मान्छेस“ग सधै“ तर्केर हि“ड्थ्यो । कुरा के थियो भने हाम्रो सेतेलाई देख्नासाथ त्यो मोटेले प्याट्ट–प्याट्ट हिर्काइरहन्थ्यो । कहिले मुखै थुनिदिन्थ्यो र, कहिले चारवटै खुट्टा च्याप्प पारेर राख्दथ्यो । अ“, हामी पशुहरुको औषधि पसलमा पुगुञ्जेल मलाई वर्षै बितिसकेजस्तो लाग्यो । सधै“ ओहोर–दोहोर गरिरहेकै त थिए“ नि त्यो बाटोमा । तर किन त्यही बाटो मेरा निम्ति कैयौ“ माइल दूरीको भयो ? यो पनि मेरो समझमा आएन । बाटोमा खैरे कराइरहेकाले मलाई अत्यास लागिरहेको थियो । कतिखेर आइपुग्ला त्यो अस्पताल भनेर सोच्दैमा म किंकर्तव्यविमूढ भइरहेको थिए“ । ‘बुबा, अझै कति टाढा छ ?’ भनेर पचासपल्ट सोधेहु“ला मैले साइकल चलाउ“दै गर्दा । खैरेले ‘मे“–मे“’ गरिरहेकाले आ“खामा थोपाहरु चुहिन थालिसकेका थिए मेरा । ‘मलाई छिटो अस्पताल पु¥याओ, म जा“दैछु’ भनेर खैरेले भनेको हो कि भन्ने सम्झेर मेरो मुटु फुट्ला कि जस्तो भइसकेको थियो । म ‘हु“क्क’ गर्ने अवस्थामा पुगेको मात्रै के थिए“, औषधि पसल आइपुग्यो । ‘ऊ त्यो रुखको फेदैमा हो’–बुबाले भन्नुभएपछि मेरो मन केही शान्त भयो । तर धैर्यको बा“ध टुटिरहेकै थियो । झटाझट् साइकल रोकेर खैरेलाई समात्न पुगे“ म । औषधि पसलमा गएर सोध्यौ“ । डाक्टर त्यहा“ नभएको र अझ केही पर पुग्नुपर्ने कुरा बताए औषधि विक्रेताले । म रुन मात्रै सकिन“, खैरे कराइरह्यो, झन् जोड–जोडले कराउन थाल्यो । लौ न नि १ के बित्यास प¥यो १ भन्ने सोचेर खैरेलाई छिटोभन्दा छिटो डाक्टरकहा“ पु¥याउन नसकिएकोमा पछुताउन थाले“ म । बुबाले खेरैलाई समात्नु भो र, मैले कुदाइहाले“ साइकल । जस्तोसुकै दुर्घटना किन नहोस् १ मैले साइकल बेस्सरी कुदाए“ । खैरे जोडस“ग कराएको सुन्दा मुटु ढुक्ढुक् गथ्र्यो । केही बेरमै डाक्टरकहा“ पुगिएछ । डाक्टरले यसो हेरेर औषधि र इन्जेक्सन दिए । त्यतिबेला मलाई त्यो डाक्टर देवताजस्तै लाग्यो । डाक्टरका अनुहारभरि टाटै–टाटा थिए । तर त्यतिबेला त्यसैमा मैले ईश्वर देखे“ । उसको पूजा नै गरे पनि कम हुन्छ जस्तो लाग्यो मलाई । डाक्टरलाई धन्यवाद दिनका लागि मस“ग शब्द त थिएन नै १ साथै हर्षले मेरो मुखबाट केही निस्कन सकेन । इन्जेक्सन लगाउ“दा खैरे कराएको थियो र, एकपटक डाक्टरलाई पुलुक्क हेरेको थियो । सायद ‘मलाई के गरेको !’ भनेर सोधिरहेको थियो । डाक्टरले त्यति मायालु आ“खाले नहेरे पनि इन्जेक्सन लगाइदिएर ऊमाथि ठूलो उपकार गरिरहेका थिए । त्यस क्षणमा त्यही डाक्टरकै अभावले गर्दा त हाम्रो सेतेले प्राण त्यागेको थियो । आज खैरेले पनि डाक्टर देख्न नपाएको भए के हुने थियो ! म सोच्नै सक्तिन“ । हामीमाथि औषधि विक्रेताले ठूलो गुन लगायो । ऊ पनि डाक्टरपछिको प्राणदाता बनेर निस्कियो खैरेका निम्ति । हामीस“ग पैसा थिएन । औषधि खैरेलाई खुवाइदिइहाल्नुपर्ने ! हस्याङ्फस्याङ् गरेर औषधि पसलमा पुगेको थिए“ म । ‘केही बेरपछि ल्याइदिउ“ला पैसा, हुन्न ?’ भनेर सोधे“ मैले । नबोलिकन औषधि दियो उसले । कहा“ पाइन्छ अचेल त्यस्तो मान्छे ! पैसामा बिक्न खोज्छन् सारा ! तर, बिकेन ऊ । पैसामा खरिद्न नसकिने केही अल्पसङ्ख्यक मान्छेहरुमध्ये गणना गरे“ मैले उसलाई । न चिनेको, न जानेको, हाम्रो खैरेको औषधि सुटुक्क दिइहाल्यो उसले । धन्य हो उसको भावना ! खैरेलाई लिएर घर फर्क“दा मलाई के अनुभूति भयो भने म कुनै ठूलो काम गरेर फर्किरहेको छु । खैरेलाई डाक्टरकहा“ पु¥याउन सकेकोमा मेरो मनमा यति खुशी थियो कि, म व्यक्त गर्न सक्तिन“ । तर सेतेलाई सम्झेर मेरो मनमा पश्चाताप पनि भइरहेकै थियो, सेतेले डाक्टर देख्न पाएन । खैरेलाई उपचार गराएर फर्क“दा बाटामा मान्छेहरु कसैले टोलाएर हेरिरहे, कोही गलल्ल हा“से भने कसैका अनुहारमा आश्चर्य पनि मैले भेटे“ । जे होस्, खैरेलाई अस्पताल पु¥याउन सकिएको खुशीमा मैले साइकल बेस्सरी कुदाएछु । खैरे घरसम्म आरामले आइपुग्यो । तर घर आएपछि खैरे कराउन थाल्यो । फेरि एकपल्ट अत्यासले घरमा सबैको अनुहार बादलिन थालिहाल्यो । उसकी आमाले खैरेलाई मुसार्न थाली । धामी–झा“क्रीको व्यवस्था पनि उत्तिखेरै भयो । आफूले ‘रुढीवादी परम्परा’ भनेर झारफूकको विरोध गर्दै आएको भए पनि खैरेलाई त्यसले केही असर गरिहाल्छ कि भन्ने आशामा म अल्झिइरहे“ । झ“क्रीले ‘फू–फू’ गरेर कुन्नि के–के ग¥यो र खरानी–पानी खुवाइदियो खैरेलाई । अलि आराम मिलेजस्तो ग¥यो खैरेले । मैले यो बुझ्न सकिन“ कि खैरेलाई डाक्टरको औषधिले आराम दिलायो वा झा“क्रीको खरानी–पानीले । जे होस्, खैरे कराउन छाडेपछि हामीले चैनको सास फे¥यौ“ । यसरी घरमा ल्याइसकेपछि पनि एकछिनसम्म त हामी सबैलाई अत्याइरह्यो खैरेले । सायद अब ऊ स्वस्थ छ । भोलि बिहानै उठेर चर्न जानेछ । *** सेतेले यो संसार छाडेर गएको कति दिन भयो भन्ने कुराको गणितीय गणना मैले गरेको छैन । आजसम्म मैले उसलाई कहिले आफ्नी प्रेमिकाको रुपमा त कहिले भाइको रुपमा अनि कहिले साथीको रुपमा त कहिले क्षणभरको एउटा सहयात्रीको रुपमा कैयौ“ पल्ट कल्पना गरिसके“ । जीवनका अठार वसन्तहरु पार गर्दा केवल दुई पल्ट मैले प्रेमको अनुभूति गरेको छु । एउटा स्कूले जीवनमा र, अर्को सेतेको देहान्तपछि । मेरो स्कूले जीवनमा एकपल्ट यस्तो मोड आएको थियो, न त भोक लाग्थ्यो न त तिर्खा । कसैस“ग बोल्न मन नलाग्ने अनि एकान्तमा कुन्नि कहा“–कहा“ पुगेको रमाइलो कल्पना गर्ने बानी सायद त्यतिबेलादेखि नै बसेको हो ममा । वास्तवमा त्यो प्रेम रहेछ भन्ने कुरा आज मलाई थाहा लाग्दैछ । प्रेम भनेको त्यस्तो हु“दो रहेछ भनेर मलाई सेतेको देहान्तले महसुस गराएको छ । अचेलभरि म घरको छानोमाथिबाट सेतेलाई गाडिएको उसको कब्रस्तान हेरिरहन मन पराउन थालेको छु । जिउ“दो हुञ्जेल त्यति ख्याल भएन । तर मरेपछिको सेतेको अभावलाई महसुस गर्न थालेको छु म । दसै“ आएको छ, सबै र¨ीच¨ी पहिरन लगाएर घर–घर लागिरहेछन्, रमाइलो गरिरहेछन् । तर सेतेको अभावले कसैलाई कुनै प्रभाव परेको मैले पाइन“ । सेते भएको भए दसै“ कत्ति रमाइलो हु“दो हो अथवा सेते नभएर यसपालिको दसै“मा कत्ति नमज्जा भएको हो भनेर कसैले महसुस गरेजस्तो पनि मलाई लागेन । यस्तो छ यहा“को परिवेश । लाग्छ, हिजो सेते थियो, हिजोका दसै“हरुमा अरु मान्छेहरुस“ग सेते पनि हुन्थ्यो, तर आज सेते छैन । सेते बाहेकका अरुहरु हिजोझै“ मस्त छन्, कुनै परिवर्तन छैन यहा“, बाहेक सेतेको अनुपस्थिति । घरमा सबैस“ग बसेर खाना खा“दा सेते, खैरे, मुनी सबैले हेरिरहेका हुन्थे ती दिनहरुमा । तर अचेल हामीले खाना खान लाग्दा सेतेले हेर्दैन, ऊ घटेको छ । अरुहरु सपासप गास निल्छन् । तर खैरे वा मुनीलाई मात्र देख्दा मलाई भने सेतेको सम्झना आइहाल्छ । सेते भएको भए ऊ पनि यही“ बसेर टुलुटुलु हेरिरहेको हुन्थ्यो जस्ता कुराहरु आउ“छन् मनमा र, म अलग्गै बस्न चाहन्छु सहन नसकेर । दश दिन जति त मैले खाना खानै सकिन“ । मलाई के कुराको विशेष चिन्ता रहन्छ भने मान्छेहरु स्वार्थको घिनलाग्दो, गन्हाउने र दुर्गन्धित पोखरीमा झन्–झन् पौडि“दै, डुब्दै र भासि“दै गइरहेछन् । सेते मरेको दिन पनि आधा घण्टा नबित्दै कसरी खान सकेका चिया र पाउरोटी कपाकप ? सेते नरहेको कुराको चिन्ता किन नरहेको उनीहरुमा ? कि सेतेको निधनमा खुशियाली मनाइरहेका थिए उनीहरु ? अब म सेतेको कब्रस्तानतिर जा“दैछु । सेतेको यताउता हि“डिरहने, खोलाको किनारमा मस्त निदाउने त्यो शरीर सायद अहिले गलेर, सडेर धुलोपिठो भइसकेको हुनुपर्छ । सेते गाडिएको ठाउ“मा अहिले हरियै दुबो पलाएको छ । नजिकै दुईवटा सिसौका रुखहरु उभिएका छन् । लालुपातेका विरुवाहरु छेउछाउमा झ्या¨िएका छन् । करिब पचास मिटर जति अगाडि एउटा घर छ । सेते हामीबाट टाढा हुनुभन्दा यस्तै आठ÷दश दिन अगाडि मात्रै त्यो घरको एउटा बूढो मानिसले पनि यो धर्तीबाट विदा लिएको थियो । तर मलाई त्यो बूढो मानिसको निधनमा त्यति शोक छैन जति सेतेको । कारण, त्यो बूढोमा सेतेमा जस्तो कर्तव्यनिष्ठा मैले देखिन“ । नजिकै बजारमा पसल थापेर बस्थ्यो ऊ । एकदिन उसको पसलमा सामान लिन भनी गएको थिए“ । व्यर्थैमा मस“ग झगडा गरेको थियो त्यो बूढोले । त्यस दिनदेखि उसको पसलमा जानै बन्द गरिदिएको थिए“ मैले । यसरी जिउ“दैमा त्यो बूढो मेरो लागि प्यारो बन्न नसकेकोले, अथवा मलाई मन नपरेकोले, त्यो बूढोको मलाई सेतेको जत्तिको माया पटक्कै लाग्दैन । त्यही बूढोको घरदेखि पूर्वपट्टि एउटा खेल मैदान छ । मेरो सेतेको कब्रस्तानको परिवेश करिब–करिब यस्तै नै छ । अझ पश्चिम पवित्र नदी बहेकी, नदीपारि देवताको मन्दिर रहेको जस्ता कुराहरुले सेतेको भौतिक शरीर जहा“ छ, त्यसलाई थप सुन्दर तुल्याइदिएको छ । नगािके किनारमा बसेर पनि सेतेको कब्रस्तान हेर्न सकिन्छ । म प्रायः सन्ध्या र उषाकालमा त्यसै गर्छु । सेतेस“गका यादहरुमा रमाउने गर्छु, सेतेस“गै खेल्ने गर्छु । एकदिन मैले सेतेकी आमा (मुनी)को अनुहारमा नियालेर हेरे“ । ‘जीवन के हो’ भन्ने विषयमा उसले गम्भीर चिन्तन गरिरहेकी हो कि जस्तो भान हुन्थ्यो । उसको अनुहारमा झल्किएको गाम्भीर्यले उसलाई एउटा दार्शनिकजस्तो, एउटा मनोविश्लेषणकर्ताजस्तो, अथवा चिन्तकजस्तो बनाइदिएको थियो । सा“चै १ मुनीले सोचेकी थिई सायद कि जीवन दुई दिनको भेल हो । यो भेल कतिखेर उर्लेर कहा“ टु¨िन्छ कसैलाई थाहा छैन । आफूभन्दा पछि जन्मिएको सेतेले आफ्नो भेलजस्तो जीवनलाई आफ्नी आमाभन्दा पहिले नै टु¨ोमा–विश्रामस्थलमा पु¥याएको थियो । मुनीको अनुहारको भावले यो पनि स्पष्ट भनिरहेको थियो कि सेतेको लागि चाहेर हुने भए उसले बरु आफ्नै ज्यान दिने थिई । सेतेको अभावमा जुन पीडा उसले सहन गर्नु परिरहेछ, त्यो पीडा उसलाई सेतेको जीवनरक्षाका लागि प्राणोत्सर्ग गर्ने बखतमा पनि हुने थिएन । तर बिडम्बना, संसार त्यसरी चल्दैन । कसैले चाह“दैमा कसैको आत्माले शरीर नछाड्ने वा छाड्ने होइन । एउटाको साटो अर्कोले मरेर वा बा“चेर हुने भएको भए यो संसारमा सायद यति कोकोहोलो मच्चिने थिएन, यति रुवाबासी चल्ने थिएन । न त मुनीले सेतेको बदला मरेर हुने थियो न त मुनीको बदला सेतेले बा“च्न नै पाउनेछ । संसार आफ्नै नियममा हि“डिरहेछ । आफ्नै चलनमा कुदिरहेछ, दौडिरहेछ । यदि यस्तो हुन्थेन भने सेतेको लागि मै आफै“ पनि बलिदित हुन्थे“ । त्यसबेला सेतेको प्राणरक्षा गर्ने सौभाग्य पाएकोमा म आफूलाई भाग्यशाली ठान्थे“ । तर त्यो सौभाग्य मलाई विधाताले दिएको छैन, न त अरु कसैलाई नै । मेरो ठाउ“मा पनि कसैले त्यो सौभाग्य कहिल्यै पाउने छैन । यो शाश्वत् सत्य हो । समयको निष्ठुरीपन बुझ्नका लागि यिनै कुराहरु पर्याप्त छन् । न त समय कसैको बेदना, चित्कार र रुवाबासी सुन्छ, न त ऊ कसैको पुकार वा रोदनबाट नै पग्लन्छ । समयले के बूढो, के बालक, के गर्भे, कसैलाई छाड्दैन । त्यही समयको पासोमा परेको त हो मेरो सेते । बिचरो ! निरपराध, निष्कलङ्क, निःसहाय सेते ! ‘मे“–मे“’ गर्दा–गर्दै खुत्रुक्क भएको थियो । समयले उसमाथि अलिकति पनि दया गरेन । डाक्टरकहा“ पु¥याउने मौकासम्म पनि दिएन त्यो पापी समयले । प्रायःजसो खैरेलाई देख्यो कि सेतेको उपस्थितिको झल्को आइहाल्छ । खैरे नै सेतेको प्रतिविम्ब हो जस्तो लाग्छ । उही हावभाव, उही बसाइ, उही उठ्ने शैली । दाजु–भाइ उस्तै–उस्तै त थिए । आज भाइ छैन । तर उसको हावभावको दुरुस्त नक्कल हामी देखिरहेछौ“, उसको बस्ने–उठ्ने कलाको अनुकरण हामी हेरिरहेछौ“ । समग्रमा यसरी भनौ“, हामी खैरेलाई सेते मानेर बुझिरहेछौ“, सेतेको अर्को रुप भनेर हेरिरहेछौ“ । अझ भनौ“, कहिले प्रेमिका र कहिले क्षणिक सहयात्री बनेर मस“ग मेरो सेतेको आत्मा खेलिरहेको छ, सेतेको प्रतिविम्ब नाचिरहेको छ । सेतेको कब्रस्तान वरिपरि उसको सम्झना लुकेको छ र, त्यही सम्झनाले नै उसलाई आजसम्म मेरो निमित्त अजर–अमर तुल्याई राखेको छ । यस्तै कुराहरुमा भुलिरह“दा म यो कुरालाई भुसुक्कै बिर्सन्छु कि सेते हामीबीच छैन । मानौ“, सेते मस“गै जलविहार गर्न हि“डिरहेछ, उफ्रिरहेछ, दौडिरहेछ । मानौ“, मैले देख्ने हरेक दृश्यहरु सेतेकै प्रतिविम्ब हुन् ।
कोरंगी प्रेम – वास्तविकता
शौरभ एउटा किसान परिवारमा जन्मिएको केटो हो ।उ गाउँको साधारण स्कुलमा पढ्छ । असाधारण प्रतिभाको कारण एस एल सी फस्ट डिभिजनमा पास गर्छ ।आफ्नो दौतरीहरू सबै उच्च शिक्षाको लागि सदरमुकाम, राजधानी त कोहि विदेश तिर हानिन्छन् तर शौरभको निम्ति ति सबै बाटोहरू तगारो लगाइ दिएको छ अर्थले, पैसाले ।नजिकैको छिमेकी गाँउमा एउटा मास्टर बनेर आफ्नो अध्ययनलाई अघि बढाउन विवश हुन्छ ।एउटा मास्टरी पेशा अंगाल्दै बि.ए. सम्मको अध्ययन पुरा गर्दछ ।त्यस पछि उस्का दुःखका दिनहरू क्रमश ओरालो लाग्छन ।अब उ आफ्नै गाउँको प्रस्तावित माविमा अंग्रेजी र गणित विषयको शिक्षकको रुपमा काम गर्न थाल्दछ ।छोटो समयमै त्यो विद्यालय एक सरकारी मान्यता प्राप्त माविको रुपमा स्थापित हुन्छ ।उस्लाई त्यो स्कुलको प्रधान अध्यापक बनाईन्छ ।उ विद्यालयको पूर्वाधारहरू शिक्षाको गुणस्तर, शैक्षिक वातावरणमा व्यापक सुधार गरि उक्त स्कुललाई त्यो गाउँ, जिल्लाको मात्र नभई र देशकै एउटा नमुना स्कुलको रुपमा स्थापित गर्न सफल हुन्छ ।आज उस्ले पढाएको विद्यार्थीहरू अधिकृत, वैंक मेनेजर, विद्यालय निरीक्षक र अधिकांश शिक्षक बनेका छन् ।आफ्ना विद्यार्थीहरूको उन्नती र प्रगती देखेर खुशीले पागल हुन्छ । अब गाँउघरबाट फाट्ट फुट्ट युवाहरू विदेशीन थाल्छन् ।कोहि खाडी मुलक, कोहि सिंगापुर, कोहि युके लाहुरे बनेर त कोहि युरोप, अमेरीका हङकङ्ग आदि आदि ।विदेश गएको केही वर्ष पछि २-४ कौडि दाम कमाएर सदरमुकाम, तराई र राजधानीमा घर, घडेरी जोड्नेको संख्या बढदै जान्छ । विदेशी प्रवृतिले सौरभको पनि मन थाहै नपाई चोर्न पुग्छ ।सौरभ मनमनै सोच्दछ गाँउलेहरू भन्दा त मैले २-४ कुरो जानेको छु ।उनीहरू भन्दा केही पढेको छु ।केही बुझेको छु तर म चाँहि सँधै दालभात मै मात्र रमाई रहने ? के नमस्ते हेडसरले मात्रै पुग्छ ? मैले यतिका वर्ष मास्टर गिरी गरे खै के छ र मेरो ? सम्पत्तिको नाममा एक मुरी विउको खेत किने त्यो पनि बडो मुश्कीलले । त्यो भन्दा बढता के गर्न सके ? नाम, इज्जत प्रतिष्ठा कमाए तर त्यो नाक जोगाउन पैसा नै चाँहिदो रहेछ । के इज्जत प्रतिष्ठाले खान दिन्छ ? संयोग पनि कस्तो, त्यसै बेला हङकङबाट साईला बाको छोराले फोन गर्छ । फोनमा विहेको बारेमा कुरो हुन्छ र विहेको लागि आइडी वाला केटी खोजी दिएको कुरा सौरभलाई भन्छ जुन लाहुरेको छोरी हुन्छे, नाम सरु ।दाईले शौरभलाई विनाहकोलागि बुबा आमा सँग कुराकानी गर्ने सल्लाह दिन्छ । सौरभ चकित पर्छ ।उ आज दंगदास छ । सपना होकी विपना उस्लाई छुट्टयाउनै गाह्रो भैरहेछ ।विदेशको सोचाई बनाइरहेको बेला हङकङ आइडी वाला केटीको प्रस्ताव ? सौरभ आफै लाजले भुतुक्क मर्छ अनि आज उ लाजले पानी पानी भएको छ । सानोमा विहेको कुरो गर्दा उस्लाई भित्र भित्रै डर लाग्थ्यो, गाला रातो रातो भएर आँउथ्यो , अनि कसैले नदेख्ने गरी भ-याङको कुनामा गएर लुक्थ्यो तर आज परिस्थिति त्यो छैन ।ती सबै कुरालाई पचाएर विहेको कुरो चलाउँछ । तर उस्को प्रस्ताव ठाडै अस्वीकार गरिन्छ ।उनी कहाँ महलमा बस्ने हामी कहाँ झुपडीमा ।कहाँको लाहुरे, हामी कहाँको चाउरे आदि आदि ।एक हप्तापछि हङकङबाट फोन आउँछ सौरभ जवाफमा घरपरिवारबाट अस्विकार गरिएकोले विहे नगर्ने कुरो गर्छ ।तर दाईले धत् त्यस्तो पनि कुरा गर्ने, छोरो मान्छे भएर आँट गर्नु पर्दछ ।केही चिन्ता लिनु पर्दैन ।विहेको चाँजो पाँजो सबै म मिलाउछु भनेर संझाउछ । बुबा आमा सँग कुरा गर्नु ढुक्क भएर विहे गर्नु पर्छ भनेर भन्ने सल्लाह दिए पछि सौरभ दोधारमा पर्छ ।एकातिर बुबाआमाको अस्वीकृति अर्को तिर विदेश गएर सुन्दर भविश्य बनाउने सपना ।उ आफ्नो निर्णयमा अडिग हुन्छ र सरु सँग विहे गरेरै छाड्ने निर्णय गर्छ ।अब सरु सँग सौरभको बारम्बार फोन , चिठ्ठी पत्र आदान प्रदान हुन थाल्छ ।सुःख दुःखका गन्थनहरू हुन थाल्दछन् , सँगै जिउने सँगै मर्ने बाचा कसमका कुरा हुन थाल्छन् ।अब विस्तारै सौरभको हङकङ उड्ने दिन गन्ती शुरु हुन्छ । आफुले देखेको सपना पुरा गर्ने ध्येयले सौरभ हङकङ उडने सुरसार कस्छ ।सँधै देखिने त्यो पारि पट्टिको डाँडो घामको लालीले पोतिएर बडो सुन्दर मनोरम देखिन्थ्यो तर आज मौसम खुलेको छैन ।धुम्म छ सँधै घमाइलो देखिने त्यो डाँडो फुस्रो परेर ठिङग उभिएको छ । सायद मौसमले पनि सौरभको विदाई थाहा पाएर होला ।सौरभ राजीनामा लेख्न कलम र कापी लिएर बस्छ तर उनको हात थरर काप्छ । मन भित्र भित्रै गुम्सिएर उकुस मुकुस हुन्छ ।अनायसै आँखा भरी आँसु रसाउछ ।एक छिन आँखा चिम्म गरी बस्छ आँखा वरिपरि विद्यार्थीहरू नाचीहहेको देख्छ । उ सोच्दछ यिनीहरूलाई म टुहुरा बनाएर जाँदैछु के थाहा फेरी भेट हुन्छ की हुदैन ? समयले मानिसलाई कहाँ पु-याउने हो ।कोठा भित्र निस्सासिएको अनुभव गर्दछ र जुरुक्क उठी आँगनको पर्खालमा थचक्क बस्दछ ।आफ्नो मन सम्हाल्दछ र अदम्य साहस बटुली राजीनामा पत्र लेख्दछ ।त्यो राजीनामा फिर्ता लिन अनुनय विनय गरिन्छ तर सौरभको अगाडी कसैको केही लाग्दैन ।आज उ असाध्यै कठोर बनेको छ ।दुईचार कौडी दाम कमाएर सुन्दर भविश्य बनाउने सपना देखेको छ ।हप्ता दिन पछि सौरभलाई स्कुलबाट विदाइ गरिन्छ । आज सबै गाँउले, विद्यार्थी, शिक्षक, शिक्षिकाहरू सबैका आँखा रसाएका छन् की त्यो गाँउको जिल्लाको अनि मुलुककै एउटा नक्षत्र केही समयको लागि अस्ताउदै छ ।थाहा छैन फेरी उदाउन पनि सक्छ नउदाउन पनि ।सौरभलाई फुलमाला अविर, खादा लगाई शुभयात्रा र उज्वल भविश्यको कामना गरिन्छ ।कार्यक्रममा उपस्थित भीड करुणामय बनी भाब विहृबल बन्छ । विद्यालयको बारेमा दुईचार शब्द बोल्न अघि बढ्छ सौरभ । “यो विदाइको घडी अति नै पिडादयक हुदोरहेछ ।आज म तपाईहरूबाट टाढा जादैछु थाहा छैन समयले कहा पु-याउने हो । भौतिक रुपमा टाढा भए पनि भाबनात्मक रुपले म सँधै तपाईहरू सँग यसै प्रागणमा, अफिस र कक्षाकोठाहरूमा हिँडिरहेको हुनेछु ।पढाई रहेको हुने छु र खेलीरहेको हुनेछु ।सुक्क सुक्क गर्दै विद्यार्थी भाइ बहिनीहरूलाई भन्छ “तिमीहरूले राम्ररी पढेर असल मान्छे बन्नु यो स्कुलको नाम राख्नु पर्दछ ।यो देशलाई सही मार्गमा डो-याउन सुन्दर शान्त र समुन्नत राष्ट्र बनाउने अभियानमा तिमीहरूले अगुबाई गर्नु पर्छ ।तब मात्र हामी गुरुहरूको आत्मालाई शान्ति मिल्नेछ । सँधै तिमीहरूको उन्नती र प्रगति देखि रहन पाउँ । विद्यार्थी भनेर गर्व गर्न सकुँ” भन्दै सुक्क सुक्क रुन थाल्छ । भाब विभोर बन्दै शिक्षक साथीहरूलाई भन्छ “हिजोको दिनमा हामी सबैले देखेको सपना साकार पार्नु होला । मैले गोरेटो कोरी सकेको छु त्यसलाई अन्तिम विन्दुसम्म पु-याउन अहोरात्र खट्नु होला । तपाईहरूले काम गर्दा मेरो अभाबको महसुस कहिल्यै नगर्नु । म सँधै तपाईहरूसँगै हुनेछु । गाँउले अभिभाबक व्यवस्थापन समितिले स्कुललाई सक्दो सहयोग गर्नु होला । मैले जे जति गरे अबको दिनमा अझ बढी अगाडी बढाउनु पर्छ । मैले यहाँहरू सँग काम गर्दा गरेको गल्तिको निम्ती क्षमा चाहन्छु र अन्त्यमा यस स्कुलको सधै उन्नती प्रगति देखिरहन पाउँ मेरो शुभकामना” । सौरभ आफुलाई संहाल्न नसकी भकानो छोडेर रुन्छ । त्यो कारुणीक बाताबरण स्तब्द हुन्छ र त्यहाँ सन्नाट छाउँछ । भोलिपल्ट सबैलाई विदाइको हात हल्लाउदै सौरभ राजधानी काठमाडौँ तर्फ हानिन्छ । काठमाण्डौंबाट नेपाल वायु सेवा निगम -आर.एन.ए.सी.) को बुढो जहाज चढेर चार घण्टा पन्ध्र्र मिनेटमा हङकङको चेप्लाकोक अन्तराष्ट्रिय विमनस्थलमा सरुको सामु आफुलाई हाजिर गराउन पुग्छ । आकाशै छेडने भिमकाय भवनहरू, नागबेली सडक, समन्द्र भरि थरी थरीका नैकायानहरू जमिन मुनी उत्तिकै सुरुङहरू देखेर सौरभ चित खान्छ ।उसको शुरुको दिनहरू घर रुँघेर बित्दछ । सबै काममा जाने कारणले सौरभ घरमा एकलो हुन्छ ।टेबलमाथिको बुढो टिभि र भित्तामा झुण्डीएको टेलिफोन उसको साथी बनेको छ ।तिनैको सहारामा उसको दिनचर्या बित्दछ । २-३ हप्ता पछाडि उ आफुलाई बेँच्न बजार निस्कन्छ । कतै होटल, सेक्यरिटि त कतै कन्स्ट्रनमा फारम भरेर उस्को एकाध हप्ता बित्दछ । सरुको सल्लाह बमोजिम छोटो समय र तनखा अलि बढि भएकोले उ कन्स्ट्रक्सनमा काम गर्न थाल्दछ ।सकी नसकी पचास साठी केजीको बोरा उचाल्नु, फलामको रड उचाल्नु अनि पैंतिस , छत्तिस डिगि्रको घामको कुनै पर्वाह नगरी दिनभरी टाउको जोत्नु उस्को नियती बनेको छ ।त्यो गाउँ स्कुले बालबालिका, घर परिवारको याद उस्को आँखाभरी झल्झली आँउछ ।आज उस्ले बल्ल थाह पायो के हो जिन्दगी ? घर परिवार इष्टमित्र, अनि मातृभूमीको महत्व आदि । विस्तारै सरुको पेटमा सौरभको सन्तानको भ्रुण अंकुराउन थाल्दछ । ४,६,८ महिना हुँदै सरुको कोखबाट छोरी सिसमको जन्म हुन्छ ।अब सौरभको परिवारमा समस्या थपिदैं गएको छ ।एकातिर दिन भरीको टाउको जोताई अर्को तिर बच्चाको कारणले समयमै, खान, बस्न, सुत्न राम्ररी नपाउनु आदि ।यो टेण्सनबाट सौरभ भन्दा पनि बढी सरु झर्किन्छे ।कहिले काँहि घर आँउदा सरु घर हुदिनन् । घर भरी भाँडाकुँडा जुत्ता चप्पल बेग्रेल्ती छरिएका हुन्छन् भने कहिले काँहि बच्चा लिएर छिमेकी को घरमा गएकी हुन्छे ।ति सबै कुराले अब सौरभ र सरुको बिचमा खटपटी शुरु हुन्छ ।सरु सौरभको समेत वास्ता गर्न छाड्छे जुन कुरा सौरभको निम्ती असैहय हुन्छ । उ सरुलाई संझाउछ “जिन्दगीमा सुख दुख भैरहन्छ ।जस्तै दुःखमा पनि हाँसेर जिउनु पर्छ , हामी सानी छोरीको लागि जे पनि गर्न तयार हुनु पर्दछ” ….. अनयासै सरुको मुखबाट वचन रुपी वाण प्रहार हुन्छ ।कस्तो भिखारीको फेला परिएछ, अरु त परै जाओस एक छाक खाएर ढुक्कले बस्न पनि पाईएन ।सौरभ आज आफुलाई पहिलो चोटि चिन्दैछ, उसमाथि भिखरीको विशेषण झुण्डिएको देख्दा , आफुलाई जे जस्तो भएता पनि छोरी सिसम को मुख हेरेर जिउन बाध्य छ ।एक दिनको कुरो हो सौरभको परिवारमा ठुलो संकट आइपर्छ ।सौरभ अग्लो विल्डीङबाट लडि गम्भीर चोट लाग्छ ।सरुलाई सौरभ हस्पिटलमा भएकोले तुरुन्त आउनु भनि खबर गरिन्छ ।सरु छोरीलाई लिएर हस्पीटल पुग्छे ।सौरभ हात, खटट्टा, अनुहार र शरीरै भरी पट्टी बाँधेर मृत्यसँग मुकाबिला गरिरहेको हुन्छ ।उसको शरीरबाट रगतको भल बगिरहेको हुन्छ । त्यो कारुणिक दृश्यले सरुको मन छिया छिया हुन्छ र सौरभलाई अंगालो हालेर डाँको छाडदै रुन्छे ।विस्तारै सौरभको होस खुल्छ ।उ आफुलाई कहाँ छु र के कस्तो हालतमा छु केही पनि पत्तो हुदैन । उ नजिकै रहेको छोरीलाई हात समात्दै टिलपिल टिलपिल आँसु बगाउदै रुन्छ ।उ सम्झन्छ सायद सरु र छोरी सँगको यो भेट नै मेरो जिन्दगीको अन्तिम भेट हुने हो कीः? मेरो मृत्यु भयो भने सरुले एक्लै छोरीलाई कसरी हुर्काउछेः? पालन पोषण गर्छे ? शिक्षा दिक्षा दिन्छे ? आमा छोरी कसरी जिउछे ? होला आदि आदि ।उसको आँखाबाट आँसुको मुल फुट्छ केही बोल्न सक्दैन, गला अवरुद्ध हुन्छ केवल आँसुले सिरानी भिजाउने काम मात्र हुन्छ ।सरु सौरभको हात समाउँदै भन्छ ।तपाईलाई केही हुदैन, मेरो लागि नभए पनि कमसेकम छोरी सिसमकोलागि बाँच्नु पर्छ तपाईले ।सौरभलाई अपरेशन थिएटरमा लगिन्छ सरु र सिसम सौरभको स्वास्थ्य लाभको कामना गर्दै प्रतिक्षालयमा कुरी बस्छन । करिब दुइ हप्ता पछि सौरभलाई हस्पिटलबाट डिस्र्चाज गरिन्छ ।अब सम्पूर्ण हेरचाह सरुको काँधमा आइपरेको छ ।एकातिर सानी छोरकि टेण्सन अर्को तिर अशक्त विरामी सौरभको बोझ । यी दुवै सरुको निम्ती कर्तव्य भन्दा पनि बोझ बन्न पुग्छ ।सरुको व्यबहारमा विस्तारै परिबर्तन देखा पर्न थाल्दछ । सौरभलाई औषधि पानी खवाँउनु, लानु सुताँउनु उठाँउनु आदिले सरु दिक्क हुन्छ । मुखै फोडेर सौरभको अगाडि “मैले कुन जमनामा पाप गरेको थिएँ जस्को फल आज भोग्दैछु” भन्दै पड्किन थाल्छे । सौरभ सरुलाई संझाउदै भन्छ त्यसो नभन म तिम्रो श्रीमान हुँ ठिक भैहाल्छु नि ।तर सरु अजिबको स्त्री छे श्रीमानको त्यो हालत देखेर । सौरभको आँसुमा सरुको आँशु झर्दैन बरु उल्टै सौरभ सँगको विहेको पश्चताप भैरहेछ, सरुलाई । सौरभ सरुको आफु प्रतिको घृणित व्यवहारले आफ्नो जिन्दगीलाई धिर्काछ तर उ चाहेर पनि मर्न सक्दैन । जसरी भए पनि उस्ले बाँच्नै छ यस धर्तीमा छोरी सिसमको लागि सिर्फ सिसमकोलागि । एक दिनको कुरो हो । सौरभ आराम गर्दा गर्दै भुसुक्कै निदाउँछ । दई, तिन घण्टा पछि व्युझन्छ, एक्कासी लोग्ने मान्छेको हाँसो, ठट्टा खित्का उनको कानमा ठोकिन्छ तर उ बैठक कोठामा पुग्न सक्ने स्थितिमा छैन ।आज उ बाँचेर पनि जिउदो लाश बनेको छ जब त्यो पर परुष स्वर कोठाबाट विदा हुन्छ सौरभ सरुलाई सोध्छ को हो त्यो मान्छे ? किन के कति कामले ? आदि जवाफमा सरु मुण्टो बटार्दै भन्छे । मेरो भाई हो मामाको छोरा । आफान्त पनि आउनै नहुने उल्टै प्रति प्रश्न गर्छिन सरु । सौरभ त्यसो होइन । तिम्रो भाई मेरो पनि त भाई पर्छ होलानी ? मेरो यो हालत हुँदा एक वचन पनि नसोध्ने ? कस्तो तिम्रो भाई ? कस्तो आफन्त ? सरु बम्किदै यस्तो हालतमा हुनेले पनि म सँग जोरी खोज्ने ? सौरभ सँग मुख लाग्छे । वास्तवमा त्यो परपुरुषले सरुको जिन्दगीमा प्रवेश गरिसकेको हुन्छ भाइ नभएर एउटा नाठोको रुपमा । यसरी सौरभ आज अति नै दुःखित बनेको छ । उ आफ्नो परिवारको भाग्य र भविश्य छोरी सिसमको आँखा भित्र खोज्दछ र जिन्दगीलाई धिक्कार्छ । अनि सरु सँग भना भैरी चल्न थाल्छ । “सरु यस्तो सँग बस्नु भन्दा त पोइला जनु ठिक” भन्दै छोरी सिसमलाई लिएर बाटो तताउन खोज्छे तर सौरभ छोरी सिसमलाई पाउन आफु जुन सुकै हतकण्डा पनि अपनाउन तयार हुने धम्की दिए पछि मात्र सरुले सिसमलाई छोड्छे र बाटो तताउँछे । यसरी सौरभको जिन्दगीमा यति धेरै दुःख आपत विपत आईपर्छ की उ लगभग पागल सरी हुन्छ । आज उस्ले आफनो बाबु आमाले भनेको करा झलझली संम्झीरहेछ । केही समय पछि उ छोरी सिसमको साथ नेपाल फर्किन्छ । सबै गाँउले, विद्यार्थी शिक्षक शिक्षिकाहरू खशी भएका छन सौरभको आगमनले । सबैको मुहारमा हाँसो खशी छाएको छ । सबैको सोचाई छ सौरभ सर आए पछि फेरी हाम्रो गाँउ घर र स्कुलले काँचुली फेर्नेछ जस्ता हजारौं कल्पनाहरूले मच्चि मच्चि पिङ खेलि रहेको हुन्छ । तर सौरभको जिन्दगीमा हाँसो खुशी भन्ने कुरा सदाको निम्ति विदा भैसकेको थियो । तसर्थ गाँउलेहरूको अनुरोधलाई अस्विकार गर्दै सदरमुकाम स्थित छोरी सिसमलाई शिक्षा दिक्षा दिने काममा जुट्छ । उनी र आफु चाँहि एउटा सामाजिक संस्था (help for helpless) भन्ने सांस्थामा काम गर्न थाल्छ । उसको एउटा ठुलो सपना आफनो सन्तान एउटा अधिकृत बनाउने । अब सिसमको पढाई लेखाई सदरमुकामको एउटा वोर्डिङ स्कुलबाट प्रारम्भ हुन्छ । उ पढाई ज्यादै तेज भएको कारणले एस. एल .सी मा प्रथम श्रेणीमा पास गर्छ र उ उच्च शिक्षाको निम्ति सिसम वुबा सौरभ संग राजधानी काठमाण्डौं तर्फ लाग्छ । सौरभ छोरीको पढाईको अलवा लोक सेवा सम्बन्धि विविध जानकारी सूचनाहरू दिने गर्छ । किनकी उस्ले पनि धेरै पल्ट फारम भरेर अधिकृत बन्ने सपना पालेको थियो तर समय र परिस्थितिले बन्न सकेन । सिसम वुबाको सपना साकार पार्न अध्ययनमा अहोरात्र खट्छे । सिसम आई. ए, वि.ए. गर्दै एम ए देशकै केन्द्रीय क्याम्पस किर्तिपुरबाट सर्वोकृष्ट छात्रा बनेर पास गर्छे । यसरी डिग्री पुरा गर्न भन्दा अगावै नासु र अधिकृत को फरम भरेर जाँच दिइसकेकी हुन्छे अधिकृत स्तरको नतिजा प्रकाशित हुन्छ जस्मा प्रशासन सेबा अन्तरगत सिसमको नाम पहिलो नम्वरमा हुन्छ । केही दिनमा नै हङकङ स्थिति महावाणिज्य दुतावासमा शाखा अधिकृतको नियुक्ति पाँउछ जुन पत्र पढेर आफनो वुबा सौरुभलाई सुनाउछ । सौरभ आज खुशीले आफ्ना नयनबाट अँसु बषर्इरहेछ ।पहिले श्रीमतीको दुव्र्यवहारले जिन्दगी भरी रोएको थियो तर तिनै आँखाबाट आज हर्षको आँसु बर्सि रहेछ । छोरीलाई अंगाले मार्दै बधाई दिन्छ ।खुसीको कुनै सिमानै रहदैन । अब छोरी जागीरको सिलसिलामा हङकङ उडने तयारी गर्छे ।जसरी आज भन्दा २०-२५ वर्ष पहिले सौरभ सरु सँगै बस्न हङकङ उडने चाँजो पाँजो यसरी नै मिलाउदै थियो ।सौरभ आफ्नो जिवनको उत्तरार्ध तिर ढल्की सकेकोले वुबालाई कसरी एक्लै छोड्ने भन्ने पीरले सिसमलाई सताउँछ ।आफनो वुबालाई सँगै लिएर जाने प्रस्ताव राख्दछ तर वुबा अब विदेशी भूमीमा कहिल्यै पाईला नटेक्ने बाचा गरी सकेकोले त्यो सम्भव हुदैन । सौरभ भन्छ यतिका जिन्दगी त एक्लै काँटे भने बाँकी कति नै पो छ र फेरी मलाई एक्लै जिउने बानी परि सकेको छ । सौरभ सिसमलाई खादा लगाएर शुभयात्रा र शुभकामना दिदै त्रिभुबन अन्तराष्ट्रिय विमान स्थलबाट विदाई गर्छ । एकातिर छोरी सिसमले आफनो सपना साकार पारेकोमा खुशीले दंग छ भने अर्को तिर जिवनको एउटै सहारा छोरी पनि आफुबाट टाढा भएकोमा यो वेसाहरा स्थितिमा जिउनुले अति दुखित छ सौरभ । जब सिसम हङकङ पुग्छे आमा सरुलाई भेट्छे । उमेरले निकै पाकेको र हङकङको कष्टकार जीवन यापनको कारणले गर्दा बाँकी जिन्दगी मृत्यु सँग संघर्ष गर्दै सरु अस्पतालमा उपचार गराई रहेकी हुन्छे । जब सिसमले सरुलाई भेट्छ पहिले त दुवैलाई सपना जस्तो लाग्छ एक अर्कालाई ठम्याउन सक्दैन्न । पछि आमा छोरी कुराकानी हुन्छ । दवै एक आपासमा अंगालो मारेर रुन थाल्छन् । आज सिसमले जिन्दगी भर नपाएको मातृत्व पाएको छ भने सरुले एक वर्ष मै गुमाएको छोरी २२-२५ वर्ष पछि………. पाएको छ । जिन्दगी भर खडकिएको छोरी को अभाव पुरा भएको छ । सरु सिसमको कपाल सुम्सुम्याँउदै भन्छे । तिमीले मलाई ए दिन अवश्य भेट्ने छौ भन्ने विश्वास मलाई थियो । म सँधै सोचि रहन्थे तिमी कत्री भयौ ? कस्ती भयौ ?कतिमा पढदै छ्यौं ? आदि । सरुको गला बोल्दा बोल्दै अबरुद्ध हुन्छ । मन थाम्न नसकी हुवाँ हुवाँ रुन थाल्छे । एक छिनपछि दवैको आँखाबाट आँसु रोकिन्छ । सरु सिसमलाई सोध्छ तिम्रो बाबा संचै हुनुहुन्छ ? कस्तो हुनुहुन्छ ? बुढो हुनु भयो की छैन ? आदि फेरी सरुको मन छताछुल्ल पोखिन्छ र रुन थाल्छे । सिसम आमालाई संझाउदै संहालिनुस आमा जे हुनु भै सक्यो त्यसको पीर गरेर केही फाईदा छैन । अतितलाई विर्सिएर वर्तमानमा बाँच्न सिक्नु पर्छ । सरु सिसमलाई अंगालोमा बाँध्दै भन्छे मेरो एउटै इच्छा थियो तिमीलाई भेट्ने ।आज तिमीलाई भेटे अब मेरो आत्मालाई मुक्ति मिल्यो । अब मैले जिउनुको अर्थ छैन छोरी । सिसम त्ससो नभन्नुस आमा अब आमा छोरी सँगै बस्नुपर्दछ, हजुर चाँडै निको हुनुहोस । सिसम आमालाई भोलि आउछु भन्दै डेरा तर्फ लाग्दछ ।भोली पल्ट सिसम वुबालाई काठमाण्डौं फोन गर्दा आमा सरुलाई भेटेको बारेमा बताँउछे ।सरुको कुराले सौरभको जिन्दगीमा लागेको घाउ फेरी बल्भिएको छ आज । एकदिन सरुले सिसमलाई सबैकुरा भन्छ आफ्नो बारेमा । जब तिमी सानै थियौ -करीब १ बर्षको ) तिम्रो बाबा दुर्घाटनमा परेर मृत्युसँग संघर्ष गरिरहनु भएको थियो, मैले उहालाई छोडेर अर्को नाठो सँग विहे गरे । एक वर्षपछि त्यो नाठो अर्कै स्वास्नी ल्याएर बस्न थाल्यो । नासोको रुपमा एउटा छोरो थियो अत्यधिक ड्रक्सको कारणले १५ वर्षकै उमेरमा म-यो । म वेसाहरा बने । दुनियाँमा मेरो आफ्नो भन्ने कोहि भएन । गुजाराको निम्ति सडक पेटी बडार्ने काम गर्थे ।त्यो पनि विरामीको कारणले सकिन छोरी । सरुका आँखाबाट थाहै नपाई आँसुहरू बगिरहेछ । सरु भन्दै जान्छ तिम्रो बारेमा गाँउलेहरू सँग सोधिरहन्थे । तिमी राम्रो पढि रहेकी, ठुली, तरुनी भएकी , अनि तिम्रो भगवान -जसले कर्म दिएर एउटा अधिकृत बनाउनु भयो) लाई राम्रारी हेरचाह गरिहेको कुरा थाहा पाए । जब तिमी अधिकृत भएको खबर थाहा पाए म खुशीले पागल भए तर त्यो खुशी बाडने म सँग कुनै ठाँउ थिएन, आफन्त नाता, गोता, कोहि थिएनन् । म दुनियाँको नजरबाट एक्ली सकेको थिए । यो सांसारिक माया, मोहलाई त्यागेर मर्न पनि सकिन बाँचिरहे सिर्फ तिम्रैलागि । यी सबै कुराहरू भनी रहँदा दुवै आमा छोरीका आँखाबाट आँसुका धारा बगिरहेछ । समय धेरै विति सकेको हुदाँ सिसम भोलि भेट्ने बाचा सहित आफनो डेरा तर्फ लाग्छिन् । दैनिक अफिसको कामकाज सकेर सरुलाई भेटन सिसम अस्पताल पुग्छे तर समय धेरै ढिलो भैसकेको हुन्छ । सायद उस्ले वाँच्ने अन्तिम घडी भनेकै छोरी सिसमको लागि थियो । सिसमलाई भेटेपाछि उस्लाई मुक्ति मिल्यो र बाँची रहनको अर्थ लागेन । यसरी सरुको जिन्दगी यस धर्तिबाट अस्ताउँछ । एक हप्ता पछि काठमाण्डौंबाट फोन आउँछ सिसमलाई । वुबा सिकिस्त विरामी भएकोले तु आउनु भनी फोन राखिदिन्छ । भरखरै मात्र आमा सरुको मृत्युले शोकाकुल बनेकी सिसमलाई अर्को आपत आइलाग्छ । उ तुरुन्त आरएनएसीको उडानबाट नेपाल पुग्छिन तर वुबा सौरभले पनि यस धरतीबाट आफनो लिला समाप्त गरिसकेको हुन्छ । अब सिसमको जिन्दगीमा कोहि रहेन नत उसको आमा, वुबा दाजुभाई नत दिदीबहिनी नै उ भक्कानो फोडेर रुन्छ । नजिकैको नर्सले एउटा चिठी दिँदै भन्छ । सिसमलाई वुबाले प्राण त्याग्नु अघि दिनु भएको भएको चिठ्ठी । प्यारी छोरी सिसम, लाखौं लाख आशिर्वाद अनि शुभकामना तिमीलाई । छोरी सिसम, जब तिमी हङकङ उड्यौ मेरो जीवनमा एकलोपना र रिक्तता बढदै गयो ।त्यसैले होला पुरानो रोग बल्झियो ।बारम्बार स्वास्थ्यमा समस्या देखा पर्नथाल्यो । अस्पतालमा धाउन थाँले । तिमीलाई यी सबै कुराहरू फोनमा भन्ने साहस गरिन धेरै चिन्ता पर्छ भनेर । छोरी तिमीलाई १ वर्ष देखि २२-२५ वर्ष सम्म पालन पोषण गरेँ हुर्कएँ बढाएँ, पढाएँ र आज शाखा अधिकृत बनाएँ । एउटा अभिभावकले छोराछोरीलाई गर्नु पर्ने कर्तव्य निर्वाह गरेँ जस्तो लाग्छ थाह छैन कति हदसम्म सफल भएँ ।तिम्री आमा आफु जिँउदै भएर पनि तिमीलाई टुहुरी बनाएर गई । त्यो रिक्तता र आमाको अभाव मैले कहिल्यै हुन दिन तिमीलाई । म यस धर्तिबाट उहिल्यै मर्नु पर्ने मान्छे तर मर्न सकिन । जिउँदो लाश बनेर बाँची रहेँ सिर्फ तिम्रैलागि । मैले बाँच्नुको एउटै अर्थ थियो छोरी तिमीलाई जिन्दगीमा सँधै हाँसी खुशी राख्ने । जब तिमी हङकङ पुग्यौ । आफ्नी आमालाई भेटि आमाको अभावलाई पुरा ग-यौ । तब मलाई लाग्यो म बाबुको जिन्दगी भरीको माया, आमाको तुलानामा एक दिनको माया भन्दा पनि थोरै हुँदो रहेछ । छोरी म कति अभागी रैछु तिमीलाई हुर्काएँ बढाएँ जिन्दगी भरी माया दिएँ तर मैले अन्तिम घडिमा तिमी सँग एक बचन “छोरी” भनेर भनेर बोलाँउन पाईन । जिन्दगी भर आँखाको नानी भित्र राख्छु भन्थे तर एक पटक पनि देख्न पाईन । म जस्तो अभागी यो दुनियाँमा तिम्रो म मात्रै थिएँ तर आज म पनि सदासदाको निम्ती जादैछु । कहिल्यै नफर्किने गरी । अब तिमी एक्लै हुनेछौ नत तिम्रो आमा, दाजु भाई नत दिदी बहिनी नै, सिर्फ तिमी एक्लै । मेरो अनुरोध छोरी तिमी जे जस्तो हालतमा रहे पनि जिन्दगीमा कहिल्यै नरुनु, सँधै हाँसी, खुसी रहनु ल । तिमी रोयौ भने मेरो आत्मा रुन्छ अनि दुःखी भयौ भने यो आत्मा दुख्छ । जिन्दगी धेरै लामो छ । जिन्दगीमा सँधै आशावादी भएर बाँच्नु पर्छ यो लामो जिन्दगीमा धेरै बाँच्नु छ । धेरै कुरा गर्नु छ । छुट्टै आफ्नो घर परिवार बसाल्नु छ ।छुट्टै रंगीन संसार बसाल्नु छ छोरी तिमीले ।मैले तिम्रो कन्यादान पनि गर्न सकिन धिक्कार छ तम्रो बुबा भन्नुलाई पनि । जिन्दगीमा कहिल्यै एक्लो महसुस नगर्नु ल छोरी । मेरो आत्मा सँधै तिम्रो साथमा रहने छ ।मैले देखेको सपना एउटा अधिकृत बनेर देश र जनताको सेवामा सदैव लागी रहनु ।मेरो आशीर्वाद तिम्रो साथमा रही रहने छ । अर्को जन्म पाएँ भने अशक्त, रोगी र असहाय होइन एउटा स्वस्थ्य र आमा भन्दा बढी माया गर्ने बुबा भएर आउने छु । मात्र तिम्रो वुबा बनेर । अन्तमा सँधै हाँसी खुशी बाँची रहु मेरो अशिर्वाद तिमीलाई । बाचुञ्जेल अशक्त र असहाय रहे पनि तिमी लाई कर्म दिने बुबा । सौरभ ।। समाप्त
आत्माराम शर्मा – दोषरहित दोष
(Source: असोज मधुपर्क, २०६८)
सोहनलाल चौधरीले एकाबिहानै फोन गर्दै भन्यो- “मुकुन्द, जरुरी काम छ, आज मलाई अफिसमा भेट्न सक्छौ ?” के काम छ त्यस्तो जरुरी ? अर्को कुनै दिन फुर्सदमा भेट गरे हुँदैन ? मैले भनेँ । तिम्रो अनुकूल छ भने आजै भेट गर्न पाए हुन्थ्यो, उसले पुनः अनुरोध गर्यो । के काम छ ? फोनमा बताउन मिल्छ ? मैले उसलाई केर्दै सोधेँ । “हेर न मुकुन्द, एउटा नयाँ केस आयो । यो विषय अलि जटिल छ । लेखकको आवश्यकता पर्यो । साहित्यिक भाषामा लेखिएका इमेलका पत्रको अध्ययन गरेर घटनाको छानबिन गर्नुपर्ने भयो । तिमी साहित्यकार भएकोले सहयोग गर्छाैं कि भन्ने आशले फोन गरेको” उसले अनुरोधको भाषामा भन्यो । भेटघाटको विषय छ्याङ्ग भएपछि अपरान्ह पाँच बजे भेट्ने निधो गर्दै मैले फोन राखेँ । सोहनलाल मेरो कलेज पढ्दाको हितैषी साथीे हो । अपराध अनुसन्धान शाखामा डीएसपी छ । प्रहरीमा उजुरी परेका कतिपय घटना र अपराधका केस ऊ मलाई सुनाउने गर्छ । म ती घटनालाई लिएर साहित्य सिर्जना गर्छु । यो घटना पनि कथाको राम्रो प्लट हुन सक्छ भन्ने सोच्दै साँझ साढे पाँच बजे म उसको कार्यालयमा गएँ । सागर भन्ने मानिस बेपत्ता भएकोमा खोजी गरिदिन उसका छोरा, छोरी र श्रीमतीले केही प्रमाणसहित रिपोर्ट गरेका रहेछन् । सोहनलालले खोजबिनको क्रममा सागरसँग आदानप्रदान भएका तीनवटा इमेल अध्ययन गरेर कसको कारणले घटना घट्यो भन्ने पत्ता लगाउनुपर्ने केस रहेछ । उसले ती सबै इमेल पि्रन्ट गरेर मलाई दिँदै भन्यो -“मुकुन्द यी सबै गहिरो अध्ययन गर । दोषी को हुनसक्छ ? मलाई बताऊ ।” सोहनलालले निकै जोड दिँदै मलाई भन्यो । उसले दिएका ती इमेलपत्र यस्ता थिए- सहृदयी दिदी अनुजा मीठो सम्झना आज बुद्ध पूणिर्मा, आकाशमा कहीँ कतै बादलका टाटा छैनन् । सफा आकाशमा जुनको टहटह हेर्दै म टोलाइरहेकी छु । यो मनको अथाह खुसी तिमीसम्म पुर्याउने शब्दको खोजीमा घोत्लिरहेकी छु । कुन शब्दैले मेरा उमङ्ग व्यक्त गरौँ ? सोच्दै लेखिरहेकी छु । घरव्यवहार र साथीसङ्गीका धेरै कुरा यस अगाडि लेखिसकेकी छु । दाजु सागरको सहयोग र प्रेरणाले मैले लोकसेवाको अन्तर्वार्ता पास गरेँ । खरदारको जागिर खाएको पाँच वर्ष नबित्दै अधिकृतमा पास गरेकीले मैले थेग्नै नसक्ने गरी बधाई र सुभेक्षा प्राप्त गरेँ । अधिकृतको नियुक्तिपत्र लिएको दिन मेरो जीवनको उल्लासमय दिन थियो । कस्तो संयोग परेको अनुजा त्यो- दिन मेरो श्रीमान्को जन्म दिन, हाम्रो विवाह भएको र मैले अधिकृतको नियुक्तिपत्र बुझेको एकै दिन परेछ । यस्तो संयोग त बिरलै हुन्छ, हैन त अनुजा ? आज यो उमङ्गको क्षणमा पनि मेरो पेट भतभती पोलिरहेछ । मेरा यी खुसी तिमीसँग साट्न पाइनँ । न त दाजु सागरसँग नै रमाउन पाएँ । खै के काम परेर हो गएको दुई दिनदेखि उहाँ अफिस आउनुभएको रहेनछ । लिखितमा मेरो नाम प्रकाशित भएपछि दाजुले धेरै पटक मलाई भन्नुभएको थियो -“लता म तिम्रै प्रगति हेर्न यो जागिरमा अल्भिmरहेको छु । घरको चाँजोपाँजो मिलेपछि अब म छिटै जागिर छाड्छु ।” उहाँले यस्ता वैरागलाग्दा कुरा धेरै पटक गर्नुभयो । उहाँका उदास कुरा सुनेर मैले एक दिन बोल्दाबोल्दै बीचमै रोकेर भनेँ – दाजु Û तपाइर्ंका यस्ता दिक्कलाग्दा कुरा म सुन्दिनँ । अचानक मेरो मुखबाट त्यस दिन यस्ता शब्द निस्किएछन् । मेरा कुरा सुनेर त्यही क्षण उहाँले मलाई भन्नुभयो -“लता आजदेखि म मेरा कुनै पनि कुरा सुनाउदिनँ । तिमी पनि घरव्यवहार, उपहार साटासाट गरेका र तिम्रा दाम्पत्य जीवनका कुरा नसुनाऊ ।” अनुजा किन होला उहाँले त्यस दिन यस्तो कटुबचन बोल्नुभएको ? गएको वर्ष श्रीमान्को जन्मदिनमा उपहार दिएकी थिएँ । यो कपडा दाजु सागरलाई मनपर्ने गेरु रङको थियो । श्रीमान्लाई यो रङ मन परेनछ । कस्तो जोगी रङको कपडा किनेकी ? मलाई जोगी बनाउने विचार छ कि कसो ? उहाँले टट्टा गर्दै भन्नु भएको थियो । तपाईं जोगी बन्नुभयो भने म पनि जोगिनी हुन्छु नि त – मेले जवाफ दिएकी थिएँ । यसपछि हामी दुवै पेट मिचीमिची हाँसेका थियौं । यो कुरा मैले सागर दाजुलाई सुनाउँदा उहाँले अनुहार नमीठोसँग खुम्च्याउनु भयो । यस पटक दिएको घ्यू रङको सुट पिस सागर दाजुलाई देखाउँदा उहाँले मन खिन्न पार्दै भन्नुभयो – मलाई यस्ता उपहारका कुरा नदेखाऊ । यसपछि हाम्रो भेट भएको थिएन । अधिकृत पद वहाली गरेको दिन उहाँलाई भेट्न गएँ । कोठामा उहाँ हुनुहुन्न थियो । त्यही दिनदेखि बेपत्ता भएको दाजुलाई आजसम्म मैले भेट्न सकिनँ । यो घटनाले मलाई निकै टेन्सन भएको छ । सागर दाजु कहाँ र कुन अवस्थामा हुनुहोला ? केही अनुमान गर्न सक्छ्यौ अनुजा ? मलाई छिट्टै इमेल गर ल । उही, लता लिम्बू, स्नेही लता, हृदयभरिको माया । स-परिवार आराम छौँ । सम्पूर्ण परिवारको सुस्वास्थ्यको कामना गर्दछु । पछिल्लो पटक १० तारिखमा तिमीले पठाएको इमेल मैले पाएँ । हाँसो र आँसु दुवै मिसिएको इमेल पढेर म भावुक भएँ । पत्र पढेको रात खोई किन हो मेरा आँखा जोडिएनन् । अतीतको सम्झनामा मन रुमलियो । अहिले बिहानको ठीक चार बजेको छ । उठेर बिछ्यौना मिलाए । बाथरुम गएर नुवाइधुवाई गरेँ । मन अलि हल्का भयो र इमेल लेख्दैछु । देश छोडेर अमेरिका आएको सात वर्ष बितेछ । समयका पात कति छिटै झरेछन् । सम्झँदा आफैँलाई अनौठो लाग्यो । जीवनको भोगाई र नियति सम्झेर म छक्क परेकी छु । पहाड गाउँमा बितेका दुःखका ती दिन सम्भिmँदा मन अमिलो भएर आउँछ । पाँचथरको त्यो दुर्गम हिमाली गाउँमा बितेका हाम्रा दिन सम्झेर अहिले पनि मनमा गाँठो पर्छ । भावुकतामा डुब्दै कहिले काहीँ ती दुःखका आनन्दमा रमाउँछु । कतिपय घटना सम्झँदा अहिले पनि मन अत्तालिन्छ । हामी दुःखका साथी दिदीबहिनी थियौँ । मेरो पनि आˆनो भन्नु को थियो र ? मनको कुरा पोख्ने मेरालागि तिमी थियौँ, तिम्रा लागि म थिएँ । आमाले आत्महत्या गरेपछि झड्केलो बाबुले गरेको घृणा र अपमान तिमीलाई थाहा छँदैछ । मामाघरबाट सहयोग नपाएको भए मेरो पनि नियति आमाको जस्तै हुन सक्थ्यो । यिनै दुःखसुखका कुरा गर्दै हामी दुई घण्टा पैदल स्कुल जान्थ्यौँ । स्कुल जाउआउ गर्दा धेरैजसो सँगै हुन्थ्यौँ । बाटोको खाजा मकै, भटमास र रोटी खाँदै हामी घर र्फकन्थ्यौँ । कहिलेकाहीँ खाजा नहँुदा भोकले जीउ गल्दथ्यो । हिँड्न नसकेर गोडा फतक्क गल्थे । तिमीलाई सम्झना छ हैन त लता ? करिब पाँच वर्ष यसरी नै बिते । कक्षा अन्तरले गर्दा एक वर्ष अगाडि मैले एस. एल. सी. पास गरँे । तिमीले दोस्रो वर्ष गर्यौँ । जे भए पनि बाल्यकालदेखि नै मेरो मन मिल्ने साथी तिमी नै थियौँ । जीवन नदीजस्तै रहेछ ठोकिँदै बहनु पर्ने । कतै भँगालोमा पस्नु पर्ने, कतै सलल बगिरहन पाइने । नदीको गतिजस्तै रहेछ हाम्रो जीवन । कलेज पढ्दा हामीलाई अभाव र गरिवीले थचक्कै थिच्यो । गाउँमा भन्दा पनि बढी लखट्यो । हामी काठमाडौँका गल्लीमा भौतारिँदै हिँडिरहेका थियौ । बाटो बिराएका यात्रीजस्तै बरालिएका थियौँ । बागबजारको घुमाउरो गल्लीमा टाढाको नाता पर्ने सागर दाजुसँग हाम्रो भेट भयो । मलाई लाग्छ – त्यही भेटले तिमीलाई यहाँसम्म पुर्यायो र मलाई अमेरिकासम्म ल्यायो । लोकसेवाले हामीलाई दुईपटक अयोग्य सावित गरिसकेको थियो । यिनै चोट र खोटले गर्दा दुवैले डीभी भर्यौँ । मलाई डीभी पर्यो र मैले देश छोडेँ । तिमीले तेस्रो पटकमा लोकसेवा पास गर्यौ र जागिर खायौ । हो, आज म ती बितेका दिनहरू सम्झँदै इमेल गर्दैछु । म अमेरिका हिँड्दा तिमी भक्कानिएर रोएकी थियौ । मैले पनि मन सम्हाल्न सकिन र घोप्टो परेर रोएँ । अनगिन्ति हण्डर, ठक्कर खाँदै म अमेरिका आइपुगेँ । सेटल हुन यहाँ मैले गरेका दुःख लेखिसाध्य छैन । बर्मा गए पनि कर्मसँगै- पुर्खाले भनेको सायद यही रहेछ । मेरो जीवनको सबैभन्दा खुसीको क्षण तिमीले लोकसेवा पास गरेको दिन हो । आहा Û यो खबर सुनेको दिन म कति खुसी भएँ -म व्यक्त गर्नै सक्तिनँ । त्यो खुसी थेग्न नसकेर कोठामा म छम्छमी नाँचेथेँ । अमेरिकामा नजिक रहेका नेपालीबीच खुसी साट्दै मैले भनेँ – मेरी साथी लता लिम्बूले अधिकृतमा पास गरी । खुसीले उनीहरू पनि उम्लिए र मैले पाँच सय डलर खर्च गरेर उनीहरूलाई भोज खुवाएथेँ । सागर दाजुको सुझाव र विशेष सहयोगले म अमेरिका आएँ । उहाकै प्रेरणाले तिमीले लोकसेवा पास गर्यौ । कस्तो संयोग- तिम्रो पोस्टिङ उहाँकै कार्यालयमा भयो । खरदारबाट सुरु भएको तिम्रो जागिरे जीवन सागर दाजुकै सहयोगले अधिकृत भयौ । एउटै कोखको दाजुले गर्ने सहयोगभन्दा पनि बढी उहाँको सहयोग पाएर जागिरमा तिमीले गरेका प्रगतिका खबर सुन्दा म खुसीले बुर्लुक्क उप|mन्थँे । तिम्रो पिरले मलाई सधैँ सताइरहन्थ्यो । पहाड गाउँदेखि नै सौतेनी आमाको पेलाइले उदासिएको तिम्रो अनुहार सागर दाजुको अपनत्वले उज्यालिँदै गएको थाहा पाउँदा म फुरुङ्ग हुन्थेँ । उहँाकै आडभरोसामा त्यो बिरानो काठमाडौँमा तिमीलाई छाडेकी थिएँ । हुन त म अमेरिका उड्ने भएपछि दाजुले मलाईभन्दा पनि बढी माया तिमीलाई गर्न थाल्नुभएको थियो । मलाई थाहा छ उहाँले नै लोकसेवाको र्फम भरिदिनुभएको थियो । काठमाडौँमा कसरी बाँच्नुपर्छ ? लाठे केटाहरूका क्षेप्यास्त्रजस्ता हेराईबाट कसरी जोगिनुपर्छ ? उहाँले नै हामीलाई सिकाउनु भयो । बहिनी लता लोग्नेमानिसको मनलाई तिमीले अझै नजिकबाट बुझ्न सकेकी रहिनछ्यौ । उनीहरूको हृदयलाई सूक्ष्मरूपले नियाल । केटा मान्छेको मन भाँचियो भने काठजस्तै टुक्रिन्छ । पछि जति जोडेर टाँसे पनि भाँचिएको काठ छुटिन्छ र कमजोर हुन्छ । सागर दाजु मेरो टाढाको आफन्त भएकोले उहाँको बारेमा थोरबहुत मलाई थाहा थियो । उहाँको व्यक्तिगत जीवन सफल छैन भन्ने कुरा तिमीलाई केही सङ्केत गरेकी थिएँ । यो कुरा सुनेर उतिखेर तिमीले भनेकी थियौ -“यसै कारणले होला उहाँको मुहार सधैँ उदास देखिन्छ” मानिसको व्यक्तिगत जीवन असफल भएपछि उनीहरू रूखा हुन्छन् । मैले मनोविज्ञानमा पढेकी थिएँ – जीवनदेखि निस्सासिएका मानिसलाई नारीको कोमलताले पगाल्छ । हाम्रो धार्मिक कथाहरूमा यस्ता धेरै प्रसङ्ग छन् । हामीले थोरबहुत पढेका र सुनेका छौँ । लता Û धेरै के लेखौँ ? काममा जान हतार भइसक्यो । तिमी आफू थोरै पग्लिएर भए पनि सागर दाजुलाई सम्हाल । उहाँ जस्तो असल मान्छे हामीलाई मात्र होइन अरू धेरैलाई आवश्यक पर्छ । म आशा गर्छु, बहिनी तिमीले उहाँलाई जीवनदेखि पलायन हुन रोक्नेछ्यौ र उहाँको खोजी गरेर सम्हाल्नेछ्यौ भन्ने विश्वास गरेकी छु । उही अनुजा, दिदी अनुजा Û जीवनमा निकै परिपक्व भएँ र खारिएँ भन्ने लागेको थियो तर होइन रहेछ । यात्राको ठाडो भीर रहेछ जीवन । कुन भीरबाट को कतिखेर खस्छ केही भन्न सकिँदोरहेनछ । अघिल्लो महिना अधिकृतको तालिम लिन म केन्द्रमा १५ दिन काजमा गएकी थिएँ । त्यसको भोलिपल्ट सागर दाजुले जागिर राजिनामा गर्नु भएछ । यो कुरा थाहा पाएर मैले उहाँलाई मोवाइलमा सम्पर्क गरेँ । उहाँको छोरोले उठायो । बाबा खोइ त बाबु भनेर सोद्धा -“उहाँ कहाँ जानु भयो, हामीलाई पनि थाहा छैन । एक हप्तादेखि बाबा बेपत्ता हुनु भयो, खोजी गरिदिन पुलिसमा हामीले रिपोर्ट गरेका छौँ” उसले हडबडाउँदै जवाफ दियो । उसको कुरा सुनेर म खङ्रङ्गै भएँ । यो खबर सुनेदेखि दिन मेरा लागि रात बन्यो । रात आँसुको पोखरीमा परिणत भयो । उहाँ बेपत्ता भएको दुई महिनापछि हिजो मात्र हुलाकीले अफिसमा आएर चिठी दिएर गयो । चिठी पढ्दापढ्दै म भक्कानिएर रोएँ । मैले नजिकबाट उहाँलाई चिहृन सकिँनछु । टाढाबाट जति चिने त्यो परिचय अपूरो रहेछ । सागर दाजुले लेखेको त्यो चिठी मैले स्क्यानिङ गरेर इमेल गरेकी छु । पढेपछि मलाई इमेल गर ल अनुजा । बहिनी लता हृदयको सम्झना, उज्ज्वल भविष्यको कामना गर्दछु । जीवनमा कुनै चोट र अप्ठेरा नपरुन् हृदयदेखि नै प्रार्थना गर्दछु । मैले धेरै पटक जागिर छोड्ने प्रयास गर्दा तिमीले मलाई भनेकी थियौ – “अरू कुनै काम नभई जागिर छोड्नु हुँदैन । खाली दिमागमा सैतानले बास गर्छ ।” तिम्रो यही सल्लाहले मैले जागिर छोड्न सकिनँ । तिमीले जागिरमा गरेको प्रगति मलाई जागिरमै बसेर हेर्ने रहर थियो । योे उत्कट चाहना तिमीले पूरा गरिदियौ । धन्यवाद छ मेरो इच्छा पूरा गरिदिएकोमा । अधिकृतको पत्र बुझेपछि तिमी तालिममा गयौँ । तिमी गएको दोस्रो दिन मैले जागिर राजिनामा गरे । मलाइ माफ गर -मैले भेटेर भन्नु पर्दथ्यो तर भन्न सकिनँ । पाँच दिनपछि राजिनामा स्वीकृत भएको पत्र पाएँ र त्यही दिनदेखि मैले आफूलाई बदले । यसको मतलव म नास्तिकबाट आस्तिकमा रूपान्तरण भएको होइन । पूर्वजले भन्दै र मान्दै आएको ईश्वरीयसत्ताको खोजीमा म लागेँ । अहिले भौतिकवाद र आध्यात्मवादको अन्तर खोतल्ने प्रयासमा छु । हाम्रो पूर्वजको ईश्वरीयसत्ताको गहिराई बुझ्न मन लाग्यो र मैले बाटो परिवर्तन गरेको हुँ । सम्पूर्णरूपले आफूलाई बदलेको होइन । बहिनी Û तिमीलाई अचम्म लाग्ला- यति छिटो ममा यत्रो परिवर्तन कसरी आयो ? यो मेरो कुनै लहड र सनक होइन । विगत केही वर्षदेखि मैले खोजेको कुरा हो । सबैतिरबाट हारेका र जीवनदेखि विरक्तिएका धेरै मानिस आशाको मसिनो त्यान्द्रोमा अल्झेर बाँचेका छन् । मैले पनि आध्यात्मवादको अध्ययन गरेर बाँकी जीवन बिताउने निर्णय गरे । यो संसारमा धेरै महापुरुष, जोगी, सन्न्यासी जसरी वरत्र विर्सिएर परत्र सपार्ने धुनमा आफूलाई बिर्सिरहेछन् । मेरो पनि अवस्था विगत केही वर्षदेखि यस्तै थियो । टाढा क्षितिजमा धीपधीप बलेको प्रकाश हेरेर म बाँचिरहेको थिएँ । आज त्यो क्षितिजको बत्ती निभ्यो र मैले घर छोडेँ । सीधा भाषामा भन्नुपर्दा – वरत्र छोडेर म परत्रको यात्री बनेँ । पाँच वर्ष एउटै कार्यालयमा सहकार्य गर्दा मेरो ओइलाएको अनुहार नियालेर पक्कै केही अन्दाज गरेकी थियौ होली ? अरू कसैले कानेखुसी गर्दै केही भनेका पनि होलान् । मेरो पारिवारिक जीवन खोतल्न खोज्दै तिमीले कुनै दिन भनेकी थियौ -“दाजु संसारका कुनै पनि मानिस सुखी छैनन् र कोही दुःखी पनि छैनन् । दुःखलाई जसले सुख सम्झेर भोग्छ त्यही व्यक्ति सुखी र सफल हुन्छ ।” अर्को कुनै दिन घुमौरो भाषामा तिमीले मलाई सोधेकी थियौ- “सागर दाजु, तपाईंलाई दुःखको कुन पहाडले थिचेको छ ? मनको पीडा अरूलाई बतायो भने हलुका हुन्छ भन्छन्” । यस विषयमा अरू कुनै दिन कुरा गरौँला, मैले भनेको तिमीलाई सम्झना छ हैन त लता ? बहिनी मनको मैलो म पखाल्न चाहान्थे । मिचीमिची म धुन खोज्दै थिएँ । तिमीले कुनै दिन अवश्य सोध्नेछ्यौ भन्ने मैले सोचेको थिएँ । तिम्रा प्रश्नको जवाफ दिन दुई वर्षसम्म मैले पर्खे । खोई किन हो ? मेरो व्यक्तिगत जीवन खोतल्न चाहिनौ । दुःखीको सङ्गत गरेर किन दुःख बढाउनु भन्ने सोचेर होला । मेरा पीडाका पुस्तक पढ्न त परै जाओस्, त्यसको अनुहारसमेत हेर्न चाहिनौँ । म चाहन्थेँ दमित मनमा पुरिएको अथाह पीडाको पोखरी तिमीलाई देखाउन । रहर थियो- तिम्रो काखमा घोप्टो परेर पोखिन । भित्रभित्रै पाकेका घाउका पीप तिम्रो हातबाट निचोर्न चाहन्थे । कटु बचनले तिछोरिएका शरीरका डाममा मलम लगाइदिन्थ्यौ कि भन्ने आशा थियो । धिक्कार Û मैले कस्तो इच्छा राखेछु । बहिनी मनमा गुम्सेका अटेसमटेस भावना बाहिर निस्किए । आज ४५ हिउँद पार गर्दासमेत मैले कसैबाट सम्झना प्राप्त गर्न सकिनँ । म अपमानको पहाडले थिचिएको दुःखी मानिसको अगाडि तिम्रा जन्म दिन, विवाहको वर्ष गाँठमा भएका आदान-प्रदान तिमी देखाउँथ्यौ । भोकले छट्पटाएको मानिसलाई खाना देखाएर ईख्याएजस्तै लाग्थ्यो तिम्रो त्यो व्यवहार । मेरो भत्किएको जीवन थाहा हुँदाहुँदै यी सबै काम मेराअगाडि गथ्यौँ । किन यसो गर्यौ ? मैले बुझ्न सकेको छैन । म सधैँ खुसी रहन्थेँ -तिम्रो त्यो उल्लासमय जीवन देखेर । भित्रभित्रै म खुसीले गदगद हुन्थे तिम्रो प्रगति र उन्नति हेरेर । बहिनी मलाई माफ गर मन दुःखेको कुरा गरेँ । यति खेर म सोचिरहेको छु – दोष तिम्रो होइन मेरै हो । धेरैलाई साथी बनाएँ कतिपयलाई गुमाएँ । जसलाई मैले साथी बनाए, तीमध्ये कसैलाई पनि आˆनो बनाउन सकिनँ । बहिनी घर छोड्ने दिन फोन गर्छु भन्दाभन्दै अनुकूल नमिलेर फोन गर्न सकिनँ । त्यसदिन म निकै व्यस्त भएँ । बिहान चार बजे उठेर कपडा धोएँ । खाना खाएर तीर्थयात्राको टिकट लिएँ र केन्द्रीय कार्यालयमा गएर पेन्सनपट्टा बनाएँ । बाबु हुनुको कर्तव्य पूरा गर्न छोरा छोरीको बैङ्क खातामा बिहादानका लागि केही पैसा जम्मा गरिदिएँ । साँझ पशुपति गएँ । मुक्तिमण्डलमा बसेर जोगीसँगै गाँजा तानेँ । धेरै वर्ष भयो यो जोगीसँग मेरो सङ्गत भएको । उसलाई केही पैसा दिए । भोलि म तीर्थयात्रामा हरिद्वार जाँदैछु भन्दा ऊ धेरै खुसी भयो । “अब बाँकी जीवन बिताउन म पनि उतै आउँछु । अर्को वर्ष तपाईंलाई हरिद्वारमै भेट्नेछु ।” म हिँड्ने बेलामा जोगीले भन्यो । जोगीको अखडाबाट उठेर म पारि गएर बसे । गायक भक्तराज आचार्यको स्वरमा भजन गुन्जिरहेको थियो – एक दिन मैले प्रभुसँग सोधे कसरी शान्ति मिल्छ कस्तो कस्तो कर्म गरेपछि प्रभुको दर्शन मुक्ति मिल्छ । भजनको तालमा मानिसहरू झुलिरहेका थिए । कोही आँखा चिम्लिदै भजनको भावमा चुर्लुम्म डुबेका थिए । छेउमा गाजाको राग उडिरहेको थियो । इहलिला समाप्त भएका दुईवटा लाश ब्रहृमनालको दायाँबाँया तेसिर्ंएका थिए । सुन्दर मानवीय जीवन लाशमा बदलिएको दुःखद हविगत देखेर मानिसहरू टोलाइरहेका देखिन्थे । आफन्तहरू लाशको नजिकै झुम्मिएर रूँदै कराउँदै थिए । आर्यघाटका कुनै चिता खाली थिएनन् सबै जलिरहेका थिए । केही लाश पालोको प्रतीक्षामा छन् । मानिसको अस्तित्व समाप्त भएर आकाशमा बिलीन भएको धूवाँ हेर्दै म टोलाइरहेको थिएँ । बहिनी Û आखिर के रहेछ र मानिसको जीवन ? पिता पुर्खा गएको बाटो सबैले जानैपर्नै रहेछ । नाथे यो एकबारको जीवनमा मानिस किन घमण्ड गर्छ ? मात्र धुवाँमा विलय हुने जीवनमा मानिस किन अहङ्कार गर्छ ? सतकर्म नभई चित्त शुद्ध हँुदैन चित्त शुद्ध नभई सन्तोष हुँदैन सन्तोष नभई मन स्थिर हँुदैन मन स्थिर नभई शान्ति हुँदैन । भजनको अर्को अनुच्छेद सुन्दै म उठेँ । त्यो दिन १४ तारिख थियो । मसान वैराग्य बोकेर घर र्फकेँ । घर भन्नु नै के थियो र फगत रातको बास थियो । जरुरी कपडाको सानो पोको बनाएँ । बिहानको तीन बजेको थियो । घरको मूलढोका बिस्तारै खोलेँ । बाहिर तुलसीको मोठलाई परिक्रमा गरेर ढोगेँ । अलिपर पुगेर एक पटक घरलाई नियालेर हेरेँ । त्यही क्षण मनले भन्यो – यो ठाउँमा तेरो भोग यत्ति नै रहेछ । – उही, सागर माथिका इमेल मैले दोहोर्याएर पढेँ । दुई दिनपछि पुनः गहिरो अध्ययन गरँे । सागर पलायन हुनुमा दोष कसको हुन सक्छ ? भनेर निकै घोत्लिए । साथी सोहनलाल चौधरीको अनुसन्धानमा शङ्कास्पद देखिएका बहिनी लता, अनुजा, सागरको घरपरिवार र जोगी, यीमध्ये को दोषी छन् ? इमेल अध्ययन गरेर मलाई भन – चौधरीले पटकपटक मोबाइलमा मलाई भनेको थियो । धेरै दिन घोरिएँ, मैले कुनै अनुमान नै गर्न सकिनँ । यो कथा पढेर दोषरहित दोषी को हो ? तपाईंले अनुमान गर्नु भयो कि ?
हरिप्रसाद भण्डारी – संजोग
म ब्यूँझदा मैले आफूलाई अस्पतालको बेडमा पाएँ । अचम्म लाग्यो मलाई । म किन र कसरी त्यहाँ पुगेँ भन्ने कुरा मेरा दिमागले ठम्याउन सकिरहेको थिएन । त्यसबेला मेरो सारा शरीर दुखिरहेको थियो । टाउको गह्रौं भइरहेको थियो । र, आँखा अगाडिको दृश्य धमिलो देखिन्थ्यो । एकैछिनपछि अस्पतालको कारुणिक वातावरणलाई चिर्दै एउटी परिचारिका मेरा नजिक आइन् । मतिर हेरेर मुसुक्क मुस्कुराइन् । ‘कस्तो छ अहिले ?’ यसो भन्दै हसिलो अनुहार बनाएर मलाई हेरिरहिन् । उनी मसँग केही बोल्न खोज्दै थिइन्, तर म केही बोलिन । म नबोलेको देखेपछि उनले नै मलाई सान्त्वना दिँदै ‘अब आत्तिनु पर्दैन, छिटै निको हुन्छ’ भन्दै एउटा इन्जेक्सन् ल्याएर पाखुरामा लगाइदिइन् र बिस्तारै मल्न लागिन् । “मलाई किन यहाँ ल्याएको सिष्टर ?” एकैछिनपछि सासैसासमा मेरो मुखबाट आवाज आयो । मैले सिष्टर भनेको सुनेपछि उनी झस्किन् । अचम्म मानिन् र भनिन्— “हिजो तपाईं चढ्नुभएको गाडी दुर्घटना भएको के त ।” त्यसपछि पनि उनले मेरो अनुहारमा झुकेर हेर्दै थिइन् । तर मैले टाउको दुखेको हुनाले आँखा चिम्लेर कुनापट्टि फर्किएँ । तीन÷चार दिनपछि म पहिलेको अपेक्षा धेरै स्वस्थ भइसकेको थिएँ तर पुर्ण आरामचाहिँ भएको थिएन । त्यस अवधिमा ती परिचारिकाले मेरो खुब सेवा गरिन् । उनले गरेको मप्रतिको सेवाभावले मलाई साह्रै फाइदा पु¥यायो । उनले मलाई असाध्यै माया गर्थिन । मीठो बोल्थिन्, मुसुक्क हाँस्थिन् र मलाई खुसी पार्न प्रयत्न गर्थिन् । उनको बोली र व्यवहारमा सन्जीवनी मिसिएको प्रतीत हुन्थ्यो मलाई । उनी समय समयमा म भएका ठाउँमा आउँथिन्, नौला नौला औषधि र फलफूल ल्याएर खुवाउँथिन् र मसँग केही न केही कुरा गर्न चाहन्थिन् । मेरो शरीर स्वस्थ हुँदै थियो तापनि बोल्दा टाउको अझै दुख्थ्यो । त्यसैले उनले गरेका कुराहरूको जवाफ फर्काउन सकिरहेको थिइन । होसमा आएको चौथो दिन मैले उनलाई त्यत्तिकै प्रश्न गरेको थिएँ— “सिष्टर, कोही मलाई भेट्न त आएन ?” “अहँ आएन त !” आश्चर्य मान्दै उनले भनिन् । “कोही भए पो आउनु !” मैले मनमनै भनेँ । अनायास मेरो मुखबाट लामो सास बाहिर आयो । “तपाईं किन आउनुभएको काठमाडौं ? यतै बस्नुहुन्छ कि . . .।” यस्तैमा एकदिन उनले सोधेकी थिईन् । “बस्दिन, सानो काम थियो त्यसैले आएको थिएँ ।” “घर कहाँ पर्छ ? र के काम गर्दै हुनुहुन्छ नि आजकल ?” उनले माथि सिलिङ्तिर हेर्दै थप जिज्ञासा राखिन् । “खोई….! घरको त कुनै ठेगानै छैन । काम भने यसो क्याम्पसमा पढाउने गरेको छु ।” “तपाईंको पूर्ण परिचय मागेको छ । परिवारको नाम र ठेगाना दिनोस् । खबर पठाउनु पर्छ हामीले ।” उनले भनिन् । “त्यो दुःख गर्नु पर्दैन ।” “किन र ? दुःख होइन, त्यो त हाम्रो कर्तव्य पो त ।” म त्यो बेला केही बोल्न चाहेको थिइनँ, उनले निकै जिद्दी गरिन् । “मेरो जीवनप्रति चासो राख्ने व्यक्ति कोही पनि छैन । बरु एउटा सानो खबर मेरो क्याम्पसको नाममा पठाइदिनु भए हुन्छ ।’ मैले यसो भनेर उनको मन राखिदिएँ । मेरो कुरा सुनेपछि उनले अचम्म मानिन्, ट्वाल्ल परेर मेरा अनुहारमा हेरिन् र बिस्तारै भनिन्— “के तपाईंको परवार छैन र ?” “छैन ।” लामो सास लिदैँ सत्य कुरा सुनाएँ । यसपछि उनी केही बोलिनन् । आश्चर्य मान्दै त्यहाँबाट हिडिन् । अस्पतालबाट बिदा लिने दिन नजिक आइरहेको थियो । त्यस अवधिमा उनीबाट मैले कहिल्यै तिर्न नसक्ने अमूल्य सहयोगको पाएको थिएँ । उनले मानवीय सहयोग मात्र होईन आर्थिक सहयोगसमेत गरेको आभाष पाएको थिएँ मैले । त्यसैले एकदिन यिनै कुरा बारे जिज्ञासा राखें । उनी मधुरो र मलिन हाँसो हासिन् । अनि त्यस्तो कुनै खर्च नभएको भाव व्यक्त गरिन् । “मानवीय सेवा जे जस्तो भए पनि अन्य खर्चको भार त पार्नु भएन नि तपाईमाथि । फेरि यो सबै थोक दिने अस्पताल पनि त होइन यो ।” मैले आफ्नो कुरो अगाडि राखेँ । “तपाईंको लागि आवश्यक पर्ने सम्पुर्ण खर्च हामीलाई अन्यत्रबाटै प्राप्त भइसकेको छ ……..।” मुुसुक्क हाँस्दै उनले भनिन् । “अन्यत्रबाटै रे ? को सँगबाट ?” मलाई आश्चर्य लाग्यो र जोड दिँदै सोधेँ— “कतै तपाई झूठो त बोलिरहनु भएको छैन ? कतै मजाक पो गर्नुभएको हो कि ?” “हैन हैन, मैले किन झूठो बोल्नु, किन मजाक गर्नु ?” उनी केही क्षण रोकिइन् र अगाडि थपिन्— “पहिलो दिन तपाईलाई चाहिने रगतसमेत हामीलाई अन्यत्रबाटै प्राप्त भएको थियो ।” “रगत पनि !” उनी मुसुक्क हाँसिन् र भनिन्— “साँच्चै भन्ने हो भने त्यो सहयोगी वा दाता नपाउनुभएको भए तपाईको बाँच्ने सम्भावना न्यून थियो । निकै कोशिस गरेर बचाएको हो तपाईलाई । भाग्यमा विश्वास गर्नुहुन्छ कि हुन्न कुन्नि ? यस मानेमा तपाई निकै भाग्यमानी हुनुहुँदोरहेछ ।” उनको कुरा अनौठो लागिरहेको थियो मलाई । आश्चर्य मान्दै मैले बिस्तारै सोधेँ— “अन्यत्रबाट भन्नु भयो ! तर को हुन सक्छ मलाई बाहिरबाट मद्दत गर्ने त्यस्तो व्यक्ति ?” निकैबेर घोरिएपछि उनले भनिन्— “शीलाको नाम सुन्नु भएको छ कतै ?” “शीला ?” उनको कुरा सुनेर म झसङ्ग भएँ । “उनीबाटै प्राप्त भएको हो यो सबै सहयोग ।” उनले सहज रुपमा भनिन् । “शीला !, उही शीला जसलाई मैले चाहेर पनि पाउन सकिनँ ।” मैले लामो सास फेरंँ र म करीव सत्र÷अठार वर्ष पुरानो अतितमा डुबुल्की मार्न पुगेँ । करीव सत्र वर्ष पहिले शीलाले र मैले राम्रा र सुखका सपना देखेका थियौँ । हाम्रो सपनाको संसार औधी सुन्दर र मनमोहक थियो । हामीले एउटा आदर्श पारिवारिक जीवन बिताउन चाहेका थियौँ । तर सपना सपनामै सीमित रह्यो । हामीले सपनाका खुसीहरूलाई विपनामा अनुवाद गर्न सकेनौँ । समयको छालले उनको र मेरो क्षणिक मिलन बनायो, सुनौला सपना देखायो र केही समयपछि अलग्यायो । हामी टाढा टाढा हुँदै गयौँ र हरायौँ एक आपसमा । क्याम्पस पढ्ने क्रममा उनको र मेरो पहिलो भेट भएको थियो । संजोगबस उनको र मेरो परिचयले गाढा रूप लिँदै गयो । अनि छोटो समयमै हामी बीचमा प्रेमपूर्ण सम्बन्ध जोडिदै गयो । पहिले हामीले पढ्ने विषय अर्कै थियो । पछि मैले उनलाई चिकित्साशास्त्र पढ्ने सल्लाह र हौसला दिएको थिएँ । उनले त्यसै गरेकी थिइन् । हामीहरू आत्मीय रूपमै प्रेममा बाधिएका थियौँ । हाम्रो प्रेम पवित्र थियो । हामीले हामी बीच रहेको पवित्र प्रेमलाई बैवाहिक रूपमा परिणत गरी जीवनभरि अमर राख्ने निष्कर्षमा पुगेका थियौँ । सो कुरा उनको घरसम्म पु¥यायौँ । हाम्रो प्रस्ताव स्वीकार हुनेछ भन्ने लागेको थियो हामीलाई तर हाम्रो अनुमान सत्य ठहरिएन । हामीले जतिसुकै पवित्र प्रेम गरेका भए पनि हाम्रो संस्कारले हाम्रा बीचमा भाँजो हाल्यो । हाम्रो चाहना पुरा हुनुको साटो उल्टै हाम्रो पवित्र प्रेमलाई नकारात्मक दृष्टिले हेरियो । हामीले परिस्थितिका बिरुद्ध संघर्ष गर्नु पथ्र्यो तर गरेनौँ, सकेनौँ शायद । परिवेश अहिलेको भन्दा केही फरक भएर पनि हो कि ! पछि शीलाको विवाह अन्तै हुने हल्ला चल्यो । यद्यपि शीलाले उनीहरूको प्रस्तावको विरोध त गरिन्, तथापि सामाजिक बन्धनलाई तोडेर सिधै मसँग सम्वन्ध जोड्ने आँट भने गर्न सकिनन् । उनको परिवारबाट हाम्रो सम्वन्ध र सम्पर्कलाई टाडा राख्ने प्रयत्न गरियो । हामी चाहरे पनि एक अर्काका हुन सकेनौँ । हाम्रो सम्पर्क टाडा टाडा हुँदै गयो । उनले मलाई बिर्सिन् । उनले बिर्से पनि मैले भने कसैगरे पनि उनलाई बिर्सन सकिन । उनलाई प्राप्त गर्ने मेरा चाहनाहरूलाई उनको तस्वीरमा सीमित राखेर जीवन बिताउने प्रण गरेँ । आज धेरै वर्षपछि एक्कासि उनको नाम र उनले मप्रति गरेको सेवा भावको कुरा सुन्दा निको भइसकेको घाउमा दाउराले घोँचेजस्तै लाग्यो । म भावविह्वल बनेर शून्यमा टोलाइरहेँ । मलाई उनको सम्झनाले रातभरि सतायो । अर्को दिन विहान म अस्पतालबाट हिँड्ने भएँ । हिँड्नुपूर्व शीलाको बारेमा सम्पूर्ण कुरा बुझ्न चाहन्थे, तर म हिँड्ने बेलामा निज परिचारिकालाई भेट्न सकिनँ । सोधेको कुन्नि के जरुरी काम परेर उनी विदामा छन् भन्ने खबर पाएँ । भेट्न नपाएकोमा नजाती लाग्यो । पछि आएर भेट्ने र यिनैको माध्मद्धारा शीलाको सम्पर्क पत्तालगाउने विचार लिएर त्यहाँबाट हिड्ने निधो गरेँ । वासस्थानमा पुगेको केही दिनपछि हुलाकीले आएर मेरो नामको एउटा पत्र दियो । पत्र शीलाले नै लेखेकी रहिछन् । मलाई आश्चर्य लाग्यो र छिटो छिटो पत्र खोलेर पढ्न सुरु गरेँ । प्यारा विनोद !, धेरै वर्षपछि तिमीलाई भेटे र सेवा गर्ने अवसर पाएँ । अत्यन्तै खुसी लाग्यो । तिमीले मलाई नचिनेकोमा सुरुमा त दुःख लागेको थियो तर पछि उक्त दुःखलाई तिम्रो प्रगतिसँग साटेर मन बुझाएँ । चाहे जे होस्, तिम्रो प्राण बचाउन पाएकोमा मैले आफूलाई भाग्यमानी ठानेकी छु । तिम्रो सल्लाह र सहयोगले गर्दा आज हजारौँ दुःखी गरिबहरूको सेवा गर्ने अवसर पाएकी छु । तिमी र म जति टाडा भए मनि तिम्रो सम्झना हराएको छैन मनबाट । बिदाइमा भेट्न नआएकोमा दुःख त अवश्य लाग्यो होला, तर पीर नमान्नु । जिन्दगी रहेसम्म एक आपसमा भेट हुँदोरहेछ, अचम्मको भेट भयो । शरीरको ख्याल गर्नु र पत्र पठाउनु ल ? मनका सम्पर्ण भावनाहरूलाई दुई थोपा मसीको सहाराले कागजमा कोरेर सकिदैनन् । त्यसैले अहिलेलाई कलम यहीँ रोक्छु, बाँकी गन्थन भेटमै गरौँला । उही तिमीलाई सधैँभरि माया गर्ने शीला पत्र पढेपछि एकपटक निद्राबाट ब्यूँझेजस्तो लाग्यो । त्यसपछि चिठी समाएका मेरा हातहरू थरथर काँप्न थाले । अनायास आँखाहरू पारि क्षितिजतिर दौडिए, जहाँ सधैँ सेता देखिने हिमालहरू बेलुकीको सुर्यको प्रकाशले गर्दा सुनौलो रङमा चम्किरहेका थिए ।
आयाम फुयाल – कपाल: एक चर्चा परिचर्चा
“के गरेर काट्या यो कपाल? न पछाडि काट्या छ, न अगाडि छोट्या’को छ। भोलि मिलाएर आउने त्या’, नत्र घरतिर बसे हुन्छ”, असेम्ब्ली सकेर क्लास तिर जादैँ थिए; डि. आई. को यो कठोर र रुड आवाज कानमा ठोक्कियो। एकमन त गएर; ‘सर, यो कपालले तपाईँको के बिगार्दियो, खाली के कपाल काट्, कपाल काट् भनिरा’, काटेकै त छु नि जटाधारी बाबा जस्तो बन्या’ त छैन नि, अलिक अगाडि पछडि राख्न मन लाग्छ त राख्न नपाई?’, भन्दिउ जस्तो लाग्या थियो। तर अहँ, “हुन्छ सर!” बाहेक न त मुखबाट केही निस्क्यो, न त आँखा नै ठडियो। विचरा, आँट त्यति साह्रो कहाँ छिप्पिसक्या हुनु। म क्लासतर्फ सरासर अघि बढे। “मे आइ कम इन सर?” ढोकाको क्यार् आवाजको ध्वनि चिर्दै भने। “कहाँ ग’को हिरो तिमी?” सरको आवाजमा नम्रता थियो। “सर, त्या’ डि. आई. सरले बोलाउनुभा’थ्यो।” “किन नि?” सरको यस प्रश्नको जवाफ दिन गाह्रो भयो। त्यहीपनि भनेँ, “कपाल काट् भन्नलाई बोलाउनुभ’को, सर!” सरको अनुहारमा व्यङ्ग्यात्मक र करुण हाँसो एकसाथ दौडियो र आवाज निस्क्यो, “ल, ल भित्र आउ”। सर एक-दुई मिनेट यत्तिकै केही सोचे झैँ अलमल्लिरहनु भयो र अन्त्यमा आवाज फुट्यो, “आज एउटा सानो कुरा गरौ है त, अरु सेक्सन भन्दा अलि अगाडि नै छौ कोर्समा पनि हामी।” विद्यार्थी न परियो ठुलो तालीका साथ सरको कुरालाई सम्बोधन गरियो! “ल, ल ठिक छ, एउटा कथा भन्छु अनि त्यसको अलि चर्चा परिचर्चा गरौँला। ‘के हो तँ, तलाई कपाल काट्नु पर्दैन, दादागिरी देखाउन आ’को त या’? भोलि, कि कपाल काटेर आउनी कि ड्याडीलाई लिएर आउनी”, अफिस कोठामा छिर्न लागेको एउटा शिक्षकले आफ्नो स्कुलको डि. आई. को उक्त आवाज सुन्यो। व्यङ्ग्यात्मक मुस्कानका साथ उसले अन्दाज लगायो कि फेरी कुनै विद्यार्थीले गाली खायो, नमज्जाले! शिक्षक सरासर अफिस कोठामा छिर्यो। अनि भित्त्तामा देख्यो एउटा तस्वीर जसमा आइन्स्टाइनको जिङ्ग्रीङ्ग कपाल प्रस्टै देखिन्थ्यो। र साथै आइन्स्टाइनको एउटा हातले आफ्नो दिमागमा पोइन्ट गरिराखेको थियो। शिक्षक कसैले थाहानपाउने गरी मुस्कुरायो।’ कथा सकियो।” सरले भन्नुभयो, “कथा त बुझियो होला पक्कै पनि। म आज तिमीहरुलाई यस्तै कुरा भन्छु केही। एउट स्टुडेन्टको मुख्य गहनालाई अनुशासन भनेर चिनिन्छ। त्यही अनुशासनको कुनै पोइन्ट्मा लेखिएको होला या नहोला (मैले अहिलेसम्म पाएको छैन लिखित अनुशासनका पोइन्टहरु), कपाल काट्नुपर्छ या यस्तै केही! मलाई वास्तवमै अचम्म लाग्छ, कपालमा कुन किसिमको अनुशासन लुकेको हुदो रै’छ?! खै, कपाल पालेपछी विद्यार्थी नपढ्नी हुँदो रै’छन कि अथवा कपाल लामो भएमा विद्यार्थीको बौद्धिक क्षमता घट्दो रै’छ कि!? त्यसो हुँदो हो त, हेलेन केलर भनेर आज संसारले चिन्दैनथ्यो होला, पारिजातको ‘शिरिषको फूल” पनि यत्तिकै झरिजान्थ्यो होला।” “कपालले गर्दा विद्यार्थीको अनुशासन भङ्ग हुन्छ रे। एउटा विद्यार्थी अननुशासित हुन्छ रे! खै, के भन्नु अचम्म लाग्छ, तिनै लामो कपालको विरोधिहरु जीवनको कुनै मोडमा विद्यार्थीलाई बुद्ध जस्तो बन्नुपर्छ भनिरहेका हुन्छन। अब यसो सोचौँ त हरेक तस्वीरमा बुद्धको कपाल कति लामो देखाइएको हुन्छ? अब के बुद्ध पनि अननुशासित?! बुद्ध मात्रै किन प्राय: सबै देवीदेवताको कपाल लामो नै देखाइएको हुन्छ तस्वीरहरुमा; अब के सारा देवीदेवता अननुशासित त? सायद, यसको जवाफ ‘बढी बाठो हुन्छस् त?!’ नै पाइन्छ होला।” “सर, रुल हो नि त स्कूलको, फलो गर्नुपरिहाल्छ नि”, सम्बृद्धले आँट गर्यो एकछिनको सरको निरन्तर बोलाईको धाराप्रवाहलाई रोक्न! सरले सम्बृद्धलाई मात्र मुस्कान दिनुभयो र “बस” भन्नुभयो। सर ४५ सेकेन्ड जति घोरिनु भयो अनि शब्द निस्क्यो मुखबाट नम्रतापूर्वक, “सम्बृद्ध, मान्छेकालागि रूल बन्या कि रूलका लागि मान्छे?” शान्ति… सम्बृद्धको रातोपिरो भयो अनुहार! “एक हिसाबले तिम्रो कुरा नि ठीकै हो। तर यहाँ हेर त, मेरो कपाल नि लामो छ, मेरो साइडलक नि चुच्चै छ; तर तिमी त मैसँग पढिरहेका छौ त फेरी!?” फेरी शान्ति… “कुरा के भन्दाखेरी बाबु, अलिकति कुरालाई मोडौँ। अमेरिका, फ्रान्सजस्ता मुलुक बाट सुरु भयो टाई लगाएर पढ्न जाने प्रवृत्ति। तर आज उनीहरु बिना टाई विद्यालय जान्छन् र हामी सास नै अड्किने गरी टाई कसेर। कतिलाई त निकै नै उकुसमुकुस भएको हुन्छ। निकालेर फाल्दिउ जस्तै लाग्छ, तर सक्दैन। त्यसैले, मान्छे वा कुनैपनि संघ, संस्था समयानुसार चल्न सक्नुपर्छ। उनीहरुको देशमा अहिले विद्यार्थीले टाई लगाउन छाडे यसको मतलव यो हो त: के तिनीहरु अननुशासित भए? के तिनीहरुको बौद्धिक् क्षमता घट्यो? अवश्य छैन नि, उनीहरुलाई टाई लगाउँदा अप्ठेरो महसुस भयो, लगाएनन्; कतिलाई सजिलो हुन्छ लगाउछन अझै पनि। कपाल पनि टाई जस्तै एउटा बिम्ब न हो। त्यसैले, सम्बृद्ध रूल, रूल भन्नुभन्दा पनि यो आफ्नो लागि कत्तिको उपयुक्त हुन्छ, कतिको यसले आफूलाई कम्फरटेबल गराउँछ भन्ने कुराको ध्यान राख्नुपर्छ जसकारण आफ्नो एकाग्रता (पढाइपट्टिको होस् या अन्य कुनै) स्थिर रहन्छ।” “कपाल पाल्दैमा विद्यार्थीले पढ्दैन, विद्यार्थी बिग्रन्छ भन्ने मनशाय जुन छ हाम्रो समाजमा त्यसको म एकदमै विरोधि हुँ। लन्डन, नर्वेतिरको विश्वविद्यालय जाऔँ त्यहाँ कत्तिका कपाल लामा हुन्छन्, कतिका दारी लामा हुन्छन। अब उनीहरुलाई त्यस्तो कपाल मनपर्छ, राख्छन्; त्यसले के असर गर्छ र उसको पढाइमा!? ऊ त झन खुसीसाथ आफ्नो पढाइ अघि बढाउन सक्छ। यसो सोचौँ न, के सारा विश्वविद्यालय टपर, गोल्ड मेडलिस्ट, नासाका वैज्ञानिकको टाउकोमा कपाल थिएन त अथवा के उनीहरुको कपाल लामो थिएन होला त? त्यसैले, कपाल पालेर, नपालेर पढाइमा कुनै पनि किसिमको वाधा अड्चन आउदैन। अब कतिले भन्लान, नुहाउन, स्याहार गर्नपर्दा पढ्ने समय बर्बाद हुन्छ! त्यस्तालाई मेरो एउटै मात्र प्रश्न छ कि: “के छोरीमान्छे कोही पनि पढ्दै पढ्दैन् त, के उनीहरुमा बौद्धिकता शुन्य छ त?” यसको जवाफ नि, ‘त जान्दछस् धेरै’ बाहेक केही आउला जस्तो मलाई लाग्दैन।” “एउटा विद्यार्थीलाई कपाल पाल्न मन छ, के भयो त पालोस्। उसले पढेन, लेखेन भने पो कराउनु जायज हुन्छ त, अब कपाल लामो पार्यो अथवा कपाल ठडायो भनेर कराउनु चै वास्तवमै निकै नै अनुचित हुन्छ। त्यसले, विद्यार्थीमा पनि एक त, त्यो गाली गर्नेप्रति नेगेटिभिटी उब्जिन्छ अर्को त, उसको मनोविज्ञानमा पनि आघात पर्दछ। त्यसैले, विद्यार्थीको बाहिरको हाउभाउ भन्दा नि उसभित्रको बौद्धिक क्षमतालाई मध्यनजर राखेर उसलाई त्यही तवरले प्रोत्साहन गर्नुपर्छ। उसभित्रको पोटेनसियालिटीको कदर गरिनुपर्छ।” “अब मैले यसो भन्दा तिमीहरु कसैको मनमा अब त्यसो भए त विद्यार्थीले जे गरेर हिडेँ नि भै’गयो नि, क्लासमा डेडलक हानेर आए नि भयो, कपाललाई डाँफेजस्तो रङ्गाएपनि भयो भन्ने किसिमको सोच आउला। अझ त कतिले के पनि सोच्लान भने ‘जन्म्या’ नि नाङ्गै, मर्ने नि नाङ्गै के खान बीचमा चैँ लुगा लगाउनु!?’” “सबै जना नाङ्गै हिडेँ नि हुन्थ्यो; तर समय त्यस विन्दुसम्म पुगिसकेको छैन। मैले अघि नै भने नि समय सापेक्षिक हुनुपर्छ भनेर; त्यसैगरी यस्ता कुरा पनि विस्तारै संशोधन हुदै जान्छन्। के थाहा समयको कुनै विन्दुमा हाम्रा भावी पुस्तालाई लुगा भन्ने पनि केही कुरा हुन्छ भन्ने थाहा हुदैन कि!?” “अत: मैले यत्रो क्लास लिएर हामी रुलका लागी नभै’कन, रूल हाम्रा लागी हो भन्ने कुरा अर्थाएँ। तर म आफै भोलि क्लासमा डेडलक बनाएर आउन सक्दिन किनभने म त्यो समयको बिन्दुमा पुगिसकेको छैन, तसर्थ म अहिलेको समयलाई अङ्गाल्न बाध्य हुन्छु। तर यसो भन्दैमा सधै आफ्नो इच्छालाई दबाउनु चै हुन्न, आफूलाई समयानुसार बदल्न चैँ सक्नुपर्छ हैन भने अहिलेको बाइसौँ शताब्दी छेउछाउको मानव सभ्यता फेरि गएर बर्दिया र रुकुमको जङ्गलमा विसर्जन हुन्छ।” टिङ् टिङ् टिङ् टिङ् टिङ्…! सरको धाराप्रवाहले, “ल ल है त यस्तै हो, सबै मिल्छ एकदिन, पढ्न चैँ राम्रोसँग पढ्नुपर्छ तिमीहरुले”, भन्दै विसर्जन लिन्छ। म उठेर सबैभन्दा अघि दुई हात पिट्छु र सबै साथीहरु नि ताली पिट्छन्। सर हाँस्दै बाहिरिनुहुन्छ।
आयाम फुयाल
कक्षा-१२
सैनिक आवासीय महाविद्यालय
सल्लाघारी, भक्तपुर
समृद्धि शायद – पात्र भर्सेज पात्रहरु
बिर्सनै लागेको धुमिल तस्विर फेरि सम्झनाहरुको हुल बोकेर विनिर्माण गर्न आइपुग्यो । शुशिल कुनै चलचित्रको नायक झै व्यवहार आचरण र निभाउने क्रियाकलाप पनि । “म तिम्रो लागि जे पनि गर्न सक्छु” “जस्तो कि…। !” म जिज्ञाशापूर्ण आँखा ऊ तर्फ तेस्र्याउछु “पैसा वाहेक सबै” उस्ले आफ्नो शब्दहरुमा “सवै” लाई विशेष जोड दियो र म पैसामा अड्किए । पैसा ! पैसा !! पैसा !!! अभावले पनि प्रेम जन्मन्छ र ! जन्माउनु पर्दोरहेछ अवस्थामा परेपछि । बेरोजगार युवक स्नातक उत्तिर्ण र आकर्षक पनि छ । धेरै पल्ट लिखित उत्तिर्ण गरेर अन्तरवार्तामा फ्याकिएको नमिठो अनुभवको टुक्राटाक्री सुनाउँछ । साँच्चै भनुँभने मैले मेरो जीवनको वृत्तमा ल्याउन नचाहेको पात्र हो । र पनि घरिघरि कुइनेटो बनेर ठोक्किन आइपुग्छु । मोवाइलमा मिसकल दिनु, गीतका लाइनहरु एस एम एस गर्नु र रोमान्टीक हुनु उसको विशेषता तर उस्लाई थाहा छ म उसको उमेरमा ओर्लन सक्तिन । मेरो उमेरले मलाई प्रौढताका बस्त्र ओढाइ सक्यो फेरिपनि उसको व्यवहार उही रहन्छ । “सिनेमा हेर्न जाउ न” लाई थेगो बनाइसक्यो । सँगै चार पाइला हिड्न पाउनु मात्र पर्छ उँचाइ नाप्नको बहानामा छेउमा आइपुग्नु बानी बनाइसक्यो । “म बीस वर्षको भन्ठानेको तिमीले !” मेरो रिसको पारो चढ्छ । हिड्दाहिड्दै पछाडी छोडिदिन्छु । अब त पिछा छोड्ला भन्ठान्यो तर के छाड्नु ! आइपुगि हाल्छ आँखा अगाडि टुप्लुक्क । कस्तो थेतर मन विसिद्धिको बानी, इख नभाको मान्छे…… यिनै कुराहरुको मेसो फुकाउछु पत्रकार साथीसंग । ऊ झन् उस्तै – ‘ल ! ल !! छ !! छ !!! लेख न लेख यिनै हुन् तिम्रा श्रृजनाहरुको पात्र’ भन्छ उल्टो । मन अमिलो भएर आउँछ । एउटा सिङ्गो मान्छेलाई कसरी पात्र बनाउनु । उस्को अभावले जन्माएको म प्रतिको प्रेमलाई विषयवस्तु बनाइदिनु । सम्पादक मित्रको प्रतिक्रिया सम्झन्छु ‘सुटुक्क दिएको म्यादपनि सकिन लाग्यो।’ अर्थात कथा पठाउन ढिला भइसक्यो । शुशिललाई पहिलोपटक मैले आफ्नो कार्यक्षेत्रको निरिक्षण गरेर फर्कदा बाटोमा चिनेकी थिएँ । एन.जि. ओ. को जागिरे भनेपछि प्रायशःको मुखबाट निस्कने ‘वाह डलर !’ उसको मुखबाट फुत्केको थियो । उसका साथीहरु अघि अघि र शुशिल मसँग गफको मेसो लाउदै पछि पछि । साथीहरु गिज्याउँदै थिए – ल ! केटा गरिखा …॥’ । सँगसगै फर्कने क्रममा मेरो सम्पर्क नं. माग्या माग्यै गरेपछि ‘छैनू’ भनेर टारँ । घरछेउ आइपुग्दा पनि फर्कने छाँटकाँट नदेखेपछि ‘तिम्रो मोवाइल नं. देउ म फोन गरुँला’ भन्न बाध्य भएँ । मैले आफ्नो ब्याकप्याकबाट नोटबुक के निकाल्न मात्र आँटेकी थिएँ चलचित्रको रोमान्टिक हिरो झै खल्तीको डटपेन निकालेर मेरो देब्रे हत्केलामा लेखेर अध्यारोमा बिलिन भएको थियो । यसरी भएको कयौ भेटहरु बिर्सिने हुदोरहेछ । मैले पनि बिर्सिएँ उसलाई । तर जब एकसाँझ मैले शुशिललाई त्यही ठाउँभन्दा पर चिया पसलबाट निस्किएर मेरो सामुन्ने उभिएको पाएँ फेरि बितेका क्षणहरु फ्ल्यासब्याक बनेर आइपुग्यो । अनि सुरु भयो हाम्रो खिचातानी भेटनु र तर्कनुको पछ्याउनु र भाग्नुको । अफिसको काम सकेर आइपुगेको थाकेर हैरान मन शरिर विसाएको पनि थिइन हेमको फोन आएको थाहा पाएँ । पुन ः फर्केर उहि बिगतमा पुगे । अचम्म लाग्यो किन हेमको अहमले ओरालो लागेछ । मन खुशी र चोटको दोसाँधमा राखेर फोन गर्न थालेँ । आखिर कुरा उहिँ अर्थ अभावमा आएर अड्कियो । महिनौ अघि टुकि्रएको हाम्रो सम्वन्ध फेरि अभावले जोडिन आइपुग्यो । भाई हस्पिटलको बेडमा दुई दिन पछि अप्रेशन अनि पैसा सापटीमा गएर कुरोले मेसो लाग्यो । जुन अभावले हेमलाई मसँगबाट अर्कोको पोल्टोमा पारेको थियो त्यहीँ अभावले फेरि फर्कायो । हारजितको निकासाबाट त्यही सम्वन्धलाई निष्कर्षमा पुर् याइयो । अप्रेशन भएको रात म हेम सँगै एउटै ओढ्ने ओडेर बेन्चमा बसेकी थिए । थाहा छैन ! उसको स्पर्श प्रेमपूर्ण थियो वा बाध्यताले गाँजेको । दुवै चुपचाप चुपचाप त्यसै वखत उसको मोवाइल बज्यो । अरु कुरा सामान्य भएपनि ‘नरिसाउ म भोली फोन गर्छु । मंगलबारसम्म हो अनि सँधै अनलाईनमा रहन्छु ।’ बाट थाहा लाग्यो ऊ अर्को पोल्टा रहेछ । भोली पल्ट बिहान जब म हेमसँग चिया पिउन क्यान्टीनमा पुगेँ उसको हातमा पाँच हजार रुपैया राखेर चियाको कप झै रित्तोपना बोकेर फर्किएँ । दिउँसो उसको भाइ डिस्चार्ज भएर कोठा पुगेको खबर पाइपुग्यो एस.एम.एस. बाट । र धन्यवाद पनि मैले गरेको सहयोगको लागि । ‘धन्यवाद जरुरी छैन । म पनि तिम्रो स्पर्शबाट नाफाबाट नाफामानै रहेको छु । फेरि पनि अफ्ठेरो परे सम्झनुहोला ।’ भनेर जवाफ फर्काएँ । एस.एम.एस. गर्दा बखत मेरो पत्रकार साथी अगाडी बसेर खुशी हुँदै थियो । हिजो भर्खर हाम्रो यात्रालाई २१औं डेटिङ्ग भन्दै अर्को साथीलाई गर्वसाथ सुनाउँदै पनि थियो । मोवाइलमा कुराकानी सकिए पछि मतिर ध्यान केन्द्रित गर्दै – “आज तिम्रो अनुहार फ्रेस देख्छु नी ! हिजो भन्दा आज खुशी देखिन्छु । के कुरा छ हँ ?” “तपाई आज भोली के लेख्दै हुनुहुन्छ” मैले कुरा मोडेँ । सामान्य कुरैकुरामा नै उसले कुरा फुत्कायो कि उपन्यासको लेखाई चलिरहेछ । मैले विषयवस्तु सोधँ औपचारिकतावश । पछि भनौँला भनेर कुरा चपायो । पत्रकार न पर्यो न शत्रुता ठिक न मित्रता नै । मित्रहरुको व्यक्तिगत संवाद पनि बाँकी नराख्ने शत्रुहरुको पिछापनि नछोड्ने । भएपनि उ भित्रको मीठास बेग्लै छ । हमेसा हँसाइ राख्छ पिडा कहिल्यै सोध्दैन । थाहा भएर पनि पिडा पोतिएको छ मुखमा र पनि आज किन फ्रेस हँ ! भनि बस्छ । उसलाई के थाहा उसकी उपन्यासकी यो पात्रले हाँसो झुण्ड्याएर ओठमा बाँचेकी छ । एउटा पात्र बनेर उसलाई पनि आफ्नो सृजनाको पात्र बनाउँदै छ । मेरो पत्रकार साथी पात्रले थाहा नपाओस भनेर आवश्यकता भन्दा बढी अभिनय गर्छ । कहिलेकाँही प्रेम पोखेजस्तो पनि गर्छ । कहिले उपन्यासको लागि वातावरण तयार गर्छ । आज अन्तिम दिन मैले कथा पठाउनु पर्ने । फेसबुकमा सम्पादक मित्रको खुला पत्र आइसक्यो ‘सुटुक्क थपेको म्याद पनि सकिन लाग्यो’ भनेर । रातभर कथाका लागि आफैलाई अक्षरभरि केरिरहेँ । आँशुसँगै झारीरहँ, आफुलाई अर्को उपन्यासमा पात्र बनाई उभ्याएँ । अरुलाई सम्वन्धलाई कथामा उतारेँ । बिहानको अर्लामसँगै सन्तोषको सास फेरेँ । आज कथा लेखिसकियो । एउटा स्रष्टा हुनुको विजयीभाव महशुश गरें । कम्प्यूटर खोलेर फटाफट किबोर्डमा औलाहरुलाई दौडाएँ । मानौ त्यो कथा मैले समयमा नपठाए अर्कोले पठाउनेछ । त्यसपछि इमेलमा अट्याचमेन्ट गरि सम्पादक मित्रलाई पत्र टाइप गरे । “मित्र विषयवस्तु थिएन र बेफुर्सदी अलि बढि नै भएकोले ढिलाई हुन गयो । क्षमा चाहन्छु । फेरि पनि मौका दिनुहोला ।” र इमेललाई सेन्ड गरे । हिजो देखि बन्द रहेको मोवाइल स्वीच अन गरेपछि ट्वाकट्वाक मोवाइलमा पेण्डिङ्ग रहेको म्यासेज आइपुगेको घण्टिले जनाऊ दियो । खोलेर हेरे लेखेको रहेछ – “पलभर के लिए कोही हमेँ प्यार करले झुठा ही सही |”
सन्जु कोइराला – अब्यक्त आशयहरु
कहाँबाट थुप्रिएका होलान् यति धेरै मान्छेहरू ! नयाँ सडकको पेटीमा ठेलमठेल गरेर हिँडिरहेका मान्छेहरूका बीच निशा सोच्दै थिई । भीडको फाइदा उठाउँदै अगाडिबाट एक जना भलाद्मीले नजानिँदो पाराले कुहिनाले उसलाई स्पर्श गरेर गए । उसलाई हतार थियो तर बाटोमा यति धेरै मान्छेहरू थिए, उसलाई छिटो हिँड्न पनि दिइरहेका थिएनन् अनि आफू पनि अलमस्त पाराले हिँडिरहेका थिए । खाजा खाने टाइममा नै भ्याउँछु भनेर निशा निस्केकी थिई तर राष्ट्रपतिको सवारी भनेर पौने दुई घन्टा जाममा बस्नुपरेपछि अब त्यो पनि सम्भव भएन । आफ्नै धुनमा भएकीले परैदेखि उसलाई चिनेर हाँस्दै आएका विनोदलाई उसले नजिकै आउन्जेल पनि देखेकी थिइन । “निशा हैन तपाईं ?” विनोदले नमस्ते गर्दै सोधेका थिए । बिहे गर्नासाथ डीभी चिट्ठा परेर अमेरिका गएकी उसकी साथी मेनकाका श्रीमान् थिए उनी । मेनकाले बेलाबेला इमेलमा फोटोहरू पठाइरहन्थी । पुख्र्यौली घर बेच्नका लागि विनोद नेपाल आउन लागेको कुरा पनि केही समयअघि उसले लेखेकी थिई, “अब हामी फर्केर बस्न त्यता आउने होइन । मेरा छोराछोरी त यसै पनि एसियन मुलुक भनेपछि नाकमुख खुम्च्याउँछन् । बेकारमा काकाहरूलाई भाडा खुवाउनलाई त्यो घर किन राखिरहनु !” मेनकाको त्यस इमेलमा उसलाई कताकता देश छाडेर जाने नेपालीहरू र तिनका पुस्ताको अचम्मको मानसिकताको छनक आएको थियो । तर, त्यसलाई उनीहरूको व्यक्तिगत कुरा हो भनेर उसले पन्छाएकी थिई । आज विनोदलाई एक्कासि नयाँ सडकको भीडमा देख्दा ऊ छक्क परे पनि प्रसन्न भई । उसले मुस्कुराउँदै सोधी, “ओहो, नमस्ते ! कहिले आउनुभएको ? मेनका पनि आएकी हो ?” “होइन, म मात्रै । आठ-दस दिनको काम हो, किन बेकारमा धेरै खर्च गर्नु भनेर ।” ऊ फिस्स हाँसी मात्र। विनोदले फेरि भन्यो, “हिजै मात्र आएको, कसैलाई केही भन्न पाइएन । फोन गरौँला भन्ने सोचिरहेको थिएँ, कस्तो अचम्मसँग भेट भयो। कतै बसेर कफीसफी खाऊँ न!” निशाले घडी हेरी, यसै पनि अफिस त आज गयो, गयो । दुवै औपचारकिताका कुराहरू गर्दै अलि पर एउटा क्याफेमा छिरे । “यत्रो समयमा पनि यस एरियामा अलि गतिलो रेस्टुराँ खुल्या रहेनछ !” विनोदले कालो चस्मा खोलेर अगाडि टेबुलमा राखेपछि उसलाई राम्ररी हेर्दै मिस्रित भाषामा भन्यो, “तपाईं त अझै पनि जस्ताको तस्तै हुनुहुँदो रहेछ । कस्तो मजाले मेन्टेन गर्नुभाको । मेनकाले त सी ह्याज पुट अन लट्स अफ वेट ।” त्यतिबेला पहिलोपटक निशा अलि असहज भएकी थिई । विनोदसँग कफी खाएर बिदावारी हुन्जेलसम्म त्यो असहजताले उसलाई छाडेन । जाने बेला विनोदले भन्यो, “अब फेरि यहाँ आइँदैन होला, मलाई एकपटक लुम्बिनी जाने रहर छ । तपाईंको समय मिल्छ भने, ह्वाई डन्ट यू ज्वाइन् मी ? अब यहाँ मेरो अरू कोही छैन, एक्लै के घुमाइ भो र ?” औपचारकितावश केही नबोली उससँग अलग भएर आफ्नो बाटो लाग्दा निशालाई आफ्नो त्यो असहजता त्यसै भएको होइन रहेछ भन्ने लाग्यो । हुन त यस्तो खालको अनुभव पहिलो भने होइन उसका लागि । — आमाका लागि जन्मदिनको उपहार किन्न भनेर चिनेको बाँडाको पसलतिर जाँदा ऊ सोच्दै थिई, “ओहो, आमा त यसपटक ५७ वर्ष लाग्नुहुन्छ ।” ०१६ सालका वीजेन्द्र दाजु पनि त आमाभन्दा सातै वर्ष मात्र कान्छा थिए । नाताले केही नपरे पनि उनीहरूको परविारसँग वीजेन्द्र दाजुको घनिष्ट सम्बन्ध थियो । काठमाडौँ पढ्नका लागि आउने बेला उसलाई वीजेन्द्र दाजुकै साथ लगाएर पठाइएको थियो । उसलाई पनि उनी बाबुसमान लाग्थे । आमा पनि निशालाई उनको भरमा काठमाडौं पठाउँदा ढुक्क भएकी थिइन् । डेरामा बसे पनि केही पर्दाओर्दा स्थानीय अभिभावकका रूपमा वीजेन्द्र दाजुलाई नै गुहार्नु भनेर आमाले भनेकी थिइन् । त्यसै कारण सानातिना समस्या हुन् वा केही खुसीका कुराहरू, सबैभन्दा पहिले वीजेन्द्र दाजुलाई नै सुनाउनका लागि डेरादेखि उनको घरको थुप्रै फन्का मार्ने गर्थी निशा । उनी पनि बेलाबखत हालखबर बुझ्न उसको डेरामा आइरहन्थे । त्यस दिन डेरामा बत्ती गएको मौकामा अचानक आवश्यकताभन्दा बढी नजिक आउँदै निशाको हात समातेर एकतमासको आवाजमा भनेका थिए, ती दाजुले, “मैले मुटुभरि माया पाएको छैन निशा !” आत्तिएर के गरुँ, कसो गरुँ भएकी थिई निशा, त्यस दिनको अनपत्यारिलो घटनाले गर्दा । आफूले पितासमान मानेर दाजु सम्बोधन गर्दै आएको वीजेन्द्र दाजुको वासनाले गन्हाएको आवाजले उसलाई जड बनाइदिएको थियो त्यस बखत । मैनबत्ती लिन भनेर उठेर जाँदा निकैबेर आफ्नो बढेको ढुकढुकी र लगलग कामेका खुट्टाको चाल अनुभूति गर्दै भान्छामा बसिरहेकी थिई ऊ । निकै बेरपछि लुसुक्क निस्केर गएका वीजेन्द्र दाजु त्यसपछि उसको डेरामा कहिल्यै पनि आएनन् र ऊ पनि वीजेन्द्र दाजुकहाँ गइन । आफूले आदर्शका रूपमा लिएको मान्छेसँगको सम्बन्धको यस प्रकारको अवसानले उसलाई निकै लामो समयसम्म दुखाइरहेको थियो । निकैपछि मात्र निको भएको थियो त्यो घाउ । आज मेनकाका पति पनि त्यही शृंखलाको एक अर्को पात्र भएर आएका थिए । गणेशजीको सानो चाँदीको प्रतिमा किनेर गहना पसलबाट निस्कँदा विनोदको एसएमएस आउन भ्याइसकेको थियो, “बेलुका डिनरमा भेट्न मिल्छ ? म ह्यातमा बसेको छु ।” लौ त भन्ने हो भने एउटी स्वास्नीमान्छेले हरेक दिन भनेजस्तो यस्ता लोलुप आँखाहरूको सामना गर्नुपर्ने हुन्छ । केही समयपछि हरेक स्वास्नीमान्छेले यस्ता कुरालाई सहजताका साथ लिएर पचाउँछन् । तर, आफ्नो मिल्ने साथीको, आफूले त्यति धेरै इज्जत गरेको पतिले यस रूपमा गरेको व्यवहारले निशालाई घर पुगुन्जेल पनि बिथोलिरह्यो । एक कप चिया बनाएर टीभीको अगाडि बसेकी निशाको ध्यान कुनै पनि च्यानलमा अडेन । एकछिन फटाफट सबै च्यानलमा घुमेपछि उसले टीभी पनि बन्द गरिदिई । बाहिर पानी पर्न थाल्यो, झ्यालबाट बाहिर हेर्दा उसलाई नीलिमाको सम्झना आयो । उनीहरू त्यतिबेला सात-आठ कक्षामा पढ्थे । नीलिमाले एकदिन भनेकी थिई, “निशा, मलाई स्कुल जानै मन लाग्दैन अचेल ।” उसलाई अचम्म लागेको थियो किनभने पढाइमा निकै अब्बल नीलिमालाई शिक्षक-शिक्षिका सबैले माया गर्थे । “लौ के भन्या त्यस्तो ? के भो तँलाई ?” उसले आश्चर्य मान्दै सोधेकी थिई । निकैबेर टालटुल गरेपछि आँखाभरि आँसु छचल्काउँदै नीलिमाले कुरा खोलेकी थिई, “हेर् न जनक सरले जहिले पनि धाप मारेजस्तो गर्दै, सिकाएजस्तै गर्दै हात कहाँकहाँ घुमाउँछ भन्या ।” पत्याउनै नसकेर खित्का छाडेर हाँसेकी थिई निशा । “लौ होइन होला, के भनेकी, जनक सर त्यस्तो सबैलाई माया गर्नुहुन्छ । त्यत्रा ठूलाठूला छोराछोरी छन् । तँलाई पनि छोरी नै भन्नुहुन्छ।” नीलिमाको आँखाबाट आँसु नै र्झन थालेपछि बोल्दाबोल्दै रोकिएकी थिई निशा । के पत्याउने, के नपत्याउने ? केहीबेर नीलिमालाई ढाडस दिंदै निकैबेर छलफल गरे तर कुनै निष्कर्ष निस्केन । खै त्यसपछि के भो, उसलाई थाहा भएन तर त्यो विषयमा उनीहरूबीचमा फेरि कुरा भएको थिएन । बाहिर झरी रोकिइसकेको थियो । ढोकाको घन्टी बज्दै रहेछ । निशाले गएर ढोका खोली । छिमेककी उमा भाउजू उसका लागि खाजा लिएर आएकी रहिछन्, “भोकाएर आएकी हौली, अघि सुजीको हलुवा बनाएकी थिएँ, तिमीलाई मन पर्छ भनेर ल्याइदिएकी ।” उमा भाउजू र रमेश दाजु उसलाई परिवारभन्दा बढी स्नेह गर्छन् । झन्डै १२ वर्ष भयो निशाले उनीहरूलाई चिनेको । उसले सुब्रतलाई पाएका बेला उमा भाउजूले रातभर अस्पतालमा बसेर कुरेकी थिइन् र बिहान पनि सबैभन्दा पहिले ज्वानोको झोल र भात लिएर आएकी थिइन् । सबैभन्दा ठूलो कुरो त के भने रमेश दाजुमा कहिल्यै पनि विनोद वा वीजेन्द्र दाजुजस्ता लोग्नेमान्छेहरूको झलक पाएकी छैन उसले । “भित्र आउनुस् न उमा भाउजू !” उसले आग्रह गरी तर रमेश दाजु अफिसबाट आउने बेला भो भनेर उनी फर्किहालिन् । सुखदुःखका कुरा उमा भाउजू र रमेश दाजुसँग गर्न थालेपछि उसलाई अलि सजिलो भएको छ । पहिले उसलाई यस्ता कुराहरू कसैसँग गर्ने हिम्मत नै हुँदैन थियो । सायद त्यसो गर्दा आफ्नै छवि पो नराम्रो हुने हो कि भन्ने डर हुन्थ्यो होला । आफू असल र भलाद्मी भए कसैले नराम्रो भन्ने वा गर्ने गर्दैन, जिस्क्याउने र नराम्रो गर्ने भनेको उत्ताउली र छँडुलीहरूलाई मात्र हो भनेर सानैदेखि घरमा सुनाइएका कुराहरूले पनि सायद उसको मानसिकतामा असर पारेको हुनुपर्छ । कतै आफ्नै बोलीचाली वा व्यवहारले नजानीनजानी त्यस्तो किसिमका मानिसहरूलाई उत्साहित गरेको त होइन भनेर उसलाई डर लाग्ने गथ्र्यो । साथीभाइ, नातागोताले कतै आफ्नो कुरा काटिरहेका पो हुन् कि भन्ने पनि लाग्न थालेको थियो उसलाई त्यतिबेला । कसैले गरेको सोझो कुरामा समेत केही अन्य अर्थ लुकेका त छैनन् भनेर केलाउने र घोत्लने बानी परेको थियो उसलाई । पहिलोपटक जागिर खान गएको बेला अधवैँशे हाकिमले चाहिनेभन्दा बढी व्यक्तिगत कुराहरू गरेर सताउन खोज्दा अति भएको कुरा रमेश दाजु र उमा भाउजूलाई रुँदै सुनाएकी थिए । त्यसबेला उसले सोधेकी पनि थिई, “के म उत्ताउली छु रमेश दाजु ? मैले कुरा गर्न जानेकी छैन हो ? म सबैसँग खुलेर बोल्छु तर के त्यो मेरो गल्ती हो ? वा मैले लगाउने लुगा मिलेका छैनन् हो ? भन्नूस् न दाजु ! मेरो कमजोरी के हो ?” यति भन्दासम्म ऊ डाँको छाडेर रोइसकेकी थिई । त्यतिबेला रमेश दाजुले यस्ता कुरामा उसको कुनै दोष हुँदैन भनेर उसलाई सम्झाएका थिए । उनको व्यवहार र बोलीले उसलाई रमेश दाजु आफूले देख्नै नभ्याएको बाबु हुन् भन्ने भान भएको थियो । एक मनको बोझ काँधबाट हटेको त्यस दिनदेखि ऊ रमेश दाजु र उमा भाउजूसँग अझ बढी नजिक भएकी थिई । नीरज रमेश दाजुको साथी थियो र आउँदाजाँदा कहिलेकाहीँ उनीहरूकै घरमा भेटघाट भएको थियो नीरज र निशाको । नीरजले केही समयपछि प्रेमप्रस्ताव राख्दा पनि उसको नियतमाथि शंका गर्दै सयौँ प्रश्नहरू मनमा खेलाउँदै, तिनका उत्तर खोज्न आफै भित्र अमिलिन्थी ऊ । रमेश दाजु र उमा भाउजूले नीरज असल केटा भएको कुरा निकै सम्झाएपछि उसले नीरजलाई भनेकी थिई, “ठीक छ म त्यस्तै मन परेकी भए, यसै साता बिहे गरौँ न त !” नभन्दै नीरजले बिहेको चाँजोपाँजो मिलाएको थियो र एकै साताभित्र उनीहरूको बिहे भएको थियो । नीरज र उसको सम्बन्ध सुमधुर छ । तर, छोरा १० वर्षको भइसक्दा पनि यस्ता कुत्सित मनसाय भएका पुरुषहरूका बारेमा भने नीरजसँग खुलेर कुरा गर्न सक्दिन ऊ । उसले कुरा गर्ने प्रयास नगरेकी होइन तर कि त नीरज ती मान्छेहरूलाई ठीक पार्छु भनेर पाखुरो सुर्कन्थ्यो, कि त त्यस्ता मान्छेहरूसँग पानी नै बाराबार गर्ने आदेश दिन्थ्यो । समाजदेखि टाढा रहन पनि सकिने कुरा थिएन, न जागिर छोड्नु कुनै समाधान थियो । छिमेकी, नातेदार, सहकर्मी जो कोहीमध्येबाट पनि जुनसुकै बेला कुनै न कुनै बेला त्यस्तो पात्रसँग जम्काभेट हुनु साधारण कुरा हो । उसले नीरजलाई बुझाउन नसकेको वा एउटा लोग्नेमान्छेका रूपमा उसले बुझ्न नसक्ने कुरा के भने, त्यस्ता मान्छेहरूलाई बेवास्ता गर्नु नै यसको सबैभन्दा उचित हल हो । राती अबेरसम्म पनि उसलाई निन्द्रा लागेको छैन । नीरज अघि नै निदाइसकेको छ । त्यति नै बेला उसको मोबाइलमा मेसेज करायो । विनोदको मेसेज थियो । दिउँसो भेटेपछि अहिलेसम्ममा विनोदले करबि २५ वटा मेसेज पठाउन भ्याइसकेको छ र ती मेसेजहरूका बीचमा लुकेका अव्यक्त आशयहरू सङ्लो पानीमुनिका ढुङ्गाजस्तै स्पष्ट थिए । उसले पढ्दै नपढी त्यसलाई मेटाइदिई, मोबाइल स्वीच अफ गरी, बत्ती निभाई अनि नीरजको नजिकै घुस्रेर आँखा चिम्ली ।
नेपाल साप्ताहिक २०६६ कार्तिक ८
रमेश विकल – नाङ्गो रूख
(नेपाल साप्ताहिक)
त्यो केको रूख हो कसैलाई पनि थाहा छैन । तर यो सबैले देख्छन् यो सधैं नाङ्गो छ । हिउंद, वर्षा कुनै-कुनै याम यसमा पालुवा लागेको देखेको छैन कसैले । म बिहान सबेरै उठेर पूर्वपट्टीको झयालमा उभिदा मेरा आंखा सबभन्दा पहिले यसैको नाङ्गोपनामा पर्छन् । यसको सम्पुर्णा नाङ्गोपनाले मेरो भित्र एउटा अनौठो भावना जन्माइदिन्छ । हिउंदमा मात्र होइन बर्खामा पनि यो नाङ्गै रहन्छ । अरू वरिपरिका बाग-बगैंचा र उपवनहरूका रूख बुटयानहरूमा हरिया पालुवा फुट्ता यसमा हरियोको किञ्चित् आभाससम्म हुन्न । यो सदा एक रूपमा उभिएको हुन्छ- उजाड, उदाङ्ग) चार पांच वर्षो केटाकेटी छंदा म झगडालु र पिराहा थिएं । -पछि आमाहरूले भनेको, सुनेको ।) मलाई कन्ट्रोल गर्न आमालाई निक्कै मुस्किल पथ्र्यो । अनि आमा त्यसै रूखलाई औंल्याएर मलाई तर्सर्ाा खोज्नुहुन्थ्यो -हेर, त्यो रूखमा भूत बस्छ । उसले रुने केटा-केटीलाई त लगिहाल्छ ⁄) म पनि रुनुभन्दा पहिले एकपटक त्यस रूखतिर घोप्टे आंखाले हेर्न बाध्य भैजान्थें । -ए क्याहो त ⁄ सांच्चै नै त्यस रूखमा भूत बसेकै छ कि त – म रोएको सुनेर उसले मलाई समातिहाल्छ कि त -’) तर त्यति बेला त्यहां भूत हुदैनथ्यो । सायद ऊ कतै खेल्न गएको अथवा ठूलो भूत भए अड्डा सड्डा गएको हुन्थ्यो । मेरा लागि यो खुब ठूलो मौका हुन्थ्यो । भूतलाई झुक्क्याएर रुने । यसै गरी मैले जहिले पनि त्यस रूखको भूतलाई झुक्क्याएर रोएको थिएं । त्यसपछि म बिस्तारै ठूलो हुदै गएं । भूतका बारेमा छ र छैनका अनेक तर्कहरू सुन्दै गएं । -ए अनौठो विश्वमा यो छ र यो छैन भन्नु हुन्न ।’’ छोडिद्यौं- भूतको अर्थ हिजो ⁄ अथवा बितिसकेको । जुन बितिसकेको हुन्छ त्यसको अस्तित्व खालि सम्झनामा बाहेक कहां हुन्छ -’) मेरो मनमा पनि भूतको डर त्यति रहेन । सांच्चै भनुं भने मलाई रुनु पनि त थिएन । तब के को भूतको डर – तर पनि त्यो नाङ्गो रूखमा केही न केही भयानक कुराको आभास त जरुरै थियो । -त्यसको नाङ्गोपना नै त्यसभित्र स्वयम् एउटा डरलाग्दो आभास बनेको थियो ।) हो एउटा कस्तोकस्तो डरलाग्दो आभास । त्यसमा हेर्दा आंफैभित्र एउटा डरलाग्दो आभास जन्मेको म अनुभव गर्थें । र मलाई लाग्थ्यो यसले मभित्र विचित्र कम्पन पैदा गर्छ- आङ सिरिङ्ङ गर्छ, रौं ठाडा हुन्छन् । -केटाकेटीमा पनि आमाले देखाएको भूतको हाउले त्यति सारो मुटु हल्लेको र रौं ठाडा भएको थाहा छैन ।) के सांच्चै यस रूखसंग कुनै अदृश्य- रहस्य जोडिएको छ -‘ कहिलेदेखि यो रूख डरलाग्दोसंग नाङ्गिएको होला -‘ कि यो यसै गरी र्सवाङ्ग नाङ्गो नै उम्रेर नाङ्गै बढेको त होइन – यो प्रश्न बराबर म त्यो रूखसंग गर्ने प्रयत्न गर्छु -सायद यही प्रश्न म आफूभित्रको नाङ्गोपनाको अनुभूतिसंग पनि गरिरहेको हुन्छु ।) तर यसकोे उत्तर मसंग हुदैन, म निराश हुन्छु । तर मेरो छिमेकी सान्दाइसंग, मलाई लाग्छ जुनसुकै कुराको पनि जवाफ छ- एउटा कहिल्यै नरोक्किने खोकीका रूपमा । उनी यही खोकीको माध्यमबाट जुनसुकै प्रश्नको पनि उत्तर दिने प्रयत्न गर्छन्- भाउज्यूको अगाडि त भन्नु हुन्न ।’ रत तिमीलाई थाहा छैन, त्यो रूख सधैं यस्तो नाङ्गो थिएन । मैले यसमा वसन्तका कोपिलाहरू फुटेको पनि देखेको छु । तर अकस्मात् उनको चर्को बोलीमा ब्रेक लागेपछि म तत्कालै ठम्याउंछु- पक्का यसको कारण भाउज्यू हुनुर्पर्छ । अनि म त्यही सोझेरीमा ढोकैबाट आंगनतिर हेर्छु -हाम्रो कुरा सान्दाइको दक्षिणतिरको आंगनको कुनामा भैरहेको हुन्थ्यो । सान्दाइको आजभोलिको कीलो यही थियो । उनी दिनको अठाह्र घण्टा भनेझैं यही एउटा सत्रन्जीको छहारीमुनि एउटा मैलो ओछयानमा आफ्ना बितेका रमाइला दिनहरूको मुदा काखी च्यापेर लडिरहन्थे ।) नभन्दै मेरो अड्कल ठीक हुन्थ्यो । ढोकाको संघारमा उभिएकी भाउज्यू ज्यादै निर्मम र क्रूर आंखाले सान्दाइतिर हेरिरहेकी हुन्थिन् । अनि सान्दाइ’- बिचरा सान्दाइ- खोकी त उनको व्यक्तित्वलाई आधार दिने बहाना मात्र थियो । वास्तवमा भाउज्यूका आग्नेय नेत्र नै उनको हंस सुकाउने मूल कारण थियो । किनभने भाउज्यूको पार्रदर्शक आंखाअगाडि आफू संधै त्यही रूखझैं नाङ्गिएको अनुभव गर्थे उनी । तर उनी आफ्नो यो पराजयलाई सहजै स्वीकार गर्न सक्दैनथे । त्यसैले उनी यस पराजयको अगाडि सधैं सो अन्त नहुने खोकीलाई र्सार्दथे । त यिनै बिचरा सान्दाइ । उनीसंग प्रत्येक प्रश्नको जवाफ थियो । आखिर उनी राजनीतिका भूतपूर्व नेता थिए । उनले काम गर्ने जीवनीको अधिकांश काल राजनीतिको झन्डा कांधमा बोकेर हिंडेका थिए । तर बाह्रौं वर्षतपस्या गर्दा पनि -वास्तवमा नेताहरूको झन्डा बोक्न बाहेक उनको अरू कुनै टयालेन्ट पनि नभएकोले) नेताहरूको झण्डा मोटरले बोक्न थालेपछि उनी फाल्तु भएका थिए । त्यसैले उनी आफूलाई राजनीतिक पीडित सम्झन्थे । तर भाउज्यूको र उनका अरू सम्बन्धीहरूको दृष्टिमा भने सान्दाइ न कुन राजनीति पीडित थिए, न त कुनै ज्यानदार प्राणी, उनी एउटा ऐंजेरु थिए- कोरा ऐंजेरु । किन्तु सान्दाइ अझैं आफ्नो राजनीतिक प्रतिभादेखि संशयपूर्ण थिएनन् । त्यसैले उनीसंग जुन कुराको पनि रेडिमेड’ जवाफ हुन्थ्यो । -सायद कुनै आशावादी दार्शनिकको विचारबाट उद्धृत) त्यो अगाडिको नाङ्गो रूखको प्रश्नलाई लिएर पनि उनको रेडिमेड जवाफ थियो- ‘त्यो रूख हो, त्यो नाङ्गो रूख,’ तिमी हेर्दै जाऊ डाक्टर बाबु’ त्यसमा एक दिन अवश्यै कोपिला फुट्ला’ आखिर हाम्रो त्याग, तपस्या, सहिदहरूको बलिदान’। सान्दाइको सो राजनीतिक जोस अझै पनि जस्ताको तस्तै जोसिएरै रहेको थियो र यही जोसै जोसमा अब उनी कति जोसिला भैसकेका थिए भने बिहान बेलुकी भातका गांससंग भाउज्यूका बचनको गिर्खा र व्यङ्ग्यका ठुन्का पनि किञ्चित नमानी चपाइदिन्थे । अनि दिनभर दक्षिणतिरको कुनामा निश्चित भएर लेट्थे र आफूसंग अर्ती लिन आउने ठिटाहरूलाई आफ्नो राजनीति ज्ञानको कवजले सुसज्जित तुल्याएर, उनीहरूको दिमागको पत्करमा जोसको आगो सल्काएर पठाउंथे । -अनि त्यही बेला भाउज्यू अगाडि परिन् भने उनको सो जोस खोकीको दोलाईभित्र लुक्न पुग्दथ्यो । यसै गरी सान्दाइ आफ्नो त्यो सानो आंगनको दक्षिण कुनामा खोकीको बहाना ओढेर पल्टिरहन्थे । अगाडिको नाङ्गो रूखलाई हेरिरहन्थे । उनको अगाडि नै सायद त्यस रूखबाट पात पालुवा झरे होलान् -कि यो रूखलाई हरियो भरिलो मैले देखें भन्ने भ्रमलाई मात्र उनले पालेका हुन् -) उनका सबै सपना नाङ्गिए होलान् । तैपनि उनी त्यसमा पालुवा फु्ट्ने आशलाई छोड्न सक्तैनन् । – हर्ेर्नुहोला डाक्टर बाबु, यसमा एकदिन पालुवा नफुटी छोड्नेछैन ।- उनी जोस्सिएर भन्थे र सायद उनी मेरा आंखामा पनि आफ्नै रङ्गको चस्मा चढाउन खोज्दथे । त्यस युगयुगान्तर देखिको नाङ्गो रूखमा कोपिला फुटेको मैले पनि देखोस् भन्ने उनी चाहन्थे । रात-बिहान जुनसुकै बेला पनि आफ्नो कोठामा पस्न खोज्दा मेरा आंखा पूर्वतिरको खुला झयालबाट झवास्झवास्ति त्यस नाङ्गो रूखमा पर्छन् । म त्यस रूखको नाउं र जात् पनि त चिन्दिनं । -के को रूख हो त्यो – बर – पिपल – चांप -‘) खालि यो नाङ्गो छ । भोक र दरिıताले चुटेर नङ्ग्याएको मानिसका करङै करङको ढांचा जस्तो यसका हांगा बिंगा फैलिएका हुन्छन् । यसले आफ्नो नाउं र जातिसमेत यही नाङ्गोपनामा हराइसकेको छ । मलाई आमाले केटाकेटीमा बताउनुभएको भूतको सम्झना आउंछ, सान्दाइले एक दिन बताएका झुन्डिएर मरेको मानिसको सम्झना आउंछ । -त्यो मानिस त्यसै रूखको उत्तरपट्टकिो नाङ्गो हांगामा झुन्डिएर मरेको थियो रे ⁄’ अथवा झुन्डयाएर मारिएको थियो रे- जे होस्, के फरक पर्छ र -) मलाई कता-कता डर लागेर आउंछ । आमाले बताएको भूतको डर होइन, बरू कता मैले पनि त्यसैको कुनै हांगामा झुन्डिएर मर्नुपर्ने त होइन भन्ने डर ⁄ आखिर म पनि त त्यही रूखजस्तै पला-पला नाङ्गिदै गएको छु । ‘त्यसै सन्त्रासको स्थितिमा म सान्दाइको घरतिर हेर्छु उनी दीर्घरोगले अथवा मानसिक पक्षघातले डल्लिएका उही आफ्नो आन्ıो गाडिएको ठाउंमा आधी लेटेझैं आधी बसेझैं छन् । उनी बसमार अथवा आशा चुरोटको सर्को तानिरहेका हुन्छन्- ‘तिमीहरू यसलाई थोत्रिएको, नाङ्गो र केवल ढांचा मात्र देख्छौ । किनभने तिमीहरूले यसको बहारका दिनहरू देख्न पाएनौ । तर मैले त ठिटाहरू उनका कुरा त सुन्छन्, तर यसले उनीहरूका अनुहारमा आशाको किञ्चित रेखा पनि कोर्न सक्तैन । बरु असन्तोष र अविश्वासका रेखाहरू नै कोरिन्छन्- होइन सान्दाइ, यो जर्ीण्ा रूखलाई ढाली नै दिए के बिगार पर्दछ – बरु यसका ठाउंमा नयां बिरूवा रोपे के हुन्छ – तर सान्दाइ यस कुरामा मञ्जुर छैनन् । उनी त्यस नाङ्गो रूखको मोहमा टांस्सिएका छन् । उनी त्यसलाई ढाल्ने कुराले एक दम भड्किन्छन्- ‘के कुरा गरेको ⁄ यो नाङ्गिएको छ, तर यसले इतिहास बोकेको छ । इतिहास मेटाउन खोज्छौ तिमीहरू – मलाई सोच्न कर लाग्छ ⁄’ इतिहास बोकेको छ यसले -‘ कस्तो इतिहास बोकेको छ -‘ मान्छे झुन्डिएको इतिहास । मेरो आंखाअगाडि एक्कासि अनेकौं इतिहासका मुर्तिहरू जुलुस बनाएर हिंड्न थालेझैं मलाई भान हुन्छ- असङ्ख्य असङ्ख्य इतिहासका मुर्ति, जो आफू पनि प्रतिपल नाङ्गिदै गएका छन् । अनिश्चित प्रेरणाले जोरिएका पशुका बथान ⁄ के यी पनि त्यही नाङ्गो रूखका कुनै न कुनै नाङ्गा हांङ्गामा झुन्डिन जांदै छन् -‘ आजभोलि त्यस रूखमुनि एउटा अर्को नाङ्गो जोडा पनि थपिएको देख्न थालेको छु । एउटा बूढो माग्ने र तरुनी छोरी ⁄ म झयालअगाडि आफ्नो निश्चित ठाउंमा बस्नासाथ त्यस जोडालाई देख्छु । जराजर्ीण्ा कन्थामा प्रायः नाङ्गै ती त्यहां माग्न बस्छन् । बूढो आफूभित्र सम्पूर्ण शक्तिले चिच्याउंछ, केही दया र केही धर्मको नाउंमा । -नभए व्यापार कै नाउंमा,) बूढाको पस्रिएको कचौरामा निश्चित रूपमा परबाट उडाएर ल्याएको सुकेको पत्कर खस्छ । तरुनीकोमा यदाकदा’ म दिनदिनै सायद प्यारालाइज हुदै गैरहेको छु । म पनि प्रायः अठाह्र घण्टा त्यही झयालमा बसेर त्यस नाङ्गो रूखको माथिल्लो हांगामा हेरेर समय काट्न लागेको छु । सान्दाइले मेरा आंखामा पनि एउटा भ्रमको बीउ रोपिदिएका छन् । नभन्दै म पनि रूखका पालुवा देख्छु । एक दिन अकस्मात् उनी मलाई हकार्दै भन्छन्- डाक्टर बाबु ⁄ लौ हेर्नोस् ⁄ देख्नु भो तपाईंले -‘ रूखमा एउटा पालुवा फुट्यो नि ⁄’ मैले भनेको होइन तपाईंलाई – एउटा हरियो पालुवा त्यस रूखको आंख्लामा फुटेको छ ⁄’ अनि म अक्सर गरेर त्यसलाई त्यहां देख्नथाल्छु । के म पालुवा देख्ने भूल गर्न थालेको छु – अनि सान्दाइको जोसिलो लेक्चर कानको भित्र गुंजिएको सुन्न थालेको छु । तर यस जोसमा यदाकदा ब्रेक लागेपछि म अन्दाज गर्छु- भाउज्यू ढोकामा उभिएर सान्दाइलाई जल्दा आंखाले हेरिरहेकी छन् । यी सब लेक्चर र जोसका विरूद्ध म आफू भने दिनदिनै भित्रभित्रै खोक्रिंदै जान थालेको अनुभव गर्दै छु । म सम्पूर्ण रूपमा सीमित हुदै गएको छु- भाव, भाषा, विचार सबै रूपमा सीमित । मेरा चारेतिरका सीमाका घेराहरू सांगुरिंदै गएको अनुभव गर्छुु आफ्ना जहानबच्चाका आंखामा पनि सान्दाइका जहानबच्चाका आंखामा पौडिने भाव पौडिन लागेको देख्न थालेको छु । अब मलाई पनि सान्दाइकै जस्तो आफ्नो पराजय लुकाउनका लागी खोकी अथवा त्यस्तै कुनै र्सवमान्य रोगको ढाल आवश्यक भएको अनुभव हुन थालेको छ । -म पनि प्रायः त्यही पूर्वतिरको झयालसामु बसेर त्यस नाङ्गो रूखमा हेर्दै दिन काट्छु र आफ्नो मानसिक क्षोभ लुकाउन सान्दाइसंग प्रश्न गर्छ ुसान्दाइ त्यो पालुवा अझै देखिन्छ -‘) अनि एक दिन म के देख्छु भने सान्दाइका पुराना आस्थावान् आंखा च्यातिएझैं एक तमाससंग त्यो नाङ्गो रूखको सबैभन्दा माथिल्लो हांगामा क्वार्क्वार्ति हेरिरहेका छन् । उनको अनुहार आशाङ्का या आतङ्कले फुस्रो भएको छ । उनको पक्षघातले आक्रान्त शरीर झन जडझैं देखिएको छ । -के भयो सान्दाइ – मलाई पनि सान्दाइको आतङ्कको संक्रामकताले छोएझैं अनुभव हुन्छ । मेरा आंखा आधि सान्दाइमा र आधि त्यो नाङ्गो रूखको नाङ्गा हांगामा चाल्न थाल्छन् । – के भयो त्यो हांगाको पालुवा ⁄ सान्दाइ भयभीतझैं देखिन्छन् । उनको स्वर एकदम मर्ूछा परेझैं लाग्छ ।- त्यो पालुवा त्यहां देखिन्छ । डाक्टर बाबु -‘ म देख्न सक्तिनं नि’। मेरा आंखा धमिला भएका त होइनन् – मलाई पनि आर्श्चर्य लाग्छ । अगिपछि मेरा आंखामा पालिएको भ्रम पनि आज छांटिएझैं छ । निकै कोसिस गरेर पनि त्यो पालुवाको भ्रमलाई देखिरहेको छैन । त्यो रूख मैले केटाकेटीदेखि देखेजस्तै नाङ्गो छ- सम्पूर्ण रूपमा नाङ्गो ⁄ -होइन सान्दाइ ⁄ तपाईंका आंखा धमिलो होइनन्, बरू चहकिला-तेजिला भएका छन् । म पालुवा देख्न सक्तिनं । -मेले त कुनै बेला पनि देखिन। आजसम्म सान्दाइले दिएको भ्रम मात्र आंखामा पालेर बसें) तपाईंका र मेरा दुबैका आंखा ठीक छन्’ ।’ -होइन, होइन -सान्दाइ नराम्रोसंग उत्तेजित हुन्छन् । त्यस नाङ्गो रूखमा पालुवा नभएको यो यथार्थको उद्घाटनले उनलाई मानौं अस≈य वेदना भएझैं देखिन्छ । मलाई पनि डर लाग्छ- सान्दाइ ⁄ -डाक्टर बाबु ⁄ सान्दाइ केटाकेटीझैं रोइदिन्छन् ।- के यो रूख सांच्चै नाङ्गो रहेछ त ⁄’ हो वास्तवमा मेरो घरअगाडिको त्यो रूख सुरुदेखि नै नाङ्गो थियो । -कहिले देेखि हो, कसैलाई थाहा छैन ।) सायद यसको जातै नाङ्गो । तर सान्दाइ र मैले एउटा भ्रम पालेर यसको हांगामा कोपिला फुटेको देख्ने प्रयत्न गरेका थियौं । अनि आज’-‘ मेरो झयाल त्यहीं छ । म -उमेरले बिस्तारै पाक्दै गए पनि) त्यहीं छु । मेरो झयालसामु म बस्ने ठाउं पनि त्यही रूपमा नाङ्गो छ । फगत फरक केही छ भने मेरो त्यस रूखलाई, त्यसको नाङ्गोपनालाई हेर्ने दृष्टिमा फरक छ । आज म त्यस रूखलाई त्यसका माथिल्ला हांगामा कोपिला फुटेको देख्ने भ्रम लिएर हर्ेर्दिनं । म आज त्यसको पूर्ण नाङ्गोपना र त्यसका साथसाथै आफू पनि नाङ्गिदै गएको अनुभव गर्न हेर्छु म कतिसम्म नाङ्गिन -खोक्रिन) सक्छु त्यसको अनुभव कस्तो हुन्छ, त्यसको ज्ञान गर्ने गहिरो इच्छा मनमा पालेर हेर्छु यसका साथै मेरो मनमा एउटा अस्पष्ट इच्छा यो हेर्ने पनि छ- त्यस रूखका नाङ्गा हांगाले कति मानिसको भारलाई झुन्डयाउन सक्छन् । तर जे होस्, यो नाङ्गो रूखमा अब कुनै पालुवा चढ्दैन, यो निश्चित छ ।- सान्दाइ ⁄ बरु यो नाङ्गो रूखलाई काटेर यसका ठाउंमा नयां बिरूवा’। -होइन, होइन । सान्दाइ अझै यो बिचारलाई सहन सक्तैनन् । -आखिर यसले इतिहास त बोकेको छ ।
नेपाल साप्ताहिक अंक १२४
दीपक सापकोटा – सपनामा तिरेको उधारो
(असोज मधुपर्क, २०६८) माघको दोस्रो हप्ता मध्याहृनको करिब १२ बजे कोठामा छिर्ने घामको लोभमा कुर्सीलाई झ्यालतिर बढाएर कम्प्युटरमा केही खोजिरहेको थिएँ । के खोजे नेटमा त्यो पनि आफँैंलाई राम्ररी थाहा थिएन । शरीर सन्चो नभएकोले होला, त्यति फूर्ति पनि थिएन । अफिसको काम, घरको आफ्नो, सबैतिरको टेन्सनले के काम गर्ने, के काम नगर्ने दोधारमा रुमलिँदै थिए । मोबाइलमा घन्टी बज्यो । पहिलो पटकको घन्टी मैले त्यति वास्ता गरिन । घन्टी फेरि बज्यो । नम्बर हेरे चिनेजस्तो लाग्यो । कसको भन्ने छुट्याउन सकिनँ । दोस्रो पटक पनि घन्टी बज्यो । रिसिभ गरिनँ । फेरि पनि घन्टी बज्यो मैले बोल्नु भन्दा पहिला नै उताबाट आवाज आयो “दाइ फोन उठाउन पनि कति गाह्रो ? मेरो नम्बर चिन्नु भएन ?” “चिनेजस्तो लाग्यो तर ठम्याउन सकिनँ” मैले उत्तर दिए । “ल भन्नोस् त म को हो ?” उसले सोधी । मलाई गाह्रो पर्यो । मैले भनेँ “अ…………” उसैले मलाई सजिलो बनाई “म उषा” “ए उषा Û सन्चै छौ, अनि आज धेरैपछि कताबाट सम्भिmयौ त” मैले प्रश्न गरे । “दाइ हजुरलाई पनि बिर्सन सकिन्छ र, हजुरले पो माया मार्नु भयो” उसले भनी । “एउटाले माया मारेपछि अर्कोले माया त मार्नै पर्यो नि हैन ?” मैले पनि सोच्दै नसोची बोलिदिएँ । ऊ थोरै हाँसेको मैले फोनमा सुनेँ । उसलाई कफी खान मैले अफिसमा निम्त्याएँ । उसले कफी खान स्वीर्कादै भनी “दाइ कफी खान त आउँछु तर हाम्रो पुरानो कफी सपमा” मैले “हुन्छ” भनी दिएँ । बेलुकी ५ः३० बजे कफी खाने निश्चित भयो । उसले मलाई बेलुकी कफी सपमा भेट्ने अनि कुरा गर्ने भन्दै “बाइ” भनी मैले पनि “बाइ” भनी दिएँ । उसले पहिला फोन राखी । उषा पोखरेल उसको नाम । काठमाडौँ बाहिर पूर्वतिरको केटी । पढेलेखेकी, मिहिनेति, सरल र सीधा । अफिसको कामको सन्दर्भमा मैले भेटेको । उसको उमेर त मैले सोधेको छैन । सायद २२ नाघेकी छैन होली । डिगि्रसम्मको अध्ययन पूरा गरेकी छ । उसको कम्प्युटरमा नेपाली टाइप राम्रो छ । टाइप गर्नु पर्दा प्रायः म उसैकोमा जान्छु । उसले नेपाली टाइप गरी दिन्छे । पैसा लिन मान्दिन । ऊ मलाई असाध्यै आदर गर्छे । म पनि उसलाई इज्जत गर्छु । केही सिकाइ दिन्छु । ऊभन्दा जान्ने भएर होइन, उमेरमा ऊभन्दा पाको भएर । गोरी छे, हँसिली छे बेलाबेलामा जिस्काउँछु । ऊ हाँसेर टारी दिन्छे । खोई म आफैँलाई थाहा छैन किन ऊप्रति मेरो धेरै झुकाव छ । उसलाई नभेट्दा के के सोच्छु, मनमा अनेक कुरा खेल्न थाल्छ । मनमनै कार्यक्रम पनि तयार हुन्छ जब उसलाई भेट्छु अगाडिका सबै कुरा बिर्सन्छु । उसलाई इज्जत गर्छु, उसको अभिभावक बनिदिन्छु । ऊ निश्चिन्त हुन्छे । ऊप्रति मेरो दुईवटा सोच भएको जस्तो मलाई आभास हुन्छ । ती दुवै आभास ती दुवै सोचलाई उसले राम्ररी सुधेकी छे । मेरो नजानिँदो बासना पनि उसलाई पचेको छ । मैले दिएको इज्जत पनि उसले बुझेकी छे । त्यस्तैगरी उसलाई पनि मैले राम्ररी बुझेको छु । मप्रति उसको चाहना हुँदै नभएको पनि होइन छ भनेर प्रस्ताव गरी हाल्ने पक्षमा पनि ऊ होइन भन्ने आभास मैले पाएको छु । मलाई आदर गर्छे, इज्जत गर्छे । फरक यो मानेमा छैन, हामीले एक अर्कालाई बुझाउन सक्याँै भने हामीभित्र लुकेको त्यो आभास कुनै ठूलो होइन । जरुरत भयो भने हामी सक्षम छौँ होलाजस्तो मलाई लाग्छ । एकले अर्कालाई आदर गर्दागर्दै हामी राजीखुसीको त्यो चरणमा आउनै सकेनौँ, आउनै भ्याएनौँ । त्यतिकैमा उसको बिहेको साइत जुर्यो । बिहेको दिन म जान नसक्ने भए । उसको बिहेको खबर नै मलाई नमीठो लाग्यो । नजिकको मान्छे छुट्टिएर जान लागेको जस्तो । आफ्नै बहिनी अन्माएर पठाउन लागेजस्तो । कस्तोकस्तो आफ्नो मनको कुनामा लुकेर बसेको कुनै इच्छा पूरा नभएजस्तो । उनी दुलही हुने दिनको अघिल्लो साँझ मैले उनलाई कफी सपमा बोलाए । ऊ विना शङ्कोच आई । दुवैले सँगै कफी खायौँ । मैले मेरो तर्फबाट उपहार दिए । उसले धन्यवाद पनि भन्न सकिनँ । ऊ काली-नीली भई, फुङ्ग उडेको हाँसो हाँसी “भोलि बिहेमा आउनुहोस् न दाइ” वाक्य यति बोली “मैले कोसिस गरौँला” भने । उसले म जाऊ भनी मैले उसको कानमा मुख राखेर भने “तिमी मेरी उधारी भयौ ” उसले बुझिन र सोधी “मैले त बुझिन” । “ठीकै छ बुझ्यौ भने सोची हेर्नु” भन्दै उसलाई नजिक तानेर निधारमा माया गरी दिए । त्यो माया विछोडको माया आत्मीयता र अभिभावकत्वको माया थियो । उसले २ थोपा आँसु झारी मलाई उसको त्यो आँसु पुछ्ने इच्छा भएन उसको गालामा आँसु बगेको राम्रो लाग्यो । उसको मोबाइलमा घन्टी बज्यो उसले मोबाइलतिर हेर्दै “दाइ राति भई सक्यो तपाईंसँगै बसेर धेरै कुरा गरेर रुने मन त थियो तर के गर्ने मलाई घरमा मार्छन् ?” भन्दै उसले मेरो हात सुमसुम्याएर माया गरी र हातभरि आँसु झारेर आफ्नो पाइला अगाडि बढाई । म टाढासम्म उसलाई टोलाएर हेरी रहे । विगतका यही मीठानमीठा कुरालाई सम्भिmएर म कफी सपमा उसलाई पर्खी बसिरहेको थिएँ । ऊ मलिन अनुहार लिएर आई र मेरो मेचको सामुन्नेको कुर्सीमा बसी । थोरै हाँसी र टाउको टेबुलमा झुकाएर बसी रही । मैले निक्कैबेर उसलाई हेरिरहेँ केही बोलिनँ । म मौन बसेँ । मैले उसलाई “उषा” “उषा” भन्दा पनि उसले हेरिन । उसको टाउको बिस्तार उचालेको त ऊ बलिन्द्रधारा आँसु बगाइरहेकी थिई । त्यो देखेर म पनि बोल्न सकिनँ । त्यतिकैमा मगाएको कफी आयो । मैले “कफी खाऊ” भने उसले व्याग खोलेर केही खोजेजस्तो गरी । सायद रुमाल खोजेकी होली भनेर मैले खल्तीबाट रुमाल झिकेर ऊतिर बढाएँ । उसले रुन्चे हाँसो हाँसी र रुमाल समातेर आँसु पुछी । मैले कफीको सुर्को लगाए । उसलाई पुनः कफी खान आग्रह गरेँ उसले पुनः आँसु पुछ्दै रुमाल मतिर फर्काई । मैले “राख” फेरि चाहिएला भनेँ । उसले रुन्चे मुस्कानमा रुमाल व्यागमा राखी । मैले सोधे, “अब बोल्न सक्छौँ ?” उसले हाँस्दै भनी “सक्छु दाइ हजुरलाई नराम्रो लाग्यो होला नजिकको जस्तो लाग्यो भने आँसु आउँदोरहेछ । “किन के भयो ? मैले सक्ने सहयोग गर्न म तयार छु” मैले भने । “हजुरको पनि हातमा भए पो ।” उसले मलिन स्वरमा भनी । “के भयो घरमा झगडा पर्यो ?” मैले प्रश्न गरे । “झगडा भएको भए त मिल्न पनि सकिन्थ्यो नि दाइ” उसले भनी, “अनि के भयो त” मैले प्रश्न गरे । ऊ उत्तर नदिई रुन थाली । किन “विकास बिरामी छ ?” मैले फेरि सोधे । उसले मुन्टो हल्लाएर ईशाराले “हो” भनी । “के भएको छ ?” “किन आत्तिएको बिरामी भए पनि निको भइहाल्छ नि” मैले सान्त्वना दिँदै भने । “निको नहुने रोग दाइ अब म के गरौं ?” । उसले रुँदै भनी मेरो मनमा चिसो पस्यो । मन ढुक्क फुल्यो र मेरो मुखबाट अनायसै निस्क्यो “एड्स” । ऊ डाँको छोडेर रुन थाली । कफी सपका सबै मान्छेको ध्यान हामीतिर गयो । मलाई के गरौँ के गरौँजस्तो असजिलो भयो उठेर ऊतिर गए । टाउको सुमसुम्याए, ऊ घुक्कघुक्क गर्न थाली म एकछिन उसको टाउकोमा हात राखेर उभिरहे । मान्छेहरूको ध्यान बिस्तार हामीबाट हटेजस्तो लाग्यो । अलि शान्त भएपछि म आफ्नो कुर्सीमा गएर बसे । दोस्रो पटक कफी मगाए । दुवै जनाले कफी बोल्दै नबोली खायौँ । कफी सिद्धिन लागेको थियो उसको मोबाइलमा घन्टी बज्यो उसले फोन उठाई र भनी “हुन्छ” । त्यसपछि उसले मलाई भनी “उसको फोन आएको छ दाइ म जान्छु” । म पनि जान्छु भन्दै “ऊसँगै उठे “। ऊ मसँग छुट्टनि खोजी । “किन मेरो वाइकमा बस्नु हँुदैन ?” मैले प्रश्न गरे । उसले रुन्चे अनुहारले मेरो पाखुरामा चिमोटी र वाइकको पछाडि बसी उसको घरको तल उसलाई छोडेर म फर्किए । घरमा खाना खान पनि मन लागेन । राति निद्रा पनि आएन श्रीमतीजीले “किन झोक्राएको सन्चो भएन” भनिन् मैले “सन्चै छ तिमी सुत भनी” ऊ कोल्टे फर्केर घुर्न थाली । मेरो मन उषातिरै गयो । विवाहको कुरा हुँदा उसले मलाई भनेकी थिई “८।१० वर्ष खाडी मुलुक बसेर आएको रे दाइ केटो त्यत्ति राम्रो त छैन, पढाइ पनि मेरो भन्दा कमैजस्तो छ । आफ्नो अवस्थाले गर्दा हुन्छ भनी दिएँ । मेरो पनि राम्रो कमाई राम्रो जागिर काठमाडौँमा घर भएको भए फूर्ति साथ इन्कार गर्ने थिए के गर्नु अर्काको खुट्टामा बाँच्नु परिरहेछ” । “तिमीमा के कमी छ र उषा जस्तो पायो त्यस्तैसँग सम्बन्ध गास्नु पर्छ ?” मैले उसलाई भनेको थिए । “तपाईं पो त्यसो भन्नु हुन्छ र मेरो आफ्नो भन्नेहरू नै मलाई चिन्दैनन् म के गरौँ ?” उसले मतिर प्रश्न गरेकी थिई । मैले उसलाई ढाडस दिँदै भनेको थिए “हेर विवाह भनेको लेखेर ल्याएको हुन्छ, भाग्यमा जे हुन्छ त्यो भएरै छाड्छ ।” आफूले रोजेजस्तो खोजेजस्तो हुँदैन । तिमी सक्षम छौ, मेहिनेती छौ तिम्रोे भित्री मनले नै मानेको छैन भने अलग कुरा, होइन भने यो एउटा सम्झौता हो हस्ताक्षर गरी दिनु अगाडि भगवान्ले हेर्ने छन्” । ऊ त्यति बेला मुसुक्क हाँसेकी थिई । उसलाई मैले त्यति बेला भनेको थिए “बरू तिमीलाई एउटा कुरा भन्छु अन्यथा नलिनु ।” “भन्नोस् न दाइ हजुरले भनेकोमा म कसरी गलत अर्थ लाउन सक्छु र ।” मैले उसलाई भनेको थिएँ । “बरू ऊसँग सम्पर्क राख्नु अगाडि ब्लड टेस्ट गराउनु किनकि ऊ धेरै वर्ष विदेशमा बसेको केटो रहेछ” । “दाइ त्यो सम्भव छ र ? हजुरले भनेको त सही हो तर त्यो गर्ने कसरी ?” उसले भनेकी थिई । उसलाई मैले सम्झाएको थिएँ “के गर्नुपर्छ त्यो त तिमी नै तय गर तर कुनै निहुँमा उसँग सम्पर्क गर्नु अगाडि रगत अवश्य जचाउनु । तिमी पढेलेखेकी मान्छे मैले सिकाई राख्नु पर्दैन । तैपनि मनमा शङ्का नराख्न एक पटक त्यसो गरे होला कि भनेको मात्रै हो, विचार तिम्रो ।” उसले मसँग हात मिलाउँदै भनेकी थिई “ठीक छ दाइ अवश्य म त्यसो गर्नेछु” । यस्तै छटपटीमा कतिबेर निदाएँ, कुन्नि । अफिसमा बसिरहेको थिएँ । उसको फोन आयो उसलाई मैले विकाससँग सम्बन्धविच्छेद गरेर अर्कोसँग विवाह गर्ने सल्लाह दिएँ । मेरो सल्लाहमा ऊ सहमत भइन् र उसले भनी “दाइ उसलाई पनि थाहा रहेनछ ऊ रोगी भएको कुरा, थाहा भएको भए मसँग बिहे नगर्ने रहेछ । मसँग मात्र होइन कोहीसँग पनि । ऊ अहिले धेरै पछुताइरहेछ । मसँग रुन्छ, माफी माग्छ । एक नवजवान केटो, ऊ मेरो पति भइसक्यो । अब उसलाई छाड्न सक्दिनँ । बाँचुन्जेल म उसको पत्नी भएर रहने छु । उसको सेवा गर्नेछु । नजानेर गरेको गल्तीमा म उसलाई सजाय दिन सक्दिनँ ।” उसको कुराले मेरो त वाक्य नै फुटेन । नतमस्तक भएँ । “किन दाइ मेरो कुरा चित्त बुझेन ।” “तिमी यति महान् रहिछौँ खोई तिमीलाई कसरी बुझाँउ र सम्मान गरौँ” मैले भने । उसले भनी “सम्मान होइन दाइ मलाई तर हजुरको सहयोग चाहिन्छ ।” “के सहयोग भन न” मैले भने । उसले भनी-हजुरको सल्लाहले त म बाँचे, मेरो पति कहिलेसम्म उसलाई ईश्वरले बचाउँछन् ? त्यो त भन्न सक्दिन । अहिले भने भगवान् भएर तपाईंले हामीलाई बचाई दिनुभयो । मैले सुहागरातको पहिलो चरणमै हामी दुवैको रगत जँचाएपछि मात्र एकअर्कोलाई छुने कुरामा उसलाई सहमत गराएँ । ऊ सहमत भयो । त्यसको नतिजा हजुरले थाहापाईहाल्नुभयो । ऊ मेरो लोग्ने, म उसकी स्वास्नी तर हामीबीचको पतिपत्नीको सम्बन्धमा भने भगवान्ले हामीलाई ठगे । हजुरले मेरो कुरा पत्याउनुहुन्छ हगि ? उसले मलाई छोएको छैन दाइ ।” उसले एक सासमा भनी । मैले भनँे “तिमीले भनेको तर मैले विश्वास नगरेको केही कुरा छ ।” उसले भनी “छैन दाइ” । “अब भन म तिमीलाई के सहयोग गर्न सक्छु ?” मैले भनँे । उसले भनी “दाइ ऊसँग मेरो कुरा भइसक्यो । ऊ सहमत भइसक्यो ।” मैले सोधेँ “के कुरामा ?” । ऊ र म लोग्नेस्वास्नी भएर रहने । “अनि” मैले भने । उसले भनी- “हजुरले हामीलाई खुसी राख्ने ।” “कसरी ?” मैले सोधे । “हजुरले हामीलाई एउटा नानी दिनु पर्छ । उसलाई ईश्वरले मबाट कहिले खोसेर लान्छन् म भन्न सक्दिन तर म त्यही नानीको साहारामा जिन्दगीको बाँकी दिन काट्ने कोसिस गर्नेछु । विन्ति दाइ नाइँ नभन्नुस् उसले भनी । मैले भनँे “मैले त बुझिनँ त ?” “हजुरले भनेको होइन म हजुरकी उधारी भए भनेर भगवान्ले मलाई हजुरको ऋण तिर्न नै लेखेका रहेछन् । उधारो त तिर्नु पर्यो नि दाइ, म उधारो तिर्न तयार छु ।” म झङ्ङ्ग भए ब्यूझँदा त बिहानको ७ बजिसकेको रहेछ ।
ट्राफिक आइलैण्डकी युवती (भोजराज न्यौपाने)
‘बाटोमा तँ बस्ने कि मान्छे हिँड्ने – नजिकैको ट्राफिक पुलिसले छेवैमा आएर हकार्योत । झुत्रो पछ्यौराले मुख लुकाउँदै ऊ चुपचाप एक्लै डल्लो परेर बसी । पुलिसले फेरि भन्यो – ए अझै उता जान्नस् – उसलाई पुलिसको भद्दा बोली सुनेर निकै रिस उठेको थियो । तैपनि ऊ चुप लागी । जुरुक्क उठी र अघि बढ्न खोजी तर हिँड्न सक्ने अवस्थामा थिइन ऊ । लुगलुग कामी । पुस महिनाको चीसो, रातभरि सडकको पेटीमा बसेकी उसलाई न्यानोको कुनै अनुभूति थिएन । त्यसैले ऊ पुन नजिकैको ट्राफिक आइलैण्डमा टुसुक्क बसी । ऊ एक महिना अघिदेखि सडकको चोकमै बसेकी छे । काठमाडौँमा बढेको चीसोले उसलाई कुनै असर नगरेको अनुभव सडकमा हिँड्नेहरू गर्छन् । च्यातिएको एकसरो लुगानै उसको र्सवश्व भएको छ । उसको दिनरात त्यहीँ एकसरो लुगाकै भरमा बितेको अनुभव हुन्छ । मान्छेहरूले उसलाई धेरै थोक भने (‘ऊ बहुलाही हो रे । ‘ऊ पहिला वेश्या थिई रे । ‘उसलाई एड्स लागेपछि आफन्तको हेलोहोचो सहन नसकेर सडकलाई नै आफ्नो घर बनाएकी रे । तर तीमध्ये कसैले थाहा पाएनन् ऊ को हो – र कसरी सडकमा आइपुगी – एक दिन कुनै भद्र वृद्ध महिलालाई उसको हविगत देखेर दया लागेछ । पशुपतिको दर्शन गर्न हिँडेकी ती महिलाले उसलाई सोधिन्- ‘नानी तिमी को हौ – यसअघि धेरैपटक साँझमा घर कहाँ हो -‘ भनेर सोध्नेहरूको भन्दा बेग्लै आवाज थियो यो । उसलाई घरथर सोध्नेदेखि दिक्क लागिसकेको थियो । सोधखोज गर्नेहरूको उपेक्षाले ऊ आजित भइसकेकी थिई । उनीहरूलाई आफ्नो परिचय नदिउँजस्तो उसलाई लागिसकेको थियो । उसले ती महिलाको आँखामा हेरी । ती महिला उसलाई आफ्नै आमा जस्तै लाग्यो । ऊ जसोतसो उठी र महिलाको खुट्टा च्याप्प समाती । उसलाई आमाको काख भेट्टाएजस्तो लाग्यो । घुक्कघुक्क गरी धेरैबेरसम्म रोएर बसी । आमाले उसलाई अँगालोमा राख्दै सोधिन् ‘नानी तिमीले केही भनिनौ तिमी को हौ, कहाँबाट यहाँ आयौ -‘ उसलाई डाँको छोडेर रुन मन लाग्यो । भक्कानो फुटेर आयो । उसले रुँदै भनी ( आमा, मेरो नाम शोभा हो । मेरो घर रामेछापको भदौरे हो । आमालाई उसले यति राम्रोसँग कुरा गर्न सक्छेजस्तै लागेको थिएन । उसको बोली सुनेर उनले भनिन् (तिमी किन यहाँ बसेकी त -तिम्रो कोही आफन्त छैनन् – कसरी सडकमा आइपुग्यौ – उसले आमाको आँखामा हेरी र अघाउञ्जेल रोई । आमाले उसलाई आफूसँगै मन्दिर जान भनिन् । दुवैजनाले पशुपतिको दर्शन गरे । आमाले आफ्नै घर लगिन् । पेटभरि खाना खुवाइन् र भनिन् ( ‘ल भन तिमी कसरी सडकमा आइपुग्यौ -‘ ‘दस वर्षघिको कुरा हो’ उसले आफ्नो दुःख सुनाइ (‘म गाउँकै स्कुलमा कक्षा ८ मा पढ्दै थिएँ । बिहान सबेरै एक डोको घाँस काट्नु, खाना खाएर स्कुल जानु र बेलुका स्कुलबाट फर्किनेबित्तिकै अर्को एक डोको घाँस ल्याउनु मेरो दैनिकी थियो । घरमा पढ्ने मौका पटक्कै मिल्दैैनथ्यो । तैपनि मेरो पढाइ भने तेज थियो । म सधैँ कक्षामा पहिलो हुन्थेँ । एक दिन नातामा गाउँको काका पर्ने मानबहादुर टुप्लुक्क आइपुग्यो र उसले बुबाआमालाई भन्यो ( सधैँ छोरीलाई पढाएर मात्रै बस्छौ कि छोरीको कमाई पनि खाने विचार गरेका छौ – सुरुमा त मानबहादुरको कुरा उनीहरूले बुझ्दै बुझेनन् । पछि मलाई विदेशको एउटा कम्पनीमा जागिर लगाइदिन्छु बिनसित्ती किन पढाइराख्छौ भनेपछि उनीहरूको मन फेरियो । मुस्किलले स्कुल पढाउँदै आएका मेरा बुबाआमालार्इर्र्विदेशको जागिर भन्नासाथ खुसीको सीमा रहेन । छोरीलाई पढाएर कुनै फाइदा छैन भन्दै आएका उनीहरूलाई मेरो कमाइमा लोभ लागेको थियो । सुरुमा त मैले आफू धेरै पढेर मात्रै जागिर खाने भनेकी थिएँ तर गाउँका आफन्तले समेत विदेशको जागिर राम्रो हुने भन्दै जागिर खान दबाब दिए । सबैको सल्लाहअनुसार मैले जागिर खाने मनस्थिति बनाएँ । जागिर लाइदिने बहानामा मानबहादुरले दुइ दिन बस र त्यसपछि रेलमा हिँडायो । मुर्म्बई पुगेपछि फिरोज नाउँको साउदी अरबको मान्छेको साथ लगाएर एउटा बेकरी कम्पनीमा काम लगाइदिन्छु, महिनाको चालीस हजार हुन्छ, तँलाई त्यहीँ पठाइदिन्छु भन्यो । मैले हुन्छ भनीदिएँ । मलाई थाहा थिएन मानबहादुर दलाल हो भन्ने । उसले फिरोज नाउँको दलालको जिम्मा लगाएर छाडिदियो । फिरोजसँगै म साउदी अरब पुगेँ । नेपालको दुगम गाउँकी सोझी म साउदी अरबको व्यस्त शहरमा पुग्दा मैले पत्याउनै सकिन संसार यति ठूलो र यति सुन्दर छ भनेर । ‘साउदी अरब पुगेको पहिलो दिनमा पो थाहा भयो’ उसले डाँको छाडेर भनी( फिरोज भन्नेले पनि मलाई त्यही साउदी अरबको एक दलालको घरमा सधैँ बस्ने गरी भारतीय पचास हजार रुपियाँमा बेची सकेछ । ‘त्यसपछि म छाँगाबाट खसेजस्ती भएँ ।’ उसले सुस्केरा हाली ( एकैचोटि पहाड खसेर थिचेजस्तो भयो । सात समुद्रपारि न कोही आफन्त छन्, न त चिनेजानेका कोही । सिङ्गो जीवन पशुसरह बेचिनु कम्ती कहालीलाग्दो भएन । बोल्दाबोल्दै उसका आँखाका डिल भत्किए । आँखाबाट खहरेको भेल बग्न थाल्यो । ‘साउदी पुगेको दोस्रो दिनदेखि नै उसले खुट्टा मिच्न लगायो’ भक्कानो छाड्दै उसले भनी(‘मैले अटेर गर्दा उसले बेस्सरि पिट्यो र त्यही रात मलाई बलात्कार गर्योे । त्यसपछिका मेरा प्रत्येक क्षण नरकमय भए । मान्छेको जीवन पैसाको मोहमा पशुसरह बिक्दो रहेछ भन्ने लाग्यो । आफूलाई मान्छे हुनुमा गर्व गर्ने म अहिले पशु हुन नपाएकोमा पछुतो मानिरहेकी छु । ‘बिहान घर बाहिर जाँदा उसले मलाई ताला लगाएर थुनेर जान्थ्यो आँखामा क्रोधको ज्वाला बाल्दै उसले भनी (‘बेलुका र्फकँदा मसँग सुताउन एक दुइ जना ग्राहक लिएर आउँथ्यो । मेरो दैनिकी नै एक वर्षति यहीरूपमा बन्यो । रुन्थेँ, चिच्याउँथेँ मेरो आँसुले केही भएन । म त्यही नरकमा बस्न विवश भएँ । त्यहाँ पुगेको एक वर्षछि म निकै बिरामी परेँ । बिरामी हुँदा उपचार त कता हो कता, मलाई एक रात गाडीमा लगेर त्यही पशुले अनकन्टार ठाउँमा छाडिदियो । ज्वरोले उभिन सक्ने अवस्थामा थिइँन म । मध्यरातमा सडकको फुटपाथमा सुतेको बेला त्यहाँको पुलिसले भेट्यो र मलाई अस्पताल पुर्या यो । उपचारकै क्रममा मेरो ज्वरो त ठीक भयो तर डाक्टरले मेरो रक्तपरीक्षणमा एचआईभी पोजेटिभ भएको बताए । मैले आफ्नो जीवन नष्ट पार्नेलाई सजाय दिलाउन त्यहाँको अदालत जाने विचार गरेँ तर मलाई त्यहाँका वकिलहरूलेे कुनै सहयोग गरेनन् । उल्टै मलाई त्यहाँको पुलिसले दुख दिए र यहाँ फर्काइदिए । उसले आफ्नो दुःख सुनाइरहँदा ती आमाले आँखाबाट आँसु झारिरहेकी थिइन् । ‘आमा मैले नेपालमा फर्केपछि पनि त्यत्तिकै नरकको जीवन बिताउनु परेको छ’ उसले महिलासँग विलाप गरी । नेपाल आएपछि लगत्तै गाउँ गएँ । गाउँमा त्यही मानबहादुरले मैले काम छाडेर वेश्या भएको हल्ला फिँजाएछ । आफ्नै दाजुभाइले जीउ बेचेर रोग भित्र्याएको भन्दै घरमै पस्न दिएनन् । आफू जुन घरमा हुर्केँ, बढेँ त्यही घर आफ्नो नभएपछि मेरो बाँकी को रहृयो र आमा – त्यसैले मैले सडकमा बस्नुको विकल्प भेटिनँ । आमाले उसलाई सधैँ आफूसँगै बस्न भनिन् तर ऊ मानिन । भनी( ‘आमा म तपाइँको घरमा बस्नलायक छैन । म सडकमै मर्छु ऊ आमासँग बिदा भएर हिँडी । भोलिपल्ट बिहान मन्दिर जानेबेला चेेाकमा निकै ठूलो भीड देखियो । आमा सरासर भीड नजिकै पुगिन् । उनलाई मृतक युवतीलाई नजिकैबाट हेन मन लाग्यो । हे भगवान् आमा चिच्याइन् । त्यो लास त शोभाको थियो । आमा बेहोस भएर ढलिन् । मान्छेहरू भन्दै थिए ( बहुलाहीलाई गाडीले किचेर मारेछ । पछि थाहा भयो उसलाई ठक्कर दिएर मार्ने गाडी त्यही मानबहादुरले चलाएको थियो ।
भोजराज न्यौपाने From: Madhupark
दीपक जडित – मन बाढी हो, बाढी मन हैन
मनेकि आमा चिच्याउँदैथिई, ‘ए मनेका बा, उठन भन्या । बाख्राको कटेरो त बगाईसक्न ला’गो । हन कति सुत्न सकेका हौ तिमी त?’, र छाप्राको यौटा प्वालबाट बाख्राको कटेरोतिर पनि चियाउँदैथिई जो उनिहरुको झुप्रो देखि अलि मुन्तिर दक्षिणतिर थियो । त्यसदेखि दक्षिणतिर पूर्वबाट पश्चिमतिर बगेको जोगीखोला थियो । त्यसो त अरु जस्तै यो खोलापनि उत्तरबाट आएर दक्षिणतिर नै गएको थियो, केवल मनेको घर मुनिमात्र झण्डै तीनसय मीटर जति पूर्व पश्चिम बगेको थियो । यहि जोगीखोलाको किनारैमा उत्तरपट्टि मनेको बाउले आफ्नो बारीको सबैभन्दा अग्लो थुम्को परेको साँघुरो भागमा बाँसका खाँवाखुट्टी गाढेर सानो चिटिक्क परेको प्राचिन ऋषिमुनिहरुको कुटी जस्तो छाप्रो उभ्याएको थियो । उसको घरदेखि मुन्तिरको अर्को पाखामा मनेकि आमाले साह्रै कचकच गरेकिले उसले बाख्रा पाल्न मिल्ने सानो कटेरो उभ्याएर त्यसभित्र यौटा टाट्नो पनि गाडेको थियो । त्यहि कटेरो भएको पाखामा मनेकि आमाले स-साना ड्याङहरु बनाएर कसैमा सुठुनी, पीँडालु, कसैमा भिण्डी, घिरौंला, कसैमा तरुल ईत्यादि रोपेकि थिई । त्यसदेखि तल क्रमश होचो हुँदै खोलाकै बगरसम्म तीनचार तह अरु जमिन थियो जहाँ यसपाली आकाशबाट प्रसस्त पानी परेकोले बेलैमा धान रोपेर रहर लाग्दो पारेका थिए उनिहरुले । सालको मुश्किलले पाँच सात मन धान भित्र्याउने उनिहरुले यो साल कम्तिमा पनि बाह्र पन्ध्र मन धान भित्रिने आशा राखेका थिए । झण्डै दुईहप्ता जति अगाडी करेसोमा सुठुनी रोप्दा मनेकि आमाले उँधो धानबारीतिर आशापूर्ण नजर लगाउँदै भनेकि थिई, ‘अब एस्पाली चैं धान काट्ने बेलाँ हाजिराले चारानी सम्मको झुमुक बनाउनु पर्ला ।’ सुठुनीका बेला टुक्र्याईदिँदै गरेको मनेको बाउले स्वास्नी तर्फ हेर्दै नहेरी भनेथ्यो, ‘त्यसोभए यो ट्याक्रो चैं किन बनाउन ला’कि नि? कि तैं बस्छेस याँ छुट्टेर?’ मनेको बाउले बाख्राको कटेरोलाई सम्बोधन गरेकोथियो ट्याक्रो भनेर । त्यहाँ जसरी भएपनि यसपाली हिउँदमा एकमाउ बाख्रा किनेर पाल्छु भनेकि थिई मनेकि आमाले कुनैदिन । लोग्नेलाई जवाफ दिँदै उसले भनिथि, ‘तेसो त तिम्ले पनि गर्देलाउ नि अलि अलि थै’थाप त ।’ मनेको बाउ केहि नबोली सुठुनीको बेला टुक्र्याईसकेर रोप्दैगरेको ड्याङ्गमाथी राखिदिएर हिंडेथ्यो । मनेकि आमाले मनमनै सोचिथि, ‘नथप्देर त काँ मान्छु र म? कत्ति भो कानमा लाउने रहर गरेको । ब्ये गर्दा नि ईसङ भाग्ने भ’र लाउँन पाईंन । एस्पाली चैं जसरी भए नि लाउँछु ।’ तर तीनचार दिनदेखि अविरल भैरहेको वर्षाले उनिहरुको सपना क्रमश जोगीखोलाको भेलसँगै बगाउँदैथियो । उनिहरुको धानबारी आधाउधो त बाढि शुरु हुँदै धाद्रो लागिसकेकोथियो यतिखेर खोला बढेर घरैसम्म आउला जस्तो भैरहेथ्यो । ‘ईन्लाई त केई को चिन्ता छैन गाँठे!, ऐले त्यो कटेरो सटेरो बगाउँछ अनि था’पाउँछन् ।’ लोग्नेलाई उठाउने प्रयत्नमा लागीरहि मनेकि आमा । ‘कति कराउँदिर’छे यो आइमाई । तेत्रो खेत जम्मै धाद्रोले लग्यो, भएन पानीले डुबेको छ त्यो जाबो कटेरो जोगार के गर्नु? त्यो कटेरोले भात ख्वाउने हैन चुपलाग ।’ ओच्छ्यानबाटै फतफतायो मनेको बाउ । ‘खेत धाद्रोले लग्यो, पानीले डुब्यो भनेर चुपलागीर’नु त? खेत त फेरी आघुँ बिराउँला न, त्यै खोलाको बगर त हो नि त्यो खेत । तर यो कटेरो त जोगाउन सकिन्थ्यो । बिर्ष्यौ यो कटेरो बनाउन बाँस माग्न जाँदा नेउपान्नीले बचन ला’कि ?’ मनेकि आमा कराउन पनि छोडिन छाप्राको दुलोबाट बाहिर हेर्न पनि छोडिन । लोग्ने उठ्ला र केहि गर्ला भन्दै निक्कै बेर मुख ताक्दा पनि हल न चल भएर सुतिरहेपछि उसले आफैं निस्केर कटेरोतिर जाने विचार गरी र छाप्रोको ढोका खोली । लुँडिएर पानीको बाछिटा सहितको एक झट्का स्याँठ घरभित्र पस्यो र मने र मनेको बाउलाई उठायो । पहिलेनै ब्युँझेपनि डरले थरहरी भएर गुँडुल्किरहेको मने उठेर कुनातिर घुस्रियो । ‘हैन तँलाई कालले धजो हालेर काँ’लान खोजेको हो राती र हुँदो?’ मनेको बाउ उठिसक्दा मनेकि आमा फरिया सुर्केर अलि दह्रोसँग बाँधिवरी बाहिर निस्किसकेकि थिई । बाहिरबाटै बोली उ, ‘तिमीलाई भनेको लागेन त । म कटेरामा भ’को एउटा गुन्द्री भा’नि झिक्छु नि अब ।’ ‘तँ धेरै बा’दुरनी हुन नखोज है । ऐले बालुवा खाँद्छ खोलाले अनि था’पाउँछेस् ।’ मनेको बाउ स्वास्नीलाई हपार्दै छाप्रोको दैलोमा पुगेर अलिकति खोलेर बाहिर चिहाउन थाल्यो । घनघोर वर्षाले निष्पट्ट अँध्यारो पारेको थियो बाहिर । उसले अनुमान लगायो रातको त्यस्तै नौ, साँढे नौ बजेको होला । घरिघरि मेघको गड्याङगुडुङ गर्जनसँगै विजुली चम्कँदाको उज्यालोले एकैपल सबै कुराहरु देखिने र फेरी अन्धकारमा सबै लुप्त हुने क्रम चल्दैथियो । त्यसैगरी झिलिक्क विजुली चम्केको उज्यालोमा मनेको बाउले देख्यो उसकि स्वास्नी कटेरोमा पुगेर घुँडामाथीसम्म पानीमा डुबेर गुन्द्री तान्दैथिई । उसले फेरी हपार्यो, ‘हैन तँ किन मुण्टेकि होस् त्याँ? भोलीबिहानसम्म यो घरै नछोडी सुख छैन । फर्की छिट्टो ।’ त्यो अन्धकार रातमा मनेकि आमालाई वास्तवमै कालले कुत्कुत्याएर त्याँहा लगेको थियो । आकाश गर्जिदैं दर्किरहेथ्यो । त्यसमाथी जोगीखोलाको गर्जनाले त्यो कालो रातलाई अझ डरलाग्दो बनाएको थियो । काखीमा गुन्द्री च्यापेकि मनेकि आमा कटेरोबाट निस्किँदै गर्दा ‘आमा!’ भन्दै चिच्याएर पानीमा उत्तानो पल्टिएको पनि मनेको बाउले अर्कोपटक मिलिक्क विजुली चम्कँदा देख्यो । अँध्यारोमै फेरी उ करायो, ‘तँलाई भनेको थेँ नि मैले । उठ् उठ्, उठेर एता आईज ।’ तर तेज रफ्तारमा बगिरहेको जोगीखोलाले मनेकि आमालाई उठ्ने मौका नदिई डुबाउँदै उतार्दै अलि तल पुर्याईसकेको हुँदो हो । यता मनेको बाउले भने स्वास्नी बोल्ली, उठेर आउली भनेर निक्कैबेर बाटो हेर्यो । यसबिचमा पनि निक्कैचोटी विजुली चम्कियो । प्रत्येक पटक विजुली चम्किँदाको उज्यालोमा उसले स्वस्नीलाई देख्ने प्रयत्नमा आँखा तिखार्यो । दुईचार पटक उसले स्वास्नीलाई बोलायो पनि तर खोलामा बगिसकेकि मनेकि आमा किन बोल्थि र? विजुली चम्केकै उज्यालोमा कटेरोको छानो बग्दै गरेको देखेपछि भने उसलाई उसकी स्वास्नीलाई खोलाले लगिसक्यो भन्नेमा द्विविधा रहेन । उसको आङ्ग जिरिङ्ग भएर आयो । कुनताको अन्धकार त्यसमाथीपनि झन अन्धकार थपिएझैं भयो उसलाई । उसको आँखामा अँध्यारो जगत फन्फन्ति घुम्न लाग्यो । अँध्यारो कुनामा चुपचाप परिस्थिती नियाँलीरहेको मने लुसुक्क बाउको छेउमा पुगेर सोध्यो, ‘ए बाउ, आमा खै नि?’ लगभग उसले पनि अन्दाज लगाईसकेको थियो आमालाई खोलाले बगायो होला भनेर । छोराको प्रश्नले निन्द्राबाट ब्युँझेझैं झसँग भएर मनेको बाउले भन्यो, ‘नजा भन्दा मानिन, लग्यो तेरी आमालाई खोलाले । हामीलाई पनि लान्छ आजै राती भागेन भने ।’ मने डाँको छोडेर रुँदै आमालाई बोलाउन थाल्यो । मनेको बाउले पनि आफुलाई सम्हाल्न सकेन । दुबै अँध्यारोमा रुँदै चिच्याउँदै गाउँलेलाई गुहार्न थाले । त्यो निष्पट्ट अन्धकारमा खोला र आकाशको गर्जना चिर्दै उनिहरुको आर्तनाद गाउँसम्म पुगेपछि केहि गाउँलेहरु हातहातमा टर्चलाईट बोकेर आइपुगे मनेको घरसम्म । मनेको बाउले रुँदै आफ्नी स्वास्नी खोलाले बगाएको बिलौना सुनायो । केहि गाउँलेहरु हातमा टर्च लाईट बोकेर जोगीखोलाको किनारै किनार अलि तलसम्म कुदेर गए पनि । छेउछाउका रुखविरुवा, खेत, बाली केहि नभनि सबै सोहोर्दै काल नै बनेर बगेको त्यो भयंकर बाढिमा मनेकि आमा फेलापर्ने त रत्तिभर गुञ्जायस थिएन । गाउँलेले मने र मनेको बाउलाई बेलैमा घर छोडेको भए स्वास्नी बाँच्ने थिई भन्दै कराउँदै राति नै घर छोडाए । उसका बचेखुचेका झिटिगुन्टा पनि गाउँलेले नै ओसारीदिए । घर छोडेर गाउँमा शरण लिन पुग्नु मनेको बाउको लागी ठुलो कुरा थिएन । उसले जानेदेखि नै यस्तै जिन्दगी भोग्दै आएको हो तर यसपटक मनेकि आमा साथमा नहुनु ठुलो कुरा भएको थियो उसलाई । भोलीपल्ट बिहान पनि गाउँलेहरु मनेकि आमालाई कतै खोलाले किनारतिर मिल्काएको छ कि भनेर खोज्न निस्के । निक्कै तलसम्म खोज्दापनि मनेकि आमा फेला परिन । मने र मनेको बाउ मणी हराएको सर्पझैं बनेका थिए । यौटा पत्निवियोगमा अर्को मातृ वियोगमा परेर बेसुरा बनेका उनिहरुलाई कसैले कर गरेर केहि खुवाउन समेत सकेनन् । त्यसैदिन गाबिस अध्यक्ष आएर उनलाई सान्तवना दिँदै घरबासको जसरी भएपनि बन्दोवस्त मिलाईदिने वचन दिएर गए । गाबिस अध्यक्षले गाँसबासको चाँजो मिलाईदिने कुरा गरेको बेला मनेको बाउ ग्लानीले फतक्क गलेको थियो । चुनावताका उसले तिनै अध्यक्षलाई विपक्षि उमेद्वारले दिएको दुईचारसयको प्रलोभनमा परेर तथानाम गाली गरेको थियो । भोट माग्न आउँदा उसले तिनलाई आफ्नो आँगनमा टेक्नधरी दिएको थिएन । त्यसैबेला उसले चुनावमा आफुले सघाएको उमेद्वारलाई भेट्ने अठोट गरेको थियो । गाउँको अध्यक्षमा उनले हारेका भएपनि उसले भोट दिएको उनकै पार्टीका अर्का झन ठुला नेता यसबेला मंत्री बनेका थिए । चुनावताका तिन्ले उसलाई अर्थोक केहि गर्न नसके पनि जितेँ भने सरकारको तर्फबाट बैदेशिक रोजगारीमा पठाईदिन्छु भनेर वचन दिएका थिए । एकातिर गाउँमा धमाधम जोगीखोलाले बगाएकि मनेकि आमाको खोजी भैरहेथ्यो र कतै फेला परिरहेकि थिइन अर्कातिर मनेको बाउ भित्रभित्रै छट्पटीईरहेको थियो कि सारा गाउँको अघिल्तिर गाली बेईजत गर्दै हुर्मत काढेको अध्यक्षको दयापात्र भएर उसैले जुटाईदिएको गाँसबासमा कसरी बस्नु ? गाउँलेले भोली के भन्लान भन्ने तापले भित्रभित्रै जलेको मनेको बाउ लुरुलुरु तिनै उमेद्वारको घरमा पुग्यो जस्ले सिकाएर उसले हालका अध्यक्षलाई तथानाम भनेको थियो । बाटोभरी उसले भोलीको सपना देख्दै गयो । यदि उसले चुनावमा सघाएका नेताले उसलाई विदेश पठाउन मद्दत गरेभने उसले पनि गाउँको अरबे बस्नेतले जस्तै खोलाले नलग्ने ठाउँमा खेतबारी किन्नेछ । अझ कतारे साईंलोले जस्तै एकतले पक्काको घर बनाउनेछ । उसको मनेपनि स्कूल पढ्ने हुन्छ । ‘जे भएपनि मैले भोट हालेको मान्छे पो हुन् त केहि त पक्कै पनि गर्छन्’, दह्रो विश्वास बोकेर पुग्यो उ नेताको घरमा र आफ्नो दुखेसो पोख्यो । मनेको बाउको कुरा सुनिसकेपछि अध्यक्षमा पराजित नेताले भने, ‘अहिले दुख परेका बेला सम्झियौ मलाई ? भोट हाल्ने बेलामा सम्झेनौ, मलाई भोट दिएका भए हार्थें र म? भोट चैं अरुलाई नै हालेर जितायौ । खुब मन्त्रीलाई भन्दिनु पर्ने तिम्रा कुरा । मन्त्री त देशको समस्या पो हेर्छन् तिम्रो घरको समस्या पनि कहिँ मन्त्रीले हेर्छन्? जाउ न तिमीले भोट हालेर जिता’को अध्यक्षकोमा । भोट त उसैलाई हालेका थियौ होला त हैन?’ आफ्नो ठानेको नेताको कुरा सुनेर मनेको बाउको मन त्यसैगरी करक्कै भाँचियो जसरी खाडीमा पाकेको तितेपाटा धुँदा किसानले फेद भाँच्छ । एकछिन अघिसम्म उसले देखेको सपना पनि हुरीबतासले रुखको हाँगो भाँचेझैं भाँचियो । उसको मन उडेर धेरै टाढाको रमाईलो संसारमा पुगेको थियो तर नेताको घरबाट खिस्रिक्क परेर फर्किंदाको यथार्थ साह्रै तितो भयो उसलाई । उसलाई लाग्यो ‘एकैछिनमा कहाँ कहाँ पुग्ने मान्छेको मन त बाढी पो रहेछ !’ बाढी सम्झंदा फेरी उ भित्रको बेदना सग्लो भएर आयो । ‘मन जसरी बाढी हो बाढी पनि त्यसैगरी मन भैदिए ?’ उ सोच्दै गयो, ‘बाढी पनि पनि यदि मन हुँदो हो त मन टाढा टाढा पुगेर फर्किएजस्तै अस्ति रातीको बाढी पनि फर्केर आउँथ्यो होला अनि मनेकि आमापनि फर्किन्थि होली । त्यसो भैदिए उसले आफ्नो ठानेको नेताको वचन पनि सुन्नु पर्ने थिएन । आफुले तथानाम भनेको अध्यक्षको दयापात्र पनि बन्नुपर्ने थिएन तर बाढी त मन होइन रहेछ । अब उसकि मनेकि आमा फर्केर आउँदिन आईछे नै भनेपनि लाश बनेर आउनेछे ।’ अझ सोच्दै गयो उ, ‘मन चैं भने पक्कै बाढी नै रहेछ उर्लिएर जहाँ पुगेपनि क्षणमै फर्केर आफ्नै हालतमा आईपुग्ने । जसरी उसको मन बाढीझैं उर्लेर कहाँ कहाँ पुगेर फेरी तुरुन्तै फर्किंदैथियो उसकै हालतमा । आफुले तथानाम गाली बेईजती गरेको अध्यक्षको दयापात्र बन्न ।’ उसलाई त्यतैबाट नौ डाँडा काटेर कसैले नदेख्ने गरी मुग्लान भासिने विचार पनि उठ्यो मनमा तर बाढी घटेपछि कतै बगरमा पुरिएकि उसकि स्वास्नी फेलापरि भने । त्यसको काजक्रिया पनि त उसैले गर्नुपर्छ । उसलाई स्वास्नीको नभेटिएको लाशको मायाले गाउँतिरै डोहोर्याउँदै लग्यो । मनमा भने उसको लागी यो गाउँको मानो सकिएको पक्कपक्की थियो ।
सुषमा मानन्धर – नेपाल बन्द (लघु कथा)
(गोरखापत्र)
जीवन, देशको एक ठूलो पार्टीको सक्रिय कार्यकर्ता । एक अर्थमा भन्नु पर्दा दरै हात । केही दिन अघि नै उसको पार्टीले चरणवद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरिसकेको छ । त्यसै क्रममा सरकारलाई आफ्ना मागहरू पूरा गराउन दबाब दिनको लागि आज उसको पार्टीले बन्दको आयोजना गरेको हो । सरकारको पनि खै ! टायरको तातोले सडक नतताई,भिडन्त र दुइचार तोडफोड नभै कानमा बतासै लाग्दैन । जायज मागहरू पूरा गर्नु त परै जावोस्, सुनिदिने आश्वासनसम्म पनि दिंदैन । जीवन घरबाट एकाबिहानै निस्केको छ आज । पार्टीका अन्य साथीहरूसँग ऊ पनि सडकमै छ धर्ना दिंदै । पसलहरू बन्द गराउन र सडकमा सवारी साधन गुडाउन नदिन लागीपरेको छ ऊ र उसका डफ्फा । उनीहरूको जुलुसका अघिपछि गाडी चलाउने हिम्मत कसको ? अरू त अरू, साइकलवालाहरू समेत पनि पन्छिएर हिँड्छन् । भीडको कोपभाजनमा सहिद बन्ने निरिह सवारी साधनको, त्यहाँ क्षतिपूर्ति दिने को ? सवैलाई आफ्नो ज्यानमालको माया हुने नै भयो । सडकतिर आधा खुलेका केही पसलका सटरहरू पनि झण्डा बोकेका र नाराजुलुस गर्दै हिँडेका कार्यकर्ताहरूलाई देखेर पूरै बन्द भए । जुलुस भन्दा अलिकति पर बाटो छेऊ लाठी बोकेका पुलिसहरू तैनाथ थिए, त्यहाँ स्थिति तनावपूर्ण नै थियो । हिँड्नु पर्ने बाध्यतामा सडकमा मान्छेको घुँइचो थियो । चना बदामका ठेलाहरू अघिपछि भन्दा अलि बढी नै देखिन्थे । खेल्ने मैदान बनेको सडकमा मोटरसाइकल सिक्नेहरूदेखि केटाकेटीको क्रिकेट म्याच पनि देख्न सकिन्थ्यो । बन्दप्रति सवै आ—आफनैे खाले विचार प्रकट गर्दै थिए । बटुवाहरू केहीमा ‘यस्तो बन्द त हुनैपर्छ, अति भएपछि के गर्ने भन्दै यसप्रति समर्थन गरिएको जस्तो देखिए पनि अधिकाँश बन्दबाट पाइएको दुखबाट आजित देखिएका थिए । त्यत्ति नै बेला टाढैबाट एउटा मोटरसाइकल इमरजेन्सी लाइट बालेर फूलस्पीडमा आएको देखियो । बन्दमा पनि मोटरसाईकल चलाउने ! महशुर रहेछ । “लौ एउटा हिरो आँंदैछ यतै । हान् सालेलाई । “सब केटाहरू आक्रामक र उग्र देखिए । एकैछिनमा उनीहरू हूल बाँधेर कमिला झैँ सडकमा फिँजिए पनि । सडकको भीड देखेर मोटरसाइकल चालक अत्तालियो । फरक्क फर्काउन खोज्यो तर सन्तुलन राख्न नसकेर मोटरसाइकल चिप्लिएर धेरै टाढासम्म घिसि्रयो । चालक भने तीन बल्डयाँग खाएर सडक किनारको बिजुलीको पोलमा ठोक्कियो । हेल्मेट झरेर टाउकोमा नराम्ररी चोट पनि लाग्यो । भीडले सीटी फुक्दै थपडि बजायो । यो उनीहरूको विजय थियो । “बन्दको दिन पनि मोटरसाइकल चलाउने, निडरै रहेछ,” भीड भन्दै थियो । जीवनले, भीड हटाई अगाडी गएर घाइतेको अनुहार आफूतिर फर्कायो । “कुमार तँ !” ऊ झङ्सगै भयो । नेपाल बन्द भन्ने जान्दा जान्दै आजैको दिन मोटरसाइकल किन चलाइस् ? के परेको थियो त्यस्तो ? ” उसले भाइलाई हकार्यो । “घरमा सानो बाबुको भरेङ्गबाट खसेर हात भाँचिएको थियो, हस्पिटलमा यो दवाइ सकिएकोले लिन हिडेको हुँ ।” उसले हातको एउटा सानो सिसी देखायो । आफनो घाइते भाइ अनि सानो छोरोको भँाचिएको हात ! बेहोस हुन लागेको भाइलाई देखेर ऊ आत्तियो , “ए, हट् हट् ! कुनै गाडी आउन लोगेको छ कि हेर् ।” एउटा ट्याक्सी गल्लीबाट निस्केर त्यतै आउन लागेको थियो । बल्ल बल्ल भेटिएको ट्याक्सी, घाइतेलाई अस्पताल लान भीडले रोक्न खोज्यो तर झण्डा बोकेका दुइ चार जना मानिस आफूतिर दोड्दै आउन लागेको देखेर नेपाल बन्दको दिन पनि ट्याक्सी चलाएको आरोपमा ढुटो पार्लान् भन्ने डरले विचरा ड्राइभरले ट्याक्सी अन्तै दौडायोे । जीवन आफ्नो घाइते भाइको टाउको एक हातले थिच्दै अर्को हातले भीड पन्छाएर कुनै सवारी साधन आइहाल्छ कि भनी अत्तालिएको आँखाले सडकतिर नियाल्दै थियो । शनिबार, गोरखापत्र पौष ११, २०६६
रमेश विकल – लाहुरी भैंसी
‘लुखुर्या’ घराँ त निकै रमझम देखिन्छ नि ? ‘आँगनाँ’ पनि निकै मान्छे झ्याम्मिएका छन् । द्वारेबाले आँगनको डिलबाट नियालेर हेरे, लुखुरेको आँगनमा एउटा कालो-कालो वस्तु पनि देखिन्थ्यो- क्या हो त्यो, लुखुरेको आँगनाँ ?’- उनी आफैं हडबडाए, मानौं त्यहाँ वरिपरि अर्को कुनै मानिस हर्दम उनको कुरामा सही थाप्न खडा भएर बसिरहेको हुन्छ । बोलिसकेपछि उनी आफैं झस्केर चारैतिर हेरे- नजिक वरिपरि अर्को कुनै जीवित अस्तित्व छैन, केवल आफू ठिंगो । उनी आफैं लज्जित भए, अनि अलि खिस्सिएको स्वरमा तल्लो पाटो खन्न लागेको रामवीरे घर्तीलाई हकारे- ‘रामे, ए रामे ! लुखुरेको आँगनाँ केको रुमलो हो हेर् हेर् ! एउटा कालो-कालो डिंगोजस्तो पनि देखिन्छ नि ?’ ‘हँ, बा ? होइन बा, अस्ति कता हुँदो तल लुखुरे भैंसी लिन जान्छु भन्थ्यो नि, ल्यायो पो कि त !’- रामवीरे बडबडाउँदै द्वारेबाका आँगनतिर उक्ल्यो, द्वारेबाका गोडामा पुर्पुरो टेकायो, अनि निधारमा हातको छहारी पारेर लुखुरेको आँगनतिर नियालेर हेर्यो, ‘ए, हो त नि, ऊः क्या त त्यो भैंसी नै त हो, ल्याएछ ए बजियाले !’
‘लुखे बजियाले भैंसी ल्याएछ ?’- द्वारेबाले घोर आश्चर्यको स्वरमा भने, मानौं लुखुरेले भैंसी ल्याएको कुरा उनी सपनामा पनि पत्याउन सक्दैनन् । साँच्चै नै उसले भैंसी ल्याएको हो भने योजतिको घोर आश्चर्य र घोर अपराध अरु केही हुन सक्दैन ! आफूले एउटा भन्याजस्तो लाहुरी जम्का गर्दागर्दै छेपारोको उखान भैरहेछ, लुखुरे नाथुले भैंसी ल्याउने ! यो कसरी हुन सक्छ ? उनलाई यो आफ्नो द्वारेपनाको निमित्त एउटा थप्पडझैं लाग्यो । उनले मनमा असजिलोपनको अनुभव गरे- भित्र अलि चस्केझैं, भित्र मुटुमा कसैले फोनबाजाको सियोले च्वास्स घोचिदिएझैं उनलाई लाग्यो ।
‘कस्तो भैंसी ल्याएछ हँ, लुखे बजियाले ?’ … ‘खोइ, बा, गोडा चारेक सयसम्मको हेरेर ल्याउनुपर्ला भन्थ्यो लुखे’- रामेले सपनामा डुबेझैं एक तमासको स्वरमा भन्यो । उसका आँखा एक टिठ लागेर लुखुरेको आँगनतिर हेरिरहेका थिए । सायद, ऊ पनि आफ्नो यस्तै भैंसी बाँधिएको, अनि रूपले भएको सपनामा चहार्न पुगेको थियो । द्वारेबाको मुटुमा ज्यादै उत्सुकताको काउकुतीले कुत्कुत्यायो ! कस्तो भैंसी ल्याएछ त ए, लुखे बजियाले ! उनका गोडा भयानक आकर्षण शक्तिले खिचेझैं लुखुरेको घरतिर जोडिए । ‘हिँड्, हेरिहालौं । कस्तो भैंसी ल्याएछ त्यस बजियाले ।’
लुखुरेको आँगनमा मानिसहरू जम्मा भएका थिए । उसको चारवर्षे छोरो पोडे लाहुरी भैंसीका चारैतिर थपडी बजाउँदै घुम्दै थिए । बाबुले आकुरी भन्ज्याङमा भैंसी ल्याइपुर्याएदेखि नै उसको भैंमा खुट्टै थिएन । बाबु आँगनमा आइपुग्दानपुग्दै उसले बाबुले भैंसी ल्याएको कुरा आफ्ना सबै दौंतरीहरूलाई भनेर आफ्नो आँगनमा जम्मा पारिसकेको थियो । बाबुले आँगनमा पाइला राख्नासाथ ऊ खुसीको आवेगले उपि|mँदै गएर बाबुको दौराको फेर समातेर झुन्डिन पुगिसकेको थियो । ‘बा, हाम्रो भैंसी त हो नि ।… भने त यति ढुंग्रोभरि दूध दिन्छ बाबै ।… अनि मोही पार्ने । अनि धेरै घ्यू सहराँ लगेर बेचेर हाम्लाई राम्मो दौरा किन्ने ! किन्ने हगि बा ? … हगि भन्या…’
‘लौलौ, अब सहरमा जाँदा राम्रो दौरा किनिदिने’- लुखुरेका ओठमा अहिले मधुर हाँसो खेलिरहेको थियो । उसको मन आज प्रफुल्ल थियो । छोराको लिँडेढिपीले आज उसको मनमा कटुता पैदा गरेन, अनि वेदनाले उसको मुटु चिरेन, किनभने कटुता र आत्मप्रवञ्चमा पैदा गर्ने निराशा उसको खतम भैसकेको थियो । आज उसको आँगनमा लाहुरी भैंसी सारसौदै-बाँधिएको थियो । त्यो लाहुरी उसको सानु छोरोको धेरै कालदेखिको लिँडेढिपी र नमर्ने सपनालाई पूर्ति गर्न कल्पवृक्ष भएर उसको दैलोमा बाँधिएको थियो । उसले लाहुरीतिर अत्यन्त स्नेह र ममताको आँखाले हेर्यो । सन्ध्याको शतल हावाको स्पर्श उसलाई त्यति बेला भाग्यको मृदु हातले स्पर्शझैं लाग्यो, आमाको स्नेहको सुमसुम्याइझैं लाग्यो । ऊ विस्तारै लाहुरीतिर गयो- गजबको लाहुरी भैंसी ! बडो बारमाने बाटाजत्रो कल्चौंडो । झिंगा पनि चिप्लेलाजस्तो चिल्लो-कालो जीउ, छोटाछोटा, मोटामोटा सिङ- उसका अंगप्रत्यंग सबै रोमाञ्चित भएर आए । ऊ लाहुरीको जीउमा अति ममताले मुसार्न थाल्यो ।
लुखुरे मात्र होइन, आज उसकी स्वास्नी घैंटी पनि उमंगमा डुबेकी थिई । उसले आज अघिपछिको जस्तो झर्कोफर्को केही नगरी लोग्नेको प्रत्येक आज्ञा मानेकी थिई । अघिपछि लुखुरेले लोहोटामा पानी माग्दा दसथरी जवाफ दिने उसको आज बोल्नै नपरी पानी टक्र्याई । अनि, लोग्नेले अराउनै नपर्ने गरी पुरानो मकैको पीठाको खोले पकाएर लाहुरीलाई खान दिई । दुई डोका खाँदीखाँदी घाँसको भारी ल्याएर पिँडीमा थुपारेकी थिई- योचाहिँ भरेलाई भनेर । अनि, आज ऊ बडो उत्साहले भित्र र बाहिर फर्याक र फुरुक्क गरिरहेकी छ । लुखुरेले हेर्यो, ऊ मनमनै फुल्यो । यो सबै लाहुरीको प्रताप थियो । नत्र घैंटीको हँसिलो अनुहार हेर्न, उसको मीठो बोली सुन्न लुखुरेको आँखा चैबीसै घन्टा छटपटाउँथे, कान चौबीसै घन्टा तिर्खालु हुन्थे । एक वचनको दस वचन जवाफ दिने, राम्रो कुरालाई पनि नराम्रो र अपि्रय रूपमा लिने, कहाँको अघिपछिको घैंटी ! कलह र दुष्टताकी मूर्ति, अनि कहाँ हँसिलीखुसिली आजकी घैंटी- ममता र सेवाकी मूर्ति ! मुग्ध भएर स्वास्नीको फर्याकफुरुक हेरिरहेको लुखुरे अति प्रशन्न भएर हाँस्यो । अनि, चारैतिर हेर्यो- आज सम्पूर्ण प्रकृति नै हाँसेजस्तो उसलाई लाग्यो । पश्चिमपट्ट िडाँडामाथिसम्म फैलिएको सिन्दुरे लाली अनि घरको वरिपरि फैलिएको वन-जंगल, पाखा, पहरा अनि रुखपात सबैले आज उसको खुसीमा खुसी मिसाएर हाँसेझैं उसलाई लाग्यो । उसले अहिले साँच्चै पाँच-पाँच कोस बाटो हिँडेर आएको थकाइ सबै बिर्सियो । ऊ बीसवर्षे जोसमा आफ्नै हातले लाहुरीको चाकरी गर्न थाल्यो । आफ्नै हातले फेरि खोले तताएर खान दियो, जीउमा कटकटिएका सुकेका गोबरका पाप्रा आफ्नै हातले धोई-पखाली गर्यो । पाडालाई आफ्नै हातले तेल खान दियो । यो सबै सकेपछि ऊ मग्न भएर लाहुरीको जीउमा मुसार्न लाग्यो- त्यसैत्यसै, यसैको जीउमा टाँस्सिउँलाझैं, लीन हुँलाझैं !
त्यसैबेला उसको आँगनमा द्वारेबाले पदार्पण गरे । उनको साथमा रामवीरे थियो, अनि घमाने र खलाल पनि थिए । द्वारेबाले आफ्ना चीलका जस्ता आँखा त्यो देख्दै रहरलाग्दो लाहुरीमा गाडे- चीलले सिनुमा गाडेझैं तीखा, घोच्ने आँखा । अनि, अरुले पनि विभिन्न भाव र सपना आँखामा भनेर त्यै लाहुरीमाथि मानसिक हमला गरे । ‘कति हालिस्, ए लुखे ?’ मग्न भएर लाहुरीलाई सुमसुम्याइरहेको लुखुरे द्वारेबाको गुलियो स्वरले झस्क्यो, ‘हँ बा ?” उसले हडबडाएर हेर्यो, द्वारेबा आँगनमा । ऊ हडबडाएर उठ्यो, हत्त र पत्त द्वारेबाको गोडामा ढोगिदियो, अनि लेग्रो तानेर भन्यो, ‘अँ… काँ बा, पर्यो नाइँ गोडा सत्रेक बीस ! कि कसो बा ?’- उसले अलि जिज्ञासुक आँखाले द्वारेको मुखमा हेर्यो ।
लुखुरेको स्वरमा बजेको अपूर्व आत्मतृप्तिको संगीत र आँखामा छचल्कने सुनौलो सपना द्वारेबाको आँखामा त्यति मीठो लागेन । हृदयमा केले-केले चस्स घोचेझैं अनि जिभ्रामा अलि टर्रो, तीतो नमीठोपना रमाएझैं उनले अनुभव गरे । उनको अनुहार अलि नमज्जा लागेझैं एक पलको निम्ति खुम्चियो, आँखामा दावानलको फिलिंगोझैं कुन्नि के हो रोक्कियो, तर यी सबै विरोधाभाषलाई आफ्नो मीठो चिप्ल्याई भित्र छोप्न उनी तत्कालै सफल भए । ‘खोइ बाबै, यसै भन्न त कहाँ सकिन्छ र, भैंसीको जात ।’ यति भनेर उनी भैंसीको नजिकै गए । नजिकै गएर उनले भैंसीको सबै कुरा जाँचे-निहुरेर थुन र कल्चौंडो जाँचे, चारैतिर घुमेर जीउडाल, आँखा, सिङ सबै जाँचे- फराकिलो पुठ्ठा, बारमाने बाटाजत्रो कल्चौंडो, अनि मोटामोटा थुन, अनि चिल्लो कालो झिंगा पनि चिप्लेलाजस्तो आँङ, नीला निर्दोष आँखा छोटाछोटा, मोटामोटा सिङ-भैंसी साँच्चै गतिलो देखिन्थ्यो, रहरलाग्दो । द्वारेबाको मन धमिलिएर आयो- धुँवाले ध्वाँसिएर कपडा धमिलिएजस्तो । ‘भैंसीलाई त अलि बढी नै हालिछस् । दूध कति देला ? कल्चौंडो मात्र भएर के गर्नु, मासु खान भएन मोटो छ भनेर !’- उनका आँखा र नाक अलि खुम्चिए । लुखुरेको सातो उडिगो । ‘किन र बा ?’ उसले सशंकित र भयभीत आँखाले द्वारेको आँखामा हेर्यो ! त्यहाँ उसले कुनै किसिमको विकार पहिल्याउन सकेन, किनभने द्वारेको मनको सम्पूर्ण कुटिलता आएर उनको घोप्टे जुँगाभित्र लुकेको ओठमा फरफराइरहेको थियो । अब द्वारेबाले उसको शंकाले फुसि्रएका आँखामा गहिरोसँग हेरे, अनि एकपटक फेरि जाँच्नै कष्ट उठाए । उनले लाहुरीको चारैतिर घुमेर जाँचे, अनि अन्त्यमा बढो गम्भीर भएर हुन सकेसम्मको सहानुभूति स्वरमा छरे, ‘बाबै, भैंसी त धम्की छ, कसो ए रामे, हेर् त, कि मैले जानिनँ ?’ रामवीरेले एकपटक द्वारेबाको आँखामा हेर्यो, अनि उनले जस्तै भैंसीको चारैतिर घुमेर जाँच्यो । अनि खुलाल, घमानेले पनि त्यही अभिनयलाई दोहोर्याए । अन्तमा रामवीरेले बडो लाचारीसाथ घोषणा गर्यो, ‘द्वारेबाका आँखा किन झुक्किन्थे र ? यस्ता कत्ना-कत्ना भैंसी खेलाइसक्नुभा’ पो त, कसो घमाने दाइ ? भैंसी धम्की नै होइन त ?’
‘हँ’- घमाने र खुलाल एकै साथ घन्के । हुन त त्यो घन्काइमा रामवीरेको समर्थन अथवा विरोध के थियो कुन्नि, तर द्वारेबाले यसलाई आफ्नो समर्थनपट्ट िबंग्याइहाले । ‘हाम्राँ आँखालाई भुल पार्न त बाबै… यै ज्यानले कत्ना-कत्ना भैंसी सुमरियो, आँखा गतिला नभैदिया भा’ त ढुटीमाटी भैसक्ने थियो ।’ लुखुरेले दिउँसै तारा देख्न थाल्यो । अन्ततः कालिमाको महाराहुले आफ्नो चिरकालदेखिको सपनाको जुनलाई सलक्क निलेझैं उसलाई लाग्यो, अनि आफूचाहिँ अनन्त अन्धकारको खाडलमा अमल अमल भास्सिएझैं- कुनै समाउने काँसको बुटोसम्मन् छैन । हे भगवान् ? ‘होइन बा, ज्याम्दीका ढकाल त किरिया हाल्थे नि ? केही खोट रहेछ भने सित्तैं भो भन्थे नि त ?’… तैपनि उसले छाम्ने कोसिस गर्यो । द्वारेका आँखीभौं केही खुम्चिए, ‘को, त्यै बाउँठे ढकाल ? त्यसका कुरा पत्याउन थाले त मान्छे खोलाँ’ पर्छ । कतिलाई भड्खाराँ’ जाक्यो, त्यस्तो बेइमानी पो त त्योेे ! कसो रामे … कि मैले मिथ्या बोल्या’ हुँ ?’
‘कैले बा, यो भैंसी धम्की रहेनछ रे भने त हाम्रो मुखाँ’ जाँड हालिदिनु ।’ रामवीरे घर्तीेले बडो दृढ भएर भन्यो र आफ्नो बचनको तौल द्वारेबाका आँखामा खोज्यो । लुखुरे दुवै हातले पुर्पुरो समातेर आँगनमा बस्यो । केही क्षणअगाडिको उसको मानसिक सपनाको फूलबारीमा एक्कासि तुसारो वैरियो । अघिसम्म उमंगमा खिलखिलाइरहेको उसको चारैतिरको वातावरणमा अहिले अवसादको कालो बादल दौडियो । उसका आँखा तिरमिराउन थाले, आँखाअगाडिको हाँसिरहेको आकाश, गाइरहेका चराचुरुंगी, नाचिरहेका लहरा-पात सबै धमिला देखिन थाले । शरीरभर पसिना चिटचिटाएझैं उसलाई लाग्यो । के त उसले वर्षौंदेखि पालिराखेको सपनाको संसारमा भुइँचालो आयो ? के त उसले सुन ठानेर पानीसरि पैसा वैरिएको वस्तु पितलको टुक्रो ठहरियो … के त उसलाई उसको भाग्यले यसै गरी ठग्यो ? हेर्दाहेर्दै घर, भैंसी, सानो पोडे सबैका अनुहार बादलभित्र पसेझैं उसलाई लाग्यो । ‘हे ईश्वर !’ … उसको छातीबाट एउटा दर्दिलो सुस्केरा निस्केरा निस्केर वायुमण्डलमा रुमल्लियो ।
‘असत्ती काठो ! भोलि नै लगेर त्यसको डिंगो त्यसैको दैलोमा मिल्काइदिन्छु’- लुखुरे दुःख र पीडाले बडबडायो । बाबुको एक्कासि बदलिएको भाव देखेर अघिसम्म संसारको बादशाहझैं खेलिरहेको सानु डराएको र शंकाएको आँखाले बाबुको अनुहार हेर्न थाल्यो । अघिसम्म सम्पूर्ण अंग र सम्पूर्ण चेष्टाबाट हाँसो र प्रसन्नताको वरदान बर्साइरहेकी घैंटी पनि अहिले पानीमा परेको गुइँठा फुलेझैं फुलेको, ढोकाको एउटा फक्ल्याँटो समातेर उभिरहेकी थिई । लुखुरेले देख्यो- सबै अनुहार ओइलाएका थिए । द्वारेबा घोप्टे दिन बेलुकी भैंसीले दूध पनि थोरै दियो । वास्तवमा पाँच कोस बाटो हिँडाएर ल्याएको हुनाले यो स्वाभाविक पनि थियो, तर यो स्वाभाविक घटनाले पनि लुखुरेको मनमा शंकाको बीजलाई अंकुराउन मलजल गर्यो । साँच्चै दूध किन कम दियो ? भैंसी खोटो नभएको भए यस्तो किन भयो … रातभर ऊ ओछ्यानमा छटपटाई मात्र रह्यो । उसको जीउको एक-एक अणुमा हजारौं अरिंगालले चिलेझैं चर्किरहेको थियो । एकातिर बालक छोराको रातदिनको सपना-जपनापछिको रटना चकनाचुर हुनु, अर्कोतिर त्यतिका रुपियाँ खोलो लाग्नु । त्यो पनि आफ्नो गोजीबाट झिक्न सक्ने भैदिया भए के थियो र, पैसा भन्या छोराको हातको मयल, आज यसले कमायो भोलि उसले उडायो, भोलि उसले कमायो पर्सि यसले उडायो, तर नेपाल बाहुनको रिन उसले कुन जुनीमा तिर्ने ?- लुखुरे यताबाट उता उताबाट यता छटपटिन थाल्यो । अँध्यारोमा उसको आँखाअगाडि त्यो दुई सय पचास रुपैयाँ नेपाल बाहुन भएर नाच्न थाल्यो । अनि, त्यो नेपाल बाहुनको मूर्ति फलामजस्तै कालो भयो । अनि त्यसका औंलामा लामालामा नंग्रा निस्के- लामा-लामा नंग्रा आफूतिर बढ्दै आएका ।
असह्य पीडाले लुखुरेको घाँटीबाट विलक्षण सुस्केरा मिसिएको चित्कार त्यो अन्धकारमा रुमल्लियो । त्यो चित्कारले घैंटीको मनमा लोग्नेप्रति सहानुभूति जन्माउनुको साटो जुन उग्रक्रोधको राँको सल्काउन घ्यूको पो काम दियो । ‘खाइस् अभागी ग्वाङ्ग्रा ! यसो आफूभन्दा जान्ने-सुन्ने दुई-चार जनालाई लगेर देखाउनुपर्छ, त्यत्रो पैसा लगेर भडखाराँ’ वैरियो कि वैरिएनौ ! बुद्धिमा डढेलो सल्केको ।’ अघि साँझसम्म महामायाजस्ती घैंटीले अहिले रणचण्डीको अवतार लिइसकेकी थिई । एक त भैंसी स्याहार्ने लोभले उसलै आफ्नो नाकमा पनि उतारेर दिएकी थिई, दोस्रो त्यसमाथि त्यतिको रिन, अनि उसको ब्रह्माण्डमा आगो सल्किनु कुनै अस्वाभाविक थिएन । ‘एकातिर घरबाट साहुलाई सुम्प्यो, अर्कातिर अर्काको नाककान रित्यायो, त्यसमाथि माल ल्याएको पनि फुटेको आँखाले हेरेर । लगेर भोलि बिहानै जहाँबाट ल्याएको हो, त्यसको सिनो त्यसैको दैलोमा मिल्काएर आउनू, अन्धा !’
लुखुरेलाई अहिले अरू कुराभन्दा पनि स्वास्नीको वचनको धार असह्य हुन थाल्यो । ऊ रन्थनियो । ‘हे ईश्वर ! त्यति राम्रो भैंसी खोटी नभैदिया’ भए यो भुंग्रोमा किन पिल्सिनुपथ्र्यो ? … खोटी भैंसी पुक्लुक्क ढलिदियो भने ? …’ लुखुरेको मुटु काम्यो । उसले अँगेनाको आगो फुकेर बत्ती झुल्क्यायो । न बाँध्या, बाँध्यै किलैमा पुक्लुक्क ढलेको पो छ कि ! …
ऊ हुरहुराउँदै कटेरामा गयो । उसले बत्ती खोपामा राख्यो- भैंसी जस्ताको तस्तै किलामा बाँधिएको थियो- कालो, चिल्लो बारमाने बाटाजत्रो कल्चौंडो, झिंगा पनि चिप्लेलाजस्तो कालो आङ, छोटाछोटा, मोटामोटा पातला मुढे सिङ, नीलानीला निर्दोष आँखा ! कतै पनि कुनै हेरफेर छैन । उसको छातीबाट गहिरो सुस्केरा, सन्तोषको सुस्केरा निस्क्यो । तर, त्यो सुस्केरा चिसो थियो । साँच्चै यो भैंसी खोटी नभैदिया’ भए … झुक्यानमा पार्न त … यस्ता कत्नाकत्ना भैंसी सुमरिसकियो ।’ द्वारेबाको स्वर अझै उसको कानमा घन्किरहेको थियो । साँच्चै द्वारेबालाई झुक्यानमा पार्नु खेलाँची होइन । लुखुरेलाई सारै पीडा भयो ।
लुखुरे त्यताबाट फर्केर ओछ्यानमा पल्ट्यो, तर छटपटीबाहेक त्यो रात स्याइँस्याइँले उसलाई केही पनि दिन सकेन । त्यसमाथि स्वास्नीको घोचपेचले त उसको मुटु छियाछिया हुन खोज्दथ्यो । ‘अभागी ग्वाङ्ग्रा, केही गरी पत्तै नपाई भैंसी पुक्लुक्क ढल्यो भने के गर्ने सुर छ ए ! त्यस्तो खोटी भैंसीमा धन ओइरिएर…। साँच्चै घरिघरि लुखुरेको मुटु आशंकाले काम्दथ्यो । साँच्चै कतै किलामा बाँध्याबाँध्यै भैंसी भुक्लुक्क ढल्यो भने धम्की भैंसी न हो ! अनि ऊ रन्कामा घरिघरि उठेर कटेरामा जान्यो, आँखाभरि भैंसीलाई हेथ्र्यो, अति मायाले उसको जीउ सबै मुसाथ्र्यो- चिल्लो कालो आँग, बारमाने बाटाजत्रो कल्चौंडो, छोटाछोटा पातलापातला सिङ अनि फराकिलो पुठ्ठा, निर्दोष नीलो आँखा । अनि, फेरि ओछ्यानमा आएर लड्थ्यो, तर घैंटीको मुटु छेड्ने बचनले सुइरोजस्तो भएर घोचिरहन्थ्यो । अनि त अँध्यारैमा आँखामा पछुतो र क्षमायाचना भनेर स्वास्नीतिर हेर्दथ्यो । वास्तवमा घैंटी पनि अब त अचाक्ली गर्न थालेकी थिई । बिचरा लोग्ने मात्रै के गरोस् ! उसले पनि खोलै लागोस् भनेर त पैसा ओइरिएको होइन ! यो त उनीहरूलाई भाग्यले ठगेको, बाउँठे ढकालको दया जागेको । यो कुरा त्यो स्वास्नी किन बुझि्दन ? ‘हे ईश्वर ! बाउँठे काट्टेको भस्मखरानी भैजावस् !… गरिबलाई रुवाएर … गरिबको धनले नपोली त कहाँ छोड्ला र !… परमेसोरी ।…’
‘आफूलाई पोल्या’ थाहा छैन, अर्कोलाई पोल्या सपना देख्ने ! त्यै सिनाको मासु बेचेर उडाउने सुर छ कि ग्वाङ्ग्रा ?’ घैंटीको स्वर रोग र पीडाले कामिरहेको थियो । ‘लुखुरे के गरोस् ! भैंसी नै फर्काएर लैजाउ“m त भने पनि एक त पाँच-पाँच कोस बाटो हिँडाएर लैजानु, दोस्रो लोप्पा ख्वाएर पठाइदिन्छ, के भनेर हात पर्या’ थैली फिर्ता दिइरहन्थ्यो र त्यस्तो जमानदारी भए त गरिबलाई त्यस्तो झुक्यानमा पारेर सत्तेनाश नै गर्ने थिएन नि । लुखरे आफ्नो भित्रको वेदनालाई छातीभित्र दबाएर मुर्दा लडेझैं लडिरह्यो ।
भिोलिपल्ट द्वारेबाका पिँढीमा गाउँका बुजु्रुक जम्मा भएका थिए । यो गाउँको चलन- बिहानबेलुकी तमाखु खान, गफसफ गर्न, दुःखदर्द पोख्न ठूला-ठालुकै घरमा जम्मा हुन्छन् । गाउँभरिको टीका-टिप्पणी हुन्छ र भैरहेको पनि थियो । त्यसै बेला अँध्यारो मुख लाएको लुखुरे आयो, द्वारेबाका गोडामा शिर टेकायो र एकाछेउमा सारै डराएझैं बस्यो । ‘क्या हो, के भन्न आइस् लुखे ?’- द्वारेले आफ्नै कटु स्वरमा भने, ‘भैंसीले हिजो साबुत दूध दियो ?’ ‘दिएन बा, दिएन,… के दिन्थ्यो !’ लुखुरेले डुबेको स्वरले भन्यो । साँच्चै ऊ निराशाको अतल गहिराइमा डुबेको थियो । ‘हामीले भनेको त …’ द्वारेबाले अरुसित हेर भने, ‘यो लुखेर बजिया सोझो, मधेस मारेर आएको बाउँठे के मान्दथ्यो र, भसक्कै ठगिदिएछ । यो जैरे पनि उस्तै, सुझ न बुझसँग त्यतिका पैसा वैरिन हुन्थ्यो क त ! हामी पनि त थियौं नि ।’- यति भनेर द्वारेबा भर्खरै कान्छी घर्तिनीले टक्र्याएको तमाखुबाट खरानी उडाएर तान्न थाले ।
‘तब त भन्या । बिग्रने बोलमा आउँदैन मति भनेको त्यै हो । अब खोटी भैंसीमा थैली खन्याएर अब अरु कसले लाला त ?’- बुढाथोकीले लुखुरेको सुकेको अनुहारमा हेरेर भन्यो । ‘कुनचाहिँ यहीजस्तो आँखा फुटेको होला त, खोटी भैंसीमा थैली खन्याउने ? … त नै भन् न !’ द्वारेले भने र उपेक्षाले मुन्टो बटारे । ‘रिन गर्या’ त होलास् नि !’ घमानेले भन्यो । ‘यसको भैंसी खोटी रहेनछ रे भने त हाम्रो मुखाँ अभच्छे हालिदिनू’- द्वारेका पुरेत सीताराम पण्डितले हत्केलाले नाक मास्तिर फर्काउँदै लामो लेग्रो तानेर घोषणा गरे । अनि द्वारेबाको मुखतिर हेरे । वास्तवमा उनले लुखुरेको भैंसीको अनुहारमा पनि देखेर होइनन्, तर कदाचित् द्वारेबालाई खुसी पार्न सकिन्छ भने गाउँको भैंसीको त के कुरा बम्बईको तिलकराम मारवाडीले किनेको रोल्स रायस मोटरमा पनि खोट निकाल्न उनी पछि हट्तैनथे । यी सबै किसिमका साँचाझुटाको संयुक्त हमलाले लुखुरेको मनको कुनै पनि कुनामा कुनै किसिमको आशाको झिल्कोसम्म पनि रहन दिएन । उनको आत्मा विकल भएर विलाप्न थाल्यो । ‘द्वारेबा, म त खोलामा परेँ । असत्ती बाउँठेले मेरो त सर्वस्व गर्यो । … म त जोगी बनेर हिँडे पनि भयो, द्वारेबा !’
‘क्यार्छस् त बाबै, तेरा बुद्धिले त हो, हामीले गरेर हाम्रा सल्लाहलेक होइन । हामीलाई के भन्छस् !’ द्वारेबूढा ज्याद्यै कठोर देखिन्थे । लुखरेको मन भरिएर आयो । ‘बा, मैले आफ्नै बुद्धिले आफ्नै घेडामा बन्चरो हानेँ ! अब के गरौं बा ? … स्वास्नीको नाक, कानको त भला केही थिएन, भर्सेलो परोस् भनौं, नेपाल बाहुनको दुई सय पचास रिन कहाँबाट तिरौं ? हे ईश्वर ! अब म के गरौं !’- लुखुरेको स्वर साँच्चै वेदनाको भारले धरमराएझैं कामिरहेको थियो । ‘हे ईश्वर, म के गरौं !’ ‘अब अरु त जुक्ति नै छैन बाबै’- रामवीर कएक कुनाबाट बोल्यो । ‘अब त्यै सिनु लगेर फिर्ता दिए मात्र हो ।’
‘के कर्कलाको पातको पानीजस्तो कुरा गर्दो हो यो रामे छुसी’- द्वारेबाले रामवीरेको कुरालाई हावामा उठाइदिए ।
‘त्यो मुलुकमारा बाउँठे, त्यसलाई तिमीहरूले चिनेकै छैनौं । के भनेर दिइरहन्थ्यो हात पर्यो पैसा, ख्वाइदिन्छ लोप्पा ।’ ‘बा, म त बितेँ । अब के गरौं बा ? म त खौलाँ परेँ ।’- लुखुरे बगरको माछाजस्तै छट्पटायो ।
‘तँलाई त अख्खडै पर्यो । अब के गर्छन् ?’ रामवीरेले सबभन्दा हितुझैं बोलीमा सहानुभूति घोलेर भन्यो, ‘आ, द्वारेबा, अब त्यसो होइन, लुखे बौरा गाउँको गरिब हो, च्यापोमा परिगो, अब तपाईंले विचार नगरे कसले गर्छ यसको विचार ?’ ‘के कुरा गर्छस् ए रामे, तँ ? यसलाई उकास्न आफू खोलामा परौं ?’- स्वरमा उपेक्षा थियो द्वारेबा । ‘होइन बा, सौ पचास भन्या, तपाईंको निम्ति पासङबराबर छ, तर गरिबका त घरबास उठ्छन् । तपाईंले नगरे कसले गर्छ ।’- रामेले सिफारिस गर्यो । ‘हो बा, बिचरालाई तपाईंले नै गरिदिनुपर्छ । गरिब अनाथ हो, जुत्ताभर चाकरी गर्छ’- बुढाथोकीले पनि रामवीरेको कुरालाई टेवा दियो । द्वारेबाले निकैबेर गम खाए । आखिरमा बडो गम्भीर स्वरमा, मानौं लुखुरेमाथि जन्मजन्मान्तर बिसाउन नसकिने उपकारको बोझ लाद्न लागेकोझैं घोषणा गरे । ‘के तिमीहरू सबै त्यसै भन्छौं त ? त्यसै हो भने म के भनौं । एउटा गरिबको उपकारकै सही, तर … भैगो त लुखुरे पनि सय-पचासको मुख नहेरोस् । कि त सौ-पचास खर्चेर भैंसी तयार गराइछाडेँ, कि खोलामा जाक्किएँ । … एउटा गरिबको उपकारै हुन्छ भने … लौ के भन्छस्- लुखुरे ?’
‘ द्वारेबाका कुरा मनासिब हुन् । यस्ता भैंसीमा पैसा हाल्नु सिमानामा पैसा हाल्नुजस्तै हो । त्यति माया मार्दामा लुखेलाई मर्का छैन ।’ यो लेग्रो सीताराम पण्डितले झिकेका थिए । उनी धर्मका सारथी भएकाले उनले भनेको कुरा शास्त्रको वचन हो । मानौं, उनी यस सभाका निर्विरोध सभापति हुन् र उनको निर्णय अन्तिम निर्णय हो । ‘लौ पण्डितबाजेको समेत यही राय छ । तँ के भन्छस् ?’- रामेले लुखुरेको मुख हेर्यो । ‘तँ के भन्छस् त लुखे ?’ – द्वारेबाका आँखा निकै घोच्ने काँटका थिए । लुखुरे के भनोस् बौरा ! उसले सबैका मुखमा हेर्यो । द्वारे, बुढाथोक, रामे र पण्डितबाहेक सबै मौन थिए, उनीहरूका आँखामा विवशता थियो । उनीहरू लुखुरेको आँखा हेर्न नसकेर निहुरे ।
त्यस दिन बेलुकीपख द्वारेबाको आँगनमा निकै रमझम देखियो । आँगनमा लाहुरी भैंसी बाँधिएको- चिल्लो, कालो, बारमाने बाटाजत्रो कल्चौंडो गरेको भैंसीका वरिपरि द्वारेका आधा दर्जन केटाकेटी झ्याम्मिएका थिए । द्वारेबुढा बीसवर्षे जोसमा सुसार गर्न लागेका । द्वारेले भुस्सा दिँदादिँदै एकपटक टाउको उठाएर हेरे- लुखुरेको आँगनमा आज रमझम थिएन । लुखुरेका बाबुछोरा आँगनको डिलमा उभिएका थिए । त्यसै बेला रामवीरे द्वारेका आँगनमा उक्लेर उनलाई ढोग दियो ।
‘कसो रामे, भैंसी, हीरा छैन त ?’
‘किन हुन्नथ्यो बा, लाखमा एक छ ।’
एकपटक फेरि द्वारेले र रामेले एकै पटक आँखा उठाएर लुखुरेको घरतिर हेरे । डाँडाबाट ओर्लेको साँझको मट्याइलो छायाले क्रमशः मट्याइलो पार्दै लगेका लुखुरेका बाबुछोराको आकृति एकपटक लाहुरीतिर हेरिरहेका थिए ।
नारायण तिवारी – विपरीत
मैले उसको पसलमा प्रवेश गर्दा उसले मुण्टो उठाएर हर्ेदा पनि हेरेन । उसको आ“खाले मलाई देखिसकेको थियो । किनभने मेरो आ“खा निमेषभर उसको आ“खासित जुधेका थिए । मैले साविकझै“ मुस्कान फाले“ । उसले नचाहेर ओठ खुकुलो पार्यो । तर, साविकझै“ मुस्कान फालेन । पहिलेपहिले ऊ दर्ुइ हात जोडेर ‘नमस्कार’ को लेघ्रो तान्थ्यो, “भन्नुहोस् हजुर केके सेवा गरौ“ …†” लाग्थ्यो, साहूनी मृदुभाषी छ, कोमल छ र छ मानवीय व्यवहारयुक्त …† तर, अहिले उसको मुखबाट बोली फुटेन । मैले नै पहल गर्दै अभिवादनस्वरूप एक हात उठाए“ । उसले मरेर एक हात ‘हाफ्’ उठायो । उसको पसलमा प्रवेश गर्दा मसित थिए मेरा दर्ुइ लालाबाला र एक श्रीमती … । श्रीमतीले भन्दै थिई, “जाउ“m अरू दोकान पनि हेरौ“ । त्यही सोध्नेकहा“ जानु भन्ने के छ †” “होइन त्यो दोकानदार असल छ । त्यसकहा“ नै किन्नर्ुपर्छ । फेरि केही रुपिया“ नपुगे यसो उधारो पनि राखिदिन्छ ।” श्रीमती चूप लागेकी थिई । श्रीमतीले लहरै टा“गेका लुगाहरूमाथि दृष्टि पुर्याई । छामी । हेरी । केटाकेटीले लुगा छामे । होइन यो राम्रो होला होइन यो राम्रो होला मलाई त यो मनपर्यो छिः मलाई त कुनै मन परेन यस्तै उस्तै कुरा चले । मैले भने“, “यस्तो अरू पनि देखाइदिनुस् न साहूजी ” “र्एइ, देखाइदे और …।” बोली टर्र्रो पारेर कारिन्दालाई आदेश दियो उसले । र्’र्एइ’ नाम गरेको कारिन्दाले एकपटक साहूजीलाई र अर्कोपटक मलाई हेर्यो । सायद ऊ मालिकको टर्र्रोपन बुझ्न खोज्दै थियो । मेरा आ“खामा आफ्ना आ“खा गाडेर मानौ“ सोध्दै थियो, पहिला त तपाईंलाई देख्नासाथ साहूजी भगवान्लाई देखेझै“ गर्नुहुन्थ्यो । आजकाल के भयो – के हाम्रो साहूजीसित तपाईंले झगडा गर्नुभयो – मैले उसको आ“खैको प्रश्नलाई ओझेलमा पार्दै, प्रसङ्ग अनुकूल पार्दै भने“, “देखाऊ न भाइ † अरू राम्राराम्रा लुगा … ।” फेरि श्रीमतीले लुगा छामी । हेरी । कति दाम – केरी । केटाकेटीले लुगा छामे । हेरे । रोजे । श्रीमतीले मसित खासखुस गरी, “पैसा त घटाउ“दैन होला †” मैले भने रुन्चे हा“सो हा“स्दै, “सोधन साहूजीलाई” भनेर सुन्नेगरी भने“ । साहूजीले भाउ घटाउ“दैन भन्ने ज्ञान हु“दाहु“दै पनि भाउ घटाइदिए हुन्थ्यो भन्ने रुन्चे चाहना मभित्र समेत उब्जिएको थियो । तर, साहूजीले नसुनेझै“ गर्यो । फेरि अचानक बम पड्किएझै“ गरी बोल्यो, “हाम्रो दोकानमा एक दाम हुन्छ । तपाईंहरूलाई लिन मन छ त लेनु, नभए नलेनु … †” पहिले पहिले पनि मसित श्रीमती यस पसलमा आएकी थिई । उसलाई पनि अनुभूत भइरहेको थियो साहूजीको यो परिवर्तन र आ“खैबाट मलाई ‘व्रि्रँेही’ हुन घच्घच्याइरहेकी थिई । ‘नत्र त…’ आ“खैले भन्दैथिई, “नत्र त यसको बोलीलाई मै ठेगान लगाइदिन्छु … । यसको कर्जा खाएको छ कि क्या हो हाम्ले … ।” “कर्जा खाएको छैन तर अब खानुपर्ने हुनसक्छ । चूप लाग न † नकराउ न †” म मानौ“ आफ्नो हाउभाउबाट श्रीमतीलाई मत्थर हुन अनुनय गरिरहेको थिए“ । “उहा“को दोकानमा एक दाम हुन्छ । दाममा तलमाथि हु“दैन । कसैले ठगिनुपर्दैन । अनि किन जाने अरूकहा“ …†” मैले साहूजीको चाकरीमा यसो भनिरह“दा पनि साहूजीमा लचकता आएन । पसलमा उस्तो भीड नभए पनि अरू पनि एक/दर्ुइ ग्रँहक आउ“दै जा“दै थिए । साहूजी उति ‘बिजी’ नभए पनि बिजी भएको अभिनयमा व्यस्त बनिरह्यो । मैले साहूजीको चाकरीमा व्यक्त गरेका शब्दहरू सुनेर श्रीमतीले ओठ लेप्र्याई । ठूल्ठूला भइसकेका लालाबालाले आ-आफ्ना लागि ‘रेडिमेड’ बस्त्र छानी सिध्याए । पसलको नाम नभएको र्’र्एइ’ कारिन्दाले प्याकिङ् गरिसिध्यायो । श्रीमतीले आफ्ना लागि ‘ब्रा’ प्याक गर्न लगाई । आमा बालाई धोती, कमिज र साडीचोलो जोगबनीमा गएर केही दिनअघि नै किनिसकिएको थियो । “मलाई यसपल्ट लुगा चाहि“दैन,” मैले घोषणा गरेको थिए“ । “मलाई एउटा सुतीको साडी भए पुग्छ,” श्रीमतीले सन्तोकी भई, “व्यवहार धान्न म हजुरको साथमा नै थिए“, छु र रहिरहनेछु सदार्सवदा” भन्ने किसिमको अभिव्यक्ति दिई नै सकेकी थिई । बाह्रौ“ कक्ष्ँामा अध्ययन गर्दै गरेको छोरोले पनि बाबुआमाप्रति सदासयता प्रकट गर्दै घोषणा गरिसकेको थियो, “मेरो पनि लुगा छ“दैछ । मलाई पर्दैन ।” जागिरबाट निवृत्त भएपछिको यो मेरो पहिलो दसै“ थियो । स्वाभाविक रूपमा जागिरमा रह“दा र नरह“दा आर्थिक अवस्थामा फरक पर्ने नै भयो । मासिक प्राप्त हुने ‘पेन्सन’ ले सबै कुरा धान्न कठिनाइ पर्ने स्वतः सिद्ध नै थियो । कहिले कसैको उधारो नखाने बरु थोरै खाने, तामझाम र उत्ताउलो जीवनशैली भन्दा प्राप्त आयले जे जति पुग्छ खस्रो मसिनो खा“दै सरल जीवन बिताउने बानी मेरो र मेरा परिवारका सबै सदस्यको थियो । भ्रष्ट आचरणपट्ट िनलागी इमानदारीको कमाइबाट दुःखसुख, सकिनसकी जीवन व्यतीत गर्दै थियौ“ हामी । ‘स्वेच्छिक अवकाश योजना’ अर्न्तर्गतको चार साढे चार लाख रुपिया“को प्रलोभनमा फ“सेर असमयमा नै जागिर छोडिदिएको थिए“ मैले । एकमुष्ठ नलिएर मासिक पेन्सन लिने रोजाइ गरेर भने अलिकति राहत महसुस गरेको थिए“ । “स्वेच्छिक अवकाश योजना’ अर्न्तर्गत जागिर छोड्दा प्राप्त भएको अतिरिक्त चार/साढे चार लाख रुपिया“ चार महिनामा नै फुसको घर उढेझै“ खरानी भएको थियो । हुन त पक्की घरमा बस्ने लालसालाई तिलाञ्जली दिन नसक्दा पनि जागिर छोड्न पुगिएको थियो । बाबुआमाको जिन्दगी फुसको झोपडीमै बित्ने भयो, आफ्नो -श्रीमतीसमेत) झोपडीमै बितिरहेको छ र लालाबालाको झोपडीमै जीवन बित्ने होला …† एकैपल्ट हामी तीन पुस्तालाई स्वेच्छिक अवकाशबाट प्राप्त रकमबाट निर्मित ससानो पक्की घरले भने ठूलै मुक्ति यही जुनीमा दिएको छ भन्ने बुझाइले भने हषिर्त बनेकै छु म, आउ“दा दिनहरू र दैनिक जीवनयापन कठिन बन्नेछन् भन्ने भित्री आत्मज्ञान भए पनि … । विगत सम्भिmन्छु, पसलेले भनेको, “हजुर † पछि दिनु भए भइहाल्छ नि, नपुगेमा …†” फेरि सम्भिmन्छु, प्याकिङ् गरेर झोलामा हालिसकेको लुगा पनि झिकेर आफूसित भएको रकमले पुग्ने कपडाजति मात्र लिएर मैले भनेको, “यो मेरो सिद्धान्तविपरीत हुन्छ साहुजी, तपाईं त उधारो दिनुहोला तर म उधारो खान्न †” तर, अहिले परिस्थिति फेरिएको छ । म भित्रभित्रै कामना गर्दैछु, केटाकेटीको मन नदुखोस्, प्याकिङ् भइसकेको लुगाफाटा फिर्ता गर्नु नपरोस्, हे भगवान् † पैसाले पुगिहालोस् । नभए पनि पसलेले उधारो दिइहालोस् । हे भगवान् † केटाकेटीको चित्त दुखाउनु नपरोस् … † पसलेले टाकटाक, टुकटुक क्यालकुलेटरमा हात दौडाउ“दै जोड्यो र बिल तेर्स्याइदियो । मलाई चिटचिट पसिना आउन खोज्यो । श्रीमतीले पनि बिल हेरी र मेरो मुख र मेरो हाततर्फहेरी । म दोहोर्याइतेहर्याई पैसा गन्दै थिए“ । केही नलागेपछि पैसा साहूजीको हातमा राखी दिए“ र भने“, “साहूजी † अलिकति पुगेन । अर्को महिनाको पेन्सन पाएपछि …†” मेरो वाक्य पूरा नहु“दै साहूजी बोल्यो, “हु“दैन । उता हर्ेर्नुस् ।” साहूजीले भित्तामा टा“गिएको ‘अक्ष्ँर पोस्टर’ तर्फइसारा गर्यो जहा“ लेखिएको थियो, “उधारो प्रेमको कै“ची हो ।” मलाई झन् चिटचिट पसिना आयो । छोरा बोल्दैथियो, “मैले भनेको थिए“ नि बुबा † मलाई पर्दैन ।” र, उसले बोकिराखेको उसका लुगाको झोला पसलेको काउन्टरमाथि राखिदियो । मैले मायालु पाराले छोरालाई हेरे“ । आ“खा रसाए । श्रीमतीका आ“खा पनि टिलपिल भएर भरिएका देखिए । नौ कक्षामा पढ्ने सानी पुतलीजस्ती मेरी छोरी झोलालाई बेस्सरी अ“ठ्याउ“दै बोल्दैथिई, “नाइ“ म त दिन्न †” श्रीमतीले छोरीको हातबाट झोला खोसी र भनी, “हि“ड्नुस् जाउ यो पनि फर्काउ” श्रीमतीले आफूलाई संयम तुल्याइसकेकी थिई र परिस्थितिसित जुझ्ने प्रयत्नमा पाइला अघि बढाउ“दै मलाई हौसला दिन थालिसकेकी थिई । छोरीले झगडा गरे पनि अर्को पसलबाट अलिक सस्तो पर्ने गरी दुवै जनालाई नै लुगा किनिदिन सकिने हुनसक्थ्यो । सायद श्रीमतीले यस्तै सोची र मैले पनि । यसैबीच श्रीमतीले साहूजीको हातबाट साहूजीले गन्दै गरेको हामीद्वारा प्रदत्त रुपिया“ झम्टेर खोसी र प्याच्च बोली, “अवसरवादी …” “ल हिड्नोस् जाउ” श्रीमतीले हामी सबैलाई घचेडी । मैले पसलबाट बाहिर निस्कनुअघि पसलेको आ“खामा आ“खा गाडेर भने“, “उधारो प्रेमको कै“ची भनेर मलाई के देखाउनु हुन्छ हाम्रो बीचमा पनि पहिले कहिल्यै प्रेम थियो र … -” नेपाल साप्ताहिक अंक १२९
लक्ष्मी गुरागाईं – यी !!! डीभी !
न्युयोर्कमा हिउँ परेको बिहानी । सडक छेउछाउका पार्कमा जताततै हिउँ नै हिउँ! “यी !! डीभी ! यी !! डीभी ! यी ! डीभी !!” भनेर चिच्याउँदै, एउटा हातले लोप्पा खुवाउँदै अर्को हातले जमिनको हिउँ शरीरमा दलिरहेकी एक निःवस्त्र महिलामाथि सबैका आँखा थिए । एउटी खैरीले भनी “अ म्याड ओमन !” सुनिताले झ्याल बाहिर हेरिन् । “आम्मै ! भाउजू त !!” उनले जिब्रो टोकिन ! “बिचरा ! दाइ पनि काममा गका होलान् ! हेर भाउजूको हरि विजोग ! होटलको काम छाडेर फर्केका दिनदेखि बिरामी भन्ने सुन्थे ! खुस्कीसकेछ, बिचरा !” ब्ल्याङ्केट च्यापेर त्यतै कुदिन सुनिता । ब्ल्याङ्केटले छ्याप्प छोपिन् । तान्दै कोठमा ल्याइन । “ल, लुगा लाउनुस् !! के नाटक हो यो !!” महिला चिच्याइन् “यी !! डीभी ! यी !! डीभी !” “भाउजू, यसो नगर्नुहोस् न, दाजु काममा जानुभा छ क्यारे । तपाईंलाई चाँडै नेपाल लाने कुरा छ रे उहाँले भन्या । हेर्नुहोस्, नेपालीको आज कत्रो बेइज्जेत भयो । हामीजस्तो त होइन नि । काठमाडौँमा घर, गाडी, नोकरचाकर त्यत्रो ठूलो जागिर भएर पनि तपाईंहरूले दुःख बेसाउनु भो । अहिले यस्तो भयो । उपचारै गराउन पर्ने भएछ । म दाइलाई फोन गरेर बोलाइदिन्छु ।” सुनिताका कुरालाई वास्तै नगरी उनी भने चिच्याइरहिन् “यी !! डीभी ! यी ! डीभी !” युवामञ्च २०६७ असोज
नारायण तिवारी – निदाएँ (लघुकथा)
(Source: Gorkhaptra/शनिवार) मृगौलाको डायलसिस गर्दा-गर्दा मरणतुल्य भएको छु । आर्थिक हैसियत छैन, गरिब छु । कतिदिन अझ बाँच्ने छु – केही ठेगान छैन । श्रीमतीका आँखामा हेर्छु – त्यहाँ आँसु छन् । अबोध छोराछोरी, हुर्कि नसकेका छोराछोरीका आँखामा हेर्छु – त्यहाँ एकसाथ आँसु र विछोडको भय छ । आफ्नो शिरबाट अभिभावकको हात सदाका लागि छुट्दा के होला – सोचेर, कलिला नानीहरूको हृदयमा तूफान छ, चोट छ, व्यथा छ । श्रीमतीले सबै गरिसकिन् – बेचिसकिन् सबै चल-अचल ज्यथा ! अब केही त छैन, यो एउटा दुःखगरी सिर्जना गरेको १० धुर जमिन र दुई कोठाको ससानो घर बाहेक । उनी यो पनि बेच्न भन्दैछिन् । म अड्डी लिंदैछु – अहँ हुँदैन । मेरो शेष पछि उनीहरूलाई फुटपाथमा मैले पुर्याउनु हुँदैन…। त्यसैले उनीसित मेरो कलह छ । आँखामा आँसु त उस्तै हो, मेरो पनि छ, उनको पनि छ…। एउटा ससानो जागीर रोगी भएकैले छुट्यो – प्राइभेट जागिरमा त्यस्तै हो । मालिकले समर्थहुँदा सम्म काम लियो असक्त भएपछि माखो झिकेर फ्याँकेझैं फ्याँकिदियो । गरिब भनेर निम्न वर्गीय गरिबको कोटीमा पनि परिन – जहाँ यो रोग भन्ने पनि पत्तो नपाई दिनहुँ कति-कति मरिरहेका होलान् । म त्यस्तो गरिब भएँ, अलि-अलि पढेलेखेको, अलि-अलि हातमुख जोड्न समर्थ, अलि-अलि सभ्य, जसलाई सजिलै मरिदिन पनि कठिन भयो । ”के दियो यो परिवर्तनले तपाईंलाई…? खूब लोकतन्त्र गणतन्त्र भन्नुहुन्थ्यो, कुद्नुहुन्थ्यो, यो रोगले च्याप्दा के दियो तपाईंलाई ?……!” श्रीमती रुन्छिन्, चिच्याउँछिन् । साँच्चै यो देशका गरिबहरूलाई के दियो राज्यले…जिउँदैमा के दियो ? मलाई पनि चिच्याई दिन मन लाग्छ । तर म ज्यानको बाजी थापेर ल्याएको लोकतन्त्रलाई,गणतन्त्रलाई ह्रृदयबाट सहजै मिल्क्याउन सक्दिन…। आज बजेट भाषण सुनिरहेको छु । पछाडि परेका जातजातीलाई छ बजेट । कोही धनी नै भए पनि ‘दलित’ भए देखिन् उसलाई पनि अरे बजेट । तर म गरिब नै भए पनि, रोगी नै भए पनि बाहुन अरे, मलाई थिएन । दलितलाई, महिलालाई, अपाङ्गलाई, वृद्ध-वृद्धालाई छ बजेट तर अहँ, मैले ध्यान दिएर सुनें – म गरिब रोगीलाई एक पैसा छैन । अचानक मृगौला डायलासिस निशुल्क राज्यले गरिदिने सुनें र तत्काल बाँच्ने चाहना जागेर आयो । तर तत्काल मुर्झाएँ । किनभने त्यो ७५ वर्षको बूढोलाई अरे, म ४५ वर्षको, अझै बाँच्ने चाहना भइरहेको गरिब रोगीलाई होइन अरे ! म गरिब, परिवर्तनका लागि जतिसुकै जनआन्दोलनमा चिच्याई-चिच्याई निरंकुशताको विरोधमा सडकमा ज्यानको बाजी राखेर उपि|mए पनि केही-केही छैन अरे…! बोल्दा-बोल्दै निदाउन थालें । श्रीमतीलाई भन्छु – पीर नगर्नु ! राम्ररी छोराछोरीको हेर-विचार गर्नु । मैले केही दिन सकिन । एकदिन यसैगरी सुतेको सुतेई सदाका लागि विदा हुन्छु…! उनी बोल्दिनन् । रून्छिन् केवल…! म बोल्दा-बोल्दै निदाउन लागें । नि..दा..एँ….!
लीलाराज दाहाल – बिना-निष्कर्ष
(Source:मधुपर्क, चैत २०६७)
नेता कुबेरप्रसाद मन्द हाँसोको साथ आफ्ना जुँगा मुसार्दै आरामदायी कुर्सीमा बसेका थिए । उनको ओठभरि मधुर मुस्कान सलबलाइरहेको थियो । आज उनी भित्रैदेखि प्रसन्न थिए । उनको चेहराबाट हाँसो र खुसी हराएको धेरै भइसकेको थियो । पहिलेपहिले कुबेरप्रसाद झर्कोफर्को गरिरहन्थे । कारण अकारण उनी रिसाइरहन्थे । बाहिर फेर डुल्न, घुम्न पनि बिलकुलै छोडिसकेका थिए । पार्टी, बैठक, भेटघाट, अन्तक्रिर्या, छलफल आदि क्रियाकलापहरूमा पनि उनी निष्त्रिmयजस्तै थिए । तर आज उनी एकाएक खुसी भए । पहिलेजस्तो उदास देखिएनन् । उनको अनुहारबाट बेपत्ता भएको खुसी पुनः फर्केको थियो । उनको अनुहार भर्भराउँदो उज्यालो थियो । उनको अनुहार नै आज अर्कै देखिएको थियो । उनी शयनकक्षबाट उठेर सीधै शौचालयतिर लम्के । शौचालयबाट निस्केर बाहिर बरण्डामा आए । उनको घर कम्पाउन्ड भित्र रहेको फूलबारीको बीचमा ठूलो टेबल र टेबल वरिपरि लहरै कुर्सीहरू थिए । टेबलमाथि विभिन्न नामका दैनिक र साप्ताहिक पत्रपत्रिकाहरू थिए । बिहान सबेरैका सूर्यको प्रकाशले टेवल माथिको सनमाइका र आल्मुनियम पाता टल्किरहेका थिए । नेताजी यी सबै कुराहरू नियाल्दै थिए । टेबल चम्केझैँ उनको अनुहार पनि चम्किरहेको थियो नेताजी एकपटक फेरि मुस्कुराए । काम गर्ने केटाले चिया ल्याइ पुर्यायो । आज चियाको कपभित्र अमृत नै भएको महसुस भयो उनलाई । चिया पिइरहँदा उनले अलौकिक आनन्द प्राप्त गरे । फूलबारीमा फूलहरू फुलेका थिए । फूलको सुवासले नेताजीको मन साह्रै आल्हादित भएको थियो । आज नेताजीले फूलको सुगन्धमा पनि ज्यादै मीठो खाने कुराको वास्नाको आभाष पाए । बिहानको सात बज्यो । बिस्तारै बिस्तारै नेताजीलाई भेट्न कार्यकर्ताहरू आउन थाले । उनी चुनाव सकेर विजयका साथ फूलमाला र अबीरमा सजिएर काठमाडौँ फर्केपछि गाउँतिर गएका थिएनन् । उनको बुझाइमा गाउँघरको अवस्था नाजुक थियो । आतङ्क र आन्दोलनले गर्दा गाउँतिर जान उनले उचित देखेका थिएनन् । उनको निवासमा आउने उनका क्षेत्रका मतदाता र कार्यकर्ता देखेर उनी रिसाउन थालेका थिए । उनीहरूलाई देख्नासाथ उनी बर्बराउन थाल्थे-खाली जागिर लाइदेउ, विदेश जानलाई कोटा मिलाइदेउ, खानेपानी छैन गाउँमा योजनामा पारिदेउ, विजुली बत्तीका पोल गाउँभरि ठड्याइदेउ, गाउँघरमा बाटोघाटो छैन बनाइदेउ । नेताजी भित्रैदेखि आफैँसँग र्झकन थालेका थिए- यी सबै काम गर्नलाई म माननीय बनेको हो र ! नेताजी सोचिरहेका हुन्थे-उनी माननीय बनेको त आफू र आफ्ना सात पुस्ता सपार्नलाई पो त ! उनले गर्ने काम त कमिसन, ठेक्कापट्टा, भाषण, आश्वासन पो हुन् त ! हैन, के भएका उनका कार्यकर्ता पनि ! खाली गर्न नसकिने, गर्न नहुने जनविरोधी काम पो गराउन आउँछन् । कमिसन लिने, ठेक्कापट्टा, भाषणजस्ता काम गर्न छोडेर फेरि त्यही पुरातनवादी खानेपानी, सडक, रोजगारीजस्ता दलदलमा फँस्न पुगे भने उनले अर्को चुनाव कसरी जित्नु !! तर आज नेताजी रिसाएका छैनन् । उनको हृदयमा कठोरता छैन । उनलाई भेट्न आउने कार्यकर्तासँग पनि नम्रतापूर्वक बोलिरहेका छन् । सञ्चो, बिसञ्चो, गाउँको हालखबर सोधिरहेका छन् । कार्यकर्ता र मतदाताहरूलाई उनीहरू आउनुको कारण सोधिरहेका छन् । कार्यकर्ताहरू फर्केपछि आज नेताजीले आनन्दले बिहानको खाजा पनि खाए । उनलाई आफ्नो जिन्दगी नै बद्लिन आँटेको हो कि जस्तो लाग्यो । उनी अपार खुसीको लिस्नो चढेर आनन्दको शिखरमा पुगिसकेका थिए । श्रीमती गोमा आएर आफ्ना नेता श्रीमान्का छेउमा बसिन् । हिजो बेलुकादेखि आफ्ना श्रीमान् अचाक्ली खुसी हुन थालेको घटनाले उनलाई पनि छोएको थियो । नेताजी दुई वर्ष अघिदेखि ठ्याम्मै खुसी हुन छोडेका थिए तर हिजो बेलुकी नेताजीको मोबाइलमा फोन आउनासाथ नेताजीले आफूसँग भएका उदासिनता, छट्पटी, पीडा र ग्लानि सबै एकैचोटि मिल्काएका थिए । उनका नयनमा खुसीका तरङ्गहरू फैलन थाले । ओठभरि मधुर मुस्कान सलबलाउन थाल्यो । नेताजी अचानक हाँस्न थाले । आफ्ना श्रीमान् हाँस्न थालेको देखेर श्रीमती गोमा पनि हाँस्न थालेकी थिइन् । नेताजी नजिकै बसेकी श्रीमती गोमाले सोधिन् ”हिजो बेलुकीदेखि हजुरको चेहरामा खुसीको रङ देखिन थालेको मलाई महसुस हुँदैछ । हजुरको अनुहारमा मैले उहिल्यैदेखि नैराश्यताका अक्षर मात्रै पढिरहेकी थिएँ । आफ्नो खुसी मलाई सेयर गर्नुहुन्न ? हजुरको खुसीमा मैले पनि त साथ दिने मौका पाउँ !” श्रीमतीको सोधाइले नेताजीलाई झन् कुतकुती लाग्न थाल्यो । उनले श्रीमतीका गाला मायाले चिमोटे । एक छिन कपालको चुल्ठो खेलाए । एकपटक कसिलोसँग अँगालो मारे श्रीमतीलाई गोमाले लाज मानेझैँ गरेर चारैतिर हेरिन् बगैँचामा कोही पनि थिएनन् । त्यसैले उनी ढुक्क भइन् । “म पनि अब पक्का नेता भएँ । मलाई पनि उच्चस्तरीय राजनीतिक संयन्त्रमा राखियो । सायद अब सरकारलाई पनि यही संयन्त्रले नियन्त्रण गर्नेछ । विदेशी कमिसन ठेक्का पट्टा पद मनोनयन यसै संयन्त्रले बाँडफाँड गर्नेछ । म अब ठूलै पावरफुल मन्त्री बन्न पनि सक्छु । नभए पनि कमिसन घूस ….आदि त कहाँ जाला ?” नेताजीले श्रीमती गोमासामु रहस्यको बिर्को खोले । नेताजीले सबै कुरा एकै सासमा भनी सिध्याए । उनले पुन थपेँ “भरे बेलुकी नै संयन्त्रको बैठक छ । मलाई खाना नबनाउन भन्नु केटालाई । भरे फिर्न पो कति बेर हुन्छ ।” “विदेशी महँगा रक्सी त धेरै कडा हुन्छन् रे । धेरै नपिउनु होला नि ।” गोमाले नेता श्रीमान्लाई सम्झाउँदै भनिन् । “आ धेरै नसम्झाइ राख । बैठकमा पुगेपछि नै थाहा हुन्छ ।” नेताजीले खुइ्य गर्दै श्रीमतीको कुराप्रति दिक्दारी व्यक्त गरे । गोमाले पछुताएको जस्तो अनुहार पारिन् । बेलुकीको ४ः०० बज्नै अँाट्यो । नेताजी कपडा लगाइवरी संयन्त्रको बैठकमा जान तयार भए । आफूलाई अरू दिनभन्दा फरक देखाउन नेताजीले आफ्नो पहिरनमा विशेष ध्यान दिएका थिए । बाहिरी गेटसम्म पुर्याउन आएको श्रीमती गोमालाई बाइ ! गरेर नेता कुबेरप्रसाद हातमा ब्याग झुन्ड्याउँदै पर रोकिराखेको ट्याक्सितिर लम्के । गोमाले उनलाई निकैबेरसम्म हेरिरहिन् । नेताजी चढेको ट्याक्सीले मधुरो आवाजका साथ आफ्नो गति लिइसकेको थियो । गोमा फर्केर कम्पाउन्डभित्र प्रवेश गरिन् । नेताजी समयमै बैठक कक्षमा पुगे । अरू सदस्यहरू आइपुगेकै थिएनन् । कुबेरप्रसाद यस्तो संयन्त्रमा पहिलो पटक मनोनित भएकाले उनी छिटै पुगेका थिए । उनको निकैबेरको प्रतीक्षा पश्चात अरूअरू पनि आइपुगे । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरू भयो । बैठकमा अध्यक्षले सम्बोधन गरे र सबै सदस्यहरूलाई आ-आफ्ना आसनग्रहण गर्न आहृवान गरे । उनीहरूबीच छलफल भइरहेकै बेला आठ/दस जना मानिसहरू बैठक कक्षमा प्रवेश गरे अनि सबैको अगाडि टेबलमा विविध परिकारका खानेकुरा सजाउन थाले । दुई/तीन व्यक्तिहरूले सबैका अगाडि गिलास सजाए र विदेशी ब्रान्डका पेय पदार्थहरू सर्भ गर्न थालेका थिए । नेता कुबेरप्रसाद यी सबै कुरा मिहिनरूपमा अनौठोसँग नियालिरहेका थिए । यतिकैमा अध्यक्षले आ-आफ्ना इच्छाअनुसारको खानेकुरा लिन सदस्यहरूलाई आग्रह गरिसकेका थिए । सबैले आ-आफ्ना गिलास उठाएर ठोकाउँदै खुसी बाँडे र बैठकको विधिवत सुरूआत गरे । अनि अध्यक्षले कुटिल नेत्रले सबैलाई नियाले र सुस्तरी भन्न थाले, “साथी हो, १२ वटा देशमा राजदूतका पद रिक्त छन् । १६ वटा सार्वजनिक संस्थान महाप्रबन्धकविहीन छन् । १० वटा संस्थामा अध्यक्षको नियुक्ति गर्न बाँकी छ । २० वटा ठूल्ठूला परियोजनाहरूले टेन्डर आहृवान गरेका छन् । तिनमा पनि भाग मिलाउन बाँकी छ । सबभन्दा ठूलो कुरा त ११ वटा मन्त्रालय सचिवविहीन छन् । विवादरहित रूपमा सबै ठाउँमा भागबण्डा मिलाऊँ । हामीहरूबीचमै बिबाद भएमा मिडियाले खोतल्ने ठाउँ पाउँछ । यस्ता कुराहरू मिडियामा आउनु भनेको जनताको सामु हामीहरूको चरित्र नाङ्गिन्छ । त्यसैले आ-आफ्ना भनाइ राखौँ, नेताज्यूहरू !” अध्यक्षका कुरा सुनेर सबै उज्ज्वल मुहारका साथ मुखामुख गर्न थाले । कोही केही बोली हालेनन् । नेता अध्यक्षको प्रस्तावको कसैले विरोध गरेनन् । मौन समर्थन गरे । बैठक कक्ष बाहिर भने महिनौंदेखि अल्भिmएको राजनीतिक गाँठो फुक्ला र समस्याको समाधान निस्केला भनेर विभिन्न पत्रकारहरू र नागरिक समाजका प्रतिनिधिहरू व्यग्र भएर पर्खिरहेका थिए । भित्र भने अध्यक्ष भनिरहेका थिए, ‘खै त, के थप्ने हो ! इच्छा मुताविक खाउँ, पिउँ है, साथी हो ! मेरो आयोजना कस्तो लाग्यो त यहाँहरूलाई ! अँ, अघि भनेका खाली ठाउँहरूमा पचास प्रतिशत भाग मेरो, बाँकी यहाँहरूको ! तपाईंहरू आपसमा मिलेर आउनोस् । एक साता भित्रै मिलाई हाल्नु पर्छ ।” अध्यक्षका कुरा सकिने बित्तिकै नेता कुबेरप्रसादले कडा प्रतिवाद गरे, “अहँ, भएन । तपाईं एक्लैलाई ५० प्रतिशत अनि हामी सबैलाई चाहिँ जम्मा ५० प्रतिशत ! यो त अन्याय भो ! हामीलाई ७० प्रतिशत दिनोस्, बाँकी अध्यक्षज्यूलाई ।” ‘हो, हो । कुबेरप्रसादजीको भनाइ ठीकै हो । अध्यक्षलाई ३० हामीलाई ७० ।’ अर्का राजनीतिक दलका नेताले कुबेरप्रसादको कुरामा दृढ समर्थन जनाए । ”अहँ, ५० प्रतिशत पद मलाई हुनै पर्छ । हैसियत अनुसार पो बाँडफाँड हुन्छ त । म पनि लारेलुरे मान्छे त होइन त, अध्यक्ष पो हुँ त !” अध्यक्षले अलिकता अहमता प्रकट गर्दर्ै भनेँ । सबैलाई भोज लागिसकेको थियो । सबैको बोली लरबराइरहेको थियो । अर्का दलका नेताले अध्यक्षतिर फर्केर भनेँ, ”अनि हामीचाहिँ चानचुने मान्छे हौँ र ! हामी पनि त आ-आफ्ना पार्टीका प्रतिनिधि नेता हौं । ७० प्रतिशत हामीलाई नभए कुनै कुरामा सहमति हुँदैन ।” ”तपाइर्ंहरूलाई मेरो कुरा मञ्जुर छैन भने यो विषय नै छोडौं अहिले ! तपाईंहरू बसेर ठण्डा दिमागले विचार गर्नोस् । पछि फेरि बसेर मिलाउँला ।” अध्यक्षले कुरा टुङ्ग्याए । नेताजीहरू खानपिनमा यति व्यस्त थिए कि कसैलाई पनि बोल्ने फुर्सद नै थिएन । सबै आ-आफ्नो सुरमा मस्त थिए । पछि भोज सकेर नेताहरू पालै पालो बैठक कक्षबाट बाहिरिए । भोलिपल्टका अखबारहरूमा उच्चस्तरीय संयन्त्रको बैठक फेरि विना निष्कर्ष टुङ्गिएको खबर प्रमुख समाचारका रूपमा पहिलो पानामै छापिएको थियो । नेता कुबेरप्रसादले पत्रिका सर्सर्ती पल्टाउन थालेँ । पत्रिकामा छापिएको समाचारले उनको अनुहारमा कुनै पनि प्रकारको प्रतिक्रिया उमारेको थिएन । कर्मैया, सर्लाही
महेशविक्रम शाह – क्यान्टोनमेन्ट
(हिमाल खबरपत्रिका) क्यान्टोनमेन्टमा छापामारहरू उत्सव मनाइरहेका थिए। बन्द शिविरभित्र विद्रोही छापामारहरू खुसीले चिच्याइरहेका, हाँसिरहेका, गाइरहेका र उफ्री’उफ्री नाचिरहेका थिए। क्यान्टोनमेन्टको वरिपरि मसालहरू जलिरहेका थिए। मसालको उज्यालोमा विद्रोही छापामारका खुसीले उज्यालिएका अनुहारहरू न् चम्किला देखिएका थिए। क्यान्टोनमेन्टभित्रको वातावरण राताम्मे थियो। विभिन्न नाराहरू लेखिएका राता तुल, राता न्डा, राता फेटा र रातै ध्वजा’पताकाले क्यान्टोनमेन्ट भरिभराउ थियो। रातो रङले उनीहरूको क्रान्तिकारी विचार र दर्शनको परिचय दिइरहेको थियो। छापामारहरू कम्ब्याट ड्रेसमा थिए। कम्ब्याट ड्रेसमा नै उनीहरू उत्सवमा सहभागी भइरहेका थिए। छापामारहरूमध्ये कोही मादल ठटाइरहेका थिए, कोही क्रान्तिकारी गीत घन्काइरहेका थिए भने कोही मादलको ताल र गीतको लयमा हातमा बन्दूक नचाउँदै खुट्टा सारिरहेका थिए। हरेक गतिविधिले उनीहरू औधी खुसी भएका जनाउँथ्यो। मनभित्रको खुसी तिनको शरीरबाट ल्किरहेको थियो। एक छापामारले गीतको भाका हाल्दै उत्सवको गीत गायो। गीतले भनिरहेको थियो’ कसरी उनीहरूले युद्ध लडे, कसरी उनीहरूले जीवनको पनि पर्बाह नगरी शत्रुका शिविरमा धावा बोले, कसरी उनीहरूले विजयको उत्सव मनाए। यो गीतले अरू छापामारहरूलाई युद्धका दिनहरूको सम्ना ताजा गरायो। तिनीहरू न्’न् जोसिएर नाच्न थाले। एउटी महिला छापामारले पनि गीत गुनगुनाइन्। गीतमा सुन्दर भविष्यका सपनाहरू थिए। गीतले भन्थ्यो— “हामीहरूले धेरै दुःख पायौँ तर आˆना सपनाहरूको यात्रा छोडेनौँ।” गीतमा अतीतको बलिदानले सुन्दर भविष्य सिर्जना गर्ने भावना थियो। ऊ कोठाभित्रबाट नै आँगनमा साथीहरूले गाइरहेको गीत सुनिरहेको थियो। गीत सुन्दै ऊ पनि आˆना ओठहरू चलाउँथ्यो, गीतको भावअनुसार जोसिन्थ्यो, कहिले मुस्कुराउँथ्यो त कहिले धरधरी आँसु चुहाएर रुन थाल्थ्यो। उत्सवको रमाइलोमा आफू सहभागी हुन नसक्नुको पीडाले ऊ व्यथित बनिरहेको थियो। उसको कानमा लगातार गीत गुन्जिरहेको थियो, गीतले उसको ‘कथा’ बताइरहेको थियो। गीत सुन्दै उसले वर्षौं पहिले छोडेको घर सम्झ्यो, आˆना आमाबाबु सम्झ्यो र भाइ’बहिनीका मायालु अनुहारहरू सम्झ्यो। कति ममतामयी र वात्सल्यपूर्ण थिए तिनीहरू उसका लागि’ उसले घर छोड्दा कति रोएका थिए तिनीहरू’तर उसका लागि तिनका आँसुभन्दा आˆनो सपनाको यात्रा प्यारो थियो। उसले मनमनै सोच्यो— त्यतिखेर आˆनो व्यक्तिगत सपनाभन्दा सुन्दर नेपाल सिर्जना गर्ने सपनाले उसलाई युद्धमा होमिने आँट दिएको थियो। ‘ओहो, युद्ध लड्दालड्दै दस वर्ष बितेछ!’ उसले लामो सुस्केरा छोड्यो। यस १० वर्षमा उसका भाइ’बहिनीहरू लक्का जवान भए। दुवैले कलेजको पढाइ सिध्याए। दुवै जना उच्च शिक्षाका लागि अमेरिका भासिए। आˆना भाइ’बहिनीहरू अमेरिका भासिएको खबरले ऊ मर्माहत बनेको थियो। ‘किन गए तिनीहरू अमेरिका! के छ अमेरिकामा!’ एउटा छापामारका भाइ’बहिनीहरूको अमेरिका’पलायनले उसलाई क्रोधित बनाएको थियो। ‘पढेको भए त म पनि बीए, एमए भइसक्थेँ होला!’ उसले आफूले सात कक्षा पढ्दापढ्दै स्कुल छोडेको क्षण स्मरण गर्यो। ‘मलाई नपढेर के फरक पर्यो र? म पढे पनि छापामार, नपढे पनि छापामार! तर अलिकति ज्यादा पढेको भए सायद छापामारको कमान्डर भइसक्थेँ कि!’ उसका आँखाअगाडि आए आˆना छापामार साथीका अनुहारहरू, जो ऊभन्दा धेरै पढेको हुनाले प्लाटुन कमान्डर बनिसकेका थिए। उसको मन तिनीहरूप्रति ईर्ष्यालु बन्न थाल्यो। ‘तिनीहरू कमाण्डर भए पनि मसँग युद्धको अनुभव बढी छ।’ उसले आˆनो मनलाई सान्त्वना दिँदै आफूले लडेका युद्धका घटनाहरूलाई एक’एक गरी सम्न थाल्यो। ‘सायद क्यान्टोनमेन्टभित्रको यो अँध्यारो कोठाभन्दा लडाइँको खुला मैदान नै जाती थियो कि!’ उसले कोठाबाहिर आˆना आँखा फैलायो। आगोको उज्यालोमा उसले देख्यो एउटा घर जहाँ छापामारका हतियारहरू भन्डार गरिएका थिए। ‘यी हतियारहरूसँगै कतै हाम्रा सपनाहरू पनि भण्डार गरिने त होइनन्।’ ऊ अब आˆनो भविष्यप्रति सशङ्कित हुन थाल्यो। उसले अचानक बिर्स्यो वीरतापूर्वक लडेका युद्धका अनुभव र अनुभूतिहरू। हतियार भण्डार गरेको घरमा हेर्दै उसले ठम्यायो— उसमा अन्तर्निहित छापामार युद्धकला र छापामार युद्धका सङ्घर्षपूर्ण गाथाहरू पनि हतियारसँगै त्यस घरमा कैद गरिएका छन्। उत्सव जारी थियो। छापामारहरू अै गीत गाइरहेका, नाचिरहेका र रमाइरहेका थिए। तिनीहरूका गीत र नृत्यले क्यान्टोनमेन्टभित्रको वातावरण उल्लासमय बनिरहेको थियो। “हामीले सपनाहरू देख्यौं हाम्रा सपनाहरू सुन्दर र सत्य थिए ती सपनाहरूलाई हामीले हृदयमा बसायौं र आˆनो जीवनको उद्देश्य बनायौं।” ‘कमरेडहरू कति सुन्दर गीतहरू गुनगुनाइरहेका छन्, ती गीतमा कोमल भावना र सप्तरङ्गी सपनाहरू छन्।’ आफू बसेको स्थानबाट नै बाहिर चियाउँदै ऊ बुदबुदायो। ‘साँच्चै हामी भोलि यस क्यान्टोनमेन्टबाट मुक्त हुन्छौं त? के भोलिदेखि हाम्रो नयाँ भविष्य शुरु हुँदैछ?’ गीतमा अभिव्यक्त भावनाहरूैँ उसको मनमा पनि सुकोमल सपनाहरू फुर्न थाले। ऊ पनि बिस्तारै गीत गुनगुनाउन थाल्यो। गीत गुनगुनाउँदै ऊ भोलिको आˆनो भविष्यको सुन्दर सपना देख्न थाल्यो। ‘युद्ध पूर्ण रूपमा समाप्त भएको छ, हातबाट बन्दूक सधैँका लागि छुटेको छ, ऊ विद्रोहीबाट राष्ट्रसेवकका रूपमा परिवर्तित भएको छ, उसले जागिर पाएको छ, तलब पाएको छ, रासन पाएको छ, कानूनी अधिकार र अवसर पाएको छ। सबैभन्दा ठूलो कुरा उसले समाजमा सम्मान पाएको छ।’ ऊ एक्लै खितखित हाँस्यो। युद्धमा जुनसुकै बेला पनि मारिन सक्ने सम्भावनाका बाबजुद ऊ बाँचेको थियो। बाँचेर नै ऊ बाँच्नुको सार्थकता अनुभूत गरिरहेको थियो। युद्धमा मरेर लास बनेका आˆना साथीहरूलाई स्मरण गर्दै ऊ भावुक बनिरहेको थियो, ‘तिनीहरू पनि बाँचेका भए आज कति खुसी हुन्थे होलान्।’ उसले बाहिर चियायो। आगोको उज्यालो मन्द हुँदै गइरहेको भए पनि गीतहरू अै गुन्जिरहेका थिए। उसले गीतका शब्दहरू टिप्यो। गीतमा उनीहरूको जीवन’यात्राको गाथा समेटिएको थियो। गीतले उनीहरूको दुःखको, पीडाको, सङ्घर्षको, बलिदानको र उज्ज्वल भविष्यको गाथा भनिरहेको थियो। ‘नयाँ नेपालको निर्माणका लागि मैले घर छोडें, परिवार त्यागें, टाउकामा कात्रो बेरेर युद्धमा होमिएँ, रातबिरात गाउँ’बस्ती, पहाड’फाँट, उकाली’ओराली, नदीनाला र जङ्गलहरू चहारें, लडाइँमा मारिएका साथीहरूका लास देखेर न्डै बहुलाएँ, लासहरूलाई खाडलमा पुर्दापुर्दै न्डै आफैं लास बनिनँ।’ ऊ क्वाँ’क्वाँ रुन थाल्यो। युद्धको अभिघातले उसलाई व्यथित बनाइरहेको थियो। उसका आँखाबाट आँसुका धारा छुटिरहेका थिए, तर ऊ आˆना हातले आँसु पुछ्न सकिरहेको थिएन। उसलाई बाहिर गएर आˆना साथीहरूसँगै गाउन मन लाग्यो, नाच्न मन लाग्यो। अँध्यारो कोठाभित्रको एकलास वातावरणमा उसलाई उकुसमुकुस हुन थाल्यो। ऊ जोडतोडले चिच्याउन थाल्यो। कोकोहोलो गर्न थाल्यो। क्यान्टोनमेन्टभित्रको उत्सवमा अचानक चकमन्नता छायो। गीतहरू बन्द भए, मादलहरू बज्न छोडे, छापामारका नाचिरहेका खुट्टाहरू टक्क रोकिए। उत्सवसँगसँगै उसको रुवाइ पनि बन्द भयो। उसले छक्क परेर बाहिर हेर्यो। छापामारहरू कम्ब्याट ड्रेसमा चौरमा भेला भइरहेका थिए। ‘चौरमा किन भेला भइरहेछन् छापामारहरू?’ ऊ रनभुल्लमा पर्यो। उसले अनुमान गर्न सकेन कहाँ के भइरहेको छ। ‘किन उत्सव अचानक रोकिएको छ? किन छापामारहरू चौरमा ओइरिएका छन्?’ उसको मथिङ्गलमा यिनै कुराहरू घुमिरहेका थिए। उसले देख्दादेख्दै सबै छापामारहरू हातहतियारसहित बाहिर निस्के। एकैछिनमा क्यान्टोनमेन्ट खाली भयो। “कमरेड, मलाई पनि बाहिर लग। म पनि गर्छु मार्चपास।” ऊ चिच्याउन थाल्यो। तर उसको आवाज सुन्ने क्यान्टोनमेन्टभित्र कोही थिएन। बिहान हुन्जेल ऊ छापामारहरू क्यान्टोनमेन्टमा फर्किने आशामा अनिँदो उँघिरह्यो। रातभर उसले विभिन्न आवाजहरू सुन्यो; छापामारले नारा लगाएको आवाज, सडकमा गाडीहरू रोकिएको आवाज, यात्रुहरू बिचल्लीमा परेर रोएको आवाज, बस्तीमा मान्छेहरू चिच्याउँदै भाग्दै गरेका आवाजहरू। ‘के युद्ध फेरि सुरु हुन्छ? युद्ध फेरि सुरु भयो भने फेरि बन्दुकहरू पड्किनेछन्, मान्छेहरू लास बनेर ढल्नेछन्, फेरि खाडलहरू खनिनेछन्, फेरि लासहरू पुरिनेछन्, फेरि गाउँ’बस्तीहरू उजाडिनेछन्, फेरि लस्करका लस्कर मान्छेहरू मुग्लान भासिनेछन्। फेरि एक नेपालीले अर्को नेपालीलाई चिन्न छोड्नेछ। र म फेरि युद्धमा होमिनेछु। युद्ध गर्दागर्दै बूढो हुनेछु र युद्ध गर्दागर्दै मेरो जीवन समाप्त हुनेछ। मेरा सपनाहरू पनि मेरो लाससँगै माटाले पुरिनेछन्।’ ऊ फेरि कोकोहोलो गर्दै रुन थाल्यो। उसले आˆनो घर सम्झ्यो, आˆना आमाबाबु सम्झ्यो, भाइ’बहिनी र साथीहरू सम्झ्यो। आफूले लडेका युद्धहरू सम्झ्यो। युद्धमा आफूले मारेका मान्छेका लासहरू सम्झ्यो। ऊ न् विक्षिप्त बनेर चिच्याउन थाल्यो। उसले एक्कासि आˆनो चिच्याहटभन्दा पनि चर्का आवाजहरू आइरहेको सुन्यो। कोठाबाहिर हेर्यो। छापामारहरू भयाक्रान्त अनुहार बोकेर हतारिँदै क्यान्टोनमेन्टभित्र छिरिरहेका थिए। छापामारहरू यति धेरै त्रसित र भयभीत भएको ऊ पहिलोपल्ट देखिरहेको थियो। अब भयभीत हुने पालो उसको थियो। उसले देख्यो क्यान्टोनमेन्टभित्र छापामारहरू मात्र होइन, उनीहरूको पछि’पछि भयाक्रान्त ठूला कमरेडहरू पनि आत्तिँदै प्रवेश गरिरहेका थिए। ‘कसरी क्यान्टोनमेन्टभित्र आइपुगे हाम्रा वरिष्ठ कमरेडहरू?’ ऊ छक्क पर्यो। ऊ कमरेडहरूलाई हेर्दै थियो कमरेडहरूको पछि’पछि विरूप अनुहार लिएर राजनीतिक दलका नेताहरू पनि आपसमा गडा गर्दै क्यान्टोनमेन्टभित्र छिरिरहेको देख्यो उसले। क्यान्टोनमेन्टभित्र छिर्नेबित्तिकै विभिन्न उचाइ, मोटाइ, रङ्ग र अनुहारका लोकतान्त्रिक नेताहरू र कमरेडहरूबीच वाक्युद्ध शुरु भयो। वाक्युद्धसँगसँगै मल्लयुद्ध पनि हुन थालेको देखेपछि ऊ वाल्ल पर्यो। आफूले विगतमा लडेको युद्धभन्दा पनि भयानक युद्ध शुरु हुन लागेको देख्दा उसलाई भक्कानो छोडेर रुन मन लाग्यो। ‘राजनीतिक दलका नेताहरू पनि क्यान्टोनमेन्टभित्र! किन आए यिनीहरू?’ उसले केही सोच्न भ्याएकै थिएन, क्यान्टोनमेन्टको ठूलो गेट बन्द भएको आवाज सुन्यो र देख्यो चारैतिरबाट विदेशी अनुहारका मान्छेहरूले क्यान्टोनमेन्टलाई घेरिसकेका थिए। वरिपरि बुङ्बुङ्ती धूलो उडिरहेको थियो। धूलैधूलोको बीचमा रङ्गीविरङ्गी विदेशी न्डाहरू फर्फराइरहेका थिए र ती वर्गाकार ण्डाहरूको बीचमा उसले एउटा पनि तीनकुने नेपाली ण्डालाई देखेन। ‘हाम्रो ण्डा कता गयो?’ ऊ जोड’जोडले चिच्याउन थाल्यो। विक्षिप्त अवस्थामा नै उसले आफू बसेको कोठाबाट बाहिर फाल हाल्यो। ऊ भुइँमा बजारियो। उसका गोडा र हातमा फलामको सिक्री बाँधिएको थियो। ऊ युद्धको अभिघातले मानसिक रूपमा विक्षिप्त बनेको एक विद्रोही छापामार थियो, जसलाई क्यान्टोनमेन्टभित्र कैद गरिएको थियो। हिमाल खबरपत्रिका पूर्णाङ्क २०५
No comments:
Post a Comment